पेनकिलर (Painkiller) प्रयोग गर्दै हुनुहुन्छ ? पेनकिलरबारे बुझ्नैपर्ने कुरा

  • 25th February, 2022
  • खाली पेटमा पेनकिलर सेवन गर्नुहुँदैन । खाली पेटमा पेनकिलर सेवन गर्दा एसिडिटी बढ्छ । 
  • पेनकिलर सेवन गर्दा मादक पदार्थ कहिल्यै नखानुहोस् । Dizziness - Wikipediaपेनकिलर  र मादक पदार्थ सँगै खानाले स्वाथ्यमा उल्टो असर पर्छ । जस्तैः रिंगटा लाग्ने, एसिडिटी बढ्ने र मुटुमा समस्या निम्तिन सक्ने खतरा बढाउँछ । 
  • पेनकिलर चक्कीलाई भाँच्ने या टुक्रा पार्ने गर्नुहुँदैन । यसरी भाँच्ने या फुटाउने गरेको पेनकिलरको प्रभाव कम हुन्छ । 
  • पेनकिलर सेवनपछि अत्याधिक मात्रामा पानी पिउने गर्नुपर्छ । पानीको मात्रा बढाउनाले शरीरमा बाँकी रहेका पेनकिलरका अनावश्यक पदार्थ बाहिर पठाउन मद्धत मिल्छ र पेनकिलरको साइडइफेक्ट पनि शरीरमा कम पर्छ । 
  • फर्मासिस्टसँग पेनकिलरबारे विस्तृत जानकारी लिनुपर्छ । पेनकिलर सेवन गर्दा चाहिने खुराक, सेवन गर्ने अवधि, मात्रा र यसको असरबारे जानकारी लिनुपर्छ। 
  • कतिपय पेनकिलर पछिसम्मका लागि लत लाग्ने पनि हुनसक्छ । दुखाई कम गर्न खाएको पेनकिलरको लत लाग्यो भने समस्या पर्न सक्छ । जस्तै कोडिन, ट्रामाडोल, मर्फिनजस्ता पेनकिलर सेवन गर्दा होसियारी अपनाउनुहोस् । 
  • कुनै शारीरिक समस्या भएर चिकित्सककहाँ जाँच गराउन जाँदै हुनुहुन्छ भने आफूले सेवन गरिरहेको पेनकिलरबारे चिकित्सकलाई जानकारी गराउनुहोस्
  • अल्सर, मुटुरोग, उच्च रक्तचापजस्ता स्वास्थ्य समस्या छन् भने पेनकिलर सेवन गर्नु घातक हुन्छ । यस्ता रोगमा पेनकिलर सेवन गर्नुहुँदैन । 
  • शरीरमा दुखाई भयो या टाउको दुख्यो भन्दैमा जथाभावी आफूखुशी पेनकिलर खाने काम गर्नुहुँदैन । चिकित्सकको सल्लाहमा मात्रै पेनकिलर सेवन गर्ने बानी गर्नुपर्छ । अन्यथा स्वास्थ्यसम्बन्धी धेरै समस्याहरु तत्काल नदेखिए पनि पछि देखिनसक्छ ।

Our top doctor on Pain Management

View All

Dr. Diptesh Aryal

Pain Management

MBBS, MD (Anesthesia), Clinical Fellowship in Critical Care Medicine Anaesthesia and of Critical Care

Dr. Ninadini Shrestha

Pain Management

MD (Anasthesia), Fellowship ( Pain Management, India)

Leave Comment