मंकीपक्सबारे धेरै सोधिने प्रश्नहरु र यसका जवाफ ।

  • 28th July, 2022

मङ्कीपक्स के नयाँ महामारी हो ?
यसको सरल जवाफ हो, होइन । डब्लुएचओका अनुसार मङ्कीपक्स अन्य संक्रमणजस्तो संक्रामक होइन, न त यो कोभिडजस्तो  मानिसमा सजिलै सर्छ । मङ्कीपक्सको संक्रमण संक्रमित व्यक्ति वा उसले प्रयोग गर्ने चीजहरूसँगको प्रत्यक्ष सम्पर्कबाट फैलिन्छ । मङ्कीपक्स कोरोना जत्तिको संक्रामक भने छैन ।

समलिङ्गीहरू मात्र जोखिममा छन् ?
मङ्कीपक्सले जसलाई पनि प्रभावित गर्न सक्छ । यदि तपाईं संक्रमित व्यक्ति वा संक्रमित व्यक्तिको सामानसँग लामो समयसम्म सम्पर्कमा हुनुहन्छ भने तपाईंलाई पनि यो रोग लाग्न सक्छ ।
यसबाहेक स्वास्थ्यकर्मी र यौनकर्मीलाई पनि संक्रमणको जोखिम हुन सक्छ । अर्कोतर्फ, गर्भवती महिला, साना बालबालिका र स्वास्थ्य समस्या भएका व्यक्तिहरूले विशेष रूपमा सुरक्षित हुन आवश्यक छ ।

यसको कुनै उपचार छैन ?
अधिकांश अवस्थामा, उपचारको आवश्यकता पर्दैन । सबै लक्षण क्रमशः कम हुँदै र हराउँदै जान्छन् । आवश्यक परे  दुखाइ र ज्वरोको लागि औषधि खान सकिन्छ । बिरामीले पौष्टिक खाना खानुपर्छ, आफूलाई हाइड्रेटेड राख्नुपर्छ र पर्याप्त सुत्नुपर्छ ।
छालामा उठेका फोका वा दागलाई नछुनुहोस् । नकन्याउनुहोस् । यी घाउलाई समय समयमा सफा पानी र एन्टिसेप्टिकले सफा गरिरहनुपर्छ ।
मङ्कीपक्सविरुद्ध प्रभावकारी भएका केही औषधिहरू: भ्याक्सिनिया इग्युनोग्लोबुलिन, एसटी–२४६ र सिडोफोविर ।

के सेक्स गर्दा मङ्कीपक्स हुन्छ ?
सामान्यतया यस्तो हुँदैन । यदि तपाईंको शरीरको कुनै भागमा रातो दाना वा बिमिराजस्ता मङ्कीपक्सका लक्षणहरू छन् र त्यस्तो अवस्थामा तपाईंले कुनै सुरक्षाविना यौनसम्पर्क गर्नुभयो भने तपाईको शरीरको संक्रमण तपाईंको पार्टनरको शरीरमा पुगेर मङ्कीपक्स हुनसक्छ ।
यहाँ ध्यान दिनुपर्ने अर्को कुरा के पनि छ भने मङ्कीपक्स केवल यौन सम्पर्क गरेर मात्र हुने होइन । यदि संक्रमित व्यक्तिको नजिकको सम्पर्कमा हुनुहुन्छ भने,  तपाई संक्रमणको जोखिममा हुन सक्नुहुन्छ ।

मंकीपक्स परीक्षण गर्न सकिन्छ कि सकिदैँन ? Strengthen Surveillance, Public Health Measures For Monkeypox: WHO
कोभिडजस्तै मंकीपक्सको परीक्षणका लागि पनि आरटीपीसीआर परीक्षण गरिन्छ । कोभिड परीक्षणका लागि घाँटी र नाकको स्वाब लिइन्छ भने मंकीपक्समा शरीरमा देखिएका डाबर भित्रको पानीको परीक्षण गरिन्छ ।

 

Our top doctor on Dermatologist

View All

Dr. Shirapa Bajracharya

Dermatologist

MBBS, MD Consultant Dermatologist

Dr. Nisha Shakya

Dermatologist

MBBS, MD-Dermatology (Bangalore, India)

Dr. Padam Malla

Dermatologist

MBBS, MD, Dermatology & Venerology

Dr. Kamala Budhathoki

Dermatologist

MBBS, MD or DD (Chief Consultant)

Dr. Sagar Mani Jha

Dermatologist

MBBS, MD Dermatologist, Venereologist, Leprologist, Cosmeto-surgeon and Cosmetologist

Dr. Kamala Budhathoki

Dermatologist

MBBS MD OR DDC(CHIEF CONSULTANT)

Dr. Anil Bhatta

Dermatologist

MBBS, DIDDS, MD, PhD Dermatologist, Venereologist and Aesthetician

Dr. Anil Bhatta

Dermatologist

MBBS, DIDDS, MD, PhD Dermatologist, Venereologist and Aesthetician

Leave Comment