फिस्टुला हुने कारण के के हुन् ? र उपचारविधि

  • 12th November, 2021

फिस्टुला भनेको के हो ?
फिस्टुला शरीरको कुनै पनि भित्री अंगमा पर्ने अनावश्यक प्वाल हो । महिलाको पाठेघरमाथि पिसाबथैली र तलपट्टि दिसाथैली हुन्छ । बच्चा जन्माउने व्यथा लाग्दा पाठेघरको मुख पातलो हुन्छ । बच्चाको टाउको पाठेघरको मुख हुँदै योनीमार्गको तल्लो भागमा आउँछ ।
Rectovaginal Fistula Treatment | Mercy St. Louis

यसरी बच्चाको टाउको योनीमार्गको तल्लो भागमा धेरै बेरसम्म रहँदा त्यसले पिसाबथैली र दिसाथैली दुवैलाई थिच्छ । केही गरी व्यथा  लामो हुन गई बच्चाको टाउको योनीमार्गमा १८ घन्टाभन्दा बढी रहन गएमा यसले थिचेको भागमा रक्तसञ्चार बन्द गर्छ । त्यस भागको झिल्ली र मासु मर्छ र प्वाल पर्न जान्छ ।

फिस्टुला हुने मुख्य कारण

  • लामो समय व्यथा लाग्नु र योनीमार्गमा बच्चाको टाउको धेरै बेरसम्म रहनु हो। त्यसैले गर्भवती भएको बेलामा नियमित स्वास्थ्य परीक्षण गराइरहनुपर्छ ।
  • बच्चा जन्माउने व्यथा लागेपछि तालिमप्राप्त स्वास्थ्यकर्मीले बच्चा नजन्माएमा,
  • न्यून आर्थिक स्थिति र कामको बोझका कारण,
  • बालविवाह, बलात्कारलगायत अन्य प्रकारका लैङ्गिक विभेदमा परेका महिलाले आवश्यक स्वास्थ्य उपचार र परामर्श सेवाको अभावमा,

फिस्टुला यस्ता व्यक्तिहरुमा बढी देखिएको छः
–सुगर (मधुमेह) भएका
–धुम्रपान गर्ने
–मदिरापान गर्ने
–मोटोपना भएका
–एचआईभी
–विगतमा गुद्वारको वरपरको क्षेत्रमा रेडिएसन थेरापी गरेका ।

फिस्टुलाको असामान्य कारणहरु
अधिकांश फिस्टुला गुद्वारमा फोका भएपछि हुनेगर्छ । यो त्यो बेला हुनसक्छ, जब फोकाबाट पीप निस्किएपछि त्यो ठिक हुँदैन । के अनुमान लगाइन्छ भने हरेक दुईदेखि चार व्यक्ति, जसलाई गुद्वारमा फोका आउँछ, र फिस्टुला हुन्छ ।

 

यसका केही असामान्य कारणहरु यसप्रकार छन् ः
–एउटा लामो समयदेखि चलिरहेको एउटा त्यस्तो रोग, जसमा पाचनप्रणलीमा समस्या हुन्छ ।
–गुद्वारको छेउछाउको छालामा फोका आउनु तथा दाग बस्नु ।
–क्षयरोग अथवा एचआईभी संक्रमित हुनु ।
–गुद्वारको नजिक गरिएको कुनै शल्यक्रियाको जटिलता ।

लक्षण 
योनीबाट निरन्तर पिसाब, दिसा चुहिनु
योनीमार्गको भागमा रक्तसञ्चार बन्द हुनु
रक्तसञ्चार बन्द भएको भागको कमलो मासु मरेपछि त्यहाँ प्वाल पर्छ 

फिस्टुलाबाट कसरी बच्ने ?

foods to avoid with fistula | SMILES - Piles, Fissure, Fistula &  Colo-rectal Treatments in Bangalore
तपाईंंलाई एक पटक फिस्टुला भएको छ भने निम्न लिखित तरिकाबाट भविष्यमा यसबाट बच्न सक्नुहुनेछ ः
प्रशस्त फाइबर खाने
तपाईंंलाई कब्जियत छ, कडा दिशा आउँछ भने तपाईंंलाई फिस्टुला हुने सम्भावना अत्यधिक हुन्छ । तपाईंंले खानपिनमा प्रशस्त मात्रामा फाइबर लिनुपर्छ । खासगरी फलफूल तथा सब्जिहरुको सेवनले तपाईंं कब्जियतबाट बच्न सक्नुहुनेछ ।
तपाईंंलाई मुलायम तथा पहिलाकोभन्दा बढी दिसा आउन कम हुन्छ । त्यो बेलासम्म फाइबरको सेवनलाई बिस्तारै बढाउँदै लैजानुपर्छ । साथै प्रशस्त मात्रामा पानी पिउनुपर्छ । जसबाट पेटमा सुजन अथवा ग्याष्ट्रिक नहोस् ।

तरल पदार्थको सेवन
तरल पदार्थको अत्यधिक सेवनले कब्जियतबाट बच्न सकिन्छ । किनभने यसले दिशालाई नरम बनाउँछ र दिसा गर्नपनि सजिलो हुन्छ । गर्मीको मौसममा तथा अत्यधिक शारीरिक गतिविधिहरु गरेपछि अत्यधिक तरल पदार्थ पिउनुपर्छ । अधिक मात्रामा मदिरा तथा कफी पिउनाले शरीरमा पानी कम हुन सक्छ ।

व्यायाम गर्ने
कब्जियत हुने सबैभन्दा सामान्य कारण भनेको कम शारीरिक गतिविधिहरु हुनु पनि हो । हरेक दिन कमसेकम तीस मिनेटसम्म व्यायाम गर्ने प्रयास गर्नुपर्छ । जसले तपाईंंको पाचन प्रणाली राम्रो हुनेछ र तपाईंं फिट रहनुहुनेछ ।

दिसालाई लामो समयसम्म नरोकौं
तपाईंंले दिशालाई जति लामो समयसम्म रोक्नु हुनेछ । त्यो त्यत्ति नै सुख्खा तथा कडा हुने सम्भावना हुन्छ । जसबाट दिशा गर्न गाह्रो समेत हुन्छ ।

अन्य बानीहरु
निम्नलिखित तरिकाहरुले कब्जियतको समस्यालाई कम गर्न सकिन्छ र गुद्वारको नलीको तनावलाई कम गर्न सकिन्छ ।

  •  दिशा गर्नका लागि धेरै बल नगर्ने ।
  • गुद्वारको क्षेत्रलाई सुख्खा राख्ने ।
  • हरेक पटक दिशा गरेपछि आफूलाई राम्ररी सफा गर्ने ।
  • नरम खालको ट्वाइलेट पेपर प्रयोग गर्ने ।
  • ट्वाइलेटमा दिशा गर्नका लागि प्रशस्त समय लिने तर धेरै समयसम्म ट्वाइलेटमा बसिरहनु पनि हुँदैन ।

फिस्टुला रोकथाम गर्नको लागि के गर्ने ? 

  • सानै उमेरमा विवाह नगरिदिने, 
  • सानो उमेरमा बच्चा नजन्माउने,
  • बालिकालाई खानामा विभेद नगर्ने,
  • किशोरावस्थामा विकासका लागि आवश्यक पर्ने सन्तुलित आहारमा विशेष ध्यान दिने, 
  • गर्भवती महिलालाई पर्याप्त मात्रमा सन्तुलित खाना खुवाउने, 
  • गर्भवती  जाँच नियमित रुपमा कम्तीमा ४ पटक गर्ने, 
  • गर्भवतीको श्रीमान् तथा  परिवारका सदस्यले गर्भावस्था र प्रसवको समयमा आवश्यक पर्ने सम्पूर्ण व्यवस्थाको पूर्वतयारी गर्ने, 
  • सुत्केरी व्यथा लाग्नासाथ स्वास्थ्य संस्थामा लगेर तालिम प्राप्त स्वास्थ्यकर्मीको सहयोगमा बच्चा जन्माउने, 
  • फिस्टुलाको रोकथाममा गर्भवतीको परिवारका सदस्याको मुख्य भूमिका रहन्छ । गर्भवतीको उपयुक्त हेरचाह, नियमित जाँचका साथै प्रसव समयमा उचित सहयोग र समुचित व्यवस्थापन गर्दा फिस्टुला हुने वातावरण हुँदैन । 

नोटः फिस्टुला विशेषगरी महिलामा हुने भएकाले र पर्याप्त पोषणतत्व नपुगेर हुने भएकाले यहाँ महिलासँगको समस्यामा मात्रै केन्द्रित रहेर कुरा गरिएको हो ।
 

उपचार 
फिस्टुलाको उपचार सम्भव छ । शल्यक्रियाद्वारा  यसको उपचार गर्न सकिन्छ । सय जनामा १५ जना महिलामा शल्याक्रियाबाट फिस्टुलाको समस्या समाधान भएको छ । शल्यक्रिया  सम्भव  हुनसक्ने वा सफल हुन नसकेको केसमा शल्याक्रियाद्वारा पिसाबलाई योनीमार्गमा आउन नदिई बाहिर पिसाब थैलीमा राखेर उपचार गरिन्छ ।

भ्रममा नपर्नुहोस्
बजारमा पाइल्स, फिस्टुला र फिसरको बिना अप्रेसन उपचार भनेर जताततै विज्ञापनहरु हुन्छन् । त्यस्तो विज्ञापनको पछाडि नलागिकन राम्रो अस्पताल गएर जाँच गर्नुपर्छ । अवस्था हेरीहेरीकन अप्रेसन गर्ने कि नगर्ने भनेर डाक्टरले निर्धारण गर्छन् । अप्रेसन भन्नेबित्तिकै डराइहाल्न पनि पर्दैन । बरु अवैधानिक ठाउँमा गएर उपचार गर्दा पैसा र ज्यान जोखिममा पर्न सक्छ ।

 

Our top doctor on General Surgery

View All

Dr. Tanka Prasad Bohora

General Surgery

MBBS(BPKIHS), MS(PGIMER, Chandigarh), Fellowship (Medanta, India) General Surgery and Surgical Gastroenterology

Dr. Anuj Parajuli

General Surgery

GI Surgery. MBBS, MS (General Surery).

Dr. Sharad Pokherel

General Surgery

MBBS (BPKIHS), MS (General Surgery ) TU-IOM, .

Dr. Shail Rupakhati

General Surgery

MBBS (Manipal, PKR); MS (BPKIHS, Dharan

Dr. Ram Nath Singh

General Surgery

General Surgery, MBBS (INDIA), MS (DHAKA), PGT(SINGAPORE)

Dr. Agni Gautam Shah

General Surgery

MS(Surgery), General Surgeon & Uro -Registrar

Dr. Arbin Joshi

General Surgery

MBBS (Bangladesh), MDGP (TU), MS (General Surgery

Dr. Binod Joshi

General Surgery

FCPS(Urology) & Training in Genito-Urinary Reconstruction MRCS.Ed(UK) MNCPS.Pak MBBS(TU) "

Dr. Prafulla shakya

General Surgery

MBBS (KU), MS (General Surgery, TU)

Dr. Prof. Sanjaya Poudyal

General Surgery

MBBS, (KU), MS (TU), Fellowship in GI and HPB Surgery

Dr. Nabin Pokhrel

General Surgery

MBBS, MS, MCh in GASTROINTESTINAL SURGERY

Dr. Bijendra Joshi

General Surgery

MD, MS (Dhaka) Consultant General & Laparoscopic Surgeon

Dr. D.V Karki

General Surgery

 MBBS (Pak), FRCSED (UK),. DMAS (WALS),DMAS (IND)

Dr. Prabin Bikram Thapa

General Surgery

Chief Consultant, Head of General (GI) & Hepato Pancreatio Billary Surgery. MBBS, MS

Dr. Pranil Rai

General Surgery

MBBS, (TUTH), MS General Surgery (TUTH)

Dr. Sushil Rawal

General Surgery

MBBS; MS (Gen Surgery) Fellowship Surgical Gastro ; HPB CHMH Taiw General & Hepatobiliary Surgery

Dr. Jagdish Lal Baidya

General Surgery

FRCS (ENG), FRCS (Ed.) (Surgeon ...

Leave Comment