भोकल कर्ड नोडुल समस्याबाट कसरी बच्न सक्छौँ ?

  • 12th October, 2022

राजनीतिकज्ञ, पत्रकार  लगायत तथापी धेरै  बोल्नुपर्ने जुनसुकै मानिसलाई पनि यो समस्या देखिन सक्छ। आवाजलाई अप्राकृतिक, असामान्य ढंगले प्रयोग गरिरहेमा मानव स्वर यन्त्रमा सानो गिर्खो देखिन सक्छ। जसलाई मेडिकलको भाषामा भोकल फोल्ड नोडुल भनिन्छ। गायक– गायिका, शिक्षक– शिक्षिकामा धेरै देखिने भएकाले यसलाई सिंगर नोडुल वा टिचर नोडुल पनि भनिन्छ।

भोकल फोल्ड नोडुल हुने कारणहरु
–    धेरै चिच्याउने,
–    चर्को आवाजले बोल्ने, 
–    खासुखुस गरिरहने बानी,
–    मानसिक तनाव,
–    एलर्जी,
–    ग्याष्ट्राइटिस
–    संक्रमण आदी हुन्।
यस्ता लक्षणमा बोली धोन्द्रो हुदै जाने, बोल्दा थकाई लाग्ने, घाँटी खसखस हुने आदी समस्या हुन्छ।
नेपालमा आवाजमा हुने समसय मध्ये करिब १४ प्रतिशत व्यक्तिमा यो समस्या रहेको विभिन्न अध्ययनहरुले बताएको छ। यो समस्या वयस्क र त्यसमा पनि महिलाहरुमा बढी देखिने गरेको छ। पेशागत रुपमा शिक्षण, गायन, राजनीतिज्ञ आदीमा यो समस्या बढी देखिएको छ।
उपचार
यो समस्याको पहिचानका लागि लक्षणको आधारमा चिकित्सकले घाँटीभित्र  पाइपले हेरेर पत्ता लगाउन सकिन्छ। यसको उपचार भ्वाइस थेरापी मार्फत गरिन्छ। त्यस बाहेक संक्रमणको उपचार, ग्यास्ट्राइटिसको उपचार, बोलीमा आराले पनि समस्या हटाउन सकिन्छ।
यदी यी उपायबाट पनि समस्या ठिक नभएका अप्रेसन पनि गनुपर्ने हुन्छ। तथापी भ्वाइस थेरापीले नै ८० प्रतिशत समस्या निको भएको पाइन्छ।

भोकल फोल्ड नोडुलको समस्या हुन नदिन वा समस्या भएमा के गर्ने के नगर्ने?
गर्न नहुने 

–घाँटी ख्याक्खुक गरेर सफा नगर्ने,
–धेरै नचिच्याने,
–    चर्को भाषण नगर्ने।
–    खासखुस, काने खुसी नगर्ने,
–    व्यायम गरिरहदा  नखोक्ने,
–    रक्सि, चुरोट नखाने,
–    कफि कम खाने, 
–    सुख्खा हावाबाट बच्ने।

गर्न हुने
– पानी पिउने र विस्तारै थुक्ने,
– कुल्ला गरेर घाँटीमा अड्केको वस्तुलाई निकाल्ने,
– भिडमा बोल्नुपर्दा माइक प्रयोग गर्ने,
– चर्को स्वरमा बोलाउनुको सट्टा घण्टी वा थपडीको माध्यमबाट बोलाउने,
– आफ्नो नर्मल आवाजमा बोल्ने,
–   व्यायाम गरिरहेको समयमा नबोल्ने,
–   पानी प्रशस्त्र पिउने,
–धुलोधुँवाबाट बच्ने,
–प्रदुषणबाट बच्न मास्कको प्रयोग गर्ने।

Our top doctor on ENT Specialist

View All

Dr. Kiran Rai

ENT Specialist

MD, MS(PUNE) ENT, Head & Neck Surgeon

Dr. Bibhu Pradhan

ENT Specialist

MBBS, MS (ENT Head & Neck Surgery) f

Dr. Milan Maharjan

ENT Specialist

 M.B.B.S, MS Consultant ENT Surgeon

Dr. Prof. Kiran Rai

ENT Specialist

MD, MS(PUNE), Consultant ENT, Head & Neck SurgeonHOD ENT Department

Dr. Ranishma Bista

ENT Specialist

MBBS, MS(Otorhinolaryngology)

Dr. Deependra Shrestha

ENT Specialist

MBBS, MS (TU) Sr. Consultant ENT, Head & Neck Surgeon

Dr. Sushma Bhattachan

ENT Specialist

Consultant, Head of ENT. MD, MS ENT & Head and Neck Surgery. ENT Department

Dr. Chopal Bhusal

ENT Specialist

Sr. Consultant, Head of ENT. MD, MS ENT & Head and Neck Surgery. ENT Department

Dr. Toran K.C

ENT Specialist

MBBS, MS Otorhinolaryngology FICS

Dr. Sujan Singh Chhetri

ENT Specialist

MS Otorhinolaryngology ; Fellow International Federation of Head and Neck Oncologic Societies

Dr. Inku Shrestha Basnet

ENT Specialist

MS. ENT; Speciality: ENT Head and Neck Surgeon

Leave Comment