पिआरपीः हाडजोर्नी र दाँतको समस्यामा उत्तिकै उपयोगी । 

  • 12th September, 2022

पिआरपी भन्नेबित्तिकै धेरैले झरेको कपाल उमार्ने उपचार भन्ने सोच्ने गर्छन् । तर, खासमा यस्तो भने होइन । यस्तो पद्धतिले धेरै किसिमका समस्या समाधान गर्न मद्दत गर्छ । सामान्य भाषामा भन्नुपर्दा पिआरपी भनेकोे आफ्नै शरीरमा भएको तत्वबाट गरिने सामान्य उपचार पद्धति हो । पीआरपी सर्वसुलभ ढंगले उपलब्ध हुने स्वास्थ्य संस्था तथा अनुभवी चिकित्सकसँग परामर्श गरेर यो विधि अपनाउँदा राम्रो हुन्छ । 
मान्छेको रगतमा विभिन्न किसिमका आन्तरिक रसायन हुन्छन्, जसले शरीरका विभिन्न तन्तुको वृद्धि र विकासमा मद्दत गर्छन् । रगतमा हुने यी ग्रोथ फ्याक्टरको भण्डारण भनेको प्लेटलेट हो । प्लेटलेट भनेको एक प्रकारको रक्तकोष हो  यसले चोटपटक लाग्दा शरीरबाट रगत बग्न दिँदैन । प्लेटलेटमा रगत जमाउने रसायन पनि हुन्छ । शरीरको कुनै ठाउँमा चोट लागेपछि केही समय रगत बगेर पछि रोकिनमा यही प्लेटलेट भन्ने तत्वले काम गरेको हुन्छ । पिआरपी उपचार विधिमा रगतबाट यही प्लेटलेट निकालेर प्रयोग गरिन्छ । आफ्नै शरीरको रगत निकालेर प्लेटलेट मात्र छुट्याएर प्रयोग गरिन्छ । 

हाडजोर्नी र दाँतको समस्यामा उपयोगी
एक दशकदेखि मेडिकल साइन्सले यसको प्रयोग गरेर विभिन्न रोग तथा समस्याको उपचार गर्दै आएको छ । पहिलो पटक प्लेटलेटको प्रयोग हाडजोर्नीसम्बन्धी चिकित्सकले गरेका थिए । दन्त शल्यक्रियामा पनि यसको प्रयोग हुँदै आएको छ । हाल छाला तथा सौन्दर्य उपचारमा पनि यो अति नै उपयोगी हुँदै आएको छ ।
एथलेटिक्स तथा फुटबल खेलाडीलाई घुँडामा चोट लाग्दा पीआरपीको इन्जेक्सन दिँदा चोट छिटो निको हुने र खेलाडी छिट्टै खेलमा फर्किन सक्ने हुन्छन् । पीआरपीले विभिन्न ग्रोथ फ्याक्टरलाई सक्रिय गराएर कोष तथा तन्तुलाई वृद्धि गरी चोट लागेको ठाउँमा पुनर्निर्माण गर्ने काम गर्छ। शरीरको आफ्नै सिस्टमले कोष तथा तन्तुको विकास र पुनर्निर्माण छिटो गर्छ । फ्य्राक्चर भएको ठाउँमा प्लास्टर लगाएर राखेपछि शरीरको आफ्नै प्रणालीले फ्य्राक्चर निको हुने हो । भाँचिएको हड्डी जोडिने हो । बाहिर लगाएको प्लास्टरले भाँचिएको वा फ्य्राक्चर भएको ठाउँलाई हलचल गर्न नदिने मात्रै हो । शरीरमा भएका तत्वले नै शरीरका विभिन्न समस्या समाधान गर्न काम गरिरहेका हुन्छन् । पीआरपी गर्नका लागि शरीरको कुन भागमा कस्तो समस्याका लागि गर्न लागिएको हो, त्यो निक्र्यौल गरेपछि रगत निकालेर प्लेटलेट छुट्याउने काम गरिन्छ । रगतबाट प्लेटलेट छुट्याएर इन्जेक्सनमार्फत दिनका लागि बढीमा ४५ मिनेटको समय लाग्छ । रगत निकालेपछि आधा घण्टामा प्लेटलेट छुट्याउन सकिन्छ । 

कपाल झर्न रोक्न उपयोगी
आफ्नै शरीरबाट निकालेर प्रयोग गरिने भएकाले यसबाट कुनै साइड इफेक्ट हुँदैन । कपाल झर्नुका विभिन्न कारणमध्ये कपालको जरा बलियो बनाउने ग्रन्थि कमजोर हुनु हो। पीआरपी इन्जेक्सन दिँदा कमजोर भएको ग्रन्थि बलियो हुन्छ र कपाल झर्न रोकिन्छ । नयाँ कपाल पलाउँछ । पूरै तालु खुइलिएको समस्यामा पीआरपी गरेर मात्र कपाल पहिलाको जस्तै बाक्लो हुने सम्भावना कम हुन्छ । त्यसैले कपाल प्रत्यारोपण गरिसकेपछि पीआरपी गर्दा झनै राम्रो रिजल्ट आउँछ । 

चाउरीपन, दाग, नसा फुलेकोमा उपयोगी
बढ्दो उमेरका कारण देखापर्ने चाउरीपन, अनुहारको दाग, खटिराको दाग, निको नभएको पुरानो घाउ, पोलेको दाग आदिमा पीआरपीको इन्जेक्सन दिँदा यसले राम्रो परिणाम दिन्छ । पीआरपीले रक्तनली, शरीरका विभिन्न कोष र तन्तुलाई पुनर्निर्माण गर्ने काम गर्छ । तालु खुइलिने समस्या,  छालामा ग्लो ल्याउन, डन्डीफोरको खत, पुरानो घाउ, स्ट्रेच मार्क, नसा फुलेको आदि समस्यामा पीआरपी उपचार पद्धति प्रभावकारी हुन्छ ।

Our top doctor on Pain Management

View All

Dr. Diptesh Aryal

Pain Management

MBBS, MD (Anesthesia), Clinical Fellowship in Critical Care Medicine Anaesthesia and of Critical Care

Dr. Ninadini Shrestha

Pain Management

MD (Anasthesia), Fellowship ( Pain Management, India)

Leave Comment