लामो समय एयरफोनको प्रयोग गर्दा आफैँलाई नोक्सान 

  • 20th October, 2022

अहिले हामीहरु सबैको हातहातमा मोबाइल छ । मोबाइल हातमा र एयरफोन कानमा । कुराकानी गर्दा होस् वा गीत, संगीत सुन्न होस् । हामीहरुले एयरफोन प्रयोग गरिरहेका हुन्छौँ । एयरफोनमा लामो समयसम्म आवाज सुन्ने र बाहिरै पनि ठूलो स्पिकरमा आवाज सुन्ने गर्नुभएको छ भने आजै बन्द गर्न चिकित्सकहरु सुझाव दिन्छन् । लामो समयसम्म एयरफोन र ठूलो आवाज सुनेर बस्दा कानमा दीर्घकालीन समस्या निम्तिने जोखिम बढी हुने नाक, कान, घाँटी रोग विशेषज्ञहरु बताउँछन् । एयरफोनका कारणले गर्दा बहिरोपना बढिरहेको एक तथ्यांकले देखाउँछ ।
अमेरिकाको बायोटेक्नोलोजिकल इन्फर्मेसन सेन्टरको अध्ययनले पनि लामो समय एयरफोन लगाउनेमा इन्फेक्सन र कम सुन्ने समस्या हुने गरेको औंल्याएको थियो । धेरै एयरफोन लगाउँदा कानको स्नायुमा असर गर्ने अध्ययनले देखाएको छ । लामो समय र ठूलो आवाजमा एयरफोन वा हेडफोन प्रयोग गर्दा निम्न समस्याहरु देखिने गर्दछन्:

चक्कर लाग्ने
लामो समयसम्म एयरफोनमा आवाज सुनिरहँदा चक्कर लाग्ने समस्या बढी हुन्छ । ठूलो आवाज धेरैबेरसम्म सुन्दा त्यसले टाउकोमा असर गर्ने गर्छ ।

स्थायी तथा अस्थायी श्रवण शक्ति गुम्ने जोखिम
नियमित ठूलो स्वरमा आवाज सुन्ने तथा ठूलो आवाजमा बाहिरै पनि गीत बजाउँदा मान्छेको स्थायी तथा अस्थायी श्रवणशक्ति गुम्ने जोखिम बढी हुन्छ ।
कानमा धेरै कोषिकाहरू हुन्छन् । कपालको कोषिका भनेर चिनिने सानो कपाल जस्तो संरचनाहरू छन् जसले कानबाट मस्तिष्कसम्म ध्वनि प्रवाह गर्ने काम गर्छन् । धेरै ठूलो आवाजले यी कोषिकामा गम्भीर समस्या निम्त्याउन सक्छ, जसले ध्वनि प्रसारणको सम्पूर्ण प्रक्रियामा बाधा पु¥याउँछ । 

कानमा इन्फेक्सन
नियमित एयरफोन वा हेडफोनहरू लगाउँदा कानभित्र हावा छिर्ने मार्गमा अवरोध सिर्जना हुन्छ । यो अवरोध नै कानको संक्रमणको सामान्य कारण बन्न सक्छ । एयरफोन प्रयोग गर्दा कानमा ब्याक्टेरियाको विकास हुन्छ । हेडफोन प्याकमा त्यसैले पनि चेतावनीको संकेत राखिएको हुन्छ । यदि एयरफोनको प्रयोग बढ्यो भने यसले कानमा संक्रमणको जोखिम बढाउन सक्छ । हानिकारक ब्याक्टेरिया तपाईंको कानबाट एयरफोन चलाउने अर्को व्यक्तिमा सर्ने भएकोले एयरफोन सकेसम्म अर्को व्यक्तिलाई चलाउन दिनु हुँदैन

कानको दुखाइ
दैनिक लामो समयसम्म इयरफोन प्रयोग गर्दा कान दुख्ने समस्या सबैभन्दा धेरै देखिन्छ । प्राकृतिकभन्दा धेरै आवाज एयरफोनको माध्यमबाट कानसम्म पुग्छ भने यसले उपकरणमार्फत उत्पादन हुने आवाजलाई प्राकृतिक रुपमा सहजै स्वीकार्न सक्दैन । बाहिरी कानमा अत्याधिक दबाब पर्ने र कानको पर्दामा पर्ने असरले पनि कान दुख्ने समस्या बढ्ने गर्छ ।

एकाग्रतामा समस्या
एयरफोनहरु धेरै साना भएपनि यसबाट निस्कने आवाजले तपाईंको कानको पर्दामा ठूलो नकारात्मक प्रभाव पार्न सक्छ । ध्वनि कानबाट मस्तिष्कसम्म पुग्छ र यसले स्नायु प्रणालीलाई असर गर्छ । जसले गर्दा मान्छेको कुनैपनि कुरामा गहिराइमा ध्यान दिने र एकाग्र बन्ने क्षमतामा कमी आउँछ ।

नाक, कान, घाँटीमा जोखिम
लामो समयसम्म एयरफोनबाट गीत सुन्ने या अरु ठूलो आवाज सुनिरहँदा नाक, कान, घाँटीमा इन्फेक्सन हुने गर्दछ । कानसँगै नाक र घाँटीमा पनि विविध समस्याहरु देखापर्छ

दिमागमा हुने नोक्सान
वैज्ञानिकहरुका अनुसार एयरफोन प्रयोग गर्दा त्यसबाट विद्युतीय चुम्बकीय तरंगहरु निस्कन्छन् । जसले हाम्रो दिमागको कोशिकाहरुलाई नोक्सान पु¥याउँछ । केही आधुनिक एयरफोन त्यस्ता पनि छन्, जुन कान भित्रै पस्छन् र त्यसले दिमागलाई नोक्सान पनि पु¥याउनसक्छ । हामीले ९० डेसिबलमा कुनै ध्वनि प्रतिदिन चार घण्टा सुन्छौं भने हाम्रो कानलाई नोक्सान हुनसक्छ । त्यसैले संगीत सुन्दा हामीले आवाज लाई विशेष ध्यान दिनुपर्छ र निश्चित अन्तरालमा कानलाई विश्राम  दिनुपर्छ ।

 

Our top doctor on ENT Specialist

View All

Dr. Kiran Rai

ENT Specialist

MD, MS(PUNE) ENT, Head & Neck Surgeon

Dr. Bibhu Pradhan

ENT Specialist

MBBS, MS (ENT Head & Neck Surgery) f

Dr. Milan Maharjan

ENT Specialist

 M.B.B.S, MS Consultant ENT Surgeon

Dr. Prof. Kiran Rai

ENT Specialist

MD, MS(PUNE), Consultant ENT, Head & Neck SurgeonHOD ENT Department

Dr. Ranishma Bista

ENT Specialist

MBBS, MS(Otorhinolaryngology)

Dr. Deependra Shrestha

ENT Specialist

MBBS, MS (TU) Sr. Consultant ENT, Head & Neck Surgeon

Dr. Sushma Bhattachan

ENT Specialist

Consultant, Head of ENT. MD, MS ENT & Head and Neck Surgery. ENT Department

Dr. Chopal Bhusal

ENT Specialist

Sr. Consultant, Head of ENT. MD, MS ENT & Head and Neck Surgery. ENT Department

Dr. Toran K.C

ENT Specialist

MBBS, MS Otorhinolaryngology FICS

Dr. Sujan Singh Chhetri

ENT Specialist

MS Otorhinolaryngology ; Fellow International Federation of Head and Neck Oncologic Societies

Dr. Inku Shrestha Basnet

ENT Specialist

MS. ENT; Speciality: ENT Head and Neck Surgeon

Leave Comment