गर्मीमा बच्चाले भोग्ने पाँच समस्याहरु केके हुन् ? बच्चाको हेरचाह कसरी गर्ने ?

  • 22nd March, 2022

SUNBURNS

गर्मी याममा घामले छाला डढ्नु अर्थात् सन बर्न हुनु सामान्य हो । यस्तोमा अहिलेको गर्मी मौसममा घामबाट छाला जोगाउनु निकै चुनौती हुन्छ । बच्चाहरुको छाला बढी संवेदनशील हुनाले उनीहरुको छालाको सुरक्षामा अभिभावकले धेरै ध्यान राख्नुपर्ने हुन्छ ।

यी हुन् घामले छाला डढ्दाका (सन बर्न) लक्षण

– छाला रातो हुनु Sun Safety: A Fun, Sunburn Free Summer | Pediatric Associates of  Charlottesville

– छुदा पोल्नु

– फोका उठ्नु

– छालामा पीडा असहनीय हुनु

– ज्वरो आउनु, वाकवाकी लाग्नु

घामले छाला डढेको देखिन केही घण्टा लाग्दछ । यस पूर्ण असर देखिन २४ घन्टासम्म लाग्न सक्छ । सामान्यतः यी लक्षण अस्थायी हुन्छन् । तर त्यसको तुलनामा छालामा भएको क्षति भने स्थायी हुन्छ र छालाको क्यान्सरजस्ता गम्भीर दीर्घकालीन असर समेत निम्त्याउन सक्छ ।

बच्ने उपाय

– घामबाट छाला जोगाउन घर बाहिर निस्कने बेला सन ब्लक क्रिम लगाइदिने

– सन बर्नबाट जोगिन गर्मी याममा घरबाहिर निस्किनु पर्दा प्रशस्त पानी बच्चालाई खुवाउने

– यो मौसममा अनिवार्य छाता ओढ्ने वा टोपी पहिरिने गर्नु पर्दछ ।

– कतै बाहिर निस्किनु परे पुरै हातखुट्टा छोप्ने लुगा लगाउनु पर्दछ ।

– यो मौसममा बाहिर निस्कनु परे बच्चालाई सन ग्लास लगाइदिदाँ उपयुक्त हुन्छ ।

बच्चाहरु र गोरो छाला भएकाहरूमा म्यालेनिन कम हुन्छ र सन बर्नबाट उनीहरू नै बढी पीडित हुने सम्भावना हुन्छ ।

RASHES & BLISTERS

घरबाट बाहिर निस्किँदा धूलो, धुवाँ र वायुमण्डलमा फैलिएको प्रदूषण मानिसको नाकमा प्रवेश गर्छ । त्यसैगरी घरपरिवारमा पाल्ने पाल्तु जनावरहरू कुकुर, बिरालोबाट बच्चाहरुलाई एलर्जी हुने जोखिम बढी हुन्छ । बच्चाहरुको शरीरमा घमौरा आउने पनि हुन्छ ।

एलर्जीका लक्षणहरू

–शरीरमा डाबर आउनु वा चिलाउनु

–आँखा नाक चिलाउनु

–हाच्छ्युँ आउनु

–सुक्खा खोकी लाग्नु, तर ज्वरो आएजस्तो नहुनु

–सामान्यतया नाक बन्द हुनु, तर नाकबाट पानी नबग्नु

–बारम्बार रुघा लाग्नु

एलर्जीबाट छालालाई कसरी जोगाउने ?

–ओछ्यान तथा लगाउने कपडा सफा राख्ने

–घरबाट बाहिर निस्किँदा माक्स लगाउने Parents urged not to use 'baby face masks' attached to dummies | London  Evening Standard | Evening Standard

–जनावरसँग घेरै नजिक नहुने

–खानेकुरा वा प्रयोगमा आउने कुनै कुराको एलर्जी हुन्छ भने त्यसबाट सावधानी अपनाउने

DEHYDRATION

डिहाइड्रेसनबाट बच्न प्रशस्त मात्रामा पानी पिउनुपर्दछ । गर्मी महिनामा पसिना बढी आउनुका साथै शरीरको तापक्रम बढ्न सक्छ । त्यसैले अन्य समयको तुलनामा गर्मीमा पानीका साथै अन्य रसादियुक्त पदार्थमा बढी जोड दिनुपर्छ । दैनिक कम्तीमा ३ लिटर पानी अनिवार्य पिउनुपर्छ । अझ गर्मी महिनामा ५ लिटर पानी पिउनु उपयुक्त मानिन्छ ।

त्यस्तै, काँक्रो, खरबुजा, मुला, गाँजर, अमला, ब्रोकाउली, किवी आदि फलमा पानीको मात्रा प्रशस्त हुन्छ भने तिनमा क्यालोरी पनि निकै कम हुन्छ । त्यस्तै, यी फलमा शरीरलाई आवश्यक भिटामिन पनि प्रशस्त पाइने हुनाले डिहाइड्रेसनबाट बच्न यी फलको सेवन गर्नु निकै राम्रो हो । बच्चाहरुले पर्याप्त पानी पिएको नपिएको कुराको हामीले ख्याल गर्नुपर्छ ।

INSECT BITE

वर्षाको समयमा धेरै किराहरु, लामखुट्टेले बच्चाहरुलाई सताउने गर्छ । यो विशेषगरी बच्चालाई बाहिर खेल्न पठाउँदा हुन्छ । यस्तो भएकाले बच्चालाई बाहिर चउरमा खेल्न पठाउँदा शरीर ढाकिने लुगा लगाएर पठाउँदा उपयुक्त हुन्छ । लामखुट्टे र अन्य किराको टोकाइबाट बचाउने मलम पाइन्छ । त्यो लगाइदिएर बच्चालाई खेल्न पठाउनुपर्छ । 

बच्चाको छाला धेरै संवेदनशील हुन्छ । त्यसैले उनीहरुको छालाको सरसफाइमा पनि निक्कै विचार पुर्याउनुपर्छ । वर्षातको समयमा कीटजन्य रोगको जोखिम पनि बढी देखिने गरेको चिकित्सकहरु बताउँछन् । 

WATERBORNE DISEASES

बर्षातका समयमा देखापर्ने मुख्य रोगहरुः

झाडापखाला: बर्षातको समयमा देखिने पानीजन्य अर्को सरुवा रोग झाडापखला हो । पानीको मुहान फोहोर हुने वा पानीमा दिसामा पाइने कोलिफर्म हुने हुँदा झाडापखाला धेरै देखिने गर्छ । 

झाडापखला शहरको तुलनामा ग्रामीण भेगमा बर्षातको समयमा बढि देखिने गर्छ । अस्वस्थ्य जिवनशैलीका कारण यस्तो समस्या देखिन्छ । खाना बनाउनुअघि, खानुअघि तथा दिसा धोइसकेपछि राम्रोसँग साबुन पानीले हात धुने गर्नुपर्छ । त्यसैगरी, खानेकुरा राम्रोसँग पकाएर मात्र खाने, फोहोर, बासी तथा सडेगलेको खानेकुरा नखाने, पानी उमालेर मात्र पिउने, फलफूल, सागपात तथा सलादहरु राम्रोसँग धोएर तथा सफा गरेर मात्र खाने गर्नाले पनि झाडापखालाबाट बच्न सकिन्छ । 

टाइफाइडः मनसुनको समयमा धैरै संक्रमण हुने टाइफाइड ज्वरो देखिन्छ । साल्मोनेला समूहको जिवाणु मानव शरीरमा प्रवेश गरेपछि त्यसले टाइफाइड हुने चिकित्सकहरु बताउँछन् । टाइफाइड भएका बिरामीमा बढीमात्रामा साल्मोनेला टाइफाईड र प्यारा टाइफाईडका जिवाणुहरु भेटिन्छन् । दुषित पानी र खाद्य पदार्थको सेवनबाट लाग्ने यो रोगका जीवाणुहरु देखिन्छ । 

यो रोगबाट बढीमात्रामा १५ वर्षभन्दा कम उमेरका बालबालिकाहरु बढि प्रभावित हुने गरेका छन् । टाईफाईड ज्वरोको संक्रमण रिंगटा लाग्ने, वाकवाकी लागि कसै कसैलाई बान्ता पनि हुने, शरीर गल्ने, खान मन नलाग्ने लगायतका लक्षणहरु देखिन्छन् ।

जन्डिसः खानेकुरा र पानीले गर्दा यस मौसममा देखिने अर्को प्रमुख रोग जन्डिस हो । दुषित पानी र बासी खानेकुराले धेरैलाई जन्डिस देखिने गर्छ । शरीरमा पानीको कमी हुँदा कसैलाई जन्डिस हुने डा. बास्तोला बताउँछन् । बजारमा बासी तथा खुल्ला खानेकुरा खाने गर्नाले पनि जन्डिस देखिने गर्छ । सुरुमा ज्वरो आउने शरीर गल्दै जाने जन्डिसको प्रमुख लक्षण हुन् । 

आउँ र हैजाः बर्षातको समयमा पानीका मुहानमा ढल मिसिँदा सोही पानी प्रयोग हुने हुँदा मानिसमा आउँ र हैजा देखापर्छ । आउँ तथा हैजा सिविला र सामालीया नाम भाईरसको संक्रमणका कारण मानिसमा देखापर्छ । यस्तो मौसममा आउँबाट बच्न खाने पानी र खाने कुरामा विशेष ध्यान दिनु आवश्यक हुन्छ ।  पेट दुख्ने, दिसामा रगत देखिने तथा ज्वरो आउने, शरीर थाक्ने, खान मन नलाग्ने लगायतका लक्षणहरु देखापर्छ । तुरुन्त चिकित्सकको सल्लाह बमोजिम उचार गनुपर्छ । 

कसरी बच्ने ?

धेरै रोग त अशुद्ध पानीकै कारण लाग्ने र फैलिने भएकाले पानी शुद्धीकरण गरेर मात्रै The Pros & Cons of Distilled vs Purified Water - SolvIt Water पिउनुपर्छ । बच्चालाई उमालेर सेलाएको पानी खुवाउनु राम्रो हुन्छ । पानीलाई उमालेर, फिल्टर गरेर, पियूषजस्ता पानी शुद्ध बनाउने औषधी हालेको पानी प्रयोग गर्नुपर्छ । घर वरिपरी सफा राख्ने, खुला राखेका र बासी खानेकुरा नखाने, झुल टाँगेर सुत्ने, लामो बाहुला भएको लुगा लगाउने, सर्पबाट जोगिन सर्प हुने सम्भावित ठाउँतिर जानहुन्न ।

Our top doctor on Pediatric

View All

Dr. Anil Raj Ojha

Pediatric

MBBS, MD (Pediatrics, TU)

Dr. Satyam Rimal

Pediatric

MBBS (DHAKA UNIVERSITY) MD (BANGALORE)

Dr. Sangita Shakya

Pediatric

MBBS, MD Consultant Pediatrician

Dr. Anil Raj OJHA

Pediatric

MBBS, MD (Paediatrics,TU)

Dr. Bikash Shrestha

Pediatric

MBBS, MD (Paediatrics) in AFMC, India

Dr. Dharmagat Bhattrai

Pediatric

 MBBS , M.D. (Pediatrics), (PGI), D.M.

Dr. Pankaj Ray

Pediatric

MBBS, MD Pediatrics. MBBS, MD. (Pediatrics) NAMS

Dr. Anna Sharma

Pediatric

 MBBS, MD Pediatric(IOM).

Leave Comment