पिआरपी सत प्रतिशत सुरक्षित

  • 6th September, 2022

पीआरपी कसरी गरिन्छ ?
२० देखि ३० एमएल निकालिएको रगतमा तीनदेखि पाँच एमएल पिआरपी हुन्छ । सामान्तयाः टाउकाको पछाडिको भागको कपाल झरेको हुँदैन । अगाडि र तालुमा नै गएको हुन्छ । त्यसैले पाँच एमएलसम्म पिआरपीले टाउकाको कपाल उमार्न तथा वृद्धि–विकासका लागि पर्याप्त हुन्छ । जुन जुन भागको कपाल झरेको छ त्यही भागमा सुईको माध्यमबाट पिआरपी गरिन्छ । 
मसिनो सुइ हुन्छ, जसले एक–एक थोपा छालामा हालिन्छ । सामान्यतयाः एक सेन्टिमिटरको फरकमा पिआरपी गरिन्छ । पिआरपी गरेको कपालमा सामान्यतयाः ६ महिनामा एकपटक फलोअपका लागि सम्बन्धित चिकित्सककहाँ जानु राम्रो हो । 

जरा भएकोमा पिआरपी
कपालको जरा नै मरिसकेको अवस्थामा कपाल पुनः नआउन पनि सक्छ । त्यसैले सबैभन्दा पहिलेत कपालको जरा छ वा छैन भन्ने परीक्षण गरेर पत्ता लगाइन्छ । 
कपाल पुनः पलाउनका लागि कपालको जरा हुनु पर्छ । जरा छ भने मात्रै जरामा पोषण तŒव दिएपछि कपाल पलाउँछ । बिरुवा जस्तै हो कपाल पनि । बिरुवाको जरा नै मरिसकेको छ भने जति मल जल गरे पनि बिरुवा पलाउँदैन । जरा छ भने मात्रै मल जल गरेपछि बिरुवा आउँछ । त्यसैले जरा मरेको छैन तर पोषण नपाएर बढ्न नसकेको अवस्थामा पिआरपी गरेर पोषण दिइन्छ र पुनः कपाल पलाउँछ । जति जरा राम्रो हुन्छ, त्यतिनै कपालको गुणस्तरीयता हुन्छ । 
कतिपय अवस्थामा फेरि कपाल रोप्नु पर्छ, त्यसलाई प्रत्यारोपण गर्ने भनिन्छ । त्यसैले कपालको जरा मरेको हो वा पोषण तत्व नपाएर नबढेको हो भन्ने छुट्याइन्छ । 
पिआरपी कपालको जरा भएको अवस्थामा मात्रै गरिन्छ भने प्रत्यारोपण गरेको कपालमा पनि पिआरपी गरेको खण्डमा पुनः कपाल झर्नबाट बच्छ । रोपेको कपाललाई पोषण तत्व पु–याउनका लागि पनि पिआरपी गर्दा राम्रो ।

पाको उमेरमा पनि गरिन्छ, पिआरपी
सबै उमेर समूहमा पिआरपी गर्न मिल्छ । सामान्यतयाः बालबालिकाको कपाल झर्ने समस्या हुँदैन । १२ वर्षभन्दा माथिका उमेर समूहमा पिआरपी गर्न सकिन्छ । साठी वर्षभन्दा पाका उमेरका मानिसमा जवानीको जस्तो कपाल पलाउँछ भन्ने पनि हुँदैन । तर बुढेसकालमा पनि कपालको पिआरपी नगरिने भने हैन । धेरै जसो २० देखि ४० वर्ष उमेर समूहका मानिस कपाल भर्ने समस्या लिएर आउँछन् । पिआरपी पनि जवानी उमेर समूहमै धेरै गरिन्छ । ‘स्वस्ति लेजर एन्ड स्किन केयर’मा कपालको समस्या लिएर आउनेमध्मे अधिकांश २० देखि ५० वर्ष उमेरकै हुन्छन् । महिलाको तुलनामा पुरुष धेरै आउँछन् । तर महिला पनि त्यत्तिकै आउँछन् । कपालको पिआरपी गर्न महिनामा करिब ३० जना आउँछन् । 

पिआरपी सत प्रतिशत सुरक्षित
पिआरपीको जोखिम हुँदैन । कपाल उमार्ने अत्यन्तै सुरक्षित तरिका हो । पिआरपी गरेर कपाल उमार्दा जोखिम शून्य हुन्छ । कुनै पनि किसिमको जोखिम हुँदैन । आफ्नै शरीरको रगत निकालेर प्रशोधन मात्रै गरिन्छ । कुनै पनि किसिमको औषधिको प्रयोग नगरिने भएकाले यो अत्यन्तै सुरक्षित तरिका हो । हल्का चिस्स दुख्न सक्छ । पिआरपी गर्दा सुइको माध्यमबाट गरिने भए पनि नदुख्ने मलम लगाएर गरिन्छ । त्यसमाथि पनि मसिनो सुइको प्रयोग हुने भएकाले पिआरपी गर्दासमेत दुख्दैन । यो तरिका सत प्रतिशत प्राकृतिक हो । 

भविष्यमा पिआरपीको कुनै पनि किसिमको साइड इफेक्ट हुँदैन । 
पैसा पनि धेरै खर्च गर्नु नपर्ने, अप्रेसन पनि गर्नु नपर्ने भएकाले पिआरपी गरेर कपाल उमार्ने तरिका भरपर्दो तरिका हो । समयको पनि बचत हुने भएकाले पिआरपी प्रभावकारी छ । कपाललाई स्वस्थ राख्न पिआरपी गरिन्छ ।


 

Our top doctor on Dermatologist

View All

Dr. Shirapa Bajracharya

Dermatologist

MBBS, MD Consultant Dermatologist

Dr. Nisha Shakya

Dermatologist

MBBS, MD-Dermatology (Bangalore, India)

Dr. Padam Malla

Dermatologist

MBBS, MD, Dermatology & Venerology

Dr. Kamala Budhathoki

Dermatologist

MBBS, MD or DD (Chief Consultant)

Dr. Sagar Mani Jha

Dermatologist

MBBS, MD Dermatologist, Venereologist, Leprologist, Cosmeto-surgeon and Cosmetologist

Dr. Kamala Budhathoki

Dermatologist

MBBS MD OR DDC(CHIEF CONSULTANT)

Dr. Anil Bhatta

Dermatologist

MBBS, DIDDS, MD, PhD Dermatologist, Venereologist and Aesthetician

Dr. Anil Bhatta

Dermatologist

MBBS, DIDDS, MD, PhD Dermatologist, Venereologist and Aesthetician

Leave Comment