आँखाका विभिन्न रोगहरु (आँखा पाक्ने, चिलाउने, अल्छी आँखा, न्युन दृष्टि, दृष्टि दोष आदि) हुने कारणहरु र बच्ने उपाय

  • 15th November, 2021

नवजात शिशुमा आँखा पाक्ने रोग 
नवजत शिशुको (जन्मेको २८ दिनभित्र) आँखामा पहेलो पिप जस्तो कचेरा देखिने, आँखा रातो हुने तथा सुनिने रोगलाई नवजात शिशुमा हुने आँखा पाक्ने रोग भनिन्छ । यो रोग यौनजन्य संक्रमण भएका आमाबाट शिशु जन्मेमा, सुरक्षित प्रसुति नगराएमा, शिशु जन्मने बेलामा आँखामा चोटपटक लागेमा हुन सक्छ । 

Pinkeye: Kidzco - celebrating childhood

रोकथामका उपाय 
–नियमित गर्भावस्थामा परीक्षण गर्ने 
–सुरक्षित तथा संक्रमण रहित स्थानमा तालिम प्राप्त स्वास्थ्यकर्मीद्वार प्रसूति गराउने 
–जन्मने बित्तिकै आँखामा औषधिको प्रयोग गर्ने  
–यस्तो अवस्थामा यथाशक्य छिटो स्वास्थ्य संस्था तथा आँखा उपचार केन्द्रमा गई उपचार गराउनुपर्छ । अन्यथा सधैको लागि ज्योती गुम्न सक्दछ ।
 
आँखाको आपतकालिन अवस्था 
आँखामा लाग्ने रोग वा चोटपटक जसको उपचार समयमै गरिएन भने सधैको लागि आँखाको ज्योती गम्ने अवस्थालाई आँखाको आपत्कालीन अवस्था भनिन्छ । 

कसरी हुन्छ ?
–आँखामा रासायनिक पदार्थहरु परेमा वा चोटपटक लागेमा 
–आकस्मात् देख्न कम हुने रोगहरु जस्तै आकस्मात् हुने जलविन्दू, मध्य पत्रको संक्रमण, आँखाको पर्दा उप्किने आदि भएमा । 
–नवजात शिशुको आँखा पाकेमा । 
–आँखाभित्र पिप वा रगत देखिएमा । 
–आँखा रातो भई घाम वा बत्तिमा हेर्न गाह्रो हुने, आँशु बगिरहने भएमा । 
–आँखाको नानी र भित्री भागको संक्रमण भएमा । 

रोकथाम गर्ने तरिका 
यस्तो बेला चेक नगराई औषधि राख्ने, मिच्ने तथा जडिबुटिको प्रयोग गर्न  हुँदैन । यथाशक्य छिटो  स्वास्थ्य  संस्था तथा आँखा उपचार केन्द्रमा गई उपचार गराउनु पर्दछ । अन्यथा सधैंको लागि ज्योती गुम्न सक्दछ । 

आँखामा हुने चोटपटक 
आँखामा कुनै बाह्य वस्तुले चोट लागी आँखामा देखिने असरलाई आँखामा हुने चोटपटक  भनिन्छ । जसले गर्दा आँखा दुख्ने, धमिलो हुने रातो हुने हुन्छ । 

कसरी हुनसक्छ ?
घरायसी काम गर्दा, खेतबारीमा काम गर्दा, उद्योग तथा कलकारखानामा काम गर्दा सावधानी नअपनाएमा ।
बालबालिकाहरुलाई तीखो र धारिलो वस्तु दिएमा 

रोकथाम गर्ने विधि
आँखामा रासायनिक पदार्थ  पर्दा सफा पानीले आँखा धुनु पर्दछ । यस्तो अवस्थामा आँखा मिच्ने, औषधि तथा जडिबुटीहरु राख्नु हुँदैन । 

अल्छी आँखा 
आठ वर्ष भन्दा कम उमेरमा मोतिविन्दु, दृष्टिदोष, डेढो आँखा  रोगहरुको  उपचार नगराएर दृष्टिमा राम्रो विकास हुन  नपाई दुवै वा कुनै एक आँखाले वस्तुहरु सफा देख्न नसक्ने अवस्था अल्छी आँखा हो । 
कसरी थाहा पाउने ? 
– कुनै एक वा दुवै आँखा छड्के भएमा 
–बच्चाले अशुद्व लेख्ने गरेमा । परिवारका सदस्यमा कसैले सानैबाट चस्मा लगाएमा । कुनै एक  वा दुवै आँखाको माथिको ढकनी तल झरेमा । 
–समयमै डाक्टरको सल्लाह लिने 
बिद्यालय जानुभन्दा पहिला आफ्नो बच्चाको दृष्टि जँचाउनुपर्छ । 

न्यून दृष्टि 
आँखामा दृष्टिमा कमी आई औषधि, चश्मा वा शल्यक्रियाबाट  पनि दृष्टि सामान्य अवस्थामा फर्काउन नसकिने  अवस्थालाई न्यून दृष्टि भनिन्छ ।

कसरी थाहा पाउने ?
–    आँखाको डल्ला ÷नानी सामान्य भन्दा सानो भएमा । 
–    कुनै बस्तु वा अक्षर निकै  नजिक राखेर  हेर्नु परेमा ।
–    मसिना अक्षर चस्मा लगाउदा पनि सफा नदेखेमा । 
– यस्तो लक्षण देखा परेमा नजिकको अस्पतालमा गएर उपचार गराउनुपर्छ । 

के हो  दृष्टि दोष ?  
हाम्रो आँखाको देख्ने क्षमतामा कमी भई टाढा वा नजिकको वस्तु राम्रोसँग देख्न नसक्ने अवस्था नै दृष्टि दोष हो ।

 

कसरी थाहा पाउने ? 
–नजिक टाढा वा दुवै दुरीका बस्तुहरु धमिलो  देख्ने भएमा । 
–आँखा खुम्च्याएर (चिम्सो बनाएर )  हेर्दा  राम्रो देख्ने भएमा ।
–टिभि नजिकै गएर हेरेमा कुनै वस्तुलाई हेरिरहँदा आँखा बाङ्गो हुँदै गएमा । 
–बारम्बार टाउको दुख्ने गरेमा ।
–माथिका लक्षण देखा परेमा तुरुन्त अस्पताल गएर आँखा जाँच गर्ने र डाक्टरको सल्लाह लिने ।

वयस्कमा आँखा पाक्ने रोग

आँखा पाक्ने रोग सबै मौसममा लाग्ने रोग हो । आँखा पाक्ने लक्षण भनेको बिरामीलाई आँखामा अप्ठ्यारो महसुस हुनु, आँखाको वरिपरि सुन्निनु, आँखा रातो हुनु, रातोसँगै आँखाबाट चिप्रा आउनु, उज्यालोमा हेर्न गाह्रो हुनुजस्ता आँखा पाक्ने लक्षणहरू हुन् ।यो रोग एक एउटा आँखाबाट सुरु हुन्छ । त्यसपछि अर्काे आँखामा सर्दै जान्छ र सरसफाइ नहुँदा, सीधा आँखामा हेरिरह्यो भने एक व्यक्तिबाट अर्काे व्यक्तिमा पनि सर्दै जान्छ । यसरी एकदेखि अर्काे व्यक्तिमा सर्दै जाँदा यो रोगले माहमारीको रूप नै लिएको हुन्छ ।–आँखा पाकेको रोग लागेको छ भने आँखा चलाएपछि साबुन पानीले हात धुनुपर्छ । 
—हातलाई बेला–बेलामा सफा गर्ने, औषधि राख्नुभन्दा पहिला र पछि पनि साबुन पानीले हात पखाल्ने ।
—रोगीले प्रयोग गर्दै आएको टवेल तथा कपडाहरू अरूलाई प्रयोग गर्न नदिने ।

आँखा पोल्ने 
यो समस्या आँखामा आँसुको मात्र कम भएको कारण हुने गर्छ । आँखामा आँसुको मात्र कम भएको खण्डमा औषधि मार्फत आँसु थप्नुपर्ने काम गर्नुपर्छ । निन्द्रा नपुगेको अवस्थामा पनि आँखा पोल्ने समस्या हुन्छ ।  आँखा पोल्ने समस्या भएको बिरामीले पनि घाम र धुवाँ धुलोमा नहिँड्दा नै राम्रो हुन्छ । हिँड्नु परेको खण्डमा चस्मा प्रयोग गर्नुहोस् । आँखा पोल्ने समस्या बढीजसो आँखामा सुख्खापन धेरै भएर नै हो । अर्काे कुरा काठमाडौं उपत्यकामा धुँवाधुलो धेरै भएको कारण पनि आँखा पोल्ने समस्या भइरहेको छ । यसका लागि पनि चिकित्सकको सल्लाह अनुसार औषधि प्रयोग गर्ने आइसले सेक्दा पनि केही हदसम्म कम हुन्छ ।

आँखा चिलाउने 
गर्मीको समयमा आँखा चिलाउने एउटा रोगजस्तै हो । तपाईंको आँखामा यो के कारणले भएको हो भन्ने कुराको बारेमा जान्नको लागि भने आँखा परीक्षण गर्दा राम्रो हुन्छ । तर आँखा चिलाउने समस्या धुवाँ, धुलो, गर्मी र धेरै हावा चल्दा पनि हुन्छ ।

आँखा चिलाउँदा आँखामा आशु आउने आँखा रातो हुने जस्ता समस्या देखा पर्छन् । यसको उपचारका लागि भने तपाईंको आँखामा एलर्जी नै भएको हो भन्ने प्रमाणित भएपछि मात्रै औषधि चलाउनु राम्रो हुन्छ ।

आँखा चिलाउने समस्या चिसो मौसम र पानी परेको समयमा केहीहदसम्म कम भएको महशुस हुन्छ । आँखामा आउने एलर्जीबाट जोगिनका लागि बाहिर हिँड्डुल गर्दा चस्माको अनिवार्य प्रयोग गर्नुपर्छ । आँखाको हेरचाह गर्ने र आँखालाई चिसो आइसले सेक्दा पनि आँखा चिलाउने समस्या केही हदसम्म कम हुन्छ । 
आँखामा पानी नछ्याप्ने 
आँखामा धुलो पस्दा होस् या पखाल्दा होस हामी बेस्सरी पानी छ्याप्छांै । तर आँखामा पानी छ्याप्ने काम गलत हो । आँखामा पानी छ्याप्दा आँखाका कर्नियामा चोटपटक लाग्ने र घाउ हुन सक्ने सम्भावना हुन्छ ।
यस्तै धेरै पानी छेप्दा पानी सँगसँगै आँशु पनि बगेर जान्छ  । आँसुले प्रोटेक्सन गर्ने ब्याक्टेरिया भाइरसहरूबाट बचाउने काम गर्छ त्यसैले सकेसम्म आँखालाई बिस्तारै पखाल्दा राम्रो हुन्छ । 
बिहान र बेलुका एक–एक पटक सफा पानीले बिस्तारै सफा गर्दा राम्रो हुन्छ । 

बच्ने उपाय 
मौसमी रूपमा आँखामा देखिने समस्यालाई शतप्रतिशत समाधान गर्न नसके पनि केही हदसम्म व्यक्ति आफैले ध्यान दिन सकेको खण्डमा आँखामा लाग्ने रोगबाट भने अवश्य बच्न सकिन्छ । जसको लागि व्यक्ति आफैले 
—धुलो धुँवाबाट बच्ने 
— बाहिर निस्कँदा चस्माको प्रयोग अनिवार्य गर्ने 
—आँखामा समस्या देखेको खण्डमा विभिन्न मेडिकलको औषधि लगाउनेभन्दा पनि चिकित्सकको सल्लाह अनुसार औषधि प्रयोग गर्ने ।
— आँखालाई पनि शरीरको अन्य अङ्ग जसरी नै सरसफाइ गर्ने ।

 

Our top doctor on ENT Specialist

View All

Dr. Kiran Rai

ENT Specialist

MD, MS(PUNE) ENT, Head & Neck Surgeon

Dr. Bibhu Pradhan

ENT Specialist

MBBS, MS (ENT Head & Neck Surgery) f

Dr. Milan Maharjan

ENT Specialist

 M.B.B.S, MS Consultant ENT Surgeon

Dr. Prof. Kiran Rai

ENT Specialist

MD, MS(PUNE), Consultant ENT, Head & Neck SurgeonHOD ENT Department

Dr. Ranishma Bista

ENT Specialist

MBBS, MS(Otorhinolaryngology)

Dr. Deependra Shrestha

ENT Specialist

MBBS, MS (TU) Sr. Consultant ENT, Head & Neck Surgeon

Dr. Sushma Bhattachan

ENT Specialist

Consultant, Head of ENT. MD, MS ENT & Head and Neck Surgery. ENT Department

Dr. Chopal Bhusal

ENT Specialist

Sr. Consultant, Head of ENT. MD, MS ENT & Head and Neck Surgery. ENT Department

Dr. Toran K.C

ENT Specialist

MBBS, MS Otorhinolaryngology FICS

Dr. Sujan Singh Chhetri

ENT Specialist

MS Otorhinolaryngology ; Fellow International Federation of Head and Neck Oncologic Societies

Dr. Inku Shrestha Basnet

ENT Specialist

MS. ENT; Speciality: ENT Head and Neck Surgeon

Leave Comment