थाइराइड रोगीले बार्नैपर्ने खानेकुराहरु

  • 4th November, 2022

थाइराइड एक प्रकारको हर्मोन हो । हाम्रो थाइराइड ग्रन्थीले शरीरबाट आयोडिन लिएर यसलाई बनाउँछ । यो हार्मोन हाम्रो मेटाबोलिजमलाई कायम राखिराख्नका लागि आवश्यक हुन्छ । जब यो ग्रन्थीले कुनै कारणवश धेरै हर्मोन बनाउन थाल्छ, त्यतिबेला थाइराइड बढ्ने गर्दछ ।
थाइराइड बढ्दा विभिन्न समस्याको सामना गर्नुपर्छ । महिलाहरुमा यो रोग बढि देखिन्छ । यो रोग लागेपछि छटपटी हुनु, राम्रोसँग निन्द्रा नलाग्नु, महिनावारी गडबडी, मुटुको धड्कन बढ्नुजस्ता समस्या देखापर्न थाल्छ । यो नियमित औषधीको सेवन गरेमा नियन्त्रणमा हुन्छ र खासै दुख दिंदैन । थाइराइडप्रति मानिसहरुमा धेरै भ्रम छ । हर्मोनको गडबडीका कारण थाइराइड रोग हुनेहरुमा निःसन्तानपनको समस्या हुने गर्छ । तर, त्यसको समयमै उपचार भएमा त्यो समस्या रहँदैन । तर नेपालमा धेरै किसिमका भ्रमहरु रहेका छन् । हामी यी भ्रमहरुबाट मुक्त हुन जरुरी छ । 
भ्रम १ –थाइराइडको समस्या भएमा महिलाको बच्चा हुँदैन ।
थाइराइड रोगप्रतिको भ्रमकै कारण नेपालमा कयौं युवतीको थाइराइड रोगकै कारण बिहेबारीमा पनि समस्या हुने गरेको छ । सन्तान हुँदै नहुने डरले उनीहरुको बिहे नहुने गरेको छ । तर, थाइराइड रोगको उपचार समयमै भएमा अरु सामान्य युवती जस्तै थाइराइड रोग भएकाहरुमा पनि गर्भ रहने सम्भावना उत्तिकै रहन्छ ।
भ्रम २ –थाइराइड भएपछि गाजर, मूला, बन्दा काउली खान हुँदैन ।
थाइराइड रोग लागेपछि काउली र बन्दा खान हुँदैन । जुन गलत हो । थोरै मात्रामा खाँदा त्यसले केही हानि गर्दैन ।
भ्रम ३– थाइराइड भएमा घाँटीमा गलगाँड नै आउँछ ।
थाइराइड भएपछि गलगाँड आउँछ भन्ने भ्रम रहेको छ । जुन गलत हो । 
भ्रम ४ः जीवनभर औषधी सेवन गर्नुपर्छ ।
थाइराइडका बिरामीहरूमा औषधी सेवनबारे पनि भ्रम देखिन्छ । रोग प्रतिरोधात्मक क्षमता कम हुने बिरामीले यो रोग लागेमा जीवनभर औषधि सेवन गर्नुपर्छ भन्ने सोचाइ छ । तर, त्यस्तो हैन । यदि भाइरल इन्फेक्सनको कारण यो रोग लागेको हो भने आफै निको हुन्छ । त्यसमा औषधिको सेवन केही समयको लागि मात्र आवश्यक पर्छ ।
भ्रम ५ः थाइराइडका बिरामीले औषधी खानु हुँदैन । 
कतिपय थाइराइडका बिरामीलाई औषधि खानु हँुदैन भन्ने पनि भ्रम छ । यसले शरीरलाई बिगार्छ भन्ने मान्यताका कारण उनीहरु आयुर्वेदिक उपचारतिर लाग्छन् । तर, हाइपो थाइराइडिज्म कम हुने बिरामीहरुको हकमा चिकित्सकले शरीरमा कम भएको हर्मोनलाई नै औषधिको रुपमा सेवन गराइरहेका हुन्छन् । यस अर्थमा यसभन्दा प्राकृतिक उपचार केही हुँदैन ।
भ्रम ६ः व्यायाम गरेमा थाइराइड निको हुन्छ । 
हामीहरुमा अर्को भ्रम के पनि छ भने व्यायाम गरेमा थाइराइड रोग निको हुन्छ भन्ने । हामी स्वस्थ रहन नियमित व्यायाम जरुरी त हुन्छ । तर, थाइराइड रोगमा भने व्यायामले कुनै काम गर्दैन । किनकि यो रोग जीवनशैली र शारीरिक कसरतसँग सम्बन्धित हैन ।
भ्रम ७ः थाइराइडले मधुमेह निम्त्याउँछ । 
कतिपयमा थाइराइडले मधुमेह नित्याउँछ भन्ने पनि भ्रम रहेको पाइन्छ । खासमा यो सत्य होइन । तर, थाइराइड रोगमा मोटोपनको समस्या हुने र मोटोपनसँगै मधुमेह पनि निम्तिन सक्ने भएकोले त्यसप्रति सजग भने हुन जरुरी छ ।
भ्रम ८ –थाइराइड डरलाग्दो रोग हो भन्ने भ्रम छ ।
त्यस्तै, कति मानिसलाई थाइराइड जटिल रोग हो भन्ने पनि भ्रम छ । तर, यो साधारण रोग हो, नियमित औषधि सेवनले निको हुन्छ ।

थाइराइड भयो भने हमीले तत्काल उपचार गर्न आवश्यक हुन्छ । समयमा नै उपचार गरी यो रोगलाई नियन्त्रणमा लिन सकिन्छ । यसका साथै, यो रोग लागेपछि के खाने के नखाने भन्ने कुराको पनि विशेष ध्यान दिनुपर्छ । थाइराइड रोगीले निम्न खानेकुराहरु खानुहुँदैन ।
आयोडिनयुक्त खानेकुराः थाइराइड ग्रन्थीले हाम्रो शरिरबाट आयोडिन लिएर थाइराइड हर्मोनलाई पैदा गर्ने गर्दछ। त्यसकारण यो रोग लागेकाहरुले धेरै आयोडिन भएको खानेकुरा खानु हुँदैन । समुन्द्रि खाना र आयोडिन भएको नुन नखानुहोस् ।
क्याफिनः हुन त क्याफिनले थाइराइडलाई प्रत्यक्ष रुपमा बढाउँदैन तर यसले ती समस्यालाई बढाउँछ जुन थाइराइडका कारण उब्जिएको छ । उदाहरणको लागि छटपटी र अनिन्द्रा । यसकारण तपाईं क्याफिनयुक्त– कफी, चकलेटलगायतका खानेकुराबाट टाढा बस्दा नै राम्रो ।
मद्यपानः थाइराइडका बिरामी मद्यपानबाट निकै टाढा बस्नुपर्छ । रक्सीजन्य पदार्थले शरिरको ऊर्जाको स्तरलाई प्रभावित गर्ने गर्दछ। यसले थाइराइड रोगीलाई अनिन्द्राले सताउने गर्दछ । यसका साथै यसले ओस्टियोपोरोसिसको खतरा पनि निम्त्याउँछ । यद्यपी, रक्सीजन्य पदार्थ कसैका लागि पनि राम्रो मानिँदैन। यसका कारण मोटोपना बढ्छ ।
वनस्पती घ्यूः बोलीचालीको भाषामा यसलाई डाल्डा घ्यू भनिन्छ । यो घ्यू मिठाईलगायतका विभिन्न पसलमा प्रयोग गरिन्छ । यसले नराम्रो कोलेस्ट्रोललाई नष्ट गरेर खराब कोलेस्ट्रोललाई बढाउँछ । थाइराइड बढेकाहरुले डाल्ड घ्यूको प्रयोग गरी बनाइएको खानेकुराको सेवन गरे यसले थप समस्या निम्त्याउने गर्दछ ।
रातो मासुः रातो मासुमा कोलेस्ट्रोल र स्याचुरेटेड फ्याट अत्यधिक हुने गर्दछ । यसले तीब्र रुपमा तौल बढाउने गर्दछ । थाइराइड रोगीले रातो मासु खाँदा शरिर पोल्ने समस्या निम्तिन सक्छ । रातो मासुको सट्टा तपाईं कुखुराको मासु खान सक्नुहुन्छ । कुखुराको छातीको मासुमा राम्रो प्रोटिन हुन्छ र यसले शरिरमा बोसो बढ्न दिँदैन ।

 

Our top doctor on General Physician

View All

Dr. Kabir Nath Yogi

General Physician

MBBS, MD, Consultant Physician & Chest Specialies

Dr. Kanak Bahadur KC

General Physician

MBBS, Senior Fellowship in clinical cardio-vascular medicine (General Physician)

Dr. Dipak Malla

General Physician

MBBS, MD Internal Medicine (General Physician) Endocrine Unit (Diabeties, Thyroid & Endocrinology). 

Dr. Anil Baral

General Physician

DM (Nephrology) MD (Internal Medicine)

Leave Comment