के हो शापु रोग अर्थात् सेतो पुतली संक्रमण ?

  • 15th November, 2021

के हो शापु रोग अर्थात् सेतो पुतली संक्रमण ?
शापु आँखाको ज्योति नै नष्ट गर्ने रोग हो । सेतो पुतली (मोथ) छोएको हात या अन्य कुराले आँखा छोए आँखाभित्र कीटाणु संक्रमण  गर्छ । सो संक्रमित कीटाणुको छिटो उपचार नगरे आँखाको दृष्टि नै गुम्छ ।

Cabbage White (Pieris brassicae) - Insects | Candide Gardening

खेतबारीमा पाइने सेतो  रङमा कालो धर्सा मिसिएको पुतलीले यो रोग ल्याउँछ । पुतलीबाट सर्ने यो कीटाणु स्टटोकोसनिमोनी स्टाफओरियन्स हो । यही कीटाणु संक्रमण भयो भने आँखाको ज्योति गुम्छ । तर कतिपय अवस्थामा सो पुतलीको संसर्गमा नआएका मानिसमा पनि यो रोग देखिने भएकाले हालसम्म यस रोगको खास कारण यही हो भनेर पत्ता नलागेको चिकित्सक बताउँछन् ।

नेपालमा यस रोगको अवस्था
यो रोग अन्यको तुलनामा  बालबालिकामा बढी देखिन्छ । यो रोग ५० प्रतिशत पाँच वर्षमुनिका बालबालिकामा देखिन्छ । नेपालमा यो रोग २०३२ सालदेखि देखा परेको हो । यो रोग लागेको २४ देखि ४८ घण्टाभित्र उपचार हुन नपाए आँखाको दृष्टि गुम्ने सम्भावना बढी हुन्छ । रोग लागिसकेपछि आँखा रातो हुने तर चिप्रा नलाग्ने, उज्यालोमा हेर्न नसकिने, आँखा चिम्लेर बस्नु पर्नेजस्ता समस्या देखिन्छन् । ठूला मानिसमा संक्रमण भए आँखा दुख्ने र हेर्न नसकिने हुन्छ । यो रोग लाग्दा एउटा मात्र आँखा रातो हुन्छ ।

What is the disease of white butterfly and how to avoid it? –  English.MakaluKhabar.com

कसरी गुम्छ ज्योति ?
आँखाको नानी (कर्निया), आइरिस या लेन्सभन्दा ठ्याक्कै पछि अड्किएको अवस्थामा थाहा हुन्छ । शापु कडा रूपमा संक्रमण भयो भने ज्योति गुम्छ । पुतलीको रौं आँखाभित्र छ या छैन भन्ने कुरा थाहा हुन्छ । रेटिनाको कुना काप्चामा छ भने देखिँदैन । यस्तो घटना कुल बिरामीमध्ये १० प्रतिशतमा देखिन्छ । बिरामीमध्ये कतिपयमा भने झुसिलकिराको झुस पनि परेको देखिन्छ । परीक्षणपछि मात्र चिकित्सकले झुसिलकिराको झुस हो या पुतलीको भनी पहिचान गर्छन् ।
 
लक्षणहरू
–एक्कासि एउटा आँखा रातो  हुनु, 
–उज्यालोमा हेर्न नसक्नु, 
–आँखाको दृष्टिमा तत्कालै कमी आउनु, 
–आँखाको दुखाइ सामान्य या बढी हुनु, 
–उपचारमा ढिलाइ भएमा नानीमा सेतो देखिनु ।
 
उपचार गरिहाल्नुपर्ने नभए ज्योति गुम्ने डर
बच्चाको या ठूला मानिसको आँखा रातो हुनेबित्तिकै केही घण्टामै ल्याउनसके उपचार गर्न सकिन्छ । शापु भएको भन्ने कुरा बिरामी आफैंलाई थाहा नहुने हुनाले जुनसुकै कारणले एउटा आँखा रातो हुने र तुरुन्तै देख्नमा कमी भएमा छिटोभन्दा छिटो अस्पताल पुग्नुपर्छ । यसको लक्षण बालबालिकामा भन्दा ठूला मानिसमा छिटो थाहा पाउन सकिन्छ । एउटा मात्र आँखा रातो हुने भएकाले यस्तो अवस्थामा आँखा पाक्ने  रोग नभएर शापु हुने सम्भावना बढी हुन्छ ।

Touching Butterflies, Touching Your Eye | Dartmouth Folklore Archive
२४ घण्टाभित्रै अस्पताल पु¥याउनसके कुनै न कुनै उपाय लगाएर उपचार गर्न सकिन्छ । आँखामा कीटाणु संक्रमण भएको केही हप्तापछि आँखाको पर्दा फाट्न थाल्छ । यस्तो अवस्थामा पनि शल्यक्रिया गरेर उपचार गर्न सकिन्छ । तर यो रोगको उपचार उपत्यकाबाहिरका अस्पतालमा सम्भव नभएकाले सकेसम्म तिलगंगा आँखा अस्पतालमा ल्याउनुपर्छ । यो रोगको उपचारमा शल्यक्रिया छिटो गर्नुपर्ने हुनाले सकेसम्म खाली पेटमा ल्याउनुपर्छ । खाली पेट नभएमा शल्यक्रिया गर्न थप समय कुर्नुपर्ने भएकाले उपचारमा ढिला हुनसक्छ ।

यस रोगबाट बच्ने उपाय केके हुन् ?
सेतो पुतली (मोथ)को संसर्गबाट बच्ने, धेरै उज्यालो बत्ती नबाल्ने, साँझ र राति झ्यालढोका बन्द गर्ने, सम्भव भएसम्म झ्यालढोकामा जाली हाल्ने, सुत्ने कोठामा बत्ती निभाउने वा मधुरो बत्ती बाल्ने, सकेसम्म झुल टाँगेर सुत्ने ।
नोटः यो रोग लागेका बिरामीलाई चौबिस घण्टा भित्र नै अस्पताल पुर्याइसक्नुपर्छ ।

Our top doctor on ENT Specialist

View All

Dr. Kiran Rai

ENT Specialist

MD, MS(PUNE) ENT, Head & Neck Surgeon

Dr. Bibhu Pradhan

ENT Specialist

MBBS, MS (ENT Head & Neck Surgery) f

Dr. Milan Maharjan

ENT Specialist

 M.B.B.S, MS Consultant ENT Surgeon

Dr. Prof. Kiran Rai

ENT Specialist

MD, MS(PUNE), Consultant ENT, Head & Neck SurgeonHOD ENT Department

Dr. Ranishma Bista

ENT Specialist

MBBS, MS(Otorhinolaryngology)

Dr. Deependra Shrestha

ENT Specialist

MBBS, MS (TU) Sr. Consultant ENT, Head & Neck Surgeon

Dr. Sushma Bhattachan

ENT Specialist

Consultant, Head of ENT. MD, MS ENT & Head and Neck Surgery. ENT Department

Dr. Chopal Bhusal

ENT Specialist

Sr. Consultant, Head of ENT. MD, MS ENT & Head and Neck Surgery. ENT Department

Dr. Toran K.C

ENT Specialist

MBBS, MS Otorhinolaryngology FICS

Dr. Sujan Singh Chhetri

ENT Specialist

MS Otorhinolaryngology ; Fellow International Federation of Head and Neck Oncologic Societies

Dr. Inku Shrestha Basnet

ENT Specialist

MS. ENT; Speciality: ENT Head and Neck Surgeon

Leave Comment