पित्तथैलीको पत्थरी ( Gall Bladder Stone)

  • 12th July, 2021

पित्तथैलीको पत्थरी भनेको के हो ? 

पित्तथैलीमा पाचनक्रियामा काम नलाग्ने पित्त जम्मा हुन्छ । जुन सानो आन्द्रामा खाना पुग्दा पित्त गएर मिसिन्छ । पित्त एउटा तरल पदार्थ हो । यो कलेजोमा बन्छ र यसमा कोलेस्ट्रोल, बिलिरुबिनको लगायतका पदार्थहरू हुन्छ । हाम्रो दायाँ छातीमा (स्तनको केही तलको भागमा, कलेजोको ठीक मुनि ) एउटा थैलि भनिन्छ । यसलाई पित्तथैली भनिन्छ । यस थैलीमा कलेजोबाट निस्केको विभिन्न विकारयुक्त पदार्थहरु जम्मा भएर बस्दछन् । पित्तमा कोलेस्ट्रोल, बिल्रुबिन, क्याल्सियम, पोटासियम, सोडियम, पानी जस्ता तत्वहरु हुन्छन् । पित्तले हामीले खाएको तेल, घिऊ, बोसो आदिलाई टुव्रmाएर पाचन प्रणालीमा सहयोग गर्छ । पेटको अम्लिय पदार्थहरुलाई व्यवस्थित गर्ने काम गर्छ । पेटमा भएका जीवाणुहरु मार्छ । दिशा समयमै हुन मद्धत गर्छ । 
पित्तको पत्थरी एउटा ठोस पदार्थ हो, यो ढुंगाजस्तो हुन्छ । यसको निर्माण कोलेस्ट्रोल र पित्तका कणहरूबाट हुन्छ । बिस्तारै–बिस्तारै जम्मा हुँदा कडा ढुंगा जस्तो हुन्छ, जसलाई पित्तथैलीको पत्थरी भनिन्छ । विभिन्न कारणले गर्दा पित्तमा भएको कोलेस्ट्रोल, बिल्रुबिन आदि पित्तथैलीबाट सजिलै समयमा बाहिर निस्कदैँनन् वा ती तत्वहरु कलेजोमा धेरै बनेर पित्तथैलीमा आएर बसिदिन्छन् । यही धेरै भएका पत्थरहरु पित्तसँगै तल ओर्लिएर आन्द्रामा पुग्ने गर्छन् । कसैकसैमा ती पत्थरहरु थैलीको फेदैमा बसिदिने र ठूलो आकार बनेर पित्त थैलीको मुखबाट बाहिर निस्कन नसक्ने हुन्छ । यसैलाई पित्तथैलीको पत्थरी भनिन्छ । 

पित्तथैलीमा पत्थरी भएको कसरी थाहा पाउने ? 

धेरै व्यक्तिहरुलाई पित्तथैलीमा पत्थर भएको थाहा हुँदैन । जसको शरीरमा अलि हल्का ठूलो खाले पत्थर बनेको छ, ती पत्थरहरु थैलीबाट निस्कन खोज्दा र तल आन्द्रातर्फ झर्दा दुख्न सक्छ । त्यस्तो बेलामा मात्रै पत्थर भएको थाहा हुनसक्छ । यो दुखाई प्रायः चिल्लो खाले खाना खाएको केही समयपछि दायाँ पट्टिको माथिल्ले पेट र यस वरिपरि दुख्ने र केहीबेरमा आफैँ सन्चो हुने गर्छ । अस्पतालमा गएर अल्ट्रासाउण्ड, भिडियो एक्सरे मार्फत पत्थर भएको नभएको र कत्तिको ठूलो छ भनेर थाहा हुन्छ । 

पित्त थैलीको पत्थरी हुने कारणहरु केके हुन् ?
वंशाणुगत कारण
मोटोपना
मधुमेह
धैरै तौल घट्नु या बढ्नु
निरन्तर ब्रत बस्नु
रक्तअल्पता
गर्भनिरोधक चक्कीको बढी सेवन
अस्वस्थकर खानपान
कोलेस्ट्रोलको औषधी खाने व्यक्तिहरुमा पनि पित्तथैलीको पत्थरी हुने सम्भावना धेरै हुन्छ ।

के पित्तथैलीमा पत्थर हुनेबित्तिकै अप्रेशन गरेर पित्तथैली फाल्नुपर्छ ? 

पर्दैन । तर कोही व्यक्तिहरुको पित्तथैलीको मुखनेर पत्थर अड्किएर वा अन्य कारणले थैली सुन्निएको छ । जीवाणुले संक्रमित गरेको छ भने त्यस्तो अवस्थामा भने तुरुन्तै अप्रेसन गरेर फाल्नुपर्ने हुन सक्छ । यस्तो अवस्थामा कसै कसैलाई एन्टिबायोटिक दिएर पनि समस्या समाधान गर्न सकिन्छ । दुखाई पहिलेभन्दा बढी र लामो समयसम्म दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, ज्वरो आउने, मुटुको चाल बढ्न थाल्यो र रक्तचाप घट्न थाल्यो भने तुरुन्तै अस्पताल जानुपर्छ । ढिलो गर्दा ज्यानै जान पनि सक्छ । 

पित्तथैलीको पत्थरीको उपचार कसरी गर्ने ? 
संसारभरी नै सबैभन्दा धेरै गरिने पेटको अप्रेशन मध्ये पित्त थैलीको पत्थरी झिक्न गरिने अप्रेशन पहिलो स्थानमा आउँछ । पित्त थैलीको पत्थरीको एकमात्र उपचार अप्रेशन गरेर निकाल्नु हो । आजभोलि यो अप्रेशन दूरबिन प्रबिधिबाट गरिन्छ ।
दूरबिन प्रबिधिबाट अप्रेशन गर्दा बिरामीलाई दुखाई र पीडा पनि कम हुन्छ । त्यसैगरी घाउमा संक्रमण हुने र पाक्ने समस्या पनि न्युन रहन्छ । दुखाई कम हुनाले अप्रेशन गरेको ४ देखि ६ घण्टा भित्रै बिरामी हिँडडुल गर्न सक्दछन् र सामान्य मानिस सरह खानेकुरा समेत खान सक्दछन् । अप्रेशन गरेको २४ घण्टामा बिरामीलाई अस्पतालबाट डिस्चार्ज भई घर जान सक्छन् भने अप्रेशनको ४८ घण्टादेखि ७२ घण्टामा बिरामी सामान्य जीवनशैलीमा कामकाज गर्न सक्ने हुन्छन् ।

पित्तथैलीको पत्थरीबारेमा भएका भ्रमहरु

औषधिले यसको उपचार हुँदैन । पित्त थैलीको पत्थरीको उपचार भनेकै शल्यक्रिया गरेर त्यसलाई निकालेर फाल्नु मात्र हो । हालसम्म कुनैपनि औषधिले यसको उपचार सम्भव भएको छैन । सानो पत्थरीको उपचार नगर्दा पनि हुन्छ भन्ने ठूलो भ्रम हो । सानो पत्थरीले जटिल समस्याहरु उत्पन्न हुन सक्छ । त्यसैले सानो पत्थरी हुँदैमा यसले कम असर गर्छ भन्ने हुन्न ।  पित्त थैली निकालेमा मानिसलाई समस्या हुनसक्छ । यो भ्रम पनि हटाउनुपर्छ ।

के पत्थरीले क्यान्सर हुन्छ ? 

पत्थरीले क्यान्सर हुन्छ तर यस्तो सम्भावना धेरै कम हुन्छ । पत्थरले पित्तथैलीको भित्री भागमा वर्षौसम्म रगडिदिएर, भित्री भाग लामो समयसम्म सुन्निने, कडा बन्ने र पित्तथैलीले गर्नुपर्ने काम नगर्ने प्रक्रिया लामो समयसम्म चलिराख्यो भने मात्रै क्यान्सर हुने सम्भावना हुन्छ । 

अप्रेसन गरेर पित्तथैली फालपछि पछि गएर शरीरमा कुनै असर गर्छ कि गर्दैन ?

असर गर्दैन । तर पहिलो केही महिना भने खाएको खाना पचाउन गाह्रो भएजस्तो, दिसा धेरै लाग्ने, दुख्ने आदि हुन्छ । यसको लागि पनि औषधीहरु खानुपर्ने हुन्छ ।

 

Our top doctor on General Surgery

View All

Dr. Tanka Prasad Bohora

General Surgery

MBBS(BPKIHS), MS(PGIMER, Chandigarh), Fellowship (Medanta, India) General Surgery and Surgical Gastroenterology

Dr. Anuj Parajuli

General Surgery

GI Surgery. MBBS, MS (General Surery).

Dr. Sharad Pokherel

General Surgery

MBBS (BPKIHS), MS (General Surgery ) TU-IOM, .

Dr. Shail Rupakhati

General Surgery

MBBS (Manipal, PKR); MS (BPKIHS, Dharan

Dr. Ram Nath Singh

General Surgery

General Surgery, MBBS (INDIA), MS (DHAKA), PGT(SINGAPORE)

Dr. Agni Gautam Shah

General Surgery

MS(Surgery), General Surgeon & Uro -Registrar

Dr. Arbin Joshi

General Surgery

MBBS (Bangladesh), MDGP (TU), MS (General Surgery

Dr. Binod Joshi

General Surgery

FCPS(Urology) & Training in Genito-Urinary Reconstruction MRCS.Ed(UK) MNCPS.Pak MBBS(TU) "

Dr. Prafulla shakya

General Surgery

MBBS (KU), MS (General Surgery, TU)

Dr. Prof. Sanjaya Poudyal

General Surgery

MBBS, (KU), MS (TU), Fellowship in GI and HPB Surgery

Dr. Nabin Pokhrel

General Surgery

MBBS, MS, MCh in GASTROINTESTINAL SURGERY

Dr. Bijendra Joshi

General Surgery

MD, MS (Dhaka) Consultant General & Laparoscopic Surgeon

Dr. D.V Karki

General Surgery

 MBBS (Pak), FRCSED (UK),. DMAS (WALS),DMAS (IND)

Dr. Prabin Bikram Thapa

General Surgery

Chief Consultant, Head of General (GI) & Hepato Pancreatio Billary Surgery. MBBS, MS

Dr. Pranil Rai

General Surgery

MBBS, (TUTH), MS General Surgery (TUTH)

Dr. Sushil Rawal

General Surgery

MBBS; MS (Gen Surgery) Fellowship Surgical Gastro ; HPB CHMH Taiw General & Hepatobiliary Surgery

Dr. Jagdish Lal Baidya

General Surgery

FRCS (ENG), FRCS (Ed.) (Surgeon ...

Leave Comment