एनल फिसर (Anal Fissure)

  • 6th August, 2021

फिसर भनेको के हो ?
यो मलद्धारसँग सम्बन्धित रोग हो । सामान्य भाषामा धाँजा फाट्ने वा चिरिने समस्यालाई फिसर भनिन्छ । यदि यो समस्या दिसागर्ने ठाउँको आसपासमा भएमा यसलाई फिसर इन एनो भनिन्छ । त्यसैले दिसाागर्ने ठाउँमा बन्ने घाउ जुन बढी पीडादायक हुन्छ त्यसलाई नै फिसर भनिन्छ ।
लामो समयसम्म दिसा रोकेर बस्ने अनि एकै पटक साह्रो दिसा गर्नाले यो रोग लाग्दछ । पानीको कमी, खानामा सागपातको कमी, धेरै मात्रामा माछामासु तथा गेडागुडी सेवन गर्नाले पनि दिसा कब्जियत हुनगई फिसर रोग लाग्दछ । यो रोग लागेपछि दिसागर्ने ठाउँमा घाउ बन्दछ जसबाट रगत बग्ने समस्या हुन्छ र दिसा गर्दा अत्याधिक पीडा हुन्छ । भने केहि समय पछि घाउको नजिकबाट सानो मासु पलाउने पनि पनि हुनजान्छ ।
यो समस्या कुनै पनि उमेरका मान्छेलाई हुन सक्छ । फिसरको ज्यादातर समस्याहरू सामान्य उपचारबाट ठीक हुने गर्छ । जस्तो खाद्य पदार्थमा फाइबरको मात्रा धेरै नलिनु नै यो समस्याको मुख्य कारण हो । यसलाई नियन्त्रण गर्दा यो समस्या समाधान हुन्छ । फिसरसँग ग्रस्त केही मान्छेलाई मेडिकल सहयोगको आवश्यकता पर्न सक्छ र कहिलेकाहीँ सर्जरी गराउने आवश्यकता समेत पर्ने गर्छ ।

फिसर कति प्रकारको हुन्छ ?
फिसर  दुई प्रकारको हुन्छ :

तीव्र प्रकारको – छालाको माथिल्लो सतहमा छेद या दरारलाई एक्युट फिसर भन्ने गरिन्छ ।
 

दीर्घकालिक – यदि छालाको सतहमा भएको छेद या दरार ठीक छैन भने त्यो समयको साथसाथ क्रोनिक फिसर विकसित हुन लाग्छ ।

एनल फिसरको लक्षण

मलद्वारमा हुने फिसरको लक्षण वा संकेतहरू
– मल त्याग गरिसकेपछि हुने दुखाइ जुन कैयौं घण्टासम्म रहन सक्छ ।
– दिसा गर्ने समयमा हुने दुखाइ । कहिलेकाहीँ गम्भीर दुखाइ हुनु ।
–मलद्वारको चारैतर्फको छालामा एक किसिमको दरार देख्न सकिन्छ ।
–मलद्वारको फिसरको साथमा छालामा गाँठो या स्क्रिन ट्याग देखिनु ।
–दिसा गरिसकेपछि दिसामा गहिरो रातो रंग देखिनु ।

एनल फिसरको कारण
मलद्वार वा मलद्वारको नलीको छालामा क्षति हुनु फिसरको सबैभन्दा सामान्य कारण हुन् । ज्यादा मामलामा त्यो मान्छेलाई हुन्छ जसलाई कब्जियतको समस्या हुन्छ । विशेष रूपबाट जब कठोर वा ठूलो आकारको दिसा मलद्वारको भित्रै रहन्छ । यसले मलद्वार र मलद्वारको नलीमा नोक्सानी पु¥याउँछ ।


–इन्फ्लेमेटरी बाउल डिजिज, जस्तो क्रोहन रोग अल्सरेटिव कोलाइटिस ।

–लामो समयसम्म कब्जियत रहनु ।

–लगातार झाडापखाला हुनु ।

–कहिलेकाहीँ यौनमा सञ्चारित संक्रमण, जस्तो कि सिफिलिस या हर्पिस, जुन मलद्वार वा नलिकालाई संक्रमित वा नोक्सानी पुग्न सक्छ ।

 

जोखिमका कारकहरु–

बालापन ––कैयौं शिशुहरुलाई उनीहरुको जीवनको पहिलो वर्षमा नै एनल फिसर हुन सक्छ ।

उमेर बढ्नु – वृद्ध मानिमा रक्तसञ्चार बिस्तारै हुने गर्छ । जसबाट उनीहरुको मलद्वारमा रक्तप्रवाहमा कमी आउने गर्छ । जुन कारणले उनीहरुमा आंशिक रूपबाट फिसरको समस्या विकसित हुन सक्छ ।

–फाइबरयुक्त आहारको सेवन कम गर्नु
–गर्भावस्था र प्रसवको पीडा
–मलाशयमा हुने क्यान्सर आदि
–मलद्वार वा मलाशयमा दुखाइ हुनु

एनल फिसरबाट बच्ने तरिका

कब्जियतको रोकथाम गरेर एनल फिसरको जोखिमलाई कम गर्न सकिन्छ । 

 

कब्जियतलाई रोकथाम गर्ने तरिका :
–पर्याप्त मात्रामा तरल पदार्थ पिउनुपर्छ ।
–यसको लागि सन्तुलित आहार खानुपर्छ, जसमा राम्रो मात्रामा फाइबर युक्त फलहरु खानु आवश्यक हुन्छ ।
–नियमित रूपले व्यायाम गरिरहनुपर्छ ।
–मदिरा वा कफिनयुक्त पदार्थहरू (चिया वा कफी) को सेवन गर्नुहोस् ।

नोटः शौचालय जानको लागि मन लाग्छ, त्यस्तो अवस्थामा यो विषयलाई बेवास्ता गर्नु हुँदैन । ट्वाइलेटमा धेरै ढिला नगरी अधिक जोड लगाउनु हुँदैन । यस्तो गर्दा मलद्वारको नलिमा दबाब बढिरहन्छ । यसबारेमा डाक्टरलाई बताउनुपर्छ ।

एनल फिसरको उपचार
फिसरलाई ठीक गर्ने केही उपायहरू निम्नानुसार छन् ।

–धेरै मात्रामा तरल पदार्थ पिउनुहोस् ।
–आहारमा फल सब्जीहरू नियमित खानुपर्छ ।
–फाइबरवाला सप्लिमेन्ट लिनुहोस् ।
–दैनिक थोरै भए पनि व्यायाम गर्नुहोस् ।
–दैनिक मल त्याग गर्नको लागि एकै समय निर्धारित गर्नुपर्छ ।

फिसर भइहाल्यो । अब के गर्ने ?
यो रोग लागि हालेमा नरम खालका खानेकुराहरु खाने, हरियो सागपात बढी मात्रमा खाने, पानी प्रसस्त मात्रमा पिउने साथै दिसा पातलो गर्ने खालको औषधि पनि आवश्यकता अनुसार सेवन गर्ने, घाउ छिटो निको पार्नको लागि मलहम लगाउने, तथा दुखाई भएमा दिसा गर्नु अघि वा गरिसकेपछि आवश्यकता अनुसार मनतातो पानीमा दिसागर्ने ठाउँ डुबाएर बस्ने । यदि घाउको नजिकमा मासु पलाएको छ भने त्यसलाई क्षार शूत्र विधिबाट हटाउन सकिन्छ ।
पाइल्स, फिसर र फिस्टुलाको लागि क्षारसूत्र विधि एकदमै प्रभावकारी मानिएको छ । यसको शुल्क नरदेवी आयुर्वेदिक अस्पताल, सिंहदवार, काठमाडौँमा तीन हजार देखि चारहजार सम्म लाग्ने बताइएको छ । 

क्षारसूत्र विधि के हो ?

क्षारसूत्र : यो २ वटा शब्दहरु मिलेर बनेको छ । जसमा क्षार भनेको अल्काली हो भने सूत्र भनेको धागो हो । अपमार्ग, अर्क आदिलाई जलाएर बनाएको खरानीलाई पानीमा उमालेर विशेष प्रकारले क्षारको निर्माण गरिन्छ । यहि क्षारलाई प्रयोग गरेर सिउँडीको चोप लगाई बनाईएको बिशेष प्रकारको धागोलाई क्षारसूत्र भनिन्छ । यसले नरम किसिमको मासुलाई काट्ने गर्दछ । यहि धागोको प्रयोगबाट गरिने उपचार विधिलाई नै क्षारसूत्र विधि भनिन्छ । पाईल्स फिस्टुला बाहेक पुरानो घाउहरुमा पनि यसको प्रयोग गरिन्छ ।

 

Our top doctor on General Surgery

View All

Dr. Tanka Prasad Bohora

General Surgery

MBBS(BPKIHS), MS(PGIMER, Chandigarh), Fellowship (Medanta, India) General Surgery and Surgical Gastroenterology

Dr. Anuj Parajuli

General Surgery

GI Surgery. MBBS, MS (General Surery).

Dr. Sharad Pokherel

General Surgery

MBBS (BPKIHS), MS (General Surgery ) TU-IOM, .

Dr. Shail Rupakhati

General Surgery

MBBS (Manipal, PKR); MS (BPKIHS, Dharan

Dr. Ram Nath Singh

General Surgery

General Surgery, MBBS (INDIA), MS (DHAKA), PGT(SINGAPORE)

Dr. Agni Gautam Shah

General Surgery

MS(Surgery), General Surgeon & Uro -Registrar

Dr. Arbin Joshi

General Surgery

MBBS (Bangladesh), MDGP (TU), MS (General Surgery

Dr. Binod Joshi

General Surgery

FCPS(Urology) & Training in Genito-Urinary Reconstruction MRCS.Ed(UK) MNCPS.Pak MBBS(TU) "

Dr. Prafulla shakya

General Surgery

MBBS (KU), MS (General Surgery, TU)

Dr. Prof. Sanjaya Poudyal

General Surgery

MBBS, (KU), MS (TU), Fellowship in GI and HPB Surgery

Dr. Nabin Pokhrel

General Surgery

MBBS, MS, MCh in GASTROINTESTINAL SURGERY

Dr. Bijendra Joshi

General Surgery

MD, MS (Dhaka) Consultant General & Laparoscopic Surgeon

Dr. D.V Karki

General Surgery

 MBBS (Pak), FRCSED (UK),. DMAS (WALS),DMAS (IND)

Dr. Prabin Bikram Thapa

General Surgery

Chief Consultant, Head of General (GI) & Hepato Pancreatio Billary Surgery. MBBS, MS

Dr. Pranil Rai

General Surgery

MBBS, (TUTH), MS General Surgery (TUTH)

Dr. Sushil Rawal

General Surgery

MBBS; MS (Gen Surgery) Fellowship Surgical Gastro ; HPB CHMH Taiw General & Hepatobiliary Surgery

Dr. Jagdish Lal Baidya

General Surgery

FRCS (ENG), FRCS (Ed.) (Surgeon ...

Leave Comment