आँखा किन सुख्खा हुन्छ ?

  • 12th November, 2021

अँध्यारोमा टेलिभिजन हेर्नु किन घातक ?
कोही कोही मान्छेहरु उज्यालोमा टेलिभिजन हेर्दा त्यति मजा हुँदैन भनेर राती भए बत्ती निभाएर र दिउँसो भए झ्याल ढोका बन्द गरेर अँध्यारोमा टेलिभिजन हेर्ने गर्छन् । तपाईं  अँध्यारोमा टेलिभिजन हेर्ने गर्नुहुन्छ भने गल्ती गर्दै हुनुहुन्छ । अँध्यारो कोठामा बसी टेलिभिजन हेर्नु भनेको आफ्नो आँखालाई चाँडै नै बिगार्नु हो ।

Watching TV at Night Can Be Detrimental to Your Health – Chronobiology.com अँध्यारो कोठामा बसी टेलिभिजन हेर्दा हाम्रो लागि चम्किलो प्रकाशको स्रोत टेलिभिजनको पर्दा मात्र हुन्छ । जब हामी टेलिभिजनबाट अन्य ठाउँमा आँखा पु¥याउँछौ, तब अँध्यारोको कारणले हाम्रो आँखाभित्रको आइरिस मांशपेशीले आँखाको नानीलाई ठूलो पारेको हुन्छ । यदि पुनः हामी अँध्यारोबाट टेलिभिजनको पर्दामा आँखा पु¥याउँछौं भने त्यतिखेर हाम्रो आँखाभित्रको आइरिस मांशपेशीले त्यतिछिटो आँखाको नानीलाई सानो पारिसकेको हुँदैन ।
यसबाट टेलिभिजनको पर्दाबाट आएको चम्किलो प्रकाश धेरै मात्रामा हाम्रो आँखाको नानीबाट छिरेर गई रेटिनासम्म पुग्दछ । साधारणतया अँध्यारोमा हाम्रो आँखाको नानीलाई आइरिस मांशपेशीले ठूलो र उज्यालोमा सानो पारेको हुन्छ । चारैतिर अँध्यारो, तर कुनै एक ठाउँमा मात्र अत्यन्त बढी चम्किलो प्रकाशको स्रोत छ भने त्यसलाई हेर्न पुग्दा आँखाको नानी तत्कालै सानो हुन नसक्ने भएकोले प्रकाशको किरण आँखाले धान्न सक्नेभन्दा बढी मात्रामा आँखाको नानीमा छिरेर गई रेटिनामा पुग्दछ ।
यसबाट आँखामा बढी बल पुग्न जान्छ र यस्तो घटना वारम्बार हुँदै जाँदा आँखामा आघात पुग्न गई आँखा बिग्रन पुग्छ । त्यसैले अँध्यारोमा बसी टेलिभिजन हेर्न हुँदैन । 

आँखामा सुख्खापनाको समस्या’
लगातार कम्प्युटर र मोबाइल चलाउँदा ढाड र गर्धनमा मात्रै नभई आँखामा पनि समस्या आउँछ । पछिल्लो समय खासगरी बालबालिकाहरूले चस्मा लगाउनुपर्ने समस्या बढेको छ । त्यस्तै किशोरावस्थादेखि माथि उमेरका बिरामीमा भने आँखामा सुख्खापन धेरै हुने समस्या देखिएको छ ।

कारण के हो ?
कुनै पनि ग्याजेटमा हेर्दा लामो समयसम्म एकटक हेरिरहने र सामान्यतः हाम्रो आँखाको परेला जति पटक झिम्किनुपर्ने हो त्यति नझिम्किँदा त्यसले आँखाका मांसपेसी थाक्ने र सु्ख्खापन देखापर्छ ।
त्यसैले सकेसम्म स्क्रीनमा कम हेर्नुपर्छ । उनीहरूलाई टाढा नदेख्ने समस्या भइसकेको हुन्छ र चस्मा नलगाई स्क्रीन हेर्दा आँखालाई थप दबाव पर्छ त्यसैले उपचार समयमै गराउनुपछ ।
दिनमा दुई घण्टाभन्दा बढी कम्प्युटरमा काम गर्नेहरूलाई ’कम्प्युटर भिजन सिन्ड्रोम’ हुने गरेको चिकित्सकहरू बताउँछन् ।
लगातार स्क्रीन हेर्ने मानिसहरूमा आँखा सुख्खा हुने, पोल्ने, बिझाउने र हेर्नै असहज हुने गर्छ ।

आँखा कसरी जोगाउने?
निम्न कुराहरू पालना गरेर आँखा जोगाउन सकिन्छ –

  • स्क्रीन धेरै नहेर्ने
  • हेर्नै परे स्क्रीनको उज्यालो बाहिरी वातावरणको उज्यालो भन्दा धेरै नबढाउने, ब्लूलाइट’ कम गर्ने
  • २०÷२०÷२० भनिने आँखाको व्यायाम गर्ने (प्रत्येक २० मिनेटमा २० फीट टाढा २० सेकेन्डका लागि हेर्ने)
  • काम गर्दा आँखाको परेला पर्याप्त मात्रामा झिमझिम गर्ने More than 2 million undergo eye check up «
  • आँखाबाट माथि हुने गरी स्क्रीन नराख्ने
  • आँखा सुख्खा हुने वा बिझाउने भयो भने “एन्टी–रिफ्लेक्टिभ कोट” भएको चस्मा लगाउने र सुख्खा हुन नदिन थोपाहरु हाल्ने 
  • चस्मा लगाउने व्यक्तिले नियमित रूपमा चस्माको पावर ठिक छ वा छैन जाँच गर्ने
  • आँखालाई चाहिने आराम दिनुपर्छ भनेर ख्याल गर्ने

निरन्तर रुपमा कम्प्युटर वा ल्यापटपको स्क्रिनमा हेर्दा आँखामा प्रत्यक्ष रूपमा असर गरिरहेको हुन्छ । कम्प्युटर स्क्रिनमा जस्तापनि आकृति होऊन् ती धेरै बिन्दु (डट) मिलेर बनेका हुन्छन् । र यी इलेक्ट्रोनिक बिन्दु लगातार हल्लिरहेका हुन्छन्। निरन्तर चलायमान यी बिन्दुलाई आँखाले पछ्याइरहनुपर्छ । त्यसका लागि आँखाले पनि चलायमान भएर यी बिन्दुको गतिसँग तालमेल मिलाइरहेको हुन्छ ताकि हामी कम्प्युटरका आकृति÷अक्षर ठिकसँग हेर्न सकौं । आँखा निरन्तर चलायमान भइरहँदा थाक्छ र तनावको लक्षण देखिनथाल्छ । साथै कम्प्युटर स्क्रिनको वरपर  ‘स्टेटिक इलेक्ट्रिकल चार्ज’ पनि उत्पन्न भइरहेको हुन्छ जसले वरपरका धुलोका कण आफूतिर तान्छ । यी कण आँखामा पनि जम्न पुग्छन् र दुखाइ सुरु हुन्छ । आँखा सुख्खा हुन्छ र चिलाउन थाल्छ । एलर्जी पनि बढ्न थाल्छ ।

यसरी लामो समयसम्म कम्प्युटरको स्क्रीनमा हेर्दा आँखालाई गम्भीर असर पुर्याउने स्वास्थ्य विशेषज्ञहरु बताउँछन् । कम्प्युटरमा निरन्तर हेरिरहँदा आँखामा सुख्खापन आउने, दृष्टी कमजोर हुने, आँखा थाक्ने, टाउको दुख्ने, थकान बढ्ने, निन्द्रा नपर्ने, रिस उठ्नेजस्ता समस्याहरू देखा पर्छन् । कसरी जोगाउन सकिन्छ आँखालाई ?
(१) कम्प्युटरको स्क्रिन र आँखाबीचको दुरी कम्तीमा १८ देखि ३० इन्चसम्म राखेर काम गर्नुपर्छ ।
(२) ब्लु लाइट फिल्टर चश्माको प्रयोग गर्ने, जसले ब्लु लाइटहरुलाई फिल्टर गर्छ र आँखासम्म हानिकारक रोशनी पुग्न दिँदैन ।
(३) कम्प्युटर चलाउँदा लगातार धेरैबेर नहेर्ने प्रत्येक आधा घण्टामा पाँच मिनेटको ब्रेक लिने ।
(४) कम्प्युटरमा काम गर्दा हामी परेला कम झिम्क्याउँछौँ । यसले आखाँमा सुख्खापन पैदा गराउँछ । त्यसैले काम गर्दा छोटो छोटो समयमा नै आँखा झिम्क्याउने गर्नुपर्छ ।
(५) कम्प्युटरलाई सूर्यको उज्यालोमा राखेर काम नगर्ने । धेरै उज्यालोमा पनि कम्प्युटर नहेर्ने, टाउको माथिबाट तेज र चम्किलो प्रकाश नहोस् भन्नेमा ध्यान दिने ।
(६) कम्प्युटरमा लगातार काम गरिरहँदा हरेक दुई घण्टामा एकपटक आँखामा पानी छ्याप्ने गर्नुपर्छ । यसले आँखाको सुख्खापनबाट बचाउँछ साथै तनाव पनि कम गर्छ ।
(७) काम गर्दै गर्दा आँखामा दुखाई महसुस भएको समयमा २ मिनेट ब्रेक लिनुपर्छ त्यसपछि आफ्ना तातो हातहरुले आँखाको हल्का मसाज गर्ने, यसले आँखामा रक्तसञ्चार गराउने र आँखामा हुने तनाव र पीडा कम गराउँछ ।
(८) कम्प्युटरमा काम गर्दा पानी पर्याप्त मात्रामा खाने गर्नुपर्छ । पानी पिउँदाको समय छोटो भए पनि यसले आँखालाई बिश्राम दिन्छ ।
(९) कुर्सीमा बस्दा सीधा बस्नुपर्छ । सुतेर कम्प्युटर, ल्यापटप, ट्याब्लेट कहिल्यै चलाउनु हुँदैन ।
(१०) कम्प्युटरमा लामो समयसम्म काम गर्दै हुनुहुन्छ भने प्रत्येक २० मिनेटमा आफ्नो आँखा स्क्रिनबाट हटाउने र टाढा हेर्ने, यसो गर्दा आँखालाई स्वच्छ राख्न मद्दत गर्दछ ।

समस्या बढिरहनुको कारणः
हाम्रो धेरैजसो समय ल्यापटप, डेस्कटप कम्प्युटर, ट्याब्लेट, मोबाइललगायतका डिजिटल प्रविधियुक्त उपकरणमा व्यतित भइरहेको हुन्छ । जसले गर्दा आँखा झिमझिम कम हुन्छ र आँखामा तनाव –स्ट्रेस) बढछ ।
भिजन काउन्सिलको एक तथ्यांकअनुसार प्रत्येक दिन ६० प्रतिशतभन्दा बढी मानिस र कर्मचारीले पाँच वा त्योभन्दा बढी घण्टा कुनै न कुनै डिजिटल उपकरणको प्रयोग गरिरहेका हुन्छन् । जसको कारण आँखालाई धेरै स्ट्रेस भइरहेको हुन्छ ।
आँखालाई स्ट्रेसमा नराख्नका लागि हामीले डिजिटल उपकरणको सकेसम्म थोरै प्रयोग गर्नुपर्छ । डिजिटल उपकरणको थोरै प्रयोग गरेको खण्डमा आँखालाई हुने स्ट्रेसबाट बच्न सकिन्छ । धेरै समयसम्म डिजिटल उपकरणको प्रयोग र पर्याप्त विश्रामको कमीले गर्दा आँखा थाक्ने, दुख्ने, पोल्ने, रातो हुने, धमिलो देख्ने, सुख्खा हुने, टाउको, घाँटी, ढाड दुख्ने समस्या हुन्छ । यसलाई चिकित्सकीय भाषामा “कम्प्युटर भिजन सिन्ड्रोम” भन्ने गरिन्छ । कम्प्युटरको प्रयोग गर्नेमध्ये झण्डै ५० देखि ९० प्रतिशत मानिसले यीमध्ये कुनै न कुनै लक्षण अनुभव गरेकै हुन्छन् । पहिले नै आँखा कमजोर (नेअर साइटनेस) हुने, चस्मा आवश्यक भएर पनि नलगाउने, गलत निर्धारणको चस्माको प्रयोग गर्नेहरुलाई यो समस्या अझै बढी हुने गर्छ । 
ई–पुस्तकहरुको उपलब्धताले गर्दा भारी पुस्तक बोक्न नपरे पनि यसको धेरै प्रयोग गरेमा स्क्रिनबाट निस्किने किरण र ग्लारेले आँखालाई उत्तिकै असर पारिरहेको हुन्छ । त्यसैले पनि हामीले धेरै लामो समयसम्म ई–पुस्तक पढ्नु उचित हुँदैन ।


के गर्ने त ?
उचित दूरीः
कम्प्युटर स्क्रिन आफ्नो आँखाबाट २०–२६ इन्च टाढा र आँखास्तरभन्दा अलि तल राख्नुहोस् । कम्प्युटर स्क्रिनमा डाइरेक्ट प्रकाश नहोस् । चलाउनुअघि धूलो सफा गर्नुहोस् र कम्प्युटरमा प्रोटेक्टिभ स्क्रिन राख्नुहोस् । कम्प्युटरमा लेख्दा वा पढ्दा अक्षरहरुको साइज आफूलाई सहज हुने तरीकाले राख्नुहोस ।


सीधा र केन्द्रित सिटः कुर्सी प्रयोग गर्दा एडजस्टेबल प्रयोग गर्नुहोस् । सीधा बस्नुहोस् । सुतेर कम्प्युटर, ल्यापटप, ट्याब्लेट कहिल्यै नचलाउनुहोस् ।
कुर्सी प्रयोग गर्दा एडजस्टेबल प्रयोग गर्नुहोस् । सीधा बस्नुहोस् । सुतेर कम्प्युटर, ल्यापटप, ट्याब्लेट कहिल्यै नचलाउनुहोस् । सधैँ २०–२०–२० नियम प्रयोग गर्नुहोस् । यो भनेको, हरेक २० मिनेट, कम्तिमा २० सेकेन्डका लागि कम्तिमा २० फिट टाढाको वस्तुलाई हेर्ने गर्नुहोस् । कम्प्युटर प्रयोग गर्दा हामीले आँखा कम झिम्क्याउने गर्छौं । तर कम्प्युटर प्रयोग गर्दा आँखा अझ बढी झिम्क्याउनुपर्छ । त्यसैले, हरेकपल्ट कम्प्युटरमा बस्दा सम्झेरै भएपनि आँखा झिम्क्याउनुस् । कम्प्युटरमा बस्दा जहिले पनि एउटटा पानीको बोतल आफूले देख्नेगरी साथमा राख्नुस् र पर्याप्त मात्रामा पानी पिउनुस् । पानी पिउँदाको समय छोटो भए पनि यसले आँखालाई विश्राम दिन्छ । र पर्याप्त मात्रामा पानी पिउनुस् । पानी पिउँदाको समय छोटो भए पनि यसले आँखालाई विश्राम दिन्छ । र पर्याप्त मात्रामा पानी पिएकै कारण समय–समयमा शौचालय जानुपर्ने हुन्छ । जसले गर्दा आँखालाई अझै केही समय विश्राम गर्ने मौका मिल्छ । गुणस्तरीय चस्मा लगाउनु र कम्प्युटर धेरै प्रयोग गर्नु पर्नेहरुले ब्लु कट लेन्सको प्रयोग गर्नु धेरै राम्रो मानिन्छ ।

  
२०–२०–२० नियमः सधैं २०–२०–२० नियम प्रयोग गर्नुहोस् । यो भनेको, हरेक २० मिनेट, कम्तिमा २० सेकेन्डको लागि कम्तिमा २० फिट टाढाको बस्तुलाई हेर्ने गर्नुस् ।


आँखा झिम्काउनुः कम्प्युटर प्रयोग गर्दा हामीले आँखा कम झिम्क्याउने गर्छौं । तर, कम्प्युटर प्रयोग गर्दा आँखा अझ बढी झिम्क्याउनुपर्छ । त्यसैले, हरेकपल्ट कम्प्युटरमा बस्दा सम्झेरै भएपनि आँखा झिम्क्याउनुस् ।


पानी पिउनुः

Why drinking water really is THAT important

कम्प्युटरमा बस्दा जहिले पनि एउटा पानीको बोतल आफूले देख्नेगरी साथमा राख्नुस् र पर्याप्त मात्रामा पानी पिउनुस् । पानी पिउँदाको समय छोटो भए पनि यसले आँखालाई बिश्राम दिन्छ । र, पर्याप्त मात्रामा पानीको पिएकै कारण समय–समयमा शौचालय जानुपर्ने हुन्छ । जसले गर्दा आँखालाई अझै केही समय बिश्राम गर्ने मौका मिल्छ ।


आँखा पहिरनः


गुणस्तरीय चश्मा लगाउनु र कम्प्युटर धेरै प्रयोग गर्नु पर्नेहरुले ब्लु कट लेन्सको प्रयोग गर्नु धेरै राम्रो मानिन्छ ।


विश्रामः समय समयमा केही मिनेट बिश्राम लिनुहोस् । आफ्नो सहकर्मीलाई पनि बिश्राम लिन प्रोत्साहन गर्नुस् । काम पक्कै पनि महत्वपूर्ण हुन्छ तर आफ्नो स्वास्थ्यभन्दा बढी चाहिँ पक्कै होइन ।


आँखाको जाँचः

नियमित आँखाको जाँच गर्नुस् । How to Get Your Child to Wear Glasses - Heffington'sसके हरेक छ महिना, नसके कम्तिमा वर्षको एकपल्ट भएपनि आँखाको जाँच गराउनुपर्छ ।

Our top doctor on ENT Specialist

View All

Dr. Kiran Rai

ENT Specialist

MD, MS(PUNE) ENT, Head & Neck Surgeon

Dr. Bibhu Pradhan

ENT Specialist

MBBS, MS (ENT Head & Neck Surgery) f

Dr. Milan Maharjan

ENT Specialist

 M.B.B.S, MS Consultant ENT Surgeon

Dr. Prof. Kiran Rai

ENT Specialist

MD, MS(PUNE), Consultant ENT, Head & Neck SurgeonHOD ENT Department

Dr. Ranishma Bista

ENT Specialist

MBBS, MS(Otorhinolaryngology)

Dr. Deependra Shrestha

ENT Specialist

MBBS, MS (TU) Sr. Consultant ENT, Head & Neck Surgeon

Dr. Sushma Bhattachan

ENT Specialist

Consultant, Head of ENT. MD, MS ENT & Head and Neck Surgery. ENT Department

Dr. Chopal Bhusal

ENT Specialist

Sr. Consultant, Head of ENT. MD, MS ENT & Head and Neck Surgery. ENT Department

Dr. Toran K.C

ENT Specialist

MBBS, MS Otorhinolaryngology FICS

Dr. Sujan Singh Chhetri

ENT Specialist

MS Otorhinolaryngology ; Fellow International Federation of Head and Neck Oncologic Societies

Dr. Inku Shrestha Basnet

ENT Specialist

MS. ENT; Speciality: ENT Head and Neck Surgeon

Leave Comment