सोरायसिस

  • 9th November, 2022

सोरायसिसलाई कत्ले रोग भनेर चिनिन्छ । यो आनुवंशिक रोग हो । सुरुवाती अवस्थामा छालाको कुनै एक भागमा रातो भएर कत्ला झर्न सुरु हुन्छ । कोही मानिसको कत्ला टाउकोमा सिमित रहन्छ । उनीहरु कपालमा कडा चाँया परेको बुझ्छन् । कसैको हत्केला र पाइतालामा कत्ला जान थाल्छ । तर कसैलाई टाउकोदेखि खुट्टा सम्म सबै भागको छाला जाने गरि कडा किसिमको सोरायसिस पनि देखिन सक्छ ।

TREATMENT OF PSORIASIS - CubaHeal Medical Centerसोरायसिसलाई हेर्ने बित्तिकै यसले पछि लिने रुप थाहा पाउन सकिदैन । सोरायसिस एकचोटी आइसकेपछि शरीरका अन्य भागमा विस्तारै फैलिन सक्छ । तर यो रोग सँगै बसेर, छोएर, जुठो खाएर, एउटै कपडा लगाएर सर्ने रोग भने होइन। यो संक्रामक रोग होइन । सोरायसिस हुने÷नहुने वाह्य वस्तु भन्दा आन्तरिक जीनमा निर्भर हुन्छ। 

सोरायसिस हुने जीन भएको व्यक्तिको छालालाई वातावरणिय कारणले प्रभाव पार्दछ। मानिसहरुमा रोगको लक्षण देखिने समय फरक फरक हुन्छ । कसैलाई सानै उमेरमा देखिन्छ भने कसैलाई ४० वर्षको हाराहारीमा देखिन सक्छ । कसैकसैलाई ६० वर्ष कटेपछि पनि देखिने गरेको पाइन्छ । यो उमेरसँग सम्बन्धित रोग होइन । यो कुनै पनि उमेरमा हुनसक्छ। सोरायसिसको वंशाणुगत रुप पनि हुन्छ । सोरायसिस हुने÷नहुने तय गर्ने जीन पहिलादेखि नै हाम्रो शरीरमा हुन्छ । यसलाई सोरा जीन भनिन्छ । यो जीन आमाबुबाबाट वंशाणुगत रुपमा हस्तान्तरण हुन्छ ।

सोरायसिसबारे बुझ्नैपर्ने कुराः सोरायसिस जीन हाम्रो शरीरभित्र आफैँ पनि उत्पत्ति हुन सक्छ ।

सोरायसिस भएको कसरी थाहा पाउने ?

सोरायसिसलाई हेरेर पहिचान गर्न सकिन्छ । सोरायसिसको धब्बा अन्य रोगको भन्दा भिन्न हुन्छ । धब्बा आएको भाग रातो हुन्छ । बिस्तारै कत्ला निस्किन थाल्छ । यसलाई सिल्भरी ह्वाइट स्केल भनिन्छ । कत्लाको प्रकार, भाग, कत्ला निकाल्ने बेला छाला मुनिको रातोपना कस्तो छ हेरेर क्लिनिकल डायग्नोसिस गरिन्छ ।

जोखिम
यो दीर्घकालिन रोग हो । सँधै छाला जाने, रातो हुने भएकाले मानिसहरु आफुलाई रोगी महशुस गर्छन् । यसले मानसिक तनाव सिर्जना हुन्छ । कत्ला सुख्खा हुँदै गएपछि चिलाउन थाल्छ । यदि पस्टुलर सोराइसिस भएमा कत्ला पाकेर पिप निस्किन सक्छ ।

सोरायसिसको उपचार

संसारमा अहिलेसम्म सोराइसिस निर्मुल पार्ने उपचार पद्धति उपलब्ध छैन । तर औषधि प्रयोगले सोरायसिसलाई नियन्त्रण गर्न सकिन्छ । जसले गर्दा जीवनयापन सहज हुन्छ ।Psoriasis | Brunet यसले गर्भावस्थामा महिलाहरुलाई कुनै असर भने गर्दैन । विभिन्न अनुसन्धानहरुबाट चुरोट र रक्सी सेवनले सोरायसिस रोगलाई झन जटिल बनाउन सक्ने तथ्य पत्ता लागेको छ। मद्यपान गर्दा सोराइसिसको औषधिले काम गर्दैन । त्यसकारण सोराइसिस भएका ब्यक्तिहरुले धुमपान र मद्यपान त्याग्नुपर्छ ।

सोरायसिसको स्वरुप र प्रकार हेरेर उपचार विधि अपनाइन्छ । क्रोनिक प्लेक्स सोरायसिस (एकदुइ ठाउँमा कत्ला आउने), गट्टेट सोराइसिस (शरीरभर स—साना धब्वा आउने), ससोरियाटिक बाथरोग (हड्डी खाने), हातगोडामा मात्र सँधै कत्ला आइरहने र अर्काे ज्यानलेवा इराइथ्रोेडर्मिक सोरायसिस (शरीरभरी कत्ला जाने) आदि सोराइसिसका प्रकारहरु हुन् । सामान्य अवस्थाको सोरायसिसमा मल्हम प्रयोग गरिन्छ । कडा हुँदै गएको सोरायसिसमा खाने औषधि हुन्छ । लगाउने मल्हम र खाने औषधिले पनि काम नगरेमा सुईसमेत दिनुपर्ने हुनसक्छ ।

 

Our top doctor on Dermatologist

View All

Dr. Shirapa Bajracharya

Dermatologist

MBBS, MD Consultant Dermatologist

Dr. Nisha Shakya

Dermatologist

MBBS, MD-Dermatology (Bangalore, India)

Dr. Padam Malla

Dermatologist

MBBS, MD, Dermatology & Venerology

Dr. Kamala Budhathoki

Dermatologist

MBBS, MD or DD (Chief Consultant)

Dr. Sagar Mani Jha

Dermatologist

MBBS, MD Dermatologist, Venereologist, Leprologist, Cosmeto-surgeon and Cosmetologist

Dr. Kamala Budhathoki

Dermatologist

MBBS MD OR DDC(CHIEF CONSULTANT)

Dr. Anil Bhatta

Dermatologist

MBBS, DIDDS, MD, PhD Dermatologist, Venereologist and Aesthetician

Dr. Anil Bhatta

Dermatologist

MBBS, DIDDS, MD, PhD Dermatologist, Venereologist and Aesthetician

Leave Comment