गर्भपतन गराउने औषधि(हरु) खाएपछि के हुन्छ ?

  • 9th January, 2023

गर्भपतन भनेको के हो ?
कुनै महिलाले स्वेच्छाले गर्भको अन्त्य गर्नुलाई गर्भपतन र गर्भावस्थाको अनिच्छित अन्त्य हुनुलाई गर्भ तुहिनु भन्ने गरिन्छ

महिलाले गर्भपतन गर्ने कारणहरु केके हुन सक्छन् ?

  • बच्चाको संख्या पुगिसकेको छ भने
  • बच्चा जन्मउने इच्छा नै छैन भने
  • बलात्कारको कारण गर्भ रहन गएको छ भने
  • गर्भधारण गरिरहनु स्वास्थ्यका लागि खतराजनक छ भने
  • बच्चाको ललन–पालन गर्ने जिम्मेवारी लिने वा सघाउने लोग्ने नै छैन वा भएपनि इच्छुक छैन भने
  • महिलले अफ्नो पढाइ पूरा गर्न चाहिन् भने
  • अरु कसैले गर्भपतन गराउने दबाब दिएको छ भने
  • जन्मने बच्चा शारीरिक र मानसिक रूपमा विकलाङ्ग हुने सम्भावना भएमा ।

सुरक्षित तथा असुरक्षित गर्भपतन भनेको के हो ?
कुनै पनि गर्भवती महिलाको मञ्जुरीमा, कानुनले मान्यता दिएअनुसार सुचिकृत स्वास्थ्यकर्मीद्धारा स्वास्थ्यसंस्थामा गरिने गर्भपतनलाई सुरक्षित गर्भपतन भनिन्छ । यस बाहेक अरुबाट लिइएको गर्भपतन सेवा असुरक्षित हुन्छ ।
असुरक्षित गर्भपतन भनेको,
ज्ञान र सीप नभएको व्यक्तिबाट गराएमा
उपयुक्त औषधि र औजारको प्रयोग नगरी अरू नै गलत वस्तुको प्रयोग गरेमा
फोहर ठाउँमा फोहोर तरिकाले गर्भपतन गराएमा,
तीन महिनाको गर्भपतन सुविधायुक्त अस्पतालमा नगराई अन्यत्र गई गर्भपतन गराएमा ।

के असुरक्षित गर्भपतनबाट मृत्यु हुन्छ ?
संसारभरि एक वर्षमा करिब साढे पाँच करोडले गर्भपतन गराइने अनुमान गरिएको छ । गैरकानुनी किसिमले गर्भपतन गराउँदा धेरै महिलाहरू मर्न सक्छन् । मृत्यु भएन भने पनि संक्रमण हुने, पीडा भइरहने तथा बाँझोपन हुनेजस्ता समस्या आइलाग्ने सम्भावना रहन्छ ।
अनिच्छित रूपमा गर्भ रहन गएमा जुनसुकै उपाय अपनाएर भए पनि गर्भपतन गराउन पाए हुन्थ्यो भन्ने महिलालाई लागेको हुन्छ । जुनसुकै तरिकाले भए पनि गर्भ पतन गराउँछु भनी तल दिइएका तरिका अपनाउनु हुँदैन । यी एकदमै खतराजनक हुन्छन्।
कुनै पनि किसिमका रंगाउने, सफा गर्ने वस्तु साबुन, खरानी, मट्टीतेलजस्ता वस्तु योनी वा पाठेघरमा राख्नु वा खानु हुँदैन ।
कुनै पनि किसिमका आधुनिक वा परम्परागत औषधि धेरै मात्रामा सेवन गर्नु हुँदैन वा योनीमा लगाउनु र राख्नु हुँदैन । जस्तै, औलोको औषधि क्लोरोक्विन, बच्चाजन्मेपछि हुने अत्यधिक रक्तस्राव रोक्न प्रयोग गरिने अर्गोमेट्रिन, अक्सिटोसिनजस्ता औषधिले गर्भ खसाउनुअघि नै आमाको मृत्यु गराउन सक्छ
पेटमा आफैले वा अरूले हान्ने, आफैं भयाङबाट लड्नेजस्ता कार्य गर्नु हुँदैन । गरियो भने गर्भपतन हुनुको सट्टा आन्तरिक चोट लाग्ने, रक्तस्राव हुनेजस्ता नराम्रा परिणाम भोग्नुपर्ने हुन सक्छ ।
कुनै पनि किसिमका धारिला वा तिखा वस्तु, जस्तै, लठ्ठी, तार, प्लास्टिक टद्युब आदि योनीतथा पाठेघरमा पसाउनु हुँदैन । पसाइयो भने पाठेघर छेडिएर अत्यधिक रगत बग्ने, संक्रमण हुनेजस्ता समस्या आइपर्न सक्छन् ।
कुनै पनि किसिमको जडिबुटी वा बिरुवा योनीवा पाठेघरमा पसाउनु हुँदैन । यसो गर्दा पोल्ने, घाउ हुने, संक्रमण हुने, रगतबग्ने जस्ता समस्या आउन सक्छन्।

कानुनी व्यवस्थाअनुसार कुन–कुन अवस्थामा गर्भपतन गर्न पाइन्छ ?
कानुनी व्यवस्थाअनुसार सुचिकृत स्वास्थ्य संस्थामा सुचिकृत स्वास्थ्यकर्मीद्धारा गर्भवती महिलाको मञ्जुरीमा निम्नअवस्थामा गर्भपतन गर्न र गराउन पाइन्छः
क) गर्भवतीमहिलाको मञ्जुरीले १२ हप्तासम्मको गर्भ,
ख) गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानलाई खतरा हुन्छ वा निजको शारीरिक वा मानसिक स्वास्थ्य खराब हुन सक्छ वा विकलाङ्ग, बच्चा जन्मन्छ भनि इजाजतप्राप्त चिकित्सकको राय भई त्यस्ती महिलाको मञ्जुरी बमोजिम २८ हप्तासम्मको गर्भ,
ग) जवर्जस्ती करणी वा हाडनाता करणीबाट रहन गएका गर्भवती महिलाको मञ्जुरीले २८ हप्तासम्मको गर्भ,
घ) रोगप्रतिरोधक क्षमता उन्मक्ति गर्ने जीवाणु (एच.आई.भी.) वा त्यस्तै प्रकृतिको अन्यनिको नहुने रोग लागेको महिलाको मञ्जुरीमा २८ हप्तासम्मको गर्भ,
ङ) भ्रुणमा कमिकमजोरी भएको कारणले गर्भमै नष्ट हुनवाजन्मेर पनिबाँच्ननसक्ने गरी गर्भको भ्रुणमा खराबी, वंशाणुगत (जेनेटिक) खराबी वा अन्यकुनै कारणले भ्रुणमा अशक्तता हुने अवस्था रहेको भन्ने उपचारमा संलग्न स्वास्थ्यकर्मीको राय बमोजिम गर्भवती महिलाको मञ्जुरीमा २८ हप्तासम्मको गर्भ ।
(यदि महिला १८ वर्षमुनिको भएमा वा होसहवास गुमेकी अवस्थाकी भए गर्भपतन गराउन चाहेमा नजिकको नातेदार वा तत्कालको संरक्षकको मञ्जुरीनामा आवश्यक हुन्छ ।)

कस्तो अवस्थामा गर्भपतन गराएमा सजाय हुन्छ ?
गर्भवती महिलाको स्वीकृतिविना (करकाप, धम्की, ललाईफकाई, झुक्याई वा प्रलोभन दिई) ।
भ्रुणको लिङ्ग पहिचान गरेर गर्भपतन गराएमा ।
गर्भपतन उपकरणको प्रयोग गरेर पनि गरिन्छ र औषधीको प्रयोग गरेर पनि गरिन्छ । गर्भपतनमा प्रयोग गरिने केही औषधिहरू
मिफेप्रिस्टोन ः 
मिसोप्रोस्टोल 
औषधिको प्रयोगद्वारा गरिने गर्भपतनमा तालिम प्राप्त दक्ष स्वास्थ्यकर्मीद्वारा भरपर्दाे र प्रमाणित औषधिद्वारा सुरक्षित रूपमा गर्भपतन गराइन्छ । यस विधिद्वारा ९ हप्ताभित्रको गर्भलाई मात्र सुरक्षित रूपमा पतन गर्न सकिन्छ ।

के औषधिको प्रयोगद्वारा गरिने गर्भपतन सुरक्षित हुन्छ ?
यो महिलाका लागि सुरक्षित छ । औषधिको प्रयोगद्वारा गरिने गर्भपतन,यदि ९ हप्ताभित्रको गर्भमा प्रयोग गरेमा ९८.५ प्रतिशतप्रभावकारी छ ।

गर्भपतन गराउने औषधि(हरु) खाएपछि के हुन्छ ?
मिफेप्रिस्टोन र मिसोप्रोस्टोल सँगै खाएमा ः
गर्भ ४ देखि ६ घण्टामा बाहिर निकाली सक्छ । मिफेप्रिस्टोन खाएको ३० मिनट पछि पीडादायी (कहिलेकाँहीअति नै) तल्लो पेट बटारिने हुन्छ वा धेरै नै रगतका फाल्सा निस्कन थाल्छ । मिसोप्रोस्टोल खाएको ४ देखि ६ घण्टमामा रक्तस्राव धेरै हुन्छ । रक्तस्राव रोकिन दुई हप्ता लाग्छ तर एक हप्तादेखीकम हुन्छ ।
साधारणतया २ दिन (४८ घण्टा) पछि गर्भ रहेका चिह्नहरु हराउँछन् । हराएनन् जस्तो लागेमा स्वास्थ्यचौकी वा अस्पतालमा जानुपर्छ । यदि यसपछि पनि बच्चा पाइयो भने बच्चा जन्मखोट हुने सम्भावना हन्छ ।
औषधिजन्य गर्भपतन पछिका खतराजनक चिह्नहरु
अत्याधिक रक्तस्राव भएमा तुरुन्तै अस्पताल जाने ।
मसोप्रोस्टोल औषधिको अन्तिम मात्रा खाएको एक दिनपछि ज्वरो आउनुको कारण संक्रमण (औषधिजन्य गर्भपतनको कारणले कहिंलेकाँही मात्र हुन्छ) को चिह्न हो । यस्तो भए तालिमप्राप्त स्वास्थ्यकर्मीलाई देखाउनु होस् ।

गर्भपतनपछि आफ्नो स्याहार कसरी गर्ने ?
कुनै संक्रमण नहोस् भनी गर्भपतन गराएकै दिनदेखि १ सय मिलिग्रामको डोक्सिसाइक्लिन औषधि दिनमा दुईपटक पाँचदिनसम्म खानुपर्छ । दूध चुसाउने आमाले यो खानु हुँदैन त्यसको सट्टा ५ सय मिलिग्राम एमोक्सिसिलिन औषधि दिनमा तीन पटकका दरले पाँचदिनसम्म खानुपर्छ ।
रगत बग्न बन्द भएको दुई दिनसम्म यौन सम्पर्क गर्नु हुँदैन साथै अन्य कुनै कुरा पनि योनीभित्र राख्नु हुँदैन ।
यदि पेट दुख्ने, सूल हुनेजस्ता समस्या देखापरेमा आराम गर्नुपर्छ साथै तातोपानीको बोतलले पेट सेकाउनुपर्छ । साथै प्यारासिटामोल वा आइबुप्रोफेनजस्ता औषधि खानुपर्छ ।
दुखाइ तथा रगत बग्न रोक्न पेटको तल्लो भाग  मालिस गर्नु फाइदाजनक हुन्छ । यसो गर्दा पाठेघर खुम्चिन्छ र रगत बग्न कम हुन्छ ।
झोल कुरा प्रशस्त पिएमा चाँडो तग्रिन्छ ।
सामान्य अवस्थामा फर्केको महसुस भएपछि नियमित कामकाज गर्न हुन्छ । प्रायः एक दुई दिनभित्र नै सामान्य अवस्थामा फर्केको महसुस गर्नुहुन्छ ।

केही खतरनाक चिह्नहरू

  • योनीबाट धेरै रगत बगेमा
  • ज्वरो आएमा
  • बेस्सरी पेट दुखेमा 
  • मूर्छा परेमा तथाहोस हराउने भएमा
  • योनीबाट नराम्रो गन्ध भएको पानी बगेमा

नोटः सुरक्षित रुपमै गर्भपतन गराउनुपर्छ र केही खतराको लक्षण महसुस भयो भने तुरुन्तै चिकित्सकसँग सल्लाह लिनुपर्छ ।
आफैँले गर्भपतन गराउने औषधी किनेर खानुहुँदैन । यस्तो गरियो भने बच्चानलीमा बसेको अवस्था छ भने ज्यानै जान सक्छ । 

 

Our top doctor on General Physician

View All

Dr. Kabir Nath Yogi

General Physician

MBBS, MD, Consultant Physician & Chest Specialies

Dr. Kanak Bahadur KC

General Physician

MBBS, Senior Fellowship in clinical cardio-vascular medicine (General Physician)

Dr. Dipak Malla

General Physician

MBBS, MD Internal Medicine (General Physician) Endocrine Unit (Diabeties, Thyroid & Endocrinology). 

Dr. Anil Baral

General Physician

DM (Nephrology) MD (Internal Medicine)

Leave Comment