हेपटाइटिस ए अर्थात जण्डिस भनेको के हो ? किन लाग्छ ? यससम्बन्धी भ्रम र बच्ने उपायहरु

  • 18th October, 2021

हेपाटाइटिस भनेको के हो ?

सामान्य भाषामा हेपाटाइटिस भने जन्डिस हो । हेपाटाइटिसको पहिलो लक्षण भनेकै जन्डिस हो । यो विशेषगरी दुई प्रकारले हुने गर्छ । एउटा फोहोर पानीबाट र अर्को रगत जन्य पद्धार्थबाट हुने गर्छ । बर्षायामको समयमा हेपाटाइटिस ‘ए’ र ‘ई’ धेरै हुने गर्छ । 

त्यसैगरी अर्को हुन्छ, हेपाटाइटिस ‘बी’ र ‘सी’ । हेपाटाइटिस ‘बी’ र ‘सी’ भने शारीरिक यौन सम्पर्कबाट, प्रदुषित रगतबाट, धेरै ड्रग्स वा सिरिन्ज प्रयोग गर्ने व्यक्तिहरुमा धेरै संक्रमण हुने गर्छ ।

 

जण्डिस कसरी हुन्छ ?

सरल भाषामा आँखा, छाल र मुखभित्र पहेले हुनुलाई जन्डिस भनिन्छ । यो कुनै रोग नभएर विभिन्न रोगमा देखिने लक्षण मात्र हो । साधारणतया रगतमा बिलिरूविनको मात्रा एक मिलिग्राम र १०० एमएलभन्दा कम हुन्छ ।

बिलिरुविनको मात्रा तीन मिलिग्रामभन्दा बढी भए मात्र आँखा पहेलो देखिन्छ । बिलिरुविन विभिन्न अवस्थामा बढ्न सक्छ र जन्डिस देखा पर्ने तीन विशेष अवस्था रहन्छ ।

रगतको रातो कण अत्याधिक नष्ट भएर धेरै बिलिरूविन निस्की कलेजोले त्यसलई लिन नसक्नु, कलेजोको रोग लगेपछि रगतबाट बिलिरुविन लिएर पित्तमा फ्यााक्न नसक्नु र पित्तको नली कुनै कारणले अवरुद्ध भई पित्त आन्द्रामा जान सकेन भने जण्डिस हुने गर्छ ।

धाराको पानी उमालेर अथवा त्यसमा औषधि नहाली खाइने भएकोले जण्डीस हुन्छ । यस्तो पानी खाएपछि शरीरमा पानीमार्फत किटाणुको प्रवेश हुन्छ जसले गर्दा जण्डीस हुन्छ ।

हेपाटाइटीस ‘ए’ र ‘इ’ पानीबाट सर्ने जण्डीस हो । हेपाटाइटीस ‘बि’ र ‘डी’ रगतबाट सर्ने गर्छ । सामान्यत काठमाडौंमा हुने जण्डीस हेपटाइटीस ‘ए’ र ‘इ’ हो ।

 

हेपाटाइटिस ए कुन उमेर समूहमा बढी देखिन्छ ?

हेपाटाइटिस ‘ए’ र ‘ई’ विशेषगरी बच्चाहरुमा देखा पर्ने गर्छ। कुनै पनि मानिसमा १२ वर्षको उमेरभन्दा अगाडि नै हेपाटाइटिसको संक्रमण भइसकेको हुन्छ । हेपाटाइटिस ‘ए’ को संक्रमण भएर आफै निको समेत भइसकेको हुन्छ ।

 

हेपाटाइटिस ए एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ कि सर्दैन ?

हेपाटाइटिस ‘ए’ र ‘ई’ बिरामीको प्रदूषित दिसा अनि कहिलेकाहीँ ढल फुटेर पिउने पानीसँग मिसियो भने यसबाट हेपाटाइटिस ‘ए’ र ‘ई’ सर्ने गर्छ । यो मुख्य सर्ने भनेकै प्रदूषित पानी र प्रदूषित खानाबाट सर्ने गर्छ ।

 

हेपाटाइटिस ए का लक्षणहरु केके हुन् ? 

  • आँखा पहेँलो हुने, 
  • खानामा रुचि कम हुने, 
  • पेट दुख्ने, 
  • ज्वरो आउने, 
  • पिसाब हल्का कालो हुने, 
  • कमेरो खालको दिसा आउने, 
  • टाउको दुख्ने, 
  • थकान महसुस हुनेलगायतका लक्षण देखा पर्छन् ।

 

हेपाटाइटिस ए बाट बच्न के गर्नुपर्छ ?

हेपाटाइटिस ‘ए’ र ‘ई’ बाट बच्न सरसफाईमा ध्यान दिनुपर्छ । उमालेको पानी पिउने गर्नुपर्छ । एन्टिबायाटिक खानु हुँदैन । सबैभन्दा महत्वपूर्ण कुरा अहिलेको मौसममा बाटोका खाने कुराहरु पानी पुरी, चाट खानु हुँदैन ।

हामी धेरैलाई सल्लाह दिने भनेको फ्रेस जुस जुन बाहिर पेलेको हुन्छ, जसमा धेरै फोहोर, प्रदुषण हुन सक्छ । जुन खानु नै हुँदैन । यदी जुस खान मन लागे घरमा आफैले बनाएर खानु पर्छ। यो सँगसँगै उमालेको पानी अनिवार्य खानुपर्छ ।

 

हेपाटाइटिस र भ्रमहरु :

जन्डिस भएपछि नुन, बेसार, तेल खानु हुँदैन : यो सरासर गलत कुरा हो । यदी कोही व्यक्तिलाई हेपाटाइटिस भएर जन्डिस देखिएको छ भने स्वस्थकर खाना खानु पर्छ । जुन तागतिलो होस्, सफा होस्, इनर्जी, कार्बोहाइड्रेड प्रशस्त भएका खाने कुराहरु खानु पर्छ ।

खानेकुराहरु बार्नुपर्छ : हाम्रो सोचाई के छ भने हाम्रो खानामै बन्देज तथा प्रतिबन्ध लगाउनु पर्छ । स्वस्थकर खानेकुराहरु खानुपर्छ । यसको मतलब खानेकुरामा बन्देज लगाउन आवश्यक छैन । जंकफुड, मदिरा, मासु भने छोडेकै राम्रो ।

बुझ्नैपर्ने कुरा  ः हेपाटाइटिस ए र ई भएको खण्डमा सुरुवाती चरणदेखि नै बिरामीले स्वस्थकर खाना खाने, सरसफाईमा ध्यान दिने र राम्रोसँग आराम गरेको खण्डमा शरीरको रोग प्रतिरोधात्मक शक्ति आफैँले यो रोगलाई ठीक बनाउँछ । तर यसो भन्दैमा घरमै बसिरहने होइन, डाक्टरसँग परामर्श लिनुपर्छ ।

 

जन्डीसको असर

साधारण जन्डिसले नवजात शिशुबाहेक अरू सबैलाई त्यती धेरै असर गर्दैन ।

वयस्कमा १ हुनु र १० हुनुमा कुनै फरक पर्दैन भने २५ भन्दा माथि पुगेमा मिर्गौलाको समस्या हुनसक्छ । 

उपचार

  • जण्डीस भएको शंका लागेमा यसको परीक्षण गर्नुपर्छ । हेपटाइटिस ‘ए’ होकी ‘इ’ हो त्यो पत्ता लगाउनुपर्छ ।
  • रगतबाट कुन हेपटाइटीस हो त्यो पत्ता लगाउन सकिन्छ । ‘एलएफटी’भन्ने परीक्षण गर्नुपर्छ । यो परीक्षणले कलेजोमा कति असर गरेको छ भन्ने थाहा हुन्छ । त्यसपछि चिकित्सकको निगरानीमा उपचार गर्नुपर्छ । गर्भवती महिलाले सबैभन्दा बढी होसीयारी अपनाउनुपर्छ ।
  • यस्तो अवस्थामा गर्भवती महिलालाई अस्पतालमा राखेर उपचार गर्नुपर्छ । लापरबाही गर्‍यो भने ज्यान समेत जान सक्छ ।
  • हेपटाइटिस ‘ए’ भए पनि र हेपटाइटीस ‘इ’ भए पनि उपचार भने झण्डै उस्तै हुन्छ ।
  • यसका लागि सबैभन्दा पहिला सन्तुलित भोजन गर्नुपर्छ । जण्डीस भएको छ भनेर फलफूल मात्रै खाने गरिन्छ त्यसो गर्नु हुँदैन । यसको लागि भोजनको सन्तुलन मिलाउनुपर्छ ।
  • जण्डीस भएको बेलामा शरीरलाई धेरै शक्ति चाहिन्छ । जे खायो भने शक्ति आउँछ त्यो खानुपर्छ । चिनीपानी खान सकिन्छ, मासुभात खान सकिन्छ । जाँड रक्सी, चुरोट खैनीबाहेक सबै खान हुन्छ । कुनै पनि त्यस्तो चिज छैन जुन खान नहोस् ।
  • पहिलाभन्दा अझै धेरै खानुपर्छ । भात पनि दुई चार गाँस भए पनि धेरै खानुपर्छ । शक्ति भयो भने मात्रै रोगसँग लड्न सकिन्छ । 
  • जण्डीस भएको बेलामा लापरबाही भने गर्नु हुँदैन । आराम बढी गर्नुपर्छ । शक्ति दिने खानेकुरा खानुपर्छ । जण्डीस भएको बेलामा जाड रक्सी खायो भने सबैभन्दा बढी खतरनाक हो । यस्तो अवस्थामा बिरामीको ज्यानसमेत जान सक्छ । समान्य चिल्लो खाएमा त्यसले असर गर्दैन ।
  • उमालेको शुद्ध पानीको मात्रै पिउनुपर्छ । सरसफाईमा विशेष ध्यान दिनुपर्छ ।
  • यदी हेपाटाइटिस छैन भने पनि हेपाटाइटिसको विरुद्धमा खोप लगाउनु पर्छ ।
  • घरबाहिरको खानेकुरा नखाने र सार्वजनिक शौचालय ध्यानपूर्वक र सावधानीका उपाय अपनाएर प्रयोग गर्नुपर्छ ।

 

के तपाईंलाई थाहा छ ?

जण्डीस भनेको शरीरमा देखिने एउटा चिन्ह हो । यो रोगको लक्षण हो । रोग भने होइन । जण्डीस भनेको कलेजोमा संक्रमण भएपछि निस्कने एक किसिमको लक्षण हो । 

 

जन्डिसको उपचार हुँदैन

जन्डिसको कुनै उपचार हुँदैन किनकी यसको उपचार नै गर्ने होइन । जन्डिस के कारणले भएको हो त्यसको उपचार गर्नुपर्छ अनिमात्रै जन्डिस निको हुन्छ । कतिपय यस्ता रोगहरू छन् जसमा जन्डिस देखिन्छ ।

हेपटाइटिस ए भन्ने रोग जोसुकैलाई लाग्न सक्छ । तर हाम्रो देशमा १५ वर्षमूनिकालाई यो रोग लाग्छ। हेपाटाइटिस लागेमा जन्डिस देखिन्छ । तर यो जन्डिसको उपचार केही पनि छैन। खानेकुरा राम्रोसँग खान दिएर उसलाई अरू कुनै कुरा हुनबाट जोगाउने हो भने आफैं निको हुन्छ ।

 

Our top doctor on General Physician

View All

Dr. Kabir Nath Yogi

General Physician

MBBS, MD, Consultant Physician & Chest Specialies

Dr. Kanak Bahadur KC

General Physician

MBBS, Senior Fellowship in clinical cardio-vascular medicine (General Physician)

Dr. Dipak Malla

General Physician

MBBS, MD Internal Medicine (General Physician) Endocrine Unit (Diabeties, Thyroid & Endocrinology). 

Dr. Anil Baral

General Physician

DM (Nephrology) MD (Internal Medicine)

Leave Comment