मोतियाबिन्दु भएको कसरी थाहा पाउने ? किन हुन्छ ? उपचार पद्धतिहरु केके छन् ?

  • 11th October, 2021

मोतिबिन्दुको भनेको के हो ?
मोतीबिन्दु आँखामा लाग्ने एक किसिमको रोग हो । हाल विश्वका नौ करोड व्यक्तिमा मोतिबिन्दुको समस्या रहेको छ । यो रोग खासगरी पाका मान्छेहरुलाई लाग्ने गर्छ । मानिसको जन्मसँगै प्रकृतिक रूपमा हाम्रो आँखाको भित्री भागमा हुने पारदर्शी लेन्सले उमेर बढ्दै जाँदा विस्तारै काम गर्न छोड्छ । यसरी आँखाको भित्री भागमा हुने पारदर्शी लेन्स अपारदर्शी भएको अवस्थामा मानिसलाई टाढाको वस्तु वा कुनै कुरा छुट्याउन गाह्रो हुनु मोतिबिन्दु हुनु हो ।
हाम्रो आँखामा एउटा प्रकृतिक लेन्स हुन्छ । त्यो लेन्स  पारदर्शी हुन्छ । पारदर्शी भन्नाले कुनै दाग नभएको बेरङ्ग हुन्छ । त्यसको काम बहिरबाट आएको प्रकाश छिर्न दिनु  हो ।
लेन्समा यदि दाग भयो, कलर हुँदै आयो अथवा बाक्लो हुँदै आयो भने त्यसलाई नै मोतिबिन्दु भनिन्छ । तर, कहिलेकाहीँ दुर्घटना वा विकीरणको प्रभावमा परेर, जन्मजात रूपमा वा आँखाको अन्य समस्याको लागि गरिएको शल्यक्रियाका कारण पनि यो समस्या देखापर्ने गर्दछ ।
जुनसुकै उमेरका मानिसमा मोतिबिन्दुको समस्या देखिन सक्छ । तर, अधिकांशमा उमेर बढ्दै गएपछि मोतिबिन्दु हुने सम्भावना बढी भएको पाइन्छ ।
तर, वंशाणुगत रुपमा पनि यो रोगले सताउने कारण जन्मजात मोतिबिन्दुको समस्या देखिन सक्छ ।
आँखामा जथाभावी औषधी प्रयोग गर्दा पनि मोतिबिन्दु हुन सक्छ । धूमपान र मदिरापान धेरै गर्ने तथा लामो समयसम्म घामको संसर्गमा रहने व्यक्तिलाई पनि मोतिबिन्दु हुने खतरा रहन्छ ।
यो रोग लागेको बेलामा प्रोटिनका स–साना टुक्रा वा पहेंला, खैरा रङ्गका कणहरूले लेन्समा जम्मा भएर आँखामा छिरेको प्रकाशलाई पछाडिको भागमा रहेको रेटिनासम्म पूर्ण रूपमा प्रसारण हुन दिँदैन ।
 
मोतिबिन्दु कति प्रकारको हुन्छ ? 
मोतिबिन्दु खासगरी चार प्रकारका हुन्छन् । यिनीहरुलाई तल वर्णन गरिएको छः 
. न्यूक्लियर मोतिबिन्दुः जब मोतिबिन्दु आँखाका लेन्समा सिधा तरिकाले हुन्छ । यसलाई न्यूक्लियर मोतिबिन्दुको नामले चिनिन्छ । यो खालको समस्या सुरुवातमा
3 Common Types of Cataracts | Eyegotcha विस्तारै¬ विस्तारै उत्पन्न हुन्छ र यसले व्यक्तिको पढ्न क्षमतालाई प्रभावित बनाउँछ । तर समयको साथमा यो स्थिति अझै खतरनाक स्तरसम्म पुग्न सक्छ । केही कुरा पढ्न या हेर्न अप्ठ्यारो भयो भने न्युक्लियर मोतिबिन्दु भएको हुनसक्छ । 
२. कोर्टिकल मोतिबिन्दुः मोतिबिन्दु आँखाको लेन्सको कुनामा हुन्छ भने यसलाई हामी कोर्टिकल मोतिबिन्दु भनेर जान्दछौँ । 
यसलाई मोतिबिन्दुको सुरुवाती या आरम्भिक स्थिति पनि भन्न सकिन्छ किनकी यो आँखाहरुको लेन्सको कुनामा हुँदै पुरा तरिकाले फैलन्छ । 
३. पोस्टीरियर सुब्काप्सुलर मोतिबिन्दु ः पोस्टीरियर सुब्काप्सुलर मोतिबुन्दुको तात्पर्य हो, यस्तो मोतिबिन्दु जुन मुख्य रुपमा आँखाको लेन्सको पछिल्लो भागमा उत्पन्न हुन्छ । 
४. कन्जेनिटल मोतिबिन्दु ः केही व्यक्तिहरुको जन्म मोतिबिन्दुको साथमा नै हुन्छ या उनीहरुलाई यो समस्या बच्चामा नै देखिन्छ । यस्तो खालको मोतिबिन्दु वंशाणुगत हुनसक्छ या गर्भावस्थामा रहेको अवस्थामा संक्रमणको कारणले हुनसक्छ या फेरि यिनहिरुको सम्बन्छ कुनै ट्रमासँग पनि हुनसक्छ । 

मोतिबिन्दु लाग्नुको कारणहरु केके हुनसक्छन् ? 
मधुमेह तथा उच्च रक्तचापजस्ता रोगका कारण

  • बढ्दो उमेर 
  • आँखामा देखा पर्ने रोग जस्तैः जलबिन्दु
  • पोषण तत्वको कमी
  • जन्मजात रूपमा वा आँखाको अन्य समस्याको लागि गरिएको शल्यक्रिया 
  • वंशाणुगत कारण
  • बच्चा जन्मनु भन्दा अगाडि आमाको पेटमा भएको इन्फेक्सनको  कारण
  • चोटपटक लागेर 
  • घामको विकीरणले गर्दा
  • आँखाको पानीको खराबी 
  • धूमपानका कारण ।

मोतिबिन्दुका लक्षणहरू केके हुन् ?

  • दृष्टि धमिलो भएर जाने 
  • उज्यालोमा हेर्दा गाह्रो हुने वा तिरमिराउने 
  • एउटै वस्तु आँखाले दुई वा सो भन्दा बढी देख्ने
  • आँखाको नानीभित्र सेतो देखिने 
  • अँध्यारोमा झन् कम देख्ने
  • चश्माको पावरमा परिवर्तन आइरहने 
  • रंगहरू फरक देखिन थाल्ने  
  • राति आँखा नदेख्ने
  • सवारी साधन चलाउन, पुस्तकहरू पढ्न वा मानिसको अनुहार पहिचान गर्न समस्या हुने।

मोतिबिन्दु समस्यालाई अति गम्भिर अवस्थासम्म पुग्न नदिनुहोस् । 
भन्नैपर्दा मोतिबिन्दुको समस्या भएका बिरामीहरुले त्यसलाई त्यसै समय टाल्नुपर्दछ किनकी यसबाट बिरामी गम्भीर स्थितिसम्म पुग्न सक्छ । अहिले हामीसँग यस्ता अनेकौँ प्रविधिहरु छन् । यसको सहायताले मोतिबिन्दुको समस्यालाई सुरुवाती अवस्थामा नै उपचार गराउन सकिन्छ । र यसलाई आँखाहरुको लेन्सको अगाडिबाट सजिलै हटाउन पनि सकिन्छ । 
जब कोही रोगीले मोतिबिन्दुको बिरामीको उपचार समयमै गराउन पाएको छैन या गराएन भने ऊ धेरै गम्भीर स्थितिमा पुग्छ । यस्तो अवस्थामा आँखाहरुको लेन्सको अगाडि हुने दृष्टिलाई फेरि फिर्ता ल्याउनमा डाक्टरलाई धेरै गाह्रो हुन्छ र यसमा जटिलताहरुका सामाना पनि गर्नुपर्छ । वास्तवमा सुरुवाती चरणहरुमा  मोतिबिन्दुको उपचार गराउनको लागि आँखाको लेन्सको लेयरमा भएको धब्बा हटाउनको लागि अल्ट्रासाउण्ड या लेजरको उपयोग पनि गर्न सकिन्छ । किनभने सुरुवातमा समस्या थोरै हुने हुनाले र लेयर धेरै मुलायम हुने हुनाले पनि सजिलै हटाउन सकिन्छ ।

विस्तारै आँखाको लेन्समा रहेको लेयर बाक्लो बन्दै जान्छ र यसलाई सजिलै हटाउन सकिदैँन । जब बिरामी धेरै गम्भीर अवस्थमा पुग्छ, यसले गर्दा सर्जरीको अवस्थाम विभिन्न प्रकारका जटिलताहरुको सामना गर्नुपर्छ । 
यसैले पनि यस्तो स्थितिबाट बच्नको लागि मोतिबिन्दुको सर्जरी गरिहाल्नुपर्छ । आफूलाई हेर्न समस्या भयो भने या कुनै प्रकारको शंका भयो भने चेकअप गरिहाल्नुपर्छ । आँखाको चेकअप गर्दा मोतिबिन्दु भएको रहेछ भने तुरुन्तै उपचार गरिहाल्नुपर्छ । ढिला गर्नुहुँदैन । जति छिटो हामीले मोतिबिन्दुको अप्रेसन गर्छौ, त्यति राम्रोसँग सर्जरी हुने सम्भावना हुन्छ । र सर्जरीपछि निको हुने सम्भावना पनि उत्ति नै धेरै हुन्छ ।

मोतिबिन्दुको रोकथाम तथा उपचार कसरी गर्ने ?

  • बाहिर हिँड्दा अथवा घाममा हिँड्दा घामबाट बच्न चश्मा (सनग्लासेस) लगाउने
  • धूमपानबाट अथवा निकोटिन वा सूर्तीजन्य पदार्थ सेवन नगर्ने
  • पोषिलो खाना, सागसब्जी, तथा फलफूलको नियमित सेवन गर्ने
  • आँखाको नियमित अथवा समय समयमा परीक्षण गर्ने
  • मोबाइल कम्प्युटरको सीमित मात्रामा मात्र प्रयोग गर्ने
  • डाक्टरको सल्लाहबिना औषधी प्रयोग नगर्ने ।

उपचार
मोतिबिन्दु भइसकेपछिको सबैभन्दा प्रभावकारी उपचार शल्यक्रिया नै हो । यो रोग औषधीले ठीक हुँदैन । शल्यक्रिया गर्न नपर्ने अवस्थामा चश्माको प्रयोगबाट पनि धरै हदसम्म सफा हेर्न मद्दत गर्दछ तर पूर्ण सफा हेर्नको लागि शल्यक्रिया नै गर्नु पर्ने हुन्छ ।
शल्यक्रिया भनेको पुरानो लेन्स निकालेर कृत्रिम लेन्स राख्ने हो । आँखामा रहेको लेन्सलाई ढाक्ने र झिल्ली सानो प्वाल पारेर लेन्स निकालिन्छ । यो सानो तर सुरक्षित शल्यक्रिया हो । मोतिबिन्दुको कारण आँखाको दृष्टिमा समस्या भएमा शल्यक्रियाबाट पूर्ण रूपमा ठिक हुन सक्छ ।
मोतिबिन्दुलाई तल दिइएका तरिकाले उपचार गर्न सकिन्छः 
मोतिबिन्दुको सर्जरी अनेक प्रकारले गर्ने गरिन्छ । बिरामीको उपचारमा कुन पद्धति या प्रविधि प्रयोग गर्ने भन्ने कुरा बिरामीको आँखाको स्वास्थ्य, पैसाको उपलब्धता र सर्जनको विशेषज्ञता अािदमा भरपर्छ ।
फेको इमल्सीफिकेशन अर्थात् फेको प्रविधि ः
यस प्रक्रियाबाट मोतिबिन्दुको उपचार धेरै वर्षदेखि गर्दै आइरहिएको छ । यस प्रक्रियाद्धारा सानो ठाउँमा चिरेर त्यसबाट बिरामीको उपचार गरिन्छ । यसमा कुनै प्रकारको टाँका लगाउनुपर्ने जरुरत हुँदैन । यो एक सुरक्षित प्रक्रिया हो र यसमा रोगीहरु छिटै नै ठीक हुन्छन् ।
माइक्रो इन्सिजन मोतियाबिन्दु सर्जरी ः यस प्रविधिमा मोतियाबिन्दुको उपचार सानो चिरा लगाएर गर्ने गरिन्छ । चिराको आकार १.८ मिमी देखि २.२ मिमीसम्म हुनसक्छ । यी चिराको माध्यमबाट आँखाहरुको लेन्सको अगाडिको लेयरलाई हटाइन्छ । यसमा पनि कुनै इन्जेक्सन या टाँकाको जरुरत हुँदैन । वास्तवमा यो एक उन्नत प्रविधि हो । यसबाट आँखाको दृष्टि सही हुन्छ र निको हुनको लागि कम से कम चार देखि सात दिनसम्म लाग्छ।
एडभान्स ब्लेड फ्री रोबोटिक असिस्टेड सर्जरी ः
इसमा लेजर प्रविधिबाट मोतिबिन्दुको उपचार गराइन्छ । सुरुवाती अवस्थाको मोतिबिन्दु छ भने लेजर प्रविधि धेरै भरपर्दो हुन्छ । यो मोतिबिन्दुको उपचारको लागि सबैभन्दा उन्नत र उपयोगी टेक्निक हो । यसको खास विशेषता भनेको घडी म्यापिंगद्धारा सर्जनले रोगीको आवश्यकता अनुसार सर्जरी गर्नको लागि सुविधा दिन्छ । यस प्रविधिमा कुनै प्रकारको ब्लेड र इन्जेक्सनको जरुरत पर्दैन । र यो धेरै नै सुरक्षित प्रक्रिया मानिन्छ । अन्य सर्जरी प्रक्रियाको तुलनामा यसबाट सर्जरी गराइयो भने निको हुन थोरै समय लाग्छ । 
मोतियाबिन्दुको सर्जरी धेरै नै सामान्य र दुखाई रहित सर्जरी हो । धेरै व्यक्तिहरु सर्जरीको नाम सुुन्दैमा डराउने गर्छन् । यदि तपाईं पनि मोतिबिन्दुको समस्याबाट ग्रस्त हुनुहुन्छ र सर्जरीको नामबाट उपचार गराउनुपर्छ भनेर पछाडि हटिरहनुभएको छ भने तपाईंले यस्तो गर्नु नै हुँदैन । यस्तो गर्नुभयो भने तपाईंको आँखाको ज्योति सधैँका लागि गुम्न सक्छ । 
यदि तपाईं सर्जरीको प्रक्रियाबाट डराइरहनुभएको छ भने बुझ्नुपर्ने कुरा यो हो कि मोतिबिन्दु हटाउने प्रक्रिया धेरै नै सजिलो हुन्छ । यो अरुजस्तै सामान्य सर्जरी हो । यो प्रायः सुरक्षित हुन्छ । आजको समयमा प्रविधिको विकास भएको कारणले गर्दा आँखाको लेन्सलाई बदल्ने प्रक्रियमा थोरै समय लाग्छ र जटिलताहरु थोरै देखापर्छन् ।

Our top doctor on ENT Specialist

View All

Dr. Kiran Rai

ENT Specialist

MD, MS(PUNE) ENT, Head & Neck Surgeon

Dr. Bibhu Pradhan

ENT Specialist

MBBS, MS (ENT Head & Neck Surgery) f

Dr. Milan Maharjan

ENT Specialist

 M.B.B.S, MS Consultant ENT Surgeon

Dr. Prof. Kiran Rai

ENT Specialist

MD, MS(PUNE), Consultant ENT, Head & Neck SurgeonHOD ENT Department

Dr. Ranishma Bista

ENT Specialist

MBBS, MS(Otorhinolaryngology)

Dr. Deependra Shrestha

ENT Specialist

MBBS, MS (TU) Sr. Consultant ENT, Head & Neck Surgeon

Dr. Sushma Bhattachan

ENT Specialist

Consultant, Head of ENT. MD, MS ENT & Head and Neck Surgery. ENT Department

Dr. Chopal Bhusal

ENT Specialist

Sr. Consultant, Head of ENT. MD, MS ENT & Head and Neck Surgery. ENT Department

Dr. Toran K.C

ENT Specialist

MBBS, MS Otorhinolaryngology FICS

Dr. Sujan Singh Chhetri

ENT Specialist

MS Otorhinolaryngology ; Fellow International Federation of Head and Neck Oncologic Societies

Dr. Inku Shrestha Basnet

ENT Specialist

MS. ENT; Speciality: ENT Head and Neck Surgeon

Leave Comment