ज्यानै लिने कालो ढुसी के कारणले लाग्छ ? कसरी सचेत हुने ?

  • 15th November, 2021

के हो कालोढुसी ?

Black Fungus or medically Mucormycosis after covid 19 - Paras Hospital
फलफूल तथा तरकारी कुहेको फोहोर र प्रदूषित वातावरणमा कालो ढुसी पाइन्छ । यो ढुसी छोएको हात सफा नगरी नाकमा छोएमा सोही माध्यमबाट शरीरका अन्य भागमा पुग्छ। चिकित्सकका अनुसार सुरुमा नाक, त्यसपछि नाकको हड्डी छेडेर आँखा या आँखाबाट बे्रन (मस्तिष्क) मा समेत कालो ढुसीको संक्रमण हुन्छ । यो कालो ढुसी भारतका महाराष्ट्र, दिल्ली तथा अन्य प्रान्तमा फैलिसकेको छ । नेपालमा पनि यो रोग देखिएको छ । कालो ढुसी मुख, नाक, फोक्सो, आँखा र मस्तिष्कमा पुगेपछि मानिसको मृत्युसमेत हुनसक्छ ।
 
कालो ढुसी भएको कति समयमा बिरामीको मृत्यु हुन्छ ?
कालो ढुसी मानिसको नाकमा प्रवेश गरेको ७ देखि १४ दिनभित्रमा त्यसले पूरै हानि पु¥याइसकेको हुन्छ। कालो ढुसी मस्तिष्कमा पुगेका व्यक्तिमध्येमा १० प्रतिशतको मृत्यु हुन्छ । कोरोना संंक्रमणका कारण प्रतिरोधात्मक क्षमता कमजोर भएका, मधुमेह तथा मिर्गौला रोगी भई कोरोना संक्रमित भएका व्यक्तिहरूमा कालो ढुसी बढी देखापरेको छ । प्रतिरक्षा क्षमता कमजोर भएका व्यक्तिहरूमा लाग्ने भएकाले कालो ढुसीलाई अवसरवादी संक्रमण पनि भनिन्छ ।

कालोढुसी हुने कारणहरु ?

Nepal reports first death from black fungus, 10 others infected | Business  Standard News
कालो ढुसी छोएका हात राम्रोसँग सफा नगरी नाक, मुखमा पु¥याए त्यहाँबाट यसको संक्रमण शरीरका विभिन्न भागमा फैलिनेछ। त्यसैगरी कोरोना संक्रमितले अक्सिजन लिने क्रममा अक्सिजनमा जडान भएको पानीको भाँडो बेला–बेलामा सफा नगर्दा पनि कालो ढुसी संक्रमण हुनसक्छ ।

लक्षणहरु ः
कालो ढुसी आँखामा पुगेमा आँखा रातो हुने, आँखाभित्रको भाग बाहिर आउने, एउटा चिजलाई दुईवटा देखिने, आँखावरिपरिको भाग सुन्निने र छालामा पाप्रा आउने लक्षण देखिन्छन् । कालो ढुसी आँखाबाट मस्तिष्कमा पुगेमा रिंगटा लाग्ने, बेहोस हुनेजस्ता लक्षण देखिन्छन् । मुखमा संक्रमण भए कालो घाउ हुने, दाँतवरिपरि घाउ हुने जस्ता लक्षण देखिन्छन् ।

बच्ने उपायहरुः
सफा, सुँग्घर रहने । 
रोग प्रतिरोधात्मक शक्ति बलियो बनाउने । 
कालो ढुसीको संक्रमणको शंका लागेमा तुरुन्तै अस्पताल जाने ।

 

Our top doctor on ENT Specialist

View All

Dr. Kiran Rai

ENT Specialist

MD, MS(PUNE) ENT, Head & Neck Surgeon

Dr. Bibhu Pradhan

ENT Specialist

MBBS, MS (ENT Head & Neck Surgery) f

Dr. Milan Maharjan

ENT Specialist

 M.B.B.S, MS Consultant ENT Surgeon

Dr. Prof. Kiran Rai

ENT Specialist

MD, MS(PUNE), Consultant ENT, Head & Neck SurgeonHOD ENT Department

Dr. Ranishma Bista

ENT Specialist

MBBS, MS(Otorhinolaryngology)

Dr. Deependra Shrestha

ENT Specialist

MBBS, MS (TU) Sr. Consultant ENT, Head & Neck Surgeon

Dr. Sushma Bhattachan

ENT Specialist

Consultant, Head of ENT. MD, MS ENT & Head and Neck Surgery. ENT Department

Dr. Chopal Bhusal

ENT Specialist

Sr. Consultant, Head of ENT. MD, MS ENT & Head and Neck Surgery. ENT Department

Dr. Toran K.C

ENT Specialist

MBBS, MS Otorhinolaryngology FICS

Dr. Sujan Singh Chhetri

ENT Specialist

MS Otorhinolaryngology ; Fellow International Federation of Head and Neck Oncologic Societies

Dr. Inku Shrestha Basnet

ENT Specialist

MS. ENT; Speciality: ENT Head and Neck Surgeon

Leave Comment