कपाल झर्ने समस्या र समाधानका लागिः पिआरपी थेरापी 

  • 5th September, 2022

प्याटर्न हेयर लस

What Is Male Pattern Baldness and Can It Be Treated? - Hair & Skin Science
प्याटर्न हेयर लसमा एन्ड्रोजीन हर्मोनसँग सम्बन्ध हुन्छ । यस प्रकारको समस्यामा पुरुषमा बढी तर महिलामा पनि कपाल झर्न सक्छ । महिलाहरुमा सिउँदो भएको भागबाट कपाल पातलिँदै जान्छ । उनीहरुको पनि पुरुषहरुको जस्तो तालु चिन्नै देखिनसक्छ । यस प्रकारको समस्या फिमेल प्याटर्न हेयर लस हो । मेल प्याटर्न बालनेस भनेको केटा मान्छेमा आउने तालुपना हो । यो वंशाणुगत र हर्मोनल कारण दुवै हुनसक्छ ।
यस प्रकारको समस्यामा कपाल पातलो र टाउकोबाट कपाल खस्दै जाने हुनसक्छ । कपालको हेयर फोलिकलहरुले डाय हाइड्रोटेस्टेस्टेरोन भन्ने हर्मोनलाई रेस्पोन्स गरेर कपाल सानो साइजमा परिणत हुँदै जाने र कपाल पातलिँदै जान्छ ।

ट्र्याक्सन एलोपेसिया
ट्रयाक्सन एलोपेसियाअन्तर्गत तानिने गरी कडा किसिमले कपाल बाँध्ने महिलाहरुमा निधारमाथिको भागबाट कपाल झर्ने र पातलो हुँदै जान्छ ।

फूल एलोपेसिया टोटालिस
कतिपय व्यक्तिहरुमा औषधोपचार गर्दा गर्दै पनि बिस्तारै पुरै टाउकाको कपाल झरेर पुरै तक्लु हुनसक्छ । यसलाई फूल एलोपेसिया टोटालिस भनिन्छ । यस प्रकारको समस्यामा पछि दाह«ी जुँगा, आँखी भौं, परेला, काखुमुनीको रौं, योनाङ्गको रौं, शरीरको सबै रौंहरु झर्नसक्छ । यसलाई एलोपेसिया युनिभर्सालिस भनिन्छ । धेरै कपाल लस भइसकेपछि रिकभर गर्न गाह्रो हुने भएकाले समयमा उपचार गर्न जरुरी हुन्छ ।

सडेन लुजिङ हेयर लस
यो प्राय गर्भवती पछि बच्चा जन्माएका महिलाहरुमा हुनसक्छ । यसका साथै मेजर अपरेशन गरेका पुरुष तथा महिलाहरुमा केही महिनासम्म कपाल झर्नसक्छ । तर पछि बिस्तारै कपाल पलाउँछ ।

कपाल झर्ने कारण

10 Common Reasons for Hair Loss in Menकपाल झर्ने कारणहरुमा केमिकल मिसिएका नयाँ सामानहरुको प्रयोग, धेरै कसेर कपाल बाँध्ने, कपाललाई राम्रोसँग पोषण नपुगेर पनि कपाल झर्नसक्छ। कपाललाई आइरन, जिंक, भिटामिन, मिनरल्सजस्ता तत्वहरु आवश्यक पर्छ। कपालमा आउने चाँयालगायतका विभिन्न रोगले पनि कपाल पातलिन सक्छ ।

सामान्य प्रकारका समस्याहरुहरुमा उपचारपछि पुनः कपाल पलाउने गर्छ भने खतहरु बनेको ठाउँहरुमा पुन कपाल नआउन सक्छ । वंशाणुगत, हर्मोनल परिवर्तन, शरीरको मेडिकल अवस्था, मेडिकेसन, थायराइडको आदि कारणले पनि कपाल झर्नसक्छ । लामो समयसम्म औषधि सेवन गरिरहेका व्यक्तिहरुको कपाल पातलिँदै जानसक्छ । उमेर पुगेका व्यक्तिहरुको कपालको चमकता घट्ने, बाक्लो कपाल पातलिँदै जाने, कपालको जरा कमलो हुनसक्छ । महिनावारी सुक्ने बेला र गर्भवती अवस्थामा कपाल झर्न सक्छ । रेडिएसन थेरापीले पनि कपाल झर्नसक्छ । कडा औषधिहरुले पनि कपाल झर्नसक्छ । कपाल झर्नमा तनाव एउटा कारक तत्व हो । त्यसैले स्वास्थ्यमा ध्यान दिनुका साथै खुशी हुनुपर्छ । यसका साथै यौन रोग, भिरिङ्गी एउटा तहमा पुगेपछि पनि प्याची हेयर लस हुनसक्छ । बायोटिन, जिंक, आइरन, मिनरल्सलगायतका भिटामिनको कमीले पनि कपाल झर्नसक्छ ।

कपाल झर्ने समस्याको उपाचार
स्कारिङ (खतहरु बस्ने) र नन स्कारिङ (खतहरु नबस्ने) गरी दुई किसिमबाट कपाल झर्ने गर्छ । स्कारिङमा कपालको उपचार गर्न निकै जटिल हुन्छ । कतिपय अवस्थामा त उपचार नै हुँदैन । नन स्कारिङ समस्यामा कपालको उपचारपछि निको हुनसक्छ।

कपाल झर्ने समस्या र समाधानमा पीआरपी ः 
‘प्लेटलेट रिच प्लाज्मा’ अर्थात पिआरपी उपचार कपाल झर्ने र कपाल पातलो हुने समस्यामा प्रयोग गरिने एक प्रकारको विशेष उपचार पद्दती हो । जुन निकै प्रभावकारी छ । यो उपचार महिला पुरुष दुबैमा गर्न सकिने भए पनि पुरुषहरुका लागि यो  अझ बढी प्रभावकारी देखिएको छ । पुरुषहरुमा हुने ‘एन्ड्रोजेनिक एलोपेसिया’ नामक हर्मोनका कारण कपाल झर्ने समस्या भइरहेको हुन्छ यो समस्यामा पिआरपी पद्दती बढी प्रभावकारी छ । 
पछिल्लो समय पुरुषहरुमा कपाल झर्ने समस्या निकै बढेको छ । पहिले पहिले पुरुषहरुमा ४० वर्षपछि कपाल झर्न शुरु हुन्थ्यो भने अहिले २० वर्षको उमेरदेखि नै कपाल झर्ने समस्या देखिएको छ । त्यसैले पनि बिना साइड इफेक्टको उपचार पिआरपीको मद्दतबाट कपाल झर्ने प्रक्रिया रोक्न मात्र हैन नयाँ कपाल उमार्न समेत सकिन्छ । समस्यासँगै प्रविधिको पनि विकास भएको छ। कपाल उमार्नका लागि महिनामा एकपटक पिआरपी गर्नु पर्ने हुन्छ । पहिलोपटक पिआरपीमा कपाल झर्न रोकिन्छ भने ३,४ पटक पिआरपी गरेपछि टाउकोमा नयाँ कपाल आउन शुरु हुन्छ । लगभग ३, ४ महिनामा नयाँ कपाल आउन शुरु गरिसकेको हुन्छ ।

पिआरपी कसरी गरिन्छ ? 

Platelet rich plasma hair treatment | Beverly Hills Hair Restoration in  Palm Desertपिआरपी उपचारका लागि सर्वप्रथम बिरामीको रगत लिइन्छ । कति कपाल भरेको छ त्यसका आधारमा १० देखि २० एमएलसम्म रगत निकालिन्छ । निकालिएको रगतलाई ल्याबमा प्रशोधन गरिन्छ । रातो रगतबाट प्लाज्मा मात्र छुट्याउछौंं । त्यसमा प्लेटलेट कोषिका हुन्छ जसमा कपालको वृद्धि तथा छालाका लागि आवश्यक ग्रोथ फ्याक्टरहरु बढी हुन्छन् । कपाल उमार्नका लागि प्लाज्मा महत्वपूर्ण हुन्छ । यसले कपाल उमार्न मद्दत गर्छ । त्यसपछि जहाँ जहाँ कपाल झरेको छ त्यहाँ इन्जेक्सन दिने गरिन्छ । यसरी आफनै रगतबाट गरिने उपचार हो पिआरपी ।

पिआरपी उपचार सुरक्षित र भरपर्दो
यो नेचुरल उपचार पद्दती भएकाले उपचारका लागि डराउनु पर्दैन । यसमा कुनै पनि प्रकारको केमिकल हुँदैन जसले गर्दा साइड इफेकटको प्रश्न नै उठ्दैन । सुई लगाउँदा अलिअलि दुखे पनि यसले दिर्घकालिन केही असर गर्दैन ।

चिकित्सकलाई कहिले भेट्ने ?
दैनिक करिब १००—१५० वटासम्म कपाल झर्नुलाई सामान्य मान्न सकिन्छ । तर त्यो भन्दा धेरै कपाल झरेको अनुभव भएमा समयमा चिकित्सकलाई देखाउन जरुरी हुन्छ ।
कपालमा विभिन्न रसायनिकको प्रयोग, हेयर पम्प, कपाल स्टे«ट आदि गर्नाले कमलो भई कपाल पातलिन सक्छ । यसरी टाउको वा शरीरका विभिन्न भागबाट धेरै कपाल झरेको अवस्थामा आफैंले विभिन्न उपचार गर्नुभन्दा उचित ठाउँमा गएर चर्म तथा यौन रोग विशेषज्ञलाई देखाउन उचित हुन्छ ।

रोकथाम र उपचार
कपाल झर्ने कारण पत्ता लगाएर उपचार गर्नुपर्छ । पोषण र खाना स्वस्थ्य हुनुपर्छ । सन्तुलित आहार सेवन गर्नुपर्छ । यसका साथै कपालको हेरचाह गर्नुपर्छ । बेलाबेलामा तेल लगाउने, हल्का मसाज गर्ने, राम्रो खालको स्याम्पुहरु प्रयोग गर्ने, धेरै तातोपानीले कपाल नधुने, कपालमा धेरै रसायनहरु मिसिएका चिजहरु प्रयोग नगर्ने, हेयर डाइङ, हाइलाइटर आदिको निरन्तर प्रयोगले पनि कपालको गुणस्तर कम हुँदै जान्छ ।
प्याची हेयर लस अर्थात ठाउँ ठाउँमा कपाल झरेको अवस्थामा तुरुन्त चिकित्कसलाई देखाउनुपर्छ । यसमा खाने सप्लिमेन्टरी र लगाउने औषधिको प्रयोग गर्न सकिन्छ । कतिपय प्याची हेयर लसमा इन्जेक्सन पनि लगाउन पर्ने हुनसक्छ । यसले धेरैजनाको कपाल आउँछ ।
वंशाणुगत वा प्याटर्न हेयर लसमा उपचार गर्न गाह«ो छ । समयमा उपचार पाएको अवस्थामा कपाल झर्न कम हुने र भएको कपाल बचाउन सकिन्छ । यसो गर्दा पनि कपाल झरिरहेको अवस्थामा पिआरपी थेरापी पनि गर्न सकिन्छ । अन्त्यमा केही नलागेमा कपाल प्रत्यारोपण नै एउटा विकल्प हो ।

 

Our top doctor on Dermatologist

View All

Dr. Shirapa Bajracharya

Dermatologist

MBBS, MD Consultant Dermatologist

Dr. Nisha Shakya

Dermatologist

MBBS, MD-Dermatology (Bangalore, India)

Dr. Padam Malla

Dermatologist

MBBS, MD, Dermatology & Venerology

Dr. Kamala Budhathoki

Dermatologist

MBBS, MD or DD (Chief Consultant)

Dr. Sagar Mani Jha

Dermatologist

MBBS, MD Dermatologist, Venereologist, Leprologist, Cosmeto-surgeon and Cosmetologist

Dr. Kamala Budhathoki

Dermatologist

MBBS MD OR DDC(CHIEF CONSULTANT)

Dr. Anil Bhatta

Dermatologist

MBBS, DIDDS, MD, PhD Dermatologist, Venereologist and Aesthetician

Dr. Anil Bhatta

Dermatologist

MBBS, DIDDS, MD, PhD Dermatologist, Venereologist and Aesthetician

Leave Comment