एपेन्डिक्स फुट्यो भने के हुन्छ ? एपेण्डिक्स भयो भने कस्ता जटिलताहरु देखिन्छन् ?

  • 29th June, 2022

एपेन्डिक्स भनेको के हो ?

Ruptured Appendix: What Does It Mean? - Blogs - Makati Medical Centerएपेन्डिसाइटिस भनेको एपेन्डिक्स सुन्निने रोग हो। ठूलो आन्द्रासँग गाँसिएर बसेको, बूढी औंला आकार को, एक सानो अंगलाई एपेण्डिक्स भनिन्छ । यो तल्लो पेटको दाहिनेतिर रहेको हुन्छ । मानव शरीरमा यसको कामका बारेमा आजसम्म कुनै जानकारी छैन । यदि ब्याक्टेरियाबाट संक्रमित भयो भने अथवा कुनै अवरोध भयो भने यो एपेण्डिक्स विस्तारै सुन्निन थाल्छ र यसमा पीप भरिन्छ । यदि समयमै यसको उपचार गरिएन भने यो फुट्ने र यसभित्र रहेको फोहोर आन्द्रा बाहिर तर भुँडी भित्रै पोखिने सम्भावना हुन्छ । यो एकदमै डरलाग्दो अवस्था हो । त्यसैले एपेण्डिसाइटिस भएको बिरामीको तत्कालै उपचारको आवश्यकता हुन्छ । एपेण्डिक्स फुट्नु भन्दा अगावै यसको अपरेशन गरेर फालिएन भने बिरामीको मृत्यु समेत हुन सक्छ ।
यो समस्या जो कोही मा पनि देखिन सक्ने भए पनि १० देखि ३० वर्ष भित्रका केटामा बढी देखिन्छ ।

एपेन्डिसाइटिसका प्रकारहरु ः
एक्युट एपेन्डिसाइटिस

यस्तो एपेन्डिसाइटिस तीव्र गतिमा विकास हुने गर्छ । यो केही घन्टा या दिनमै विकसित हुने गर्छ । सुरुमै यसको पहिचान गर्न गाह्रो पनि हुन सक्छ । यस्तो एपेन्डिसाइटिस भएमा तत्काल सर्जरीको अवश्यकता हुन्छ । एपेन्डिक्समा जीवाणु संक्रमण, दिसा या कुनै अन्य प्रकारको रोकावटका कारण यसले शरीरलाई नै जोखिमपूर्ण बनाउँछ । 

क्रोनिक एपेन्डिसाइटिस

Antibiotics Or Surgery For Appendicitis: Which Could Be A Better Treatment  Option For You? | TheHealthSite.comयसको दुखाइ लामो समयसम्म हुन्छ । क्रोनिक एपेन्डिसाइटिसले एपेन्डिक्समा बिस्तारै समस्या पार्न थाल्छ । बिस्तारै एपेन्डिक्स र मलद्वार सुन्निन थाल्छ । आन्तरिक दबाबका कारण सुन्निएको एपेन्डिक्सले गम्भीर समस्या निम्त्याउन सक्छ र समयमै उपचार नगर्दा एपेन्डिक्स फुट्न पनि सक्छ ।

कारणहरु ः
कतिपय अवस्थाहरुमा यसरी एपेण्डिक्स सुन्निनुको कारण जान्न सकिएको छैन । यद्यपि केही मामिलाहरु दिसा साह्रो भएर र पाचन नभएका कुराहरु एपेण्डिक्समा अड्किएर एपेण्डिसाइटिस भएको पाइएको छ । जब आन्द्रा भित्रका पाचन प्रक्रिया मा रहेका खाने कुराहरु अगाडी बढ्नमा अवरोध हुन्छ तब ती एकै ठाउँमा रोकिनाले ब्याक्टेरियाहरुले एपेण्डिक्सलाई आक्रमण गर्ने मौका पाउँछन् । फलस्वरुप एपेण्डिक्स फुल्दै र सुन्निँदै जान्छ ।

लक्षणहरु ः
एपेण्डिसाइटिस को मुख्य लक्षण भनेकै पेट दुख्नु हो । यो दुखाई आरम्भमा नाइटोको वरिपरि महसुस गरिन्छ र पछि विस्तारै पेटको तल्लो दाहिने भागमा रहिरहन्छ । खोक्दा वा चल्दा तिब्र दुखाईको अनुभव हुन्छ जुन घुँडालाई खुम्च्याएर छातीमा ल्याउँदा केही घट्छ । एपेण्डिसाइटिसका अन्य लक्षणहरु लाई यसप्रकार छन् ः

  • वाकवाकी लाग्नु र बान्ता हुनु
  • पेट फुल्नु
  • भोक विस्तारै हराउँदै जानु 
  • बिस्तारै पेटको माथिल्लो भाग, पिठ्युँ मलाशयमा पनि दुखाइको अनुभूति हुन थाल्छ ।
  • ज्वरो आउनु
  • अपान वायु फाल्न (पाद्न) नसक्नु
  • कब्जियत हुनु वा पखाला चल्नु
  • तारन्तार पिसाब भइरहनु

एपेण्डिक्स फुट्यो भने केके हुन सक्छ ?

  • पेटका अन्य भागमा समेत तिब्र पीडा को अनुभव हुन्छ
  • थोरै चल्दा पनि पीडामा वृद्धि हुन्छ । घुँडा लाई छातीतिर ल्याउँदा पनि पीडामा कुनै अन्तर आउँदैन ।
  • पछाडी रहेको ऊसन्धि (ग्रोइन), अर्थात् ढाडको अन्त्यमा पीडाको अनुभूति हुन्छ ।

यदि तपाईं गर्भवती हुनुहुन्छ भने पेटको माथिल्लो भागमा दुखेको महसुस हुन्छ । किनकि गर्भावस्थामा भ्रुणका कारण एपेण्डिक्स केही माथी सरेको हुन्छ । यसले गर्दा एपेन्डिक्स हुनसक्छ ।

एपेन्डिक्स नभए पनि हुन्छ This Is What Appendicitis Really Feels Like | Prevention
‘एपेन्डिक्स’को महत्वको बारेमा एकिन अध्ययन भएको नदेखिए पनि मांशाहारी जनावरमा यसको काम मासु पचाउनु हो । मानव शरीरभन्दा सिंह, बिरालोजस्ता मांशाहारी जनावरमा ‘एपेन्डिक्स’को बढी काम हुन्छ । यस्ता जनावरमा मासु पचाउनका लागि ‘एपेन्डिक्स’को आकारसमेत ठूलो हुन्छ । मान्छेलाई भने खाना पचाउने काममा यसको उपयोगिता हुन्न । व्यक्तिमा काम नहुने भएकाले यो सानो र सुसुप्त अवस्थामा रहेको हुन्छ । ठोस काम नहुनाले यो सानो हुँदै गएको पाइन्छ ।
अध्ययनअनुसार व्यक्तिको शरीरमा ‘एपेन्डिक्स’को ठोस काम नभए पनि यसले रोग प्रतिरोधात्मक क्षमताको सामान्य काम गरेको भने पाइन्छ । यसले केही हदसम्म शरीरमा अनावश्यक रुपमा आउने किटाणु मार्ने कोषिका निकाल्न सहयोग गर्छ ।

कतिबेला डाक्टरलाई भेट्ने ?

Meet Your Doctor - Posts | Facebookतपाईंमा माथि उल्लिखित लक्षणहरु छन् भने तपाईंले तत्कालै चिकित्सक को परामर्श गर्नु पर्छ । डाक्टरले तपाईंको जाँच र देखिएका लक्षणका आधारमा यो रोग लागे नलागेको निदान गर्ने छन् । कहिलेकाहीं अन्य परीक्षण पनि आवश्यक हुन्छन् ।

केके परीक्षण गर्ने ?
रक्त परीक्षण ः संक्रमणको अवस्था जाँच्न
पिसाब परीक्षण (युरिनालिसिस) ः मूत्रनलीको संक्रमण भए नभएको जाँच्न
अल्ट्रासाउण्ड अथवा सीटी स्क्यानले पनि रोग निदान गर्न मद्दत गर्दछ ।

उपचार ः
यसको अन्तिम उपचार भनेको शल्यक्रिया गरेर एपेण्डिक्सलाई नै फाल्नु हो । एपेण्डिक्स फुटिसकेको छ भने तपाईंको तत्कालै अपरशेन गर्नु पर्छ । 
औषधिको प्रयोगले ‘एपेन्डिक्स’को समस्या भएका ३० देखि ४० प्रतिशत व्यक्तिको समस्या समाधान हुन सक्छ । त्यसैले पेट दुखेको अवस्थामा चिकित्सकको सल्लाहबमोजिम स्वास्थ्य परीक्षण महत्वपूर्ण मानिन्छ ।
‘एपेन्डिक्स’ नफुटिसकेको अवस्थामा पेटको दायाँ भागमा सानो प्वाल बनाई ‘एपेन्डिक्स’ नै निकालिन्छ । सानो किसिमको अप्रेसन गरी समस्या समाधान गरिन्छ । यस्तो सानो शल्यक्रियालाई चिकित्सकीय भाषामा ‘एपेन्डेक्टोमी’ भनिन्छ ।
‘एपेन्डिक्स’ फुटेर संक्रमण भएको अवस्थामा भने पेटको ठूलो शल्याक्रिया गर्नुपर्ने हुन्छ । शल्यक्रिया गरी पेटमा फैलिएको संक्रमण सफा गरिन्छ । ठूलो शल्यक्रिया गरेको अवस्थामा लामो समय अस्पताल बस्नुपर्ने हुनसक्छ ।
‘एपेन्डिक्स’ नफुटेको अवस्थामा उपचार गर्दा बिरामीको मृत्युको जोखिम एक प्रतिशतभन्दा कम हुन्छ, भने फुटेर जटिलता आएको खण्डमा शल्यक्रिया गरेर उपचार गरिँदासमेत मृत्युको जोखिम १५ देखि २० प्रतिशत हुन्छ ।

के नगर्ने ?
एपेन्डिसाइटिस पत्ता लागेमा कहिल्यै पनि ल्याजेटिभ औषधि खानुहुँदैन । यो औषधिको सेवनले एपेन्डिक्स फुट्न पनि सक्छ ।

Our top doctor on Pain Management

View All

Dr. Diptesh Aryal

Pain Management

MBBS, MD (Anesthesia), Clinical Fellowship in Critical Care Medicine Anaesthesia and of Critical Care

Dr. Ninadini Shrestha

Pain Management

MD (Anasthesia), Fellowship ( Pain Management, India)

Leave Comment