नाकको हड्डी बढ्ने समस्या यस्ता व्यक्तिमा बढी देखिन्छ ।

  • 26th April, 2022

नाकको हड्डी बढ्ने समस्याले गर्दा शरीरमा पर्याप्त मात्रामा अक्सिजनको प्रवाह हुन पाउँदैन। हाम्रो नाक भित्र रहेको दायाँबायाँको पर्खालमा विशेष प्रकारको रगत मिश्रित मासुको डल्लो (टर्बिनेट) हुने गर्छ । यसले नाकमा प्रवेश गर्ने वायुलाई आफू अनुकूल बनाउन मद्दत गर्छ । टर्बिनेट प्रायः फुल्ने तथा सुक्ने गर्छ । तर सास लिने र फाल्ने गर्दा टर्विनेट ठूलो भएमा यसले  नाकका समस्या हुने गर्छ।  विशेषगरी,  ठूलो टर्बिनेटका कारण नाकबाट प्रवेश गर्ने अक्सिजनमा अवरोध पैदा हुन्छ। यस्तो समस्यालाई नै हामीले नाकको हड्डी बढ्ने भनेर भन्दछौँ । तर चिकित्सकीय भाषामा टर्विनेट हाइपरट्रोफी भनिन्छ।

नाकको हड्डी बढेमा हामीलाई सास लिनमा समस्या हुनुका साथै नाकको संक्रमण हुने  तथा नाकबाट रगत बग्ने गर्छ । पिनासको संक्रमण, परागको एलर्जी तथा वातावरणमा हुने परिवर्तनका कारण पनि तल्लो टर्विनेट सुन्निने तथा खुम्चने गर्छ । जब तल्लो टर्विनेटक सुन्निन कम हुँदैन, त्यसबेला उक्त समस्यालाई नाकको हड्डी बढ्ने समस्या भन्ने गरिन्छ ।
टर्बिनेट हाइपरट्रोफीकै कारण मानिसलाई सास लिनमा कठिनाइ हुनुका साथै घुर्ने समस्या उत्पन्न हुने गर्छ । यसको उपचार औषधी तथा शल्यक्रियाबाट हुने गर्छ ।

नाकको हड्डी दुई तरीकाले बढ्ने गर्छः
नसल साइकलमा नाकको एउटा भागमा रहेको टर्विनेट चारदेखि छ घण्टासम्म सुन्निने गर्छ । एकापट्टीको ठिक भएपछि अर्को तर्फको टर्विनेट पुन सुन्निन थाल्छ ।
टर्विनेट लामो समयसम्म सुन्निएमा वा टर्विनेटमा संक्रमण भएमा टर्विनेट बढ्ने गर्छ। उक्त समस्या पछि गएर क्रोनिक (कडा) हुने गर्छ ।

नाकको हड्डी बढ्नुका लक्षण
नाकको हड्डी बढेमा सास लिनमा समस्या हुने गर्दछ । यसबाहेक पनि अन्य धेरै समस्या हुनेगर्छ ।
–नाकको सट्टा मुखबाट सास लिएका कारण सुतेर उठ्दा मुख सुख्खा हुने
–निधारमा दबाब महसुस हुने
–टाउको दुख्ने
–नाकबाट निरन्तर सिगान बग्ने
–घुर्ने
–घ्राण क्षमतामा कमी आउने
–अनुहार दुखेको महसुस हुने
–लामो समयसम्म नाक बन्द रहने
यसबाहेक, नाकको हड्डी बढेमा लामो समय सर्दी हुनेगर्छ । जुन विनाउपचार आफैँ ठिक हुन कठिन छ । यसबाहेक, नाकको हड्डी टेढो हुनु (सेप्टल डेभिएसन) पनि यसको लक्षण हुन सक्छ । सेप्टल डेभिएसन भएमा नाकको दुवै प्वालको बीचमा रहेको कार्टिलेज (नाकको हड्डी) सिधा हुँदैन, जसले नाकमा जाने हावालाई रोकेर सास लिनमा कठिनाइ उत्पन्न हुने गर्छ ।

नाकको हड्डी बढ्ने समस्याको कारण के हो ?
–टर्विनेटमा फुक्ने तथा खुम्चिने गर्दा बढी दबाब हुनु 
–शरीरको तापमान तलमाथि हुनु
–गर्भावस्था
–बढ्दो उमेर
–जन्मजात समस्या हुनु
–रुघाखोकी तथा ज्वरो आउने
–लामो समयसम्म पिनास भएमा सुन्निने समस्या
–वातावरणमा रहेको परागका कण
–मादक पदार्थको सेवन
–हर्मोन सम्बन्धि बदलाव

नाकको हड्डी बढ्दा केके जोखिमहरु हुन्छन् ?
नाकको हड्डी बढेमा विभिन्न जटिलता सिर्जना हुने गर्दछ । विशेषगरी नाकको हड्डी बढेमा सास लिनमा कठिनाई भई अनिद्राको समस्या उत्पन्न हुनसक्छ । नाकको हड्डीकै कारण पिनासको संक्रमण हुनसक्छ, जसका कारण स्कुल तथा अफिसमा काम गर्नमा कठिनाई उत्पन्न हुने गर्छ ।
नाकको हड्डी बढेमा शल्यक्रियाद्धारा यसलाई निको बनाउन सकिन्छ । त्यस क्रममा नाकमा रहेको दुवै टर्विनेट निकाल्न भने हुँदैन । अन्यथा नाक बन्द रहने तथा नाक सुख्खा हुने समस्या रहने गर्दछ ।
निम्न जटिलताहरु देखिन्छ ः

–नाकबाट बारम्बार रगत आउने
–नाकको हड्डी बाङ्गो हुने
–मौसम परिवर्तनसँगै एलर्जीको समस्या

उपचार विधि
औषधीले पनि नियन्त्रण गर्न सकिन्छ ।
एलर्जीको औषधीबाहेक पनि यस्ता औषधीहरु छन्, जसको सेवनले नाकको हड्डी बढ्ने समस्यालाई नियन्त्रण गर्न सकिन्छ ।
शल्यक्रियामार्फत पनि उपचार गर्न सकिन्छ ।
औषधिको सेवनबाट नाकको हड्डी बढ्ने समस्यामा कमी नआएमा नाकमा रहेको  रगतले भरिएको मासु ( टर्बिनेट)को शल्यक्रिया गरेर पनि यस समस्यालाई कम गर्न सकिन्छ । त्यसबाहेक,  सबम्युकोसल डायथर्मी, इन्फेरियल टर्विनेट बोन रिसेक्सन तथा पार्टियल इन्फेरियल टर्विनेक्टोमी गरेर पनि यो समस्या कम गर्न सकिन्छ ।

 

Our top doctor on ENT Specialist

View All

Dr. Kiran Rai

ENT Specialist

MD, MS(PUNE) ENT, Head & Neck Surgeon

Dr. Bibhu Pradhan

ENT Specialist

MBBS, MS (ENT Head & Neck Surgery) f

Dr. Milan Maharjan

ENT Specialist

 M.B.B.S, MS Consultant ENT Surgeon

Dr. Prof. Kiran Rai

ENT Specialist

MD, MS(PUNE), Consultant ENT, Head & Neck SurgeonHOD ENT Department

Dr. Ranishma Bista

ENT Specialist

MBBS, MS(Otorhinolaryngology)

Dr. Deependra Shrestha

ENT Specialist

MBBS, MS (TU) Sr. Consultant ENT, Head & Neck Surgeon

Dr. Sushma Bhattachan

ENT Specialist

Consultant, Head of ENT. MD, MS ENT & Head and Neck Surgery. ENT Department

Dr. Chopal Bhusal

ENT Specialist

Sr. Consultant, Head of ENT. MD, MS ENT & Head and Neck Surgery. ENT Department

Dr. Toran K.C

ENT Specialist

MBBS, MS Otorhinolaryngology FICS

Dr. Sujan Singh Chhetri

ENT Specialist

MS Otorhinolaryngology ; Fellow International Federation of Head and Neck Oncologic Societies

Dr. Inku Shrestha Basnet

ENT Specialist

MS. ENT; Speciality: ENT Head and Neck Surgeon

Leave Comment