बच्चाहरुलाई खोप किन लगाउने र यसले के काम गर्छ ?

  • 22nd July, 2021

खोप किन लगाउने ?

खोपले प्रतिरक्षा प्रणाली बलियो हुन्छ र हामीलाई संभावित कतिपय रोगबाट बचाउँछ । खासगरी नवजात शिशुको प्रतिरक्षा प्रणाली एकदम कमजोर हुन्छ । त्यसैले उनीहरुलाई सानोतिनो रोगले पनि निकै सताउन सक्छ । उनीहरुलाई हुने कतिपय रोग विरुद्ध खोप दिने गरिन्छ । यसरी समयमै खोप दिएपछि उनीहरु संभावित रोगको जोखिमबाट बच्छन् । यदि समयमै उनीहरुलाई खोप दिइएन भने गंभिर रोग लाग्ने भय रहन्छ ।

के सबै बच्चाहरुले खोप लगाउन पाएका छैन ?

नेपालमा अहिलेपनि धेरै बच्चाहरुले खतरनाक रोगबाट सुरक्षा गर्ने खोप लगाउन पाएका छैनन् । यदि समयमै खोप लगाउन सकियो भने नवजात शिशुको मृत्युदर कम हुन्थ्यो ।

खोपले के काम गर्छ ?

- हाम्रो प्रतिरक्षा प्रणालीले हामीलाई प्राकृतिक रुपले रोगव्याधिबाट बचाउँछ । यद्यपि बालबच्चाको प्रतिरक्षा प्रणाली त्यती धेरै विकसित भइसकेको हुँदैन त्यसैले कतिपय रोगहरुले उनीहरुलाई सजिलै र चाडै ग्रसित बनाउँछ । खोपले उनीहरुमा यस्तो जोखिम कम गरिदिन्छ । कतिपय संभावित रोगबाट सुरक्षित गर्छ ।

- जुन बच्चालाई खोप लगाइएको हुँदैन उनीहरुलाई चाडै संक्रमण हुने जोखिम हुन्छ । यसैले बच्चाका लागि खोप जरुरी छ । डिप्थेरिया, टिटनास आदि रोगबाट बचाउनका लागि उनीहरुलाई समयमै खोप दिनुपर्छ ।

- खोप लगाइसकेपछि शरीरमा एन्टीबडी विकास हुन समय लाग्छ । त्यसैले त खोप लगाएको केही समपिछि मात्र त्यसको प्रभाव देखिन्छ । यसैले नवजात शिशुलाई सही समयमै खोप लगाइदिनुपर्छ, जसले गर्दा रोग लाग्नुअघि नै उनीहरुको शरीरमा प्रतिरोधी क्षमता विकास भइसकेको हुन्छ ।

- कुनैपनि शिशुलाई सही समयमै खोप लगाइसकेपछि उनीहरुलाई भविष्यमा गंभिर रोग लाग्ने खतरा कम हुन्छ । ठूलो उमेरमा पनि उनीहरु स्वस्थ एवं निरोगी होस् भन्ने उदेश्यले उनीहरुलाई सानो उमेरमा खोप लगाउनुपर्छ । यो हाम्रो सामाजिक जिम्मेवारी पनि हो । यसले भविष्यमा हुने रोगको जटिलता, उपचार खर्च, समय, श्रमलाई पनि बचाउँछ ।

बच्चालाई कहिले, कति पटक खोप लगाउने ? कुन खोपले कुन रोगबाट बचाउँछ ? सुई शरीरको कुन स्थानमा लगाउने ? भनेर तलको खोप तालिका हेर्नुहोला र समयमै बच्चालाई खोप लगाइदिनुहोला । गर्भवती महिलाले पनि खोप लगाउनुपर्छ । कोरोनाको लागि पनि खोप लगाउनुपर्छ ।

खोप लगाऔँ । आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ ।

Our top doctor on Pediatric

View All

Dr. Anil Raj Ojha

Pediatric

MBBS, MD (Pediatrics, TU)

Dr. Satyam Rimal

Pediatric

MBBS (DHAKA UNIVERSITY) MD (BANGALORE)

Dr. Sangita Shakya

Pediatric

MBBS, MD Consultant Pediatrician

Dr. Anil Raj OJHA

Pediatric

MBBS, MD (Paediatrics,TU)

Dr. Bikash Shrestha

Pediatric

MBBS, MD (Paediatrics) in AFMC, India

Dr. Dharmagat Bhattrai

Pediatric

 MBBS , M.D. (Pediatrics), (PGI), D.M.

Dr. Pankaj Ray

Pediatric

MBBS, MD Pediatrics. MBBS, MD. (Pediatrics) NAMS

Dr. Anna Sharma

Pediatric

 MBBS, MD Pediatric(IOM).

Leave Comment