बालबालिकालाई एलर्जी कसरी हुन्छ ? एलर्जीबाट बच्चालाई कसरी बचाउने ? 

  • 27th June, 2022

किशोरवस्थाका बालबालिकामा र साना उमेरका बालबालिकाको छाला निकै संवेदनशील हुन्छ । हाम्रो सानो लापरवाहीले पनि उनीहरुको छालामा गम्भीर समस्या आउन सक्छ । विशेषगरी गर्मी मौसममा बालबालिकाको छालामा एलर्जीको समस्या देखिने गर्छ ।

एलर्जीका लक्षणहरुः
बालबालिकामा देखिने एलर्जी सबैलाई एकै प्रकारको हुँदैन । उनीहरुको लक्षण फरक–फरक हुने गर्छ । बालबालिकामा देखिएको छालाको समस्याले धेरै नै समस्या देखिए तुरुन्तै चिकित्सकको सम्पर्कमा रहनुपर्छ ।
बालबालिकाको छालामा एलर्जी भएमा विभिन्न लक्षण देखिन्छन् ।
–बारम्बार छाला चिलाइरहने
–छाला रातो भएर आउने
–घुँडा माथि र तल, कानको पछाडि, नाडीमा दाग देखिने
–गाला, आँखा र ओठको रंग बदलिने
–र्यासेससँगै गहिरो दाग देखिने

एलर्जी हुने कारण
बलबालिकाको छाला चिसो हुँदा उनीहरुको छालामा ब्याक्टेरिया सम्पर्कमा आउने हुँदा संक्रमण हुन सक्छ । यसले एलर्जीको समस्या देखिन्छ । धातुको सम्पर्कमा पनि बालबालिकालाई एलर्जी हुनसक्छ । कुनै बालबालिकालाई फूल वा रुखको सम्पर्कले पनि एलर्जी गराउन सक्छ ।
यस्तै कतिपय कपडाका कारण पनि छालामा एलर्जीको समस्या हुन सक्छ । छालाको सरसफाइ राम्रोसँग नगर्दा पनि बालबालिकामा यस्तो समस्या देखिन्छ ।

एलर्जीबाट बच्ने उपाय
छालाको एलर्जीबाट बच्न दिनहुँ साबुन प्रयोग गर्नुहुँदैन । साबुनले एलर्जीलाई बढाउने भएकाले यसको प्रयोग कम गर्नुपर्छ । कतिपय कपडाले छालामा एलर्जी गराउने हुँदा प्रायः कटनको कपडा प्रयोग गर्नु राम्रो हुन्छ ।
एलर्जीले चिलाउने, दाग बस्ने जस्ता समस्या हुने भएकाले आइसले सेक्दा लाभदायक हुन्छ । बालबालिकालाई नुहाइदिएपछि चिसो राख्न हुँदैन यसले गर्दा एलर्जी गराउने गर्छ । नुहाइसकेपछि छालालाई राम्रोसँग पुछ्नुपर्छ ।
साधारण एक्जिमा भएका बच्चाहरुलाई पनि बदाम खुवाउँदा उचित हुन्छ । एलर्जी तथा एक्जिमा नभएका बच्चालाई पनि बदाम खुवाउँदा फाइदा हुने गर्दछ ।

 

Our top doctor on Pediatric

View All

Dr. Anil Raj Ojha

Pediatric

MBBS, MD (Pediatrics, TU)

Dr. Satyam Rimal

Pediatric

MBBS (DHAKA UNIVERSITY) MD (BANGALORE)

Dr. Sangita Shakya

Pediatric

MBBS, MD Consultant Pediatrician

Dr. Anil Raj OJHA

Pediatric

MBBS, MD (Paediatrics,TU)

Dr. Bikash Shrestha

Pediatric

MBBS, MD (Paediatrics) in AFMC, India

Dr. Dharmagat Bhattrai

Pediatric

 MBBS , M.D. (Pediatrics), (PGI), D.M.

Dr. Pankaj Ray

Pediatric

MBBS, MD Pediatrics. MBBS, MD. (Pediatrics) NAMS

Dr. Anna Sharma

Pediatric

 MBBS, MD Pediatric(IOM).

Leave Comment