के अप्राकृतिक रुपमा मेनोपज हुन्छ ?

  • 31st October, 2022

पर्वतकी लैला कर्माचार्य उमेरले ४० पुगिन् । शरीर अचानक तातो अनि चिसो हुने,चिड्चिडाहट भएर अनावश्यक रिसाउने,झर्किने गर्न थालिन् । लगातार चार महिनासम्म चिड्चिडाहट भएर ससाना कुरामा पनि झर्किरहँदा परिवारलाई नै डिस्टर्ब गरेको महसुस गर्न थालिन् ।
डाक्टरकोमा पुग्दा मेनोपजका कारण हर्मनको गडबडीले यस्तो भएको उनले थाहा पाइन् । स्मरण रहोस्,करिब ५ महिना अघि उनको पाठेघरमा समस्या देखिएपछि चिकित्सकको सल्लाहमा अप्रेसनमार्फत् पाठेघर फालिएको थियो ।
धेरैलाई लाग्न सक्छ महिनावारी सुकेको एक वर्षको अवस्थालाई मात्रै मेनोपज भनिन्छ । भेरी अस्पतालका कन्सल्ट्यान्ट स्त्रीरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीका अनुसार विशेष अवस्थामा पाठेघर नै निकालेको एक वर्षसम्म महिनावारी भएन भने मेनोपज भनेर बुझन्पर्छ ।  यस्तो अवस्था प्राकृतिक रुपमा भएको मेनोपजभन्दा स्वास्थ्यमा खराबी भइ भएको मेनोपजमा हर्मोन गडबडी बढी हुने उनी बताउँछन् ।
सामान्य भाषामा महिलाहरुको मासिक चक्र महिनावारी रोकिनुलाई रजनोवृत्ति मेनोपज भनिन्छ । अण्डासयमा अण्डा उत्पादन कम भई एक वर्षसम्म महिनावारी भएन भने त्यसलाई मेनोपज भनिन्छ ।​ किशोरवस्थामा महिनावारी सुरु हुन्छ भने प्रौढावस्थामा रोकिने गर्छ । चिकित्सकहरुका अनुसार सामान्यतया प्रकृतिक रुपमा मेनोपज ४० देखि ५० वर्षको उमेरमा हुने गर्छ ।
शरीरमा हर्मोन आउन एक्कासी बन्द भएपछि महिलाहरुमा पसिना धेरै आउने,मुटुको चाल धेरै ढुकढुक भए जस्तो महसुस गर्ने, शरीर घरि तातो हुने,घरि चिसो हुने,एकदमै धेरै रिस उठ्ने,चिड्चिडावट हुने,शरीर सुख्खा हुनुका साथै योनीमा सुक्खापन आउँदा यौनेच्छामा कमी समेत हुने डा. सुवेदी बताउँछन् ।
अप्रेसनपछि एक्कासी अण्डा उत्पादन हुन बन्द भयो भने महिलाहरुमा झन् बढी यस्ता खालका लक्षणहरु देखिने उनले जानकारी दिए । प्राकृतिक रुपमा मेनोपज हुँदा विस्तारै अण्डा उत्पादनमा कम हुने भएको विस्तारै यस्ता खालका लक्षण बढ्दै जाने उनको भनाइ छ ।
डा. सुवेदीका अनुसार,मेनोपजपछि हर्मोन गडबडी कारण शरीरका हाड पातलो हुँदै जाने भएकाले महिला कमजोर हुन सक्छन् । उमेर बढ्दै गएपछि घरेलु काम गर्दा सामान्य तरिकाले हाडमा चोटपटक लाग्दा पनि भाँचिन सक्छ । मेनोपजपछि प्रौढ लाग्यो भन्दै बढी सक्रिय नहुने भएकाले मोटोपन धेरैमा हुन्छ । यसले हृदयाघात,मस्तिष्कघात लगायतका समस्यासमेत आउन सक्छ ।
डा. सुवेदीका अनुसार अस्पतालमा धेरै महिला धेरै गर्मी भयो,एकैछिनमा पसिना आयो,जाडो भयो,रिसमात्रै उठ्यो,काम गर्न मन लाग्दैन । पहिला यस्ता थिइन म,मेरा वरपरका साथीलाई पनि त्यस्तो भएको छैन,मलाई गाह्रो भयो भन्दै आउँछन् ।
मेनोपजका यस्ता लक्षणबाट शरीरले विस्तारै बानी पार्दै जाने उनको भनाइ छ । बाध्यात्मक परिस्थितिमा मात्रै मेनोपजका कारण स्वास्थ्यमा धेरै समस्या आएमा अण्डाले निकाल्ने हर्मन बढाउने औषधि दिइने उनले बताए । मेनोपज भएका महिलाले खानपानमा विशेष ध्यान पुर्याएमा विस्तारै उल्लेखित लक्षणबाट छुटकारा पाउन सक्ने डा. सुवेदी बताउँछन् ।
मौसम अनुसारको फलफूल बढी खाने,काममा व्यस्त भइरहने,गेडागुडी बढी मात्रामा खाए विस्तारै मेनोपजका लक्षण ठिक हुँदै जाने उनको भनाइ छ । मेनोपज भएको डेढ वर्षपछि योनीबाट रगत बग्यो भने तत्काल अस्पताल पुग्नपर्ने उनको भनाइ छ । ‘मेनोपजपछि रगत बग्यो भने त्यसलाई सामान्य ठान्न हुँदैन । त्यस्तो अवस्थामा क्यान्सरसमेत हुन सक्छ ।’ उनी भन्छन् ।
डा. सुवेदी मेनोपजबारे सबैले थाहा पाउन र बहसको विषय बन्नुपर्ने बताउँछन् । धेरै महिला मेनोपज भन्ने थाहा नपाएर अस्पताल धाउने उनले बताए । मेनोपजका कारण शारीरिक,मानसिक अवस्थामा समस्या आएमा अस्पताल जान उनको सुझाव छ । 
मेनोपजको अवस्थामा पुगिसकेका महिलाले स्वस्थकर खानपानमा विशेष जोड दिनुपर्ने उनले बताए । जीवनयापन सहज बनाउन शारीरिक अभ्यास तथा योग,ध्यान नियमित गर्न उनको सुझाव छ । यस्तै,क्याल्सियमयुक्त,पौष्टिक तत्वयुक्त,दही,दूध,हरियो सागसब्जी,गेडागुडी खान उनको सुझाव छ ।

 

From- Ratopati 

 

Our top doctor on Gynecologist

View All

Dr. Samira Shafi Khan

Gynecologist

MBBS ( Pakistan) ; MD Gyne/Obs ( Institute of Medicine TUTH, Kathmandu, Nepal)

Dr. Bhola Rijal

Gynecologist

MBBS, MD Obsterician & Gyanaecologist

Dr. Padam Raj Pant

Gynecologist

MBBS, MD Obstetrics and Gynecologist

Dr. Astha Shrestha

Gynecologist

MBBS, MD(OBSTETRICS & GYNAECOLOGY)

Dr. Smrity Mool Joshi

Gynecologist

MBBS, MD/MS in Obstetrics and Gynaecology,FMAS/Fellowship in Gynae – Oncology

Dr. Kunsang Dolma Sherpa

Gynecologist

MBBS, MD /MS (Obstetrics / Gynaecology)

Dr. Abha Shakya

Gynecologist

MBBS, MD Obstetrician & Gynecologist

Dr. Jasmine Shrestha

Gynecologist

MBBS, MD / MS (Obstetrics / Gynaecology)

Dr. Rumina Malla

Gynecologist

MBBS, MD / MS (Obstetrics / Gynaecology)

Dr. Prof. Kundu Yangzom

Gynecologist

MBBS, DGO, FRTCOG Specialty- Senior Consultant Gynecologist/Obestrician

Dr. Sampada Mishra

Gynecologist

 MBBS, MD Consultant Gynaecologist & Obstetrician

Dr. Sweta Singh

Gynecologist

MBBS(KU)MD (Obstetric & Gynecology-KU) IVF Specialist

Dr. Chandra Shobha Amatya

Gynecologist

MBBS, MCPS, DGO, Dhaka, Ranchi, FICS(USA) Genecology

Dr. Neha Humagain

Gynecologist

MBBS(KU) , MD (KU) IVF Specialist

Dr. Atit Poudel

Gynecologist

MBBS, Md in Obstetrics and Gynecology

Dr. Nira Singh Shrestha

Gynecologist

MBBS, MD Specialist - Obs & Gynecology

Dr. Junu Bajracharya

Gynecologist

MBBS, MD (Obstetrics and Genecology)

Dr. Mira Thapa

Gynecologist

MBBS, MD(IOM, TUTH), Consultant Obstetrician and Gynecologist

Dr. Rashmi Shrish

Gynecologist

MBBS, MD(IOM, TUTH), Consultant Obstetrician and Gynecologist

Dr. Meenu Suwal

Gynecologist

 MBBS, MD · Speciality - Consultant Gynecologist & Obstetrician

Leave Comment