गलत सुताइले निम्त्याउने समस्याहरु केके हुन् ?

  • 21st October, 2022

गहिरो निद्राका लागि निम्न पोजिसन छान्न सक्नुहुन्छः 
उत्तानो परेर सुत्नुः
यदि तपाईं यो पोजिसनमा सुत्नुहुन्छ भने तपाईको शरिरको तौल सन्तुलित हुन्छ । तपाईंमा ढाड र घाँटीको खासै समस्या हँुदैन । घुँडामुनि शिरानी राख्नु भयो भने तपाईको पछाडिको भाग अझ सिधा र स्वस्थ हुन्छ । यदि तपाई घुर्नुहुन्छ भने तपाईं यो पोजिसनमा सुत्न सक्नुहुन्छ ।
एउटाको ढाडतर्फ अर्को फर्केर सुत्नेः यो जोडी सुताई अन्तर्गत जोडी एउटै दिशतार्फ फर्किएको हुन्छ तर एकजना अर्कोको ढाडतर्फ फर्केका हुन्छन् । यो पोजिसनले जोडी गतिशिल छ भन्ने दर्शाउँछ । एक अर्कामा विश्वास र समझधारीको संकेत गर्ने यो पोजिसन सबैभन्दा उपर्युक्त मानिन्छ । त्यसो त यौनका दृष्टिले अतृप्त पार्टनर यो पोजिसनमा सुत्ने सेक्स विज्ञ ट्रेसी कोक्स बताउँछन् ।
ढाड फर्काएर सुत्नेः यो पोजिसनमा दुई जना विपरित दिशातर्फ फर्किएर सुत्ने गर्छन् । एकले अर्काको ढाड छोएको हुन्छ । दुई ध्रुबमा फर्केर सुतेजस्तो देखिए पनि यो पोजिसनमा सुत्ने जोडी एक अर्काप्रति प्रेमभाव राख्ने विज्ञहरु बताउँछन् । यसले सुमधुर सम्बन्ध र निकटतालाई संकेत गर्छ ।
नजलः जोडिमध्ये एक जना उत्तानो परेर सुत्नु र अर्को भने उत्तानो पर्ने व्यक्तिको छातीमा टाँसिनु यो सुताईको विशेषता हो । उत्तानो पर्नेले आफ्नो छातीमा सुत्नेको कपाल छुन्छ भने महिलाले पुरुषको छातीमा औला राखेकी हुिन्छन् । प्रायः नवदम्पत्ति यसरी सुत्छन् । यसले प्रेम र वासना दर्शाउँछ । एकअर्काको सामिप्यतामा दुई जना सुरक्षित र खुसी हुन्छन् ।

गर्भवती महिला कुन पोजिसनमा सुत्दा राम्रो ?
जर्नल अफ क्लिनिकल ग्यास्ट्रोनेस्ट्रोलोजीको अध्ययन अनुसार स्वस्थ वयस्कलाई धेरै चिल्लोयुक्त खानेकुरा खान लगाई एकातिरमात्र फर्किएर सुत्न लगाइएको थियो । दायाँ फर्केर सुत्ने वयस्कहरुको शरिरमा एसिडको मात्रा उच्च देखिएको थियो । अमेरिकन जर्नल अफ ग्यास्टोनेट्रोलोजीको अध्ययनमा पनि यस्तै निस्कर्ष देखिएको थियो । गर्भवती महिला पनि देब्रे फर्किएर सुत्दा रगतको प्रवाह निकै राम्रो हुन्छ ।

गलत सुताइले निम्त्याउने समस्याहरु केके हुन् ?
छाती पोल्ने समस्याः 

गलत तरिकाको सुताइले छातीमा जलन तथा एसिडीटीको समस्या पैदा हुनसक्छ । विशेषगरी, सुत्नुभन्दा करिब २–३ घण्टा अघि चिल्लो, पीरो खानेकुराको सेवन तथा खाए लगत्तै सुत्नाले पनि यस्तो समस्या उत्पन्न हुने गर्दछ । यसबाट बच्नका लागि खाए लगत्तै दायाँतर्फ फर्केर सुत्नुपर्छ । पाचन प्रक्रियामा बाधा उत्पन्न नहोस् भन्नका लागि सिरानीमा अग्लो तकिया राख्नुपर्छ । दाहिनेतर्फ कोल्टे परेर सुत्ने, दुवै हातलाई आरामदायी मुद्रामा राख्ने र दुवै घुँडालाई हल्का मोडेर पनि छाती पोल्ने समस्यामा आराम पाउन सकिन्छ

ढाडको समस्याः 
आधुनिक जीवनशैलीका कारण झण्डै ४० प्रतिशत व्यक्ति ढाड सम्बन्धी समस्याबाट ग्रसित छन् । गलत तरिकाको सुताइले पनि यो समस्या बढ्ने गरेको पाइन्छ । यस्ता समस्याबाट राहत पाउन ढाडको हड्डीलाई सीधा राख्न जरुरी छ । घुँडालाई हल्का मोडेर त्यसको बीचमा तकिया राखेर पनि ढाड दुख्ने समस्याबाट राहत पाउन सकिन्छ ।

रुघाखोकी, साइनसः 
सुत्ने तरिकालाई ठीक पारेर पनि रुघाखोकी तथा साइनसबाट राहत पाउन सकिन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ । हो, सही तरिकाले सुतेर पनि यस्ता समस्या कम गर्न सकिन्छ । रुघाखोकी वा साइनसको समस्या घोप्टो परेर सुत्दा (पेटतिर फर्केर) झनैबढ्न सक्छ । उत्तानो परेर (ढाडलाई तल पारेर सुत्ने) सुत्दा भने यो समस्याबाट राहत पाउन सकिन्छ । यसका लागि टाउको मुनि दुई वा तीनवटा तकिया राख्न सकिन्छ, ता कि टाउको शरीरभन्दा माथि रहोस् । यसले रुघाखोकीका कारणहुने समस्या कम हुन्छ ।

काँध दुख्ने समस्याः 
हरेक पटक एउटै पोजिसनमा सुत्ने बानीले काँध दुख्ने समस्या उत्पन्न हुन्छ । एकैतिर फर्केर सुत्दा काँध दुख्ने समस्या भएमा अर्कोतर्फ फर्केर सुत्नुपर्छ । त्यसबाहेक, दुईटा घुँडाको बीचमा तकिया राखेर तथा उत्तानो परेर सुते पनि यो समस्यामा राहत पाउन सकिन्छ

महिनावारीः 
महिनावारी हुँदा महिलाहरूलाई कम्मर तथा ढाडमा असह्य पीडा हुने गर्दछ । गलत तरिकाले सुतेको खण्डमा पनि यो समस्या बढ्न सक्छ । यसबाट बच्न ढाडलाई तल पारेर सुत्नुपर्छ । घुँडामुनि तकिया राख्नुपर्छ । त्यसो गर्दा ढाडको हड्डी सीधा हुनु जरुरी छ

कम्मरको दुखाइः 
युवाहरूमा कम्मर दुख्नु सामान्य समस्या हो । लामो समय एउटै पोजिसनमा सुत्ने बानी, दिनभर एउटै पोजिसनमा लामो समय बस्ने बानी तथा लामो समयसम्म पैदल हिँड्ने बानीले पनि यो समस्या बढ्ने गर्छ । उत्तानो सुतेर तथा सुत्दा दुईटा खुट्टाको बीचमा तकिया राखेर सुत्नाले पनि यो समस्याबाट राहत पाउन सकिन्छ ।

दाँत किट्ने समस्याः 
एक अध्ययनले जनाए अनुसार विश्वका झन्डै आठ प्रतिशत मानिस निदाएका बेलादाँत किट्ने गर्छन् । तनाव, चिन्ता , स्वास्थ्य सम्बन्धी अन्य समस्याका कारण पनि धेरैले दाँत किट्ने गर्छन् । सुत्दा दात किट्नु, दाँत र गिजा दुवैको लागि हानिकारक छ । यसले स्वास्थ्यमा मात्र नभई अनुहारको बनावटमा समेत असर पार्छ । अनुहारमा असर नपुगोस् भन्नका लागि पनि सही तरिकाले सुत्न जरुरी छ । ढाडलाई तल फर्काएर सुतेमा तल्लो गिजा आफ्नो स्वाभाविक ठाउँमा बस्ने गर्छ र अनुहारको मांसपेशीलाई आराम हुने गर्छ । ढाडलाई तल फर्काएर सुत्दा ओठ बन्द गर्ने, दाँतको बीचमा ग्याप राख्ने तथा टाउको र हातलाई सीधा राखेर सुत्नु पर्छ ।

गर्धन अररिने समस्याः 
गलत तरिकाको सुतेमा गदन दुख्ने तथा अररिने गर्छ । यस्तो समस्या भएमा उत्तानो परेर वा ढाडलाई तल पारेर सुत्नु पर्छ । साथै गर्धनलाई सीधा राख्नुपर्छ ।

घुर्ने समस्याः 
अधिकांश मानिसहरू सुत्दा घुर्ने गर्छन् । गलत तरिकाले सुतेका कारण पनि यस्तो भएको हुनसक्छ । सुत्ने तरिकामा गरिने थोरै फेरबदलले पनि घुर्ने समस्या निकै हदसम्म कम हुनसक्छ । घुर्ने समस्या कम गर्ने सबैभन्दा राम्रो उपाय भनेको पेट थिचेर सुत्नु हो ।

 

Our top doctor on General Physician

View All

Dr. Kabir Nath Yogi

General Physician

MBBS, MD, Consultant Physician & Chest Specialies

Dr. Kanak Bahadur KC

General Physician

MBBS, Senior Fellowship in clinical cardio-vascular medicine (General Physician)

Dr. Dipak Malla

General Physician

MBBS, MD Internal Medicine (General Physician) Endocrine Unit (Diabeties, Thyroid & Endocrinology). 

Dr. Anil Baral

General Physician

DM (Nephrology) MD (Internal Medicine)

Leave Comment