चस्मा र लेन्सको विकल्प आँखाको लेजर सर्जरी

  • 22nd October, 2021

आँखामा चस्मा लगाउने या लेजर शल्यक्रिया किन गर्नुपर्छ ?Trifocal Lenses: Uses, Benefits, Costs, and Comparison to Bifocals
सामान्यतयाः आँखाले कुनै पनि वस्तुलाई राम्ररी देख्न वा छुट्याउन नसक्ने समस्यालाई दृष्टिदोष भनिन्छ । आँखाले देख्ने वस्तुको आकृति आँखाभित्र हुने रेटिनामा बन्ने हुन्छ । यसका लागि बाहिरबाट आउने लाइट रेटिनामा फोकस हुनुपर्छ अनि मात्र प्रष्ट देख्न सकिन्छ । तर दृष्टिदोषमा भने फोकस गर्ने प्रणालीमा केही तलमाथि हुनसक्छ । यसो हुँदा रेटिनमा चाहिनेभन्दा छिटो फोकस भएर वा ढिलो फोकस भएर कुनै पनि वस्तु प्रष्टसँग देख्न सकिँदैन । यस्तो अवस्थामा दृष्टिलाई सही गराउन चस्मा लगाउने वा लेजर शल्यक्रिया गर्न सकिन्छ । चस्मा, लेन्स र लेजर शल्यक्रियाले रेटिनामा हुने फोकसलाई ठिक ठाउँमा ल्याउने काम गर्छ । यसैले पनि आँखामा चस्मा लगाउने या लेजर शल्यक्रिया गर्ने गर्नुपर्छ । 

चस्मा र लेन्सको विकल्प
चस्मा र लेन्स लगाएपछि फुकाल्ने र लगाउने गर्नुपर्छ । यसो गरिरहनु पर्दा धेरैलाई झन्झट लाग्न सक्छ । तर लेजर शल्यक्रिया गरेपछि चस्मा लगाइरहनुपर्ने वा लेन्स लगाउनुपर्ने अवस्थाको अन्त्य हुन्छ ।

के हो आँखाको लेजर सर्जरी ? 
यस प्रविधिमा लेजरमार्फत आँखाको नानीलाई परिवर्तन गरीन्छ । लेजर सर्जरी दुई प्रविधिबाट गरिन्छ । लेसिक अथवा स्माइल । यो उपचार पद्धति अतिविशेष खालको शल्यक्रिया भएकाले छोटो समयमै गर्न सकिन्छ । शुरुमा बिरामीको आँखा परीक्षण गर्न कम्तीमा तीन घन्टा लागेपनि लेजरमार्फत सर्जरी गर्न जम्मा दश मिनेट लाग्छ । लेजर सर्जरीमा ब्लेडसमेत प्रयोग गर्नुपर्दैन । अप्रेसन गरेको दस मिनेटमै आँखाले सजिलै हेर्न सकिन्छ । नेपालमा हालसम्म माइनस १४ र प्लस ८ सम्म पावर भएका बिरामीलाई यो प्रविधिबाट शल्यक्रिया गर्न सकिन्छ । यो उपचार पद्धतिबाट मायोपिया (अदुर दृष्टि), हाइपरवोपिया (दुर दृष्टि) र अस्टिग्म्याटिज्म अर्थात दुवै समस्याको समाधान गर्न सकिन्छ । यो शल्यक्रिया गर्दा लेजरले आँखाको नानीको आकारलाई आवश्यकता अनुसार परिवर्तन गरिन्छ ।

सर्जरी गरेपछि चस्माको प्रयोग गर्नुपर्दैन ?  
यस उपचार पद्धतिले चश्मा तथा लेन्सको प्रयोग गर्नुपर्ने बाध्यतालाई पूर्णतया बिस्थापित गरिदिन्छ । तर सबै आँखाको समस्या हुनेलाई लेजर सर्जरी गरेपछि पूर्णतया चस्मा लगाउनु नपर्ने भन्ने हुँदैन । कतिपय अवस्थामा सर्जरीमार्फत माइनस २४ पावरसम्म भएकोलाइ आखाँ भित्र पावर हाल्न सकिन्छ । त्यो भन्दा बढी भएमा चश्मा लगाउनुपर्ने हुन्छ ।  लेजर सर्जरी गरीसकेपछि करीब १ हप्ता आँखाको विशेष ख्याल गर्नुपर्छ । त्यसपपछि आँखामा अलि अलि सुख्खापन हुने भएकोले करीब ६ महिना आइ ड्रप्स प्रयोग गरेर आँखाको ड्राइनेस नियन्त्रण गर्न सकिन्छ । चिकित्सकको सल्लाह अनुसार औषधीको सेवन गर्नुपर्ने हुनसक्छ ।
  
सर्जरी गर्न नसकिने अवस्था  
आँखाको नानी धेरै नै पातलो छ भने यो शल्यक्रिया गर्न मिल्दैन । १८ वर्ष भन्दा माथिका मानिसहरुमा मात्रै यो शल्यक्रिया गरीन्छ । आँखा सुख्खा छ, आँखामा घाउ अथवा संक्रमण भएको छ , मोतिविन्दु भएको छ, भने यो शल्यक्रिया गर्नु हँुदैन । त्यसैगरी, गर्भवती अथवा स्तनपान गराइरहेकी महिलाले पनि यो शल्यक्रिया गराउनु हुँदैन ।
  
साइड इफेक्ट हुन्छ की हुंदैन ? 
अप्ट्रोमेट्रिस्ट तथा आँखा विशेषज्ञद्वारा आँखा परीक्षण गराएर मात्रै सर्जरीका लागि स्वीकृति दिइने हुँदा सामान्यतया सर्जरी पछि कुनै पनि समस्या देखिँदैन । लगभग एक वर्षको अन्तरालमा तिलगंगाबाट यो शल्यक्रिया गराउनेको संख्या ४ हजारको हाराहारीमा पुगिसकेको छ । यो संख्या मध्ये अहिलेसम्म शल्यक्रिया गराएपछि खासै समस्या देखिएको छैन । सकारात्मक पक्ष लेन्स तथा चश्माको प्रयोगबाट पूर्णतया समाधान पाउनु हो तर यो सर्जरी गरेपछि केही समयसम्म आँखा सुख्खा हुन्छ । सर्जरीका क्रममा आँखाको पावर मिलाउँदा धेरै पावर फर्काउनु पर्यो भने नानी धेरै पातलो पनि हुन जान्छ तर यो आँखाको समस्या अनुरुप नै भर पर्ने कुरा हो । केही मानिसमा भने शल्यक्रिया गरेपछि पुन थोरै पावर फर्कन पनि खोज्छ, यसका लागि पातलो चश्माको प्रयोग गर्न अथवा नगर्न पनि सकिन्छ वा लेजर फेरि थप्न मिल्छ । 

यो उपचार प्रविधि कत्तिको महंगो छ ?
 उपचारमा पहुँच  विदेशमा यो उपचार पद्धति अत्यन्त महंगो छ । छिमेकी मुलुक भारतमा पनि यसका लागि दुई तिन लाखसम्म खर्च गर्नुपर्ने हुन्छ । तर विभिन्न दातृ संस्थाहरुको सहयोगमा नेपाल भित्रिएको यो प्रविधि नेपालमा एकदमै सस्तो छ । अहिले तिलगंगा आँखा अस्पतालले जम्मा ८५ हजार रुपैयाँमा यो सेवा दिइरहेको छ । 

लेजर शल्यक्रिया कसरी गरिन्छ ? 
लेजर भनेको धेरै नै खतरनाक रे लाइट हो र यो रेले आँखामा हान्दा अलिकता तलमाथि भयो भने आँखा नै अन्धो हुन्छ भन्ने गलत बुझाइ छ । वास्तवमा त्यस्तो होइन ।
लेजर भनेको फेम्टोसेकेन्ड लेजर हुन् ।  लेजरमा माइक्रोन लेबलको प्रेसिसन हुन्छ । जहाँ तोकेर हानेको हो त्यही मात्र लाग्छ । आँखाको कर्नियामा ताकेपछि त्यसले कर्नियामा बबल निस्कन्छ र कर्नियाको  आकार परिर्वन गरिदिन्छ लेजरले सानो  घाँउ बन्छ । त्यति मात्र हो लेजरले  गर्ने  शल्यक्रिया ।
लेजर शल्यक्रिया सबैभन्दा सुरक्षित शल्यक्रिया हो भनेर विश्वभर नै प्रमाणित भइसकेको छ, यो शल्यक्रिया गर्दा मानिसलाई पूरै बेहोस बनाउनु पर्दैन । यो पद्धतिमा आँखामा सुख्खापन कम हुने र घाउ पनि सानो र छिटो पुरिने हुन्छ ।

आँखामा चस्मा लगाउने या लेजर शल्यक्रिया किन गर्नुपर्छ ?
सामान्यतयाः आँखाले कुनै पनि वस्तुलाई राम्ररी देख्न वा छुट्याउन नसक्ने समस्यालाई दृष्टिदोष भनिन्छ । आँखाले देख्ने वस्तुको आकृति आँखाभित्र हुने रेटिनामा बन्ने हुन्छ । यसका लागि बाहिरबाट आउने लाइट रेटिनामा फोकस हुनुपर्छ अनि मात्र प्रष्ट देख्न सकिन्छ । तर दृष्टिदोषमा भने फोकस गर्ने प्रणालीमा केही तलमाथि हुनसक्छ । यसो हुँदा रेटिनमा चाहिनेभन्दा छिटो फोकस भएर वा ढिलो फोकस भएर कुनै पनि वस्तु प्रष्टसँग देख्न सकिँदैन । यस्तो अवस्थामा दृष्टिलाई सही गराउन चस्मा लगाउने वा लेजर शल्यक्रिया गर्न सकिन्छ । चस्मा, लेन्स र लेजर शल्यक्रियाले रेटिनामा हुने फोकसलाई ठिक ठाउँमा ल्याउने काम गर्छ । यसैले पनि आँखामा चस्मा लगाउने या लेजर शल्यक्रिया गर्ने गर्नुपर्छ । 

चस्मा र लेन्सको विकल्पLaser eye surgery: Benefits, risks, and what to expect
चस्मा र लेन्स लगाएपछि फुकाल्ने र लगाउने गर्नुपर्छ । यसो गरिरहनु पर्दा धेरैलाई झन्झट लाग्न सक्छ । तर लेजर शल्यक्रिया गरेपछि चस्मा लगाइरहनुपर्ने वा लेन्स लगाउनुपर्ने अवस्थाको अन्त्य हुन्छ ।

के हो आँखाको लेजर सर्जरी ? 
यस प्रविधिमा लेजरमार्फत आँखाको नानीलाई परिवर्तन गरीन्छ । लेजर सर्जरी दुई प्रविधिबाट गरिन्छ । लेसिक अथवा स्माइल । यो उपचार पद्धति अतिविशेष खालको शल्यक्रिया भएकाले छोटो समयमै गर्न सकिन्छ । शुरुमा बिरामीको आँखा परीक्षण गर्न कम्तीमा तीन घन्टा लागेपनि लेजरमार्फत सर्जरी गर्न जम्मा दश मिनेट लाग्छ । लेजर सर्जरीमा ब्लेडसमेत प्रयोग गर्नुपर्दैन । अप्रेसन गरेको दस मिनेटमै आँखाले सजिलै हेर्न सकिन्छ । नेपालमा हालसम्म माइनस १४ र प्लस ८ सम्म पावर भएका बिरामीलाई यो प्रविधिबाट शल्यक्रिया गर्न सकिन्छ । यो उपचार पद्धतिबाट मायोपिया (अदुर दृष्टि), हाइपरवोपिया (दुर दृष्टि) र अस्टिग्म्याटिज्म अर्थात दुवै समस्याको समाधान गर्न सकिन्छ । यो शल्यक्रिया गर्दा लेजरले आँखाको नानीको आकारलाई आवश्यकता अनुसार परिवर्तन गरिन्छ ।

सर्जरी गरेपछि चस्माको प्रयोग गर्नुपर्दैन ?  
यस उपचार पद्धतिले चश्मा तथा लेन्सको प्रयोग गर्नुपर्ने बाध्यतालाई पूर्णतया
New Nanoparticle Eye Drops Correct Vision Without Surgery or Glasses बिस्थापित गरिदिन्छ । तर सबै आँखाको समस्या हुनेलाई लेजर सर्जरी गरेपछि पूर्णतया चस्मा लगाउनु नपर्ने भन्ने हुँदैन । कतिपय अवस्थामा सर्जरीमार्फत माइनस २४ पावरसम्म भएकोलाइ आखाँ भित्र पावर हाल्न सकिन्छ । त्यो भन्दा बढी भएमा चश्मा लगाउनुपर्ने हुन्छ ।  लेजर सर्जरी गरीसकेपछि करीब १ हप्ता आँखाको विशेष ख्याल गर्नुपर्छ । त्यसपपछि आँखामा अलि अलि सुख्खापन हुने भएकोले करीब ६ महिना आइ ड्रप्स प्रयोग गरेर आँखाको ड्राइनेस नियन्त्रण गर्न सकिन्छ । चिकित्सकको सल्लाह अनुसार औषधीको सेवन गर्नुपर्ने हुनसक्छ।
  
सर्जरी गर्न नसकिने अवस्था  
आँखाको नानी धेरै नै पातलो छ भने यो शल्यक्रिया गर्न मिल्दैन । १८ वर्ष भन्दा माथिका मानिसहरुमा मात्रै यो शल्यक्रिया गरीन्छ । आँखा सुख्खा छ, आँखामा घाउ अथवा संक्रमण भएको छ , मोतिविन्दु भएको छ, भने यो शल्यक्रिया गर्नु हँुदैन । त्यसैगरी, गर्भवती अथवा स्तनपान गराइरहेकी महिलाले पनि यो शल्यक्रिया गराउनु हुँदैन ।
  
साइड इफेक्ट हुन्छ की हुंदैन ? 
अप्ट्रोमेट्रिस्ट तथा आँखा विशेषज्ञद्वारा आँखा परीक्षण गराएर मात्रै सर्जरीका लागि स्वीकृति दिइने हुँदा सामान्यतया सर्जरी पछि कुनै पनि समस्या देखिँदैन । लगभग एक वर्षको अन्तरालमा तिलगंगाबाट यो शल्यक्रिया गराउनेको संख्या ४ हजारको हाराहारीमा पुगिसकेको छ । यो संख्या मध्ये अहिलेसम्म शल्यक्रिया गराएपछि खासै समस्या देखिएको छैन । सकारात्मक पक्ष लेन्स तथा चश्माको प्रयोगबाट पूर्णतया समाधान पाउनु हो तर यो सर्जरी गरेपछि केही समयसम्म आँखा सुख्खा हुन्छ । सर्जरीका क्रममा आँखाको पावर मिलाउँदा धेरै पावर फर्काउनु पर्यो भने नानी धेरै पातलो पनि हुन जान्छ तर यो आँखाको समस्या अनुरुप नै भर पर्ने कुरा हो । केही मानिसमा भने शल्यक्रिया गरेपछि पुन थोरै पावर फर्कन पनि खोज्छ, यसका लागि पातलो चश्माको प्रयोग गर्न अथवा नगर्न पनि सकिन्छ वा लेजर फेरि थप्न मिल्छ । 

यो उपचार प्रविधि कत्तिको महंगो छ ?
 उपचारमा पहुँच  विदेशमा यो उपचार पद्धति अत्यन्त महंगो छ । छिमेकी मुलुक भारतमा पनि यसका लागि दुई तिन लाखसम्म खर्च गर्नुपर्ने हुन्छ । तर विभिन्न दातृ संस्थाहरुको सहयोगमा नेपाल भित्रिएको यो प्रविधि नेपालमा एकदमै सस्तो छ । अहिले तिलगंगा आँखा अस्पतालले जम्मा ८५ हजार रुपैयाँमा यो सेवा दिइरहेको छ । 

लेजर शल्यक्रिया कसरी गरिन्छ ? 
लेजर भनेको धेरै नै खतरनाक रे लाइट हो र यो रे आँखामा हान्दा अलिकता तलमाथि भयो भने आँखा नै अन्धो हुन्छ भन्ने गलत बुझाइ छ । वास्तवमा त्यस्तो होइन ।
लेजर भनेको फेम्टोसेकेन्ड लेजर हुन् ।  लेजरमा माइक्रोन लेबलको प्रेसिसन हुन्छ । जहाँ तोकेर हानेको हो त्यही मात्र लाग्छ । आँखाको कर्नियामा ताकेपछि त्यसले कर्नियामा बबल निस्कन्छ र कर्नियाको  आकार परिर्वन गरिदिन्छ लेजरले सानो  घाँउ बन्छ । त्यति मात्र हो लेजरले  गर्ने  शल्यक्रिया ।
लेजर शल्यक्रिया सबैभन्दा सुरक्षित शल्यक्रिया हो भनेर विश्वभर नै प्रमाणित भइसकेको छ, यो शल्यक्रिया गर्दा मानिसलाई पूरै बेहोस बनाउनु पर्दैन । यो पद्धतिमा आँखामा सुख्खापन कम हुने र घाउ पनि सानो र छिटो पुरिने हुन्छ ।

कस्तो आँखामा लेजर शल्यक्रिया गर्न मिल्दैन ?
सबै मानिसको आँखामा लेजर शल्यक्रिया गर्न मिल्दैन । अस्पतालमा लेजर शल्यक्रिया गर्न भनेर आएका अधिकांश बिरामी जाँच गरेर हेर्दा लेजर शल्यक्रिया गर्न नमिल्ने भएर फर्किने गर्छन् । यदि आँखामा बाक्लो मोतिविन्दु, जलविन्दु, रेटिनाको रोग, कर्नियाको कडा रोगहरु छ भने यस्तो अवस्थामा शल्यक्रिया गर्न मिल्दैन । दृष्टिदोष भएका सबै आँखामा पनि लेजर शल्यक्रिया गर्न मिल्दैन । यदि जाँच (स्क्यान) गर्दा कर्निया ज्यादै पातलो, बढी चुच्चो, कर्निया लत्रिएको छ भने शल्यक्रिया गर्न मिल्दैन ।
मधुमेह, बाथरोग, हर्मोनल रोग भएका मान्छेमा आँखा सुख्खा हुने गर्छ । यस्तो अवस्थामा शल्यक्रिया गर्दा आँखा अझ बढी सुख्खा हुने गर्छ । कसैले कडा खालको औषधि खाएको छ, मुखमा डन्डिफोर हुने मान्छेले रेगुलर औषधि खानुपर्ने छ भने औषधिले नै आँखा सुख्खा बनाएको हुन्छ । त्यस्तो मान्छेलाई शल्यक्रिया गरिदियो भने उनीहरुको आँखा झन् सुख्खा हुने गर्छ । त्यसैले यस्तो अवस्थामा पनि शल्यक्रिया गर्न मिल्दैन । अर्को भनेको आँखाको पावर बढेको बढ्यै छ भने शल्यक्रिया गर्न मिल्दैन । यस्तो अवस्थामा पावर बढ्न रोकिएपछि शल्यक्रिया गर्न मिल्छ ।

 

लेजर प्रविधिबाट आँखाको शल्यक्रिया गराउने अस्पताहरु ः
१. तिलगंगा आँखा अस्पताल, काठमाडौँ 
२. मात्रिका आँखा अस्पताल
३. सुदृष्टि आँखा अस्पताल
४. ए.एस.जी. आँखा अस्पताल, चक्रपथ काठमाडौँ
६.फत्तेबाल आँखा अस्पताल, नेपालगन्ज

 

Our top doctor on General Surgery

View All

Dr. Tanka Prasad Bohora

General Surgery

MBBS(BPKIHS), MS(PGIMER, Chandigarh), Fellowship (Medanta, India) General Surgery and Surgical Gastroenterology

Dr. Anuj Parajuli

General Surgery

GI Surgery. MBBS, MS (General Surery).

Dr. Sharad Pokherel

General Surgery

MBBS (BPKIHS), MS (General Surgery ) TU-IOM, .

Dr. Shail Rupakhati

General Surgery

MBBS (Manipal, PKR); MS (BPKIHS, Dharan

Dr. Ram Nath Singh

General Surgery

General Surgery, MBBS (INDIA), MS (DHAKA), PGT(SINGAPORE)

Dr. Agni Gautam Shah

General Surgery

MS(Surgery), General Surgeon & Uro -Registrar

Dr. Arbin Joshi

General Surgery

MBBS (Bangladesh), MDGP (TU), MS (General Surgery

Dr. Binod Joshi

General Surgery

FCPS(Urology) & Training in Genito-Urinary Reconstruction MRCS.Ed(UK) MNCPS.Pak MBBS(TU) "

Dr. Prafulla shakya

General Surgery

MBBS (KU), MS (General Surgery, TU)

Dr. Prof. Sanjaya Poudyal

General Surgery

MBBS, (KU), MS (TU), Fellowship in GI and HPB Surgery

Dr. Nabin Pokhrel

General Surgery

MBBS, MS, MCh in GASTROINTESTINAL SURGERY

Dr. Bijendra Joshi

General Surgery

MD, MS (Dhaka) Consultant General & Laparoscopic Surgeon

Dr. D.V Karki

General Surgery

 MBBS (Pak), FRCSED (UK),. DMAS (WALS),DMAS (IND)

Dr. Prabin Bikram Thapa

General Surgery

Chief Consultant, Head of General (GI) & Hepato Pancreatio Billary Surgery. MBBS, MS

Dr. Pranil Rai

General Surgery

MBBS, (TUTH), MS General Surgery (TUTH)

Dr. Sushil Rawal

General Surgery

MBBS; MS (Gen Surgery) Fellowship Surgical Gastro ; HPB CHMH Taiw General & Hepatobiliary Surgery

Dr. Jagdish Lal Baidya

General Surgery

FRCS (ENG), FRCS (Ed.) (Surgeon ...

Leave Comment