बेबी सावर अर्थात गर्भधारणको उत्सव

  • 15th November, 2022

 जेन्डर रिभिल पार्टी भनेको के हो ?
सन् २००८ मा जेन्ना नाम गरेकी महिलाले पार्टीमा आफ्नो बच्चाको लिंग घोषणा गरेकी थिईन् । र त्यसै पार्टीलाई जेन्डर रिभिल पार्टी भनेर नामाकरण गरिएको थियो । उनले आफ्नो बच्चाको जन्म हुनु अगाडि नै आफ्नो परिवार र नजिकका आफन्तहरुलाई बोलाएर एक प्रकारको उत्सवको आयोजना गर्ने गरिन्छ । जेन्नाले केक काट्दा भित्र निलो रंग भेटियो भने छोरा र गुलाबी रंग भेटियो भने छोरी हुन्छ भनेर रमाईलोको लागि पार्टीमा भनेकी थिईन् । अहिले त्यहीँ उत्सवले पश्चिमी जगत्मा मात्रै होइन, हाम्रो नेपाललाई पनि छोइसकेको छ । 
रमाईलोको लागि थालिएको जेन्डर रिभिल पार्टीको चलन अमेरिकाभरी फैलियो । यो चलन फैलने मात्र होइन । विस्तारै यसमा परिवर्तन पनि हुन थाल्यो । यो चलन केक काटेर सुरु भएको भए पनि बिस्तारै नीलो वा गुलाबी रंगको बेलुन उडाउने, नीलो र गुलाबी रंगको प्रयोग गर्ने । छोरा भए नीलो र छोरी भए गुलाबी रंगको लुगा किनिदिने जस्ता विभिन्न प्रकारका सृजनात्मकत तरिकाहरुलाई जोडियो । तर सृजनात्मकताले जहिल्यै राम्रो र रमाईलो मात्रै हुँदैन । बरु झन् अहिले आएर यसले राम्रोभन्दा नराम्रो घटनाहरु बढिरहेको छ ।
हालसालै अमेरिकाको क्यालिफोर्नियामा जेन्डर रिभिल पार्टी आयोजना गर्दा ७००० एकड क्षेत्रफलभरि आगो फैलिएको थियो । बच्चाको लिङ्ग घोषणा गर्ने बेला धुवाँ उत्पादन गर्ने यन्त्रका कारण आगो बलेर जङ्गलदेखि मान्छेका घरहरूसम्म जलेका थिए । यो आगोका कारण क्यालिफोर्नियाका धेरै बासिन्दाहरू आफ्नो घर छोडेर जानुपर्ने अवस्था आइपुगेको थियो । आगो निभाउनका लागि ५०० भन्दा बढी ‘फायर फाइटर’ र ४ वटा जति हेलिकप्टरको सहयोग लिनुपरेको थियो । यो आगोको कारण सयौँ मानिसको सम्पत्तिको नोक्सान भएको र एकजना ‘फायर फाइटर’ को ज्यानसमेत गुमेको खबर छ । 
रमाईलोको नाममा गरिएका यस्ता पार्टीहरुले निम्त्याउने दुर्घटना यत्तिमै सीमित छैन । महिला समानताको वकालत गर्ने जोकोहीलाई पनि यस्तो चलनले बिझाउँछ । हामी महिला र पुरुष बराबरी भन्दै फेरि भ्रुणको पहिचान गरेर रमाईलो मनाउनुको कारण के हो ? हाम्रो अवचेतनमा छोराप्राप्तिको चाहना नै त होइन ?

आई.भि.एफ गराउनेहरुमा पनि छोराकै चाहना बढी किन ?
हामीले आई.भि.एफ र आई.यु.आईको बारेमा थाहा पाइसकेका छौँ । आई.भि.एफ गराएर सन्तान जन्माउने दम्पत्तिहरुले प्रायः छोराकै आस गरेका हुन्छन् । हाम्रो समाजमा सन्तान भनेकै छोरा हो भन्ने बुझिएको छ । यसले अवचेतनमा यसरी जरो गाडेर बसेको छ कि हामीले छोरा र छोरी समान त भन्छौँ तर जेन्डर रिभिल पार्टी आयोजना गरेर खुशी आदनप्रदान गर्छौ । 

बेबी सावर अर्थात गर्भधारणको उत्सव
बच्चा पाउनु भनेको उत्सव नै हो । यस्तो बेलामा शुभकामना आदनप्रदान गर्ने, दही चिउरा खुवाउने गर्नु नराम्रो कुरा होइन । तर बच्चा छोरा भए नीलो र छोरी भए गुलाबी रंगको लुगामा सजिएर मातृत्वमा गर्भ गर्ने काम गर्नुहुँदैन । गर्भधारण गर्नु, बच्चा जन्माउनु भनेको हाम्रो समाजमा उत्सवको रुपमा लिइन्छ । पहिला पहिला छोरा भएदेखि गाउँभरी पार्टी गर्थे तर छोरी हुँदा गर्दैनथे । भन्ने पनि हामी सुन्छौँ । अहिले पनि कति ठाउँमा यस्तो चलन अझै छ । 
गर्भवती महिलालाई फलफूल र अन्य खानेकुराहरु उपहारको रुपमा दिएर यो उत्सव मनाउने गरिन्छ । यसले गर्दा गर्भावस्थामा ती खानेकुरामार्फत आमा र बच्चा दुबैलाई पोषक तत्व पुगोस् भन्ने हो । बेबी सावर भनेकै मातृत्वको आगमनको उत्सव हो र यो उत्सव गर्भावस्थाको अन्तिम चरणमा मनाइन्छ । कसैले सात महिनामा मनाउँछन् भने कसैले नवौँ महिनातिर ।

कसरी मनाउने गरिन्छ ?
कतिले घरमा पूजा लगाएर मनाउने गर्छन् । कसैले साथीभाइ र आफन्तलाई बोलाएर केक काटेर मनाउँछन् । कतिले नाचगान गर्ने, उपहारहरु आदनप्रदान गरेर पनि मनाउँछन् । त्यस दिन घरलाई चिटिक्क सजाएर फूलहरु, सुगन्धित बनाएर र बच्चाको फोटोहरु भित्ताभरी टाँसिएको कोठामा विभिन्न परिकारहरु खाने, खुवाउने गरिन्छ । कतिले ठूलो–ठूलो होटलहरुमा पार्टी दिने गर्छन् । 

गर्भवती महिलाले यस्तो माहोलमा के गर्ने ?

  • आराम गर्ने ।
  • सजिला खालका मौसमअनुसारको लुगामा सजिने ।
  • बच्चा पेटमा भएको हुँदा त्यस कुरालाई ध्यानमा राखेर खानेकुराहरु खाने ।
  • अतिथिहरुलाई उचित सम्मान गर्ने । उनीहरुलाई धन्यवाद भन्ने ।
  • अतिथिहरुको लागि भोजन त हुन्छ नै । कुनै उपहार दिने व्यवस्था छ भने त्यो पनि दिने । 
  • गर्भवती महिला नै सबैको केन्द्रमा हुन्छिन् । त्यसैले यस्तो बेलामा आफूलाई संयमित र प्रफुल्ल राख्नुपर्छ ।
  • प्लेटमा या न्याप्किनमा बच्चाको फोटोवाला थिम राख्ने । यसले गर्दा वातावरण नै बच्चामय बनोस् । यस्तो हुँदा सबैजना बच्चालाई स्वागत गरिरहेको जस्तो लाग्छ । 
  • बेबी सावर कत्तिको ठीक ? 
  • हाम्रोमा मातृत्वको बारेमा बहस हुन बाँकी नै छ । तर आमा बन्दाको क्षणलाई यसरी उत्सवको रुपमा मनाउनु भनेको राम्रो कुरा हो ।

जेन्डर रिभिल कत्तिको ठीक ?

जेन्डर रिभिल भनेको बच्चा छोरा हुन्छ कि छोरी हुन्छ भनेर पहिचान गरेर त्यहीँ अनुसार उत्सव मनाउनु हो । नेपालमा लिंग पहिचान गर्नु भनेको गैरकानुनी हो । नेपालको कानुनमा यस्तो व्यवस्था गरिएको छैन । डाक्टरले छोरा या छोरी हुन्छ भनेर भनिदिने गर्छन् । त्यस्तो थाहा पाइएमा उजुरी गरेर कार्यवाही गर्नसक्ने प्रावधान पनि छ । गर्भावस्थामा रहेकी महिलालाई आफ्नो बच्चा छोरा हुन्छ कि छोरी भनेर थाहा पाउन अवश्य नै मन लाग्छ । उसको पति या आफन्तलाई पनि यस्तो जिज्ञासा हुनु स्वभाविक हो । सबैजना यसको लागि उत्साहित हुन्छन् नै । लिगं पहिचान गर्न भने कानुनको बन्देज छ । त्यसैले यस्तो काम नगर्नुहुन र नगराउनुहुन सबैलाई अनुरोध छ । यो लेखको उद्धेश्य भनेको नै यहीँ हो । उत्सव मनाउनुहोस् तर लिंग पहिचान गरेर होइन । छोरा भए पनि छोरी भए पनि सन्तानको रुपमा म स्वीकार्छु । जन्म दिन्छु । आमा बन्दाको क्षणलाई अझै मूल्यवान् बनाउँछु भन्नेतर्फ नै ध्यान दिनुपर्छ ।

Our top doctor on Gynecologist

View All

Dr. Samira Shafi Khan

Gynecologist

MBBS ( Pakistan) ; MD Gyne/Obs ( Institute of Medicine TUTH, Kathmandu, Nepal)

Dr. Bhola Rijal

Gynecologist

MBBS, MD Obsterician & Gyanaecologist

Dr. Padam Raj Pant

Gynecologist

MBBS, MD Obstetrics and Gynecologist

Dr. Astha Shrestha

Gynecologist

MBBS, MD(OBSTETRICS & GYNAECOLOGY)

Dr. Smrity Mool Joshi

Gynecologist

MBBS, MD/MS in Obstetrics and Gynaecology,FMAS/Fellowship in Gynae – Oncology

Dr. Kunsang Dolma Sherpa

Gynecologist

MBBS, MD /MS (Obstetrics / Gynaecology)

Dr. Abha Shakya

Gynecologist

MBBS, MD Obstetrician & Gynecologist

Dr. Jasmine Shrestha

Gynecologist

MBBS, MD / MS (Obstetrics / Gynaecology)

Dr. Rumina Malla

Gynecologist

MBBS, MD / MS (Obstetrics / Gynaecology)

Dr. Prof. Kundu Yangzom

Gynecologist

MBBS, DGO, FRTCOG Specialty- Senior Consultant Gynecologist/Obestrician

Dr. Sampada Mishra

Gynecologist

 MBBS, MD Consultant Gynaecologist & Obstetrician

Dr. Sweta Singh

Gynecologist

MBBS(KU)MD (Obstetric & Gynecology-KU) IVF Specialist

Dr. Chandra Shobha Amatya

Gynecologist

MBBS, MCPS, DGO, Dhaka, Ranchi, FICS(USA) Genecology

Dr. Neha Humagain

Gynecologist

MBBS(KU) , MD (KU) IVF Specialist

Dr. Atit Poudel

Gynecologist

MBBS, Md in Obstetrics and Gynecology

Dr. Nira Singh Shrestha

Gynecologist

MBBS, MD Specialist - Obs & Gynecology

Dr. Junu Bajracharya

Gynecologist

MBBS, MD (Obstetrics and Genecology)

Dr. Mira Thapa

Gynecologist

MBBS, MD(IOM, TUTH), Consultant Obstetrician and Gynecologist

Dr. Rashmi Shrish

Gynecologist

MBBS, MD(IOM, TUTH), Consultant Obstetrician and Gynecologist

Dr. Meenu Suwal

Gynecologist

 MBBS, MD · Speciality - Consultant Gynecologist & Obstetrician

Leave Comment