खुट्टा किन सुन्नियो भनेर सोच्दै हुनुहुन्छ ? यी हुन् खुट्टा सुन्निने कारणहरु ।

  • 25th October, 2021

गोडा किन सुन्निन्छ ?

  • मुटुरोगका कारण वा मुटुमा समस्या भएर 
  • दम रोग लागेका र फोक्सो पूर्णरुपमा बिग्रिएर 
  • कलेजोको समस्या 
  • मृगौलामा समस्या भएर 
  • रगतको नसाहरुमा रगत जमेर पनि गोडा सुन्निने हुन्छ । 
  • हात्तिपाइले रोग लागेकाहरुमा पनि गोडा सुन्निने समस्या हुन्छ ।
  • थाइराइडका बिरामीहरुको पनि गोडा सुनिन सक्छ ।
  • शरिरको लिम्फ्याटिक सिस्टममा अवरोध हुन गएमा पनि गोडा सुनिन्छ ।Leg Swelling in Aging: What to Know & What to Do - Better Health While Aging
  • बाथका बिरामीहरुमा जोर्नीमा दुखाई हुन्छ या जोर्नीमा सुजन आँउदापनि गोडा सुन्निन्छ ।
  • हर्मोन सेवन गर्नेहरुमा र गर्भवति महिलामा पनि गोडा सुन्निने समस्या हुन्छ ।
  • पिडा र दुखाई कम गर्ने औषधि धेरै सेवन गर्नेहरुलाईपनि गोडा सुन्निने समस्या हुनसक्छ ।
  • कुनै कुनै उच्च रक्तचाप कम गर्ने औषधिहरुको सेवनबाट पनि गोडा सुन्निने समस्या हुन सक्छ । जस्तोः सिसिबि (एम्लोडिपिन) नामको औषधिले गोलीगाठो र गोडा सुन्निने हुनसक्छ ।
  • लामो यात्रा गर्दा (हवाईजहाज वा बसमा) यात्रा गर्दा पनि गोडा सुन्निन सक्छ ।
  • गोडामा भएका रगत–नसा जसलाई धमनि पनि भनिन्छ यिनको समस्या (भेनस इनसफिसियन्सी) हुँदा पनि गोडा सुनिन्छ ।
  • कहिले काँही किराले टोकेर, एलर्जी भएरपनि गोडा सुनिने हुन सक्छ ।
  • चोटपटक लागेर हाड भाँचिएर पनि गोडा सुनिन सक्छ ।

नोटः यदि गोडा सुनिने समस्या छ भने तत्काल चिकित्सकको परामर्श लिनुपर्दछ । गोडा सुन्निने समस्याको कारण खोज्नुपर्ने हुन्छ । कारण पत्ता लगाएर उपचार गरेपछि गोडा सुन्निने समस्याबाट मुक्त हुन सकिन्छ । कारण फेला नपरेपनि आत्तिईहाल्नु पर्दैन ।

स्वास्थ्य स्थिति सबै ठिक हुँदा हुँदै पनि गोडा सुन्निन सक्छ । यस्तो खालको गोडा सुन्निने समस्यालाई डिपेन्डेन्ट इडिमा भनिन्छ ।

कस्तो अवस्थामा डिपेन्डेन्ट इडिमा देखापर्छ ?
यस्तो किसिमको गोडा सुन्निने समस्या छालाको तल पानी जम्मा भएर हुन्छ । शरिरको जुन अंगमा बढी प्रेसर पर्छ वा भार पर्छ ति अंगहरुमा सुजन हुन्छ । खासगरी च्यापिएर बस्ने तथा झुण्डिएर बस्ने अंगहरुमा बढी सुजन आउने र सुन्निने गर्छ ।
हाम्रो शरिरमा अशुद्ध रगत तलबाट माथितिर बग्ने गर्दछ र उल्टो बाटो बहने रगत ग्र्याभिटेशनल फोर्सले पनि तल तान्ने गर्दछ त्यसकारण अधिकांश गोडा झुण्ड्याउने र उभिएर काम गर्नेहरुलाई गोडा सुन्निने हुनसक्छ । त्यसकारण अरु रोगहरु छैनन् भने आत्तिनु पर्दैन ।
यस समस्याको समाधानका लागि गोडा अलिकति माथि उठाएर (मुटुको सतहदेखी ३०.५ सेन्टिमिटर माथि राखेर) आराम गरेमा यो समस्या हराएर जान्छ ।

हात्तिपाइले रोगमा एउटा मात्र गोडा सुन्निने हुन्छ
यदि एउटामात्र गोडा सुन्निने गरेको छ भने त्यो हात्तिपाइले रोग वा गोडामा रगत जमेको अथवा अन्य कारणहरुले गर्दा पनि भएको हुनसक्छ ।
मुटुका रोगिहरुले अत्याधिक मात्रामा झोल पदार्थ तथा पानि पिएको खण्डमा पनि गोडा सुन्निन सक्छ ।
खानामा अत्यधिक नुनको सेवनले पनि गोडा सुन्निन सक्छ ।

गोडा सुन्निने समस्या भएकाहरुले के के जाँच गर्दा उपयुक्त हुन्छ ?

  1. युरिया र क्रियाटिनिनको जाँच ।
  2. पिसाबको जाँच (पिसाबमा प्रोटिन गए नगएको) ।
  3. थाइराइडको जाँच ।
  4. रगतमा प्रोटिनको मात्रा जाँच ।C-reactive protein (CRP) test: High levels, low levels, and normal range
  5. यदि एउटामात्र गोडा सुन्निने भएको छ भने गोडाको नसाको डपलर जाँच तथा हात्तिपाइले रोगको परिक्षण गराउनुपर्छ ।
  6. गोडा सुन्निएकाहरुको छालामा नसाहरु बटारिएको वा फुलेको छ वा छैन हेर्नुपर्छ ।
  7. कलेजोको जाँच र मुटुको जाँच ।

Our top doctor on Pain Management

View All

Dr. Diptesh Aryal

Pain Management

MBBS, MD (Anesthesia), Clinical Fellowship in Critical Care Medicine Anaesthesia and of Critical Care

Dr. Ninadini Shrestha

Pain Management

MD (Anasthesia), Fellowship ( Pain Management, India)

Leave Comment