कोरोनाको खोपले हामीलाई कति समयसम्म सुरक्षित राख्छ ?

  • 2nd August, 2021

कोरोना खोपको प्रभावकारीता कत्तिको छ ?

कोरोना खोप कतिको प्रभावकारी छ या छैन ? भनेर अनुसन्धान भइरहेको थियो । अहिले पनि कोरोनासम्बन्धी धेरै प्रश्नहरुले हामीलाई बेलाबेलामा अल्मल्याइरहेको हुन्छ । कोरोना संक्रमित भएको शिशुले नियमित खोपहरु लगाउन हुन्छ कि हुन्न ? गर्भवती महिलाले कोरोनाको खोप लगाउनुहुन्छ कि हुन्न ? सुत्केरी महिललाले कहिले कोरोना खोप लगाउने ? रजस्वला भइरहेको बेलामा कोरोना खोप लगाउने कि नलगाउने आदि । कोरोना खोपको बारेमा विस्तृत जानकारी पाउन बाँकी नै छ । यतिबेला बेलायतमा एक नयाँ अध्ययनको नतिजा बाहिर आएको छ । लण्डनको युनिभर्सिटी कलेजस्थित इन्स्टिच्युट अफ हेल्थ इन्फार्मेटिक्सका वैज्ञानिकहरुका खोपका कारण कोभिड १९ विरुद्ध बनेको एन्टीबडी १० हप्तापछि कम हुन थाल्छ भन्ने दाबीले धेरै प्रश्नहरु र खोपप्रति नै एकखाले
Covid-19 Vaccine For Kids? Five Reasons Why Experts Think It's A Bad Idea अविश्वास, वितृष्णा बढेको छ ।

कोरोनाको खोपले हामीलाई कति समयसम्म सुरक्षित राख्छ ? के पटक पटक कोरोनाको खोप लगाइरहनुपर्ने हो ?

युनिभर्सिटी कलेज लण्डन (युसिएल)को भाइरस वाच स्टडीमा पाइएको छ कि फाइजर र एस्ट्राजेनेकाको खोपबाट बनेको एन्टिबडी ६ हप्तापछि कम हुन थाल्छ । १० हप्तापछि यो केवल ५० प्रतिशत बाँकी रहन्छ । युसिएलको टिमले ५० देखि ७० वर्ष उमेर समूहका ६०५ जना खोप लगाइसकेका मानिसहरुको रगतको स्याम्पल एनालाइसिस गरेको छ । जसअनुसार सबै व्यक्तिहरुमा एन्टिबडीको लेभल अलग–अलग थियो । तर, एस्ट्राजेनेकाको खोपको दाँजो फाइजरको खोपमा अधिक एन्टिबडी पाइएको थियो ।

एस्ट्रेजेनेका र फाइजर कोरोना खोप

फाइजरको खोपको दोस्रो डोज लगाएको ६ हप्तापछि एन्टिबडीको स्तर ७ हजार ५ सय युनिट्सप्रति मिलिलिटर थियो, तर १० हप्तापछि यो घटेर ३ हजार ३२० मात्रै रह्यो । एस्ट्राजेनेकाको खोपको दोस्रो डोज लगाएकाहरुमा एन्टिबडीको स्तर १० हप्तामा १ हजार २ सय युनिट्सबाट १९० युनिटमा झरेको थियो । बेलायतको प्रतिष्ठित लान्सेट जर्नलमा
AstraZeneca and Pfizer mixed shots boost antibody levels: Study, World News  | wionews.com प्रकाशित नतिजामा अनुसन्धानकर्ताहरुले ४ हजार ५ सय सहभागीहरुमा गरिएको अनुसन्धानमा यस्तो ट्रेन्ड देखिएको दाबी गरेका छन् ।

एन्टीबडीको स्तर घट्दैमा चिन्ता लिनुपर्दैन

वैज्ञानिकहरुका अनुसार खोप लगाएको केही सातापछि एन्टीबडीको स्तर घट्दैमा चिन्तित हुनुपर्दैन । तर, अनुसन्धानकर्ताहरुले कुनै न कुनै रुपमा यसले खोपको प्रभावकारिता कम गर्न सक्ने भन्दै चिन्ता प्रकट गरेका छन् । यसको अर्थ यही कारण मानिसहरु ‘ब्रेक थु्र इन्फेक्सन’ भइरहेका छन् भन्ने पनि होइन । ‘ब्रेक थ्रु इन्फेक्सन’ भन्नाले खोप लगाएर पनि कोभिड १९ बाट संक्रमित हुने अवस्थालाई बुझिन्छ । कोभिड १९ बाट सुरक्षित राख्नका लागि एन्टिबडीको स्तर महत्वपूर्ण छ । तर इम्युन प्रणालीसँग संक्रमणविरुद्ध लड्नका शरीर आफैँले पनि एन्टिबडी बनाइरका हुन्छन् । मेमोरी बी सेल्सले भाइरसलाई याद राख्छ र संक्रमण हुँदा यसले तत्काल एन्टीबडी बनाउन थाल्छ । त्यस्तै, टी किलर सेल्सले संक्रमित सेल्सलाई निशाना बनाएर खतम गर्छ ।

 के बुस्टर डोज लगाउनुपर्छ ?

अनुसन्धानकर्ताले फाइजर र एस्ट्राजेनेकाको खोपको प्रभावकारीताको
छानविन गरेका छन् । उनीहरुका अनुसार जसले सुरुमै खोप लगाएका थिए र जसले एस्ट्राजेनेकाको खोप लगाएका थिए, उनीहरुले केही महिनापछि बुस्टर डोज लगाउनुपर्छ ।
युनिभर्सिटी कलेज लण्डनका प्रोफेसर रोब एलड्रिका भन्छन्,‘ हामीलाई थाहा छ कि एन्टिबडी सुरुमा उच्च हुन्छ र केही समयपछि कम हुनथाल्छ । यदी यही रफ्तारमै एन्टीबडीको लेभल गिर्न थाल्यो भने खोपको सुरक्षा पनि कम हुन थाल्नेछ । हाम्रा लागि ठूला सवाल यस्तो कहिले हुन्छ भन्ने हो ?’

उनले भने, ‘जोखिमलाई नाप्ने उत्कृष्ट तरिका एन्टिबडीमात्रै होइन । हामीलाई यसको म्याजिक नम्बर के हो भन्ने थाहा छैन । जब संक्रमण र अस्पताल भर्ना हुने खतरा कम हुनेछ । तब हामीले यस म्याजिक नम्बर पत्ता लगाउनु जरुरी हुन्छ ।’

बुस्टर डोजलाई लिएर अलग–अलग देशमा के भइरहेको छ ?

फाइजरले ब्रेक थ्रु इन्फेक्सनका घटना बाहिर आएपछि बुस्टर अर्थात् तेस्रो डोज आवश्यक पर्ने जनाएको थियो । यसपछि इजरायलसहित केही देशमा उच्च जोखिम समूह  अर्थात् कुनै गम्भिर खाले रोगसँग जुधिरहेका मानिसहरुलाई बुस्टर डोज लगाउन थालिएको छ । बुस्टर डोज लगाउन आवश्यक पर्नुको एउटा कारण डेल्टा भेरियन्ट पनि हो । अहिले यो भेरियन्ट १ सय २५ भन्दा धेरै देशमा सक्रिय छ । 

बुस्टर डोजको बारेमा अझै अन्यौल

अमेरिकाले पनि मानिसहरुलाई बुस्टर डोज जरुरी पर्नसक्ने जनाएको छ तर यसबारे थप अध्ययन हुँदैछ । खोपको मिक्स एन्ड म्याच रणनीतिबारे पनि विचार हुँदैछ । अनुसन्धानको
How much protection does Covid booster dose provide against Omicron? - The  Economic Timesनतिजापछि यस विषयमा फैसला लिइनेछ । विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) का अनुसार बुस्टर डोज कति जरुरी छ भन्ने विषयमा कुनै वैज्ञानिक आधार पुष्टि भइसकेको छैन । ‘विकसित देशमा खोपको बुस्टर डोज दिइनुको साटो खोपको अभावसँग जुधिरहेका देशहरुमा खोप वितरण गर्नु आवश्यक छ ।

फरक–फरक भेरियन्टविरुद्ध खोप कति प्रभावकारी छ ?

खोपले सबै भेरियन्टविरुद्ध एन्टीबडी बनाइरहेको छ । बेलायतमा फाइजर र मोडर्ना खोपको प्रभावकारीताबारे गरिएको अध्ययनले डेल्टा भेरियन्टबाट संक्रमित व्यक्तिलाई गम्भीर हुनबाट जोगाउन यो खोप ९६ प्रतिशत सफल रहेको देखाएको थियो ।

एन्टीबडी घट्दै गएको कसरी थाहा पाउने ? 

यसको लागि एन्टीबडी टेस्ट गर्न सकिन्छ । यो सुविधा धेरै अस्पतालहरुमा उपलब्ध छ । 

Our top doctor on General Physician

View All

Dr. Kabir Nath Yogi

General Physician

MBBS, MD, Consultant Physician & Chest Specialies

Dr. Kanak Bahadur KC

General Physician

MBBS, Senior Fellowship in clinical cardio-vascular medicine (General Physician)

Dr. Dipak Malla

General Physician

MBBS, MD Internal Medicine (General Physician) Endocrine Unit (Diabeties, Thyroid & Endocrinology). 

Dr. Anil Baral

General Physician

DM (Nephrology) MD (Internal Medicine)

Leave Comment