एक्जिमा छ भने यी कुराहरुबाट टाढा रहनुहोस् ।

  • 22nd October, 2021

एक्जिमा भनेको के हो ?

सामान्य शब्दमा एक्जिमा भनेको बाहिरि छालामा देखिने रोग हो । यसले गर्दा छालामा जलन, रातोपना, चिलाउने, अति सानो फोका र डल्लो आउने , अलिअलि पीपजस्तो बगिरहने, छाला कडा हुने जस्ता लक्षण देखिन्छ छाला पत्रपत्र हुने र चाम्रियर प्राय रातो हुने समस्या पनि देखिन्छ । यस्तो अवस्थालाई एटोपिक डर्माटाइटिस पनि भनिन्छ । 

एक्जिमा छालामा लामो समयसम्म देखिने अवस्था हो । यो नवजात शिशुमा बढी देखिन्छ र बाल्यअवस्था सम्म रहन्छ । केहि ब्यक्तिले शिशुमै यो अवस्थदेखि पार पाउछन् भने केहि ब्यक्तिमा यो वयस्कसम्म पनि रहन्छ ।

 

एक्जिमाका प्रकारहरु

  • एलर्जीक  एक्जिमा7 TYPES OF ECZEMA AND ITS SYMPTOMS

कुनै बस्तु सँग छाला सम्पर्कमा आए लगत्तै प्रतिरक्षा प्रणालीले यो बाहिरी बस्तु भनेर चिन्छ र प्रतिक्रिया दिन्छ ।

  • कन्ट्याक्ट एक्जिमा

जव छालामा कुनै एलर्जी गराउने बस्तु सम्पर्कमा आउछ तब छालाले स्थानीय प्रतिक्रिया दिन्छ ।

  • डिसहाइड्रियोटिक एक्जिमा

हत्केला र पैतालको छालामा जलन हुनु र फोका आउनु ।

  • न्युरोडर्माटाइटिस एक्जिमा

टाउको, पाखुरा, नारी, खुट्टाको तल्लो भाग चिलाउनु र छालामा हुने लेघ्रा जस्तो दाग देखिनु ।

  • नम्मूलर एक्जिमा

छालामा जलन भएर गोलो दाग बस्नु र सो भागमा चिलाउने लेघ्रा पर्नु र छाला कठोर हुदै जानु ।

 

एक्जिमा हुने कारणहरु केके हुन् ?

–छालामा प्रतिरोध क्षमताको कमि हुनाले

–छालामा एलर्जी प्रतिक्रियाको क्रमहिनताले

–छाला रोगबाट प्रभावित बिरामीहरुमा संक्रमण हुने, जलन हुने र एलर्जी गराउने पदार्थको प्रवेश गर्नाले

 

एक्जिमा वंशाणुगत हो ?

यदि आमा बुबा दुबैमा एक्जिमा छ भने बच्चामा यो रोग सर्ने सम्भावना धेरै हुन्छ । एक्जिमा भएका एक तिहाई बालबच्चाहरुमा दम र ज्वरो पनि देखा पर्दछ भने एक्जिमाले महिला पुरुष दुवैलाई बराबर असर गर्छ ।

आमाबुवामा एक्जिमा छैन भने पनि बच्चामा देखिन सक्छ । यो छालामा प्रतिरोधात्मक क्षमता कमजोर भएर देखिने समस्या हो ।

 

एक्जिमाका लक्षणहरु

एक्जिमा जन्मेको पहिलो महिनाबाटै सुरु हुन सक्छ वा वयस्कमा पहिलो पटक देखा पर्न सक्छ । यसको मुख्य लक्षण चिलोउने हो । एक्जिमा हुँदा छालामा चिलाउने बढेर निन्द्रामा समेत बाधा पुग्न सक्छ साथै थकावट र रिस उठ्ने पनि हुन्छ । जसले पारिवारिक जीवनमा ठुलो असर पर्न सक्छ ।

 

एक्जिमाले विशेषगरी कहाँ बढी असर गर्छ ? 

एक्जिमाले शरीरको जुनै भागमा पनि असर गर्न सक्छ । तर प्रायजसो अनुहारको छाला, कुहिनाको जोर्नी, घुँडा साथै नाडी र घाँटीमा बढि असर गर्छ । हात खुट्टामा सिक्का आकारको दाग बस्नु, प्रभावित छाला प्राय रातो, सुख्खा र चिलाएको दाग (रगतसँगै) बस्नु हो ।

 

एक्जिमा हुँदा छालाको अवस्था कस्तो हुन्छ ?

एक्जिमा क्रियशिल भएको बेला प्रभावित छाला भिजेको जस्तो हुन्छ र विस्तारै थोपा थोपा पानी बगिरहन्छ विशेषगरि हात र खुट्टा । एकै ठाउँमा कन्याइरहदा छाला बाक्लो हुन्छ र यसले छालामा चिलाउने अझै बढाउछ । कुनै बेला प्रभावित छालाको रंग कालो वा हल्का भएर पनि आउछ ।

 

एक्जिमा बढाउन मद्धत गर्ने तत्वहरु

  • छालामा सुख्खापन हुँदा
  • केहि ब्यक्तिमा खानाको एलर्जीले पनि एक्जिमालाई बढावा दिन्छ ।
  • तनावले पनि एक्जिमालाई बढाउन सक्छ ।
  • वतावरणिय कारण जस्तैः ताप, धुलो, धुँवा घरपालुवा जनावर र जलाउने बस्तु जस्तै सावुन, लुगा धुने सरफ
  • बिसन्चो भएको बेला, जस्तै चिसो लागेको बेला एक्जिमा अझै सक्रिय हुन्छ ।
  • जीवाणु भाइरसले सताएको बेला एक्जिमा अझै नराम्रो हुन्छ । जिवाणु संक्रमणले प्रभावित छाला पहेंलो चाम्रो र पोल्ने हुन्छ । दुःखाई एक्कासि बढ्छ र पानी बग्न थाल्छ ।

एक्जिमा निको हुन्छ ?

ठ्याक्कै भन्न सकिदैँन । धेरैमा निको भएको पनि छ भने कतिको भने नियन्त्रण मात्रै गर्न सकिने हुन्छ । ठुला भएका अधिकांश बालबालिकाहरु जति ठुलो हुँदै जान्छन एक्जिमा सुधार हुँदै जान्छ । (६० प्रतिशतमा किशोर अवस्था सम्म पुरै निको भएर जान्छ ) तैपनि धेरैमा जारी नै रहन्छ । यस्तै अवस्थामा छाला सुख्खा हुने र चिलाउने कुराहरु जस्तै सावुन र फिँजबाट नुहाउनबाट टाढा रहनुपर्छ । उदाहरणका लागि खानपान, कपालको शृङ्गार, सफाइ या स्वस्थ्य सम्बन्धी कार्य । एक्जिमा भएको अवस्थामा यी कार्यबाट टाढै बस्नुपर्छ ।

 

एक्जिमाको उपचार कसरी गरिन्छ ?

धेरैजसो एक्जिमामा टोपिकल औषधी लगाइन्छ । यद्यपी कुनै गम्भिर प्रकारको एक्जिमाको लागि औषधी नै सेवन गर्नुपर्छ ।

एक्जिमाका केही बैकल्पिक उपचारहरुः

–ओसिलो पार्ने क्रिम (इमोलिएन्टस)

–छालाको सतहमा स्टेरोइड क्रिम वा लेप लगाउने

–एन्टिबायोटिक्स र एन्टिसेप्टीक्स

–टोपिकल इम्यूनोसप्रिस्यान्टस्

–एन्टीहिस्टामिन

–पट्टि बाँध्ने

–एलर्जी गराउने कुराहरुबाट टाढा रहनु

 

एक्जिमा छ भने यी उपायहरु अपनाउनुहोस्

–सम्भव भएसम्म तपाईको छालालाई कम्तिमा पनि दिनको २–३ पटकसम्म ओसिलो राख्न क्रिम मोइस्चराइज सबैभन्दा राम्रो मानिन्छ ।

–साबुनको सट्टा मोइस्चराइजले धुनुहोस् । सावुन, फिँजबाट नुहाउने, जेल र डिटजेन्टबाट टाढा बस्नुहोस ।

–घरको काम गर्दा जलन हुने कुरा सम्पर्कमा आएमा हातको सुरक्षाको लागि पञ्जाको प्रयोग गर्ने

–नुहाइसकेपछि सुख्खा पारेर मोइचराइजर लगाउनुहोस् ।

–नकन्याउनुहोस । कन्याउदा एकछिनको लागि मात्र जाती हुन्छ तर लामो समय यसले तपाइको छालालाई अझ चिलाउने बनाउछ –छालामा मोइस्चर लगाउनुहोस ।

–चिसो लागको ब्यक्तिबाट टाढै बस्नुहोस, एक्जिमा भएको ब्यक्तिमा यो सजिलै सर्न सक्छ र यसले अझै गंभिर रुप लिन सक्छ ।How to Register My Dog as an ESA? Tip #1 - Don't! - ESA Doctors

–एलर्जी हुने कुनै पनि जनावर घरमा नपाल्नुहोस । 

–शरीरलाई चिसो बनाइरहनुहोस् । धेरै गर्मी भयो भने एक्जिमाका कारण शरीर चिलाउँछ।

 

 

Our top doctor on Dermatologist

View All

Dr. Shirapa Bajracharya

Dermatologist

MBBS, MD Consultant Dermatologist

Dr. Nisha Shakya

Dermatologist

MBBS, MD-Dermatology (Bangalore, India)

Dr. Padam Malla

Dermatologist

MBBS, MD, Dermatology & Venerology

Dr. Kamala Budhathoki

Dermatologist

MBBS, MD or DD (Chief Consultant)

Dr. Sagar Mani Jha

Dermatologist

MBBS, MD Dermatologist, Venereologist, Leprologist, Cosmeto-surgeon and Cosmetologist

Dr. Kamala Budhathoki

Dermatologist

MBBS MD OR DDC(CHIEF CONSULTANT)

Dr. Anil Bhatta

Dermatologist

MBBS, DIDDS, MD, PhD Dermatologist, Venereologist and Aesthetician

Dr. Anil Bhatta

Dermatologist

MBBS, DIDDS, MD, PhD Dermatologist, Venereologist and Aesthetician

Leave Comment