के गर्भवती महिलाले कोरोनाको खोप लगाउन हुन्छ ?

  • 30th July, 2021

गर्भवती महिलाले कोरोनाको खोप लगाउन हुन्छ ? 

गर्भवती महिलालाई खोप लगाउँदा कति सुरक्षित छ भन्ने तथ्याङ्क आइसकेको छैन । अहिलेका लागि गर्भवती महिलालाई खोप लगाउन सुझाइएको छैन । 

कोरोनाको खोप गर्भवती महिलाको लागि सुरक्षित नभएर नसुझाइएको हो ?

कोरोनाको खोप लगाउन नसुझाइएको कारण भनेको असुरक्षित भएर होइन कि कत्तिको सुरक्षित छ भन्ने तथ्याङ्कको कमीका कारणले हो । तर गर्भवती महिलाहरू कोरोना भाइरस सङ्क्रमणको उच्च खतराबाट जोगिनै नसक्ने अवस्थामा छन् । हामीले के पनि बुझ्नुपर्छ भने कुनै पनि नयाँ औषधि र खोपहरूको प्रारम्भिक परीक्षण गर्भवती महिलालाई प्रयोग गरिँदैन । गर्भवती महिलाहरुले बच्चा नजन्मिँदासम्म खोप नलगाउने योजना गरेका छन् ।

गर्भवती महिला र खोप

प्रयोगका लागि अनुमति दिइएका खोपहरूको परीक्षण गर्भवती महिलामाथि गर्न अझै बाँकी छ तर पनि त्यसको प्रभावकारिता उच्च रहने र सुरक्षित हुने विवरणहरू छन् ।  खोपले गर्भवती र स्तनपान गराउने महिलालाई खतरा हुन्छ भन्ने कुनै प्रमाण छैन । तर अहिलेसम्म पर्याप्त मात्रामा रिसर्च भइसकेको छैन । के मात्रै हो भने त्यसबारे अहिलेसम्म अध्ययनहरू भएका छैनन् ।

गर्भवती महिलालाई किन समावेश गरिएको छैन ?

महामारी नभएको समयमा पनि कुनै नयाँ खोपको प्रारम्भिक परीक्षणहरुमा गर्भवती महिलाहरुलाई समावेश गर्ने कि नगर्ने ? भन्ने कुरामा स्वतः गर्न हुँदैन भन्ने जवाफ मिल्छ । त्यसैले पनि गर्भवती महिलालाई कोरोनाको खोप कार्यक्रममा समावेश गरिएन । गर्भवती महिला, बच्चाबच्ची र बुढाबुढीलाई स्पेशल क्याटागोरीमा राख्ने गरिन्छ । गर्भवती महिलालाई केही नराम्रो असर हुने बित्तिकै उनले त्यो असर त भोग्न पर्छ साथै पेटमा रहेको बच्चाले पनि भोग्नुपर्ने अवस्था हुन्छ । त्यसैले गर्दा गर्भवती महिलालाई समावेश गरिएन । 

स्तनपान गराइरहेका महिलाहरुको लागि कोरोनाको खोप कत्तिको सुरक्षित छ ? 

सुरुमा स्तनपान गराइरहेका महिलाहरुलाई पनि कोरोनाको खोप दिइएको थिएन । पछि स्तनपान गराउने महिलाहरूले खोप लगाउनका लागि अनावश्यक र सम्भावित हानी पु¥याउने जोखिम मोलेर खोप कार्यक्रम भएका ठाउँ पुगे । तर स्तनपान गराइरहेका महिलाहरुलाई सामान्य अरु खोप लगाउँदाको जस्तै असरहरु बाहेक अरु देखिएको छैन । यसैले पनि बच्चालाई स्तनपान गराइरहेका महिलाहरुले कोरोनाको खोप लगाउनु सुरक्षित हुन्छ ।

किन गर्भवतीलाई कोरोना खोप लगाउने कि नलगाउने बारे एकमत छैन ?

गर्भवती भएका बेला खोप लगाउने कि नलगाउने भनेर फरक देशले फरक तरिका अपनाइरहेका छन् । स्तनपान गराउने महिलाले प्रयोग गर्न हुने वा नहुने भन्ने बारे कुनै खतरा थाहा नभएको र पर्याप्त तथ्यहरू थाहा नभएकोले उनीहरुले हुन्छ, असुरक्षित भएतापनि म झेल्न सक्छु भन्ने आमाहरुलाई मात्रै खोप लगाइको छ । गर्भवती महिलाहरूलाई मास्क लगाउन, सामाजिक दूरी कायम गर्न र नियमित हात धुन भने विज्ञहरुले सुझाएका छन् ।

गर्भवती महिलाको लागि कोरोना खोप कत्तिको सुरक्षित भन्ने तथ्याङ्क कहिले आउँछ ?

गर्भवती महिला समावेश गरिएको परीक्षणको नतिजा आउन “महिनौँदेखि वर्षौँ लाग्न सक्ने“ बताइएको छ । केही महिला परीक्षणमै रहेका बेला गर्भवती भएका छन् । उनीहरूलाई नियमित निगरानीमा राखिएको छ । कोरोना भाइरसले कसरी गर्भवती महिलालाई असर गर्न सक्छ भन्ने बारेमा प्रारम्भिक विवरणले मिश्रित अवस्था देखाउँछ । अमेरिकामा गर्भवती भएका बेला कोरोना भाइरस लागे धेरै असर गरेको विवरण छ भने युकेमा त्यति धेरै असर नरहेको विवरण छ । धेरै गर्भवती महिलाले भने मध्यम खालका लक्षणहरू देखिएको अनुभव गरेका छन् ।

गर्भवती महिलालाई खोप लगाउँदा के कुरामा ध्यान दिने ? 

प्रत्येक बिरामीका लागि खोप लगाउनु र नलगाउने व्यक्तिगत निर्णय हो । प्रत्येक गर्भवती महिलालाई परिणाम जे भए पनि यसबारे आफ्ना चिकित्सकहरूसँग छलफल गर्न र संव्रmमणबाट जोगिने उपायहरू अपनाउन जरुरी छ ।

गर्भवती महिलाले कोरोनाको खोप लगाउने कि के गर्ने भन्ने निर्णय लिनका लागि गर्भवती महिलामा पहिला नै कुनै स्वास्थ्य समस्या छ कि छैन भन्ने कुरा थाहा पाउन जरुरी छ । यसको लागि सङ्क्रमणको जोखिम, गम्भीर रोगको जोखिम र खोपको फाइदाहरुबारे जानकारी राख्नुपर्छ । 

स्तनपान गराउने आमाहरूलाई असर पर्छ ?

विश्व स्वास्थ्य सङ्गठनका अनुसार स्तनपान गराउने महिला वा उनीहरूका शिशु कोभिड–१९ को गम्भीर खतरामा रहेको भन्ने कुनै प्रमाण अहिलेसम्म छैन ।

खोपले प्रजनन क्षमतामा असर पार्छ ?

“कोभिड–१९ को खोपले प्रजनन क्षमतामा असर गर्छ भन्ने कुनै प्रमाण छैन । अहिले स्वीकृति दिइएका खोपहरूको परीक्षणका बेला गर्भवती महिलाहरूलाई समावेश नगरिए पनि परीक्षणका क्रममा थुप्रै महिला गर्भवती भएका छन् । प्रजनन क्षमता भएका महिलाहरूलाई पनि परीक्षणमा राखिएकोले यो कुनै असामान्य कुरा पनि होइन । भविष्यमा गर्भधारणका लागि खोपले कुनै खतरा नहुने भनेर महिलालाई आश्वस्त पार्नुपर्छ । यसको लागि रिसर्च गर्न आवश्यक छ । 

कोरोनाको खोपले रजस्वलामा के असर गर्छ ? 

सामान्य खोपको जस्तै असर देखिन्छ । यदि जटिल समस्याहरु आए भने त्यो भनेको खोपले गर्दा भएको होइन । पहिलेदेखि नै तपाईंलाई गम्भिर समस्याहरु थियो भन्ने हुन्छ । कोरोनाको खोप लगाएपछि दुई या तीन महिना रजस्वला गडबड हुनसक्छ तर यसले रजस्वला स्त्रीहरुलाई कुनै असर गर्दैन । 

के तपाईंलाई थाहा छ ? 

१. कोरोना खोप स्वस्थ्य व्यक्तिले लगायो भने सुरक्षित छ । तर रोगी व्यक्तिहरुले लगाए भने उनीहरुलाई केही गाह्रो भने हुनसक्छ । 

२. गर्भवती महिलाको शरीरमा एन्टीबडी विकास भएको छ भने बच्चामा पनि एन्टीबडी विकास हुन्छ । तर कोरोना खोपको बारेमा पर्याप्त अध्ययन नभएको कारणले यस्तै हुन्छ भन्न सकिदैँन ।

३. विश्व स्वास्थ्य संगठनले गर्भवती महिलालाई खोप लगाउन प्रोत्साहन गरेको छैन । हाललाई संक्रमणको उच्च जोखिम क्षेत्रमा काम गर्ने गर्भवती स्वास्थ्यकर्मीहरूलाई भने खोप लगाउन भनिएको छ ।

४. गर्भवती, बुढाबुढी र बच्चाबच्चीको लागि कुनै देशले पहिलो प्राथमिकतामा राखेका छन् भने कुनै देशले अन्तिम प्राथमिकतामा राखेका छन् । कोरोना खोपको प्रभावकारीता र सुरक्षित कत्तिको छ भनेर अहिल्यै भन्न सकिदैँन । अध्ययन, अनुसन्धान भइरहेको छ ।

५. नेपालमा भने गर्भवती महिलालाई कोरोना खोप लगाइएको छैन । तर गर्भवती महिलालाई कोरोना खोप लगाउनु पर्छ भनेर विज्ञहरुले सुझाएका छन् । विश्व स्वास्थ्य संगठनले भने यसबारेमा प्रष्ट बताएको छैन । छिटै नै गर्भवती महिलाको लागि कोरोनाको खोप कत्तिको सुरक्षित छ भनेर पुष्टि होला । 

६. गर्भवती महिलाहरु कोरोनाको उच्च जोखिममा छन् तर उनीहरुलाई व्यक्तिगत सरसफाई, मास्क, सामाजिक दुरी कायम राख्ने, स्यानिटाइजर प्रयोग गर्ने बारेमा मात्रै बताइएको छ ।

Our top doctor on Gynecologist

View All

Dr. Samira Shafi Khan

Gynecologist

MBBS ( Pakistan) ; MD Gyne/Obs ( Institute of Medicine TUTH, Kathmandu, Nepal)

Dr. Bhola Rijal

Gynecologist

MBBS, MD Obsterician & Gyanaecologist

Dr. Padam Raj Pant

Gynecologist

MBBS, MD Obstetrics and Gynecologist

Dr. Astha Shrestha

Gynecologist

MBBS, MD(OBSTETRICS & GYNAECOLOGY)

Dr. Smrity Mool Joshi

Gynecologist

MBBS, MD/MS in Obstetrics and Gynaecology,FMAS/Fellowship in Gynae – Oncology

Dr. Kunsang Dolma Sherpa

Gynecologist

MBBS, MD /MS (Obstetrics / Gynaecology)

Dr. Abha Shakya

Gynecologist

MBBS, MD Obstetrician & Gynecologist

Dr. Jasmine Shrestha

Gynecologist

MBBS, MD / MS (Obstetrics / Gynaecology)

Dr. Rumina Malla

Gynecologist

MBBS, MD / MS (Obstetrics / Gynaecology)

Dr. Prof. Kundu Yangzom

Gynecologist

MBBS, DGO, FRTCOG Specialty- Senior Consultant Gynecologist/Obestrician

Dr. Sampada Mishra

Gynecologist

 MBBS, MD Consultant Gynaecologist & Obstetrician

Dr. Sweta Singh

Gynecologist

MBBS(KU)MD (Obstetric & Gynecology-KU) IVF Specialist

Dr. Chandra Shobha Amatya

Gynecologist

MBBS, MCPS, DGO, Dhaka, Ranchi, FICS(USA) Genecology

Dr. Neha Humagain

Gynecologist

MBBS(KU) , MD (KU) IVF Specialist

Dr. Atit Poudel

Gynecologist

MBBS, Md in Obstetrics and Gynecology

Dr. Nira Singh Shrestha

Gynecologist

MBBS, MD Specialist - Obs & Gynecology

Dr. Junu Bajracharya

Gynecologist

MBBS, MD (Obstetrics and Genecology)

Dr. Mira Thapa

Gynecologist

MBBS, MD(IOM, TUTH), Consultant Obstetrician and Gynecologist

Dr. Rashmi Shrish

Gynecologist

MBBS, MD(IOM, TUTH), Consultant Obstetrician and Gynecologist

Dr. Meenu Suwal

Gynecologist

 MBBS, MD · Speciality - Consultant Gynecologist & Obstetrician

Leave Comment