कपाल उमार्ने पिआरपी के हो ? यसले कसरी काम गर्छ ?

  • 5th September, 2022

 पिआरपी के हो ? 
प्लेटिलेट रिच प्लाज्मालाई छोटकरीमा पिआरपी भनिन्छ । प्रशोधित पिआरपी कपाल उमार्न छालामा हालिन्छ । पिआरपी भनेकै प्लाज्मा हो, जसमा प्लेटिलेट कोषिकाको मात्रा धेरै हुन्छ । त्यसैले कपालमा मलजल गर्ने यो किसिमको तरिकालाई पिआरपी गर्ने भनिएको हो । 
पिआरपी बनाउन बिरामीको रगत २० देखि ३० एमएल निकालिन्छ । रगत सेन्टिफ्यूज मेसिनमा प्रक्रिया तथा प्रशोधन गरिन्छ । प्रशोधन गरेर रातो रगत प्लाज्मामा परिवर्तन गरिन्छ । प्रशोधित रगत प्लाज्मामा परिवर्तन हुन्छ । प्रशोधन गरेर प्लाज्मामा परिवर्तन गरेको रगत पहेँलो किसिमको देखिन्छ । केश पलाउन र छाला स्वस्थ हुनका लागि आवश्यक पर्ने प्लेटिलेट पहेँलो रगतमा हुन्छन् । 

कपाल उमार्ने प्लाज्मा 
कपाल उमार्नका लागि प्लाज्मा महत्वपूर्ण हुन्छ । प्लाज्मा अर्थात पहेँलो रगत कपालको वृद्धि–विकास तथा छालाका लागि आवश्यक तत्व हो । 
रगतमा आरबिसी, डब्लुबिसी, प्लेटिलेट गरी तीन किसिमका रक्त कोषिका हुन्छन् भने कपाल उमार्नका लागि प्लेटिलेटको आवश्यकता हुन्छ । निकालिएको रगतमध्ये केश उमार्नका लागि प्लेटिलेटको मात्रै आवश्यकता पर्ने भएकाले प्लेटिलेट मात्रै प्रशोधन गरेर राखिन्छ । कपाल झरेको अवस्थामा पिआरपीको सहायताले कपाल पलाउन मद्दत गर्छ । प्लेटिलेट रगतको प्रयोग गरेर केश उमार्ने एक किसिमको उपचार पद्धति हो । जहाँ जहाँ केश झरेको छ त्यस ठाउँमा मसिनो सुईको माध्यमबाट पिआरपी अलिअलि गर्दै हालिन्छ

कपालको जरामा पोषण
मानिसको शरीरमा यी तीनै किसिमका रगत हुने भए पनि कपालका लागि पर्याप्तता हुँदैन। त्यसैले निकालेर लाउनु पर्छ । प्लेटिलेट कपालको जरामा सिधै हालिने भएकाले कपाल आउँछ । 
छालामा दुई तह हुन्छन् । छालाको बाहिरी भागलाई इपिडर्मिस भनिन्छ भने भित्री भागमा डर्मिस हुन्छ । कपालको जरा डर्मिस भागमा हुन्छ । पिआरपी गरेर प्लाज्मा पनि मसिनो सुईको माध्यमबाट डर्मिस भागमा पु¥याइन्छ, जहाँ कपालको जरा हुन्छ । सुईबाट लगाएको प्लाज्मा छालाबाट रक्त सञ्चारमा नमिसिने भएकाले यो फेरि रक्त सञ्चारमा फैलिँदैन । त्यसैले कपालको जरामा प्लाज्मा रहिरहन्छ । कपाललाई खाद्य तत्व पुगिरहन्छ। र कपाल पलाउँछ ।  

हर्मोनका कारणले पुरुषको कपाल धेरै झर्छ
सबैमा पिआरपीले मात्रै काम गर्छ भन्ने हुँदैन । कपाल झर्नु तथा पातलो हुँदै जानुका विभिन्न कारण हुन्छन् । एउटै मात्रै कारण नहुन सक्छ । 
औषधिको प्रयोग, थाइराइड, शरीरमा भएको कुनै पनि किसिमको रोग, तनावका कारणले पनि केश झर्न सक्छ । खानपिनमा कमी, अचानक खाना खानै छोड्ने, डाइटिङ गर्नेजस्ता कारणले पनि केश झर्ने समस्या हुन्छ । शरीरमा भिटामिन तथा खाद्य तत्वको अभावका कारणले कपाल झर्न सक्छ । शरीरमा आइरनको कमी, पानी, प्रदूषणलगायतका कारणले केश झर्ने समस्या हुन्छ । 
पुरुषमा एन्ड्रोजन हर्मनका कारणले पनि कपाल झर्छ । पुरुषमा विशेषगरी एन्ड्रोजनका कारणले  कपाल खुईलिँदै जान्छ । विशेषगरी टाउकाको अगाडिको भाग अर्थात् निधार माथिबाट कपाल खुईलिँदै जान्छ भने कतिपय पुरुषको तालुबाट पनि झरेको देखिन्छ । 
महिलाको तुलनामा पुरुषमा एन्ड्रोजन हर्मन बढी हुने भएकाले महिलाको तुलनामा पुरुषको कपाल बढी झरेको देखिन्छ ।

कपाल झर्नबाट रोक्न उपयोगीः पीआरपी
पिआरपी गरेपछि कपालको जरामा पर्याप्त मात्रामा खाद्य तत्व पुग्छ । र कपाल आउँछ । सुईमार्फत पिआरपीको सहायताले पहिलो नम्बरमा कपाल झर्न रोकिन्छ । 

तीन पटकमा कपाल पलाउँछ
कपाल उमार्नका लागि महिनामा एकपटक पिआरपी गर्नु पर्छ । पहिलोपटक पिआरपी गरिसकेपछि कपाल झर्न रोकिन्छ । ३÷४ पटक पिआरपी गरेपछि टाउकोमा नयाँ कपाल आएको देख्न सकिन्छ । त्यसैैले नयाँ कपाल देखिन पिआरपी गरेको कम्तीमा तीन महिना पर्खिनु पर्छ । 

पीआरपी गर्दा कति खर्च लाग्छ ?
एकपटक पिआरपी गर्दा सामान्यतयाः दस हजारको हाराहारीमा खर्च हुन्छ । 

 

Our top doctor on Dermatologist

View All

Dr. Shirapa Bajracharya

Dermatologist

MBBS, MD Consultant Dermatologist

Dr. Nisha Shakya

Dermatologist

MBBS, MD-Dermatology (Bangalore, India)

Dr. Padam Malla

Dermatologist

MBBS, MD, Dermatology & Venerology

Dr. Kamala Budhathoki

Dermatologist

MBBS, MD or DD (Chief Consultant)

Dr. Sagar Mani Jha

Dermatologist

MBBS, MD Dermatologist, Venereologist, Leprologist, Cosmeto-surgeon and Cosmetologist

Dr. Kamala Budhathoki

Dermatologist

MBBS MD OR DDC(CHIEF CONSULTANT)

Dr. Anil Bhatta

Dermatologist

MBBS, DIDDS, MD, PhD Dermatologist, Venereologist and Aesthetician

Dr. Anil Bhatta

Dermatologist

MBBS, DIDDS, MD, PhD Dermatologist, Venereologist and Aesthetician

Leave Comment