वर्षायाममा बच्चाको स्वास्थ्यको ख्याल कसरी गर्ने ? 

  • 27th June, 2022

वर्षायाममा लाग्ने रोग पनि धेरै हुन्छ। वर्षायामले रोग ल्याउने त होइन तर मौसमअनुसारको खानपान शैली हामीले नअपनाउँदा बिरामी भइन्छ । गर्मी मौसममा शरीरले चिसो मौसमभन्दा केही फरक खाना खोज्छ । जस्तैः चिसो मौसममा थोरै पानी खाँदा पनि केही फरक पर्देन, तर गर्मीमा पानी अलि बढी नखाए बिरामी हुने संभावना अधिक हुन्छ । यस्तो अवस्थामा बच्चाको स्वास्थ्यको ख्याल राख्नु एकदमै चुनौतीपूर्ण काम हुन्छ ।

वर्षायाममा बच्चाको स्वास्थ्यको ख्याल कसरी गर्ने ?
१. पर्याप्त पानी वा झोलयुक्त पदार्थ पिलाउने ।
२. मौसमी सब्जी, फलफूलको सेवन गर्नुपर्छ । सडेगलेको, बासी, जथाभावी राखिएको खानेकुराबाट शरीरमा रोगको संक्रमण हुनसक्छ । फूटपाथको खानेकुरा, जस्तै चटपटे, पानीपुरी, मम, चाउमिन जस्ता खानेकुराले पाचन प्रणालीलाई खराब गर्न सक्छ । यसैले बच्चालाई घरकै खानेकुरा मात्रै खुवाउनुपर्छ ।
३. घरबाहिर निस्कदाँ पुरै शरीर ढाक्ने पहिरन लगाइदिनपर्छ । यसले गर्दा धुलो धूँवा तथा घामको सोझो किरणबाट बच्चाको छालालाई जोगिन्छ ।
४. आँखाको सुरक्षाको लागि बच्चालाई छाता ओढाएर मात्रै हिड्नुपर्छ ।
५. बच्चाको सरसफाईमा विशेष ध्यान दिनुपर्छ । 
६.बच्चालाई स्वस्थ राख्नका लागि घरवरिपरिको वातावरण पनि स्वच्छ र सफा राख्नुपर्छ। 

घरवरिपरिको वातावरण कसरी सफा राख्ने ?

  • गर्मीमा आफ्नो शरीरका साथसाथै वातावरणिय स्वच्छता पनि आवश्यक हुन्छ । आफ्नो घर, आँगन वा आफु बसोबास गर्ने आसपासको क्षेत्र सफा, सुग्घर भयो भने विभिन्न संक्रमणको भय हुँदैन ।
  • लामखुट्टे, झिँगा, साङ्ला  नियन्त्रणका लागि घर एवं आसपासका क्षेत्रमा सरसफाई आवश्यक हुन्छ । गर्मीमा लामखुट्टेको टोकाईबाट बच्नका लागि झुलको प्रयोग गर्ने गरिन्छ । यो सही तरिका हो । जबकी लामखुट्टे भगाउन धूप बाल्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ । 
  • लामखुट्टेको प्रकोपबाट बच्न कतिले झ्याल–ढोका बन्द गर्ने गर्छन् । यद्यपी झ्याल ढोका पूर्ण रुपमा बन्द गर्दा कोठामा हावा आउजाउ गर्न सक्दैन । त्यसैले संभव भएसम्म झ्यालमा जाली लगाएर सकेसम्म खुला राख्नु राम्रो हो ।

वर्षायाममा बच्चालाई कस्तो खानेकुरा खुवाउने ?
आँप

आँप यस्तो फल हो, जसले यो मौसममा शरीरलाई चाहिने शक्ति प्रदान गर्नुका साथै स्वस्थ राख्न समेत सघाउँछ । आँपमा पाइने तत्वले ब्लडसुगरको लेभल घटाउन सहयोग गर्दछ । यसमा पाइने फिनोलिक्स कार्बोलिक एसिडले शरीरका सेलहरुको मर्मतसम्भार गरेर चुस्त–दुरुस्त राख्न सघाउने डाक्टरहरु बताउँछन् । यसैले बच्चालाई हामीले आँप खुवाउनुपर्छ । 
सलाद
यो मौसममा शरीरले पानी त धेरै माग्छ नै । पानी अलवा अरु पौष्टिक तत्व समेत हुने खानेकुरा खान सकियो भने दोहोरो बचावट हुन सक्छ । सलादमा ९५ प्रतिशत पानी हुन्छ । यससँगै यसमा मिनरल्स र प्रोटिनजस्ता लाभदायी तत्व पनि हुन्छन् । ओमगा–३, फाइबर, आइरन र क्याल्सियम समेत हुने हुनाले जंकफुड खुवाएर बच्चालाई भुलाउनुभन्दा सलाद खुवाउनुपर्छ ।
दही
स्वास्थ्यका लागि दही फाइदाजनक चिज हो । पानीको धेरै मात्रासँगै यसमा एन्टी एसिड पनि हुन्छ, जुन पेटका लागि असाध्यै लाभदायी ठहरिएको छ । यसमा प्रोबायोटिक्स ब्याक्टोरिया अधिक मात्रामा हुन्छ, जसले शरीरको इम्युनिटी पावर बढाउने विभिन्न अध्ययनले देखाएका छन् । पानी पिउन बच्चाले मन गरेन भने उनीहरुलाई दही खुवाउनु राम्रो हुन्छ ।
अमला
अमला भिटामिन सीको राम्रो स्रोत हो। एउटा अमलाले ३ वटा सुन्तलाको बराबर भिटामिन सी प्रदान गर्छ । भिटामिन सीले शरीरमा हुने विषालु पदार्थलाई सजिलै बाहिर निकाल्न मद्दत गर्दछ ।
कागती
कागतीमा उच्चमात्रामा पानी हुनुका साथै क्याल्सियम, आइरन, कपर, सोडियम, म्याग्नेसियम, फोस्फोरस र पोटासियम जस्ता खनिज र फोलेट, भिटामिन ए, इ र केजस्ता भिटामिनहरु पाइन्छ । बच्चालाई यो वर्षायाममा कागती पानी दिनु धेरै राम्रो हुन्छ ।
यसले रोग प्रतिरोधी क्षमतामा वृद्धि गरी मलेरिया, डाइरिया, निमोनियाजस्ता रोगको संक्रमण हुन दिँदैन । यसमा पाइने भिटामिन सीले रुघाखोकी, ज्वरो आउन दिँदैंन ।

 

Our top doctor on Pediatric

View All

Dr. Anil Raj Ojha

Pediatric

MBBS, MD (Pediatrics, TU)

Dr. Satyam Rimal

Pediatric

MBBS (DHAKA UNIVERSITY) MD (BANGALORE)

Dr. Sangita Shakya

Pediatric

MBBS, MD Consultant Pediatrician

Dr. Anil Raj OJHA

Pediatric

MBBS, MD (Paediatrics,TU)

Dr. Bikash Shrestha

Pediatric

MBBS, MD (Paediatrics) in AFMC, India

Dr. Dharmagat Bhattrai

Pediatric

 MBBS , M.D. (Pediatrics), (PGI), D.M.

Dr. Pankaj Ray

Pediatric

MBBS, MD Pediatrics. MBBS, MD. (Pediatrics) NAMS

Dr. Anna Sharma

Pediatric

 MBBS, MD Pediatric(IOM).

Leave Comment