बच्चालाई एडिनो भाइरसबाट कसरी बचाउन सकिन्छ ?

  • 29th July, 2022

के हो एडिनो भाइरस ?Overview: Manufacturing Adenoviral Vectors at Large Scale
यो भाइरस पनि अन्य भाइरसजस्तै संक्रमण भइसकेपछि ज्वरो, रुघाखोकी ल्याउने गर्छ । ‘व्याक्टेरियल ज्वरो हो भने एन्टिवायोटिक औषधि दिनुपर्ने हुन्छ । भाइरल ज्वरो हो भने ज्वरो कम गर्न सहयोगमात्रै गर्ने हो । अभिभावकहरुले बच्चाको खानपानमा जोड दिनुपर्छ ।
एडिनो भाइरस संक्रमण भएपछि भाइरल ज्वरो आउँछ । भाइरल ज्वरो आउँदा सामान्यतया १०० देखि १०३ डिग्रीसम्म ज्वरो आउँछ । अलिअलि नाकबाट पानी आउने, रुघा लाग्ने खालका समस्या आउँछ ।

एडिनो भाइरसका लक्षण 
–ज्वरो आउने  
–नाकबाट अलिअलि पानी बग्ने,
–खोकी लाग्ने
–बच्चालाई खाना खान मन नलाग्ने
–ज्यान दुख्ने
­­–कसैको आँखा रातो हुने
–कसैकसैलाई झाडापखाला पनि लाग्ने
–पेट दुख्ने 

कस्तो अवस्थामा अस्पताल लैजाने ?

The Common Cold and the Flu: Treatment, Symptoms & Causesज्वरो, रुघाखोकी, आँखा रातो हुने, पेट दुख्ने, खाना खान मन नलाग्ने, दिसा पातलो हुनेबाहेक बान्ता भइरहेर रोक्दै रोकिएन, सास फेर्ने दर बढ्यो, बच्चा आलस्य भयो, कोखा हान्न थाल्यो भने जटिलताको लक्षण भनेर हामीले बुझ्नुपर्छ । यस्तो अवस्थामा तत्काल बच्चालाई अस्पताल लैजानुपर्छ । यसका अलावा बच्चालाई ज्वरोमात्रै बढेर समयमै निको भएन भन्ने आधारमा आत्तिएर अस्पताल पुग्नु पर्दैन ।

अन्य भाइरसको संक्रमण हुँदा स्वास्थ्यमा ल्याउने जटिलता र एडिनो भाइरस संक्रमण हुँदा हुने जटिलामा खासै फरक छैन । एडिनो भाइरस संक्रमण हुँदा धेरै जटिलता आएको देखिएको छैन । कोरोना भाइरस संक्रमण हुँदा निमोनिया हुने, शरीरमा अक्सिजन अभाव भएर अस्पताल भर्ना गर्नुपर्ने जस्ता समस्या देखिए पनि एडिनो भाइरसले त्यस्तो समस्या निम्ताउँदैन । रोग प्रतिरोधात्मक क्षमता कम भएका बालबालिकालाई यो भाइरसले स्वास्थ्यमा केही जटिलता ल्याउँदैन ।

बच्चालाई एडिनो भाइरसबाट कसरी जोगाउने ?
यो भाइरस खकार, थुकको माध्यमबाट सर्छ । यसको संक्रमणबाट जोगिनका हात धुने, नियमित सरसफाइमा ध्यान दिनुपर्छ । एडिनो भाइरस संक्रमण भएको व्यक्तिले खोक्दा वा हाच्छ्युँ गर्दा पनि भाइरस सर्न सक्छ त्यसैले विद्यालयमा जाँदा संक्रमित बच्चाबाट अन्य बालबालिकालाई यो संक्रमण सर्ने सम्भावना हुन्छ । त्यसैले सकेसम्म बालबालिकालाई एकै ठाउँमा झुम्मिन दिनुहुँदैन ।
प्रोटिन, पोषिलो तथा झोलिलो पदार्थ खुवाएर एडिनो भाइरसलाई परास्त गर्न सकिन्छ। यो भाइरस लागेपछि स्वास्थ्यमा गम्भीर समस्या आउन सक्ने वा धेरै औषधि सेवन गर्नुपर्ने, ज्यान नै खतरामा पुग्ने हो कि भन्ने चिन्ता लिनुपर्दैन । बालबालिका कमजोर छन्, धेरै कुपोषित छन् भने स्वास्थ्यमा जटिलता आउन सक्छ ।

 

Our top doctor on Pediatric

View All

Dr. Anil Raj Ojha

Pediatric

MBBS, MD (Pediatrics, TU)

Dr. Satyam Rimal

Pediatric

MBBS (DHAKA UNIVERSITY) MD (BANGALORE)

Dr. Sangita Shakya

Pediatric

MBBS, MD Consultant Pediatrician

Dr. Anil Raj OJHA

Pediatric

MBBS, MD (Paediatrics,TU)

Dr. Bikash Shrestha

Pediatric

MBBS, MD (Paediatrics) in AFMC, India

Dr. Dharmagat Bhattrai

Pediatric

 MBBS , M.D. (Pediatrics), (PGI), D.M.

Dr. Pankaj Ray

Pediatric

MBBS, MD Pediatrics. MBBS, MD. (Pediatrics) NAMS

Dr. Anna Sharma

Pediatric

 MBBS, MD Pediatric(IOM).

Leave Comment