अहिले धेरैलाई किन ढाड दुखिरहेछ ? ढाड दुखाईबाट कसरी छुटकारा पाउन सकिन्छ ?

  • 10th October, 2021

अहिले लामो समय एकै ठाउँमा बसेर काम गर्ने अर्थात टेबल वर्क गर्ने बानीका कारण ढाड दुख्ने समस्या सामान्य भएको छ । भागदौडको जीवन, लामो समयसम्म कम्प्युटरमा बसेर काम गर्ने, गलत तरिकाले एकै ठाउँमा बस्ने तथा व्यायाम नगर्ने बानीका कारण पनिWorking from Home? Here are 8 tips to reduce back pain caused by long  sitting hours पहिले पहिले ५० वर्ष नाघेपछि मात्र देखा पर्ने यस्ता समस्या हिजोआज जसलाई पनि भएको सुनिन्छ । ढाड दुख्ने समस्या विशेषगरी सहरी क्षेत्रमा अझै बढी देखिन्छ।

त्यसो त ढाड दुख्ने समस्या कष्टकर हुनुका साथै असहज पनि हुन्छ । यद्यपि यो समस्या  गम्भीर भने हुँदैन ।

ढाड दुख्ने समस्या ढाडको हड्डी, मांसपेशीको मजबुती, लिगामेन्टले कसरी काम गरिरहेको छ र त्यो एकआपसमा कसरी जोडिएको छ भन्ने कुरामा आधारित हुने गर्छ ।

ढाड दुख्नु भनेको के हो ?

समान्यतयाः गर्दनको पछाडी (घिच्रो) र नितम्ब (चाक) बीचको मध्यरेखामा हुने दुखाईलाई ढाड दुख्नु भनिन्छ । मेरुदण्डको निर्माणमा सहभागी हड्डी र मांसपेशी लाई असर गर्ने रोग र अवस्थाले ढाड दुख्छ । यस्तो दुखाई मेरुदण्ड मा जहाँ कहिँ पनि हुन सक्दछ । तर मुख्य गरेर मेरुदण्डको तल्लो भागको समस्या बढी देखिएको छ । मांसपेशी कडा भए झैँ अथवा घाऊ भए झैं अथवा खुट्टा पसार्दा वा मेरुदण्ड चल्दा भएको तीब्र दुखाई दुखेको ठाउँ बाट अन्यत्र सरे झैं अनुभव हुन्छ ।

 

ढाड दुख्नुका कारणहरू केके हुन् ?

शारीरिक एवं चोटपटक सम्बन्धी कारणहरूः मेरुदण्ड भाँच्चिनु वा मेरुदण्डको भाग चिरिनु, मेरुदण्डको आन्तरिक भाग उछिट्टिनु, मेरुदण्ड र जोर्नी सम्बन्धी जन्मजात समस्या हुनु ।

वाथ एवं हड्डी खिइने रोगः वाथ अर्थात् विभिन्न कारण ले जोर्नी दुख्ने र सुन्निने रोग र उमेर अनुसार मेरुदण्ड खिइने र नशा थिचिने समस्या ले ढाड दुख्न सक्छ । तेस्तै  हड्डी को संक्रमण, हड्डीको मासी (क्याल्सियमको कमीले हड्डी कमजोर हुनु), अस्थिमृदुता आदि ले पनि ढाड दुख्न सक्छ ।

पछाडिको मांसपेशीमा तनावः जुन अत्यधिक भारोत्तोलन, भार अनुपयुक्त तरीकाले उचाल्नु, नमिल्दो आसन र नियमित व्यायामको कमीका कारण हन्छ ।

मूत्रनलीको समस्याः जस्तै मृगौलामा पानी जम्नु, मृगौलाको पत्थरी, मूत्राशय, मूत्रनलीको तल्लो भागमा संक्रमण आदिद्वारा तल्लो ढाडमा  दुखाई हुन सक्दछ ।

 

यी बाहेक निम्न कारणले पनि ढाड दुख्छःत्यसबाहेक यी कारणले पनि ढाड दुख्नसक्छः

–मानसिक तनावWoman, folded arms resting on balcony railing, face resting on hand, gazing out, sad, depressed, hopeless, in emotional pain

–डिप्रेसन वा बेचैनी

–लामो समयसम्म एकै ठाउँमा बसेर गर्ने काम–धूमपान, मदिरापान

–समयमा नसुत्नु

–मोटोपना

–अत्यधिक शारीरिक श्रम

गर्भावस्था, महिनावारीमा  र महिनावारी पछिको समयमा सामान्यतयाः ढाड दुखेको हुन्छ।

 

कस्तो अवस्थामा डाक्टरलाई भेट्ने ?

  • दैनिक जीवनका क्रियाकलाप नै गर्न नसकिने गरी ढाड दुखेमा ।
  • ज्वरो र सामान्य विसन्चो सँगै ढाड दुखेमा ।
  • ढाडको दुखाई कडा भएमा, केही समय पछि निको नभएमा वा आराम गर्दा वा उत्तानो पर्दा पनि दुखेमा ।
  • खुट्टामा झमझम वा कमजोरी भएमा वा उभिँदा वा हिड्दा गाह्रो भएमा ।
  • यदि आन्द्रा वा मूत्राशयमा नियन्त्रण नभएमा 

 

ढाड दुखाईको उपचार :

  • ढाडको दुखाईको उपचार दुखाई के कति कारणले भएको हो सोही अनुसार गर्नुपर्दछ । ढाडको दुखाईको पहिचान रक्त परीक्षण, मूत्र परीक्षण, एक्सरे,X-rays: Overview, side effects, risks, and more सीटी स्क्यान, एम.आर.आई आदि विभिन्न तरीकाबाट गर्न सकिन्छ। उपचारको मुख्य लक्ष्य दुखाईबाट छुटकारा पाउनु र हिडडुलमा सहयोग पुर्याउनु हो ।
  • दुखाई र जलन कम गर्न इबुप्रोफेन, पारासिटामोल जस्ता जलन/सुजन प्रतिरोधक ननस्टेरोइड औषधीहरूको आवश्यकता पर्दछ । तातो वा बरफको स्थान विशेषमा गरिने प्रयोगले पनि जलन र दुखाई लाई कम गर्न सक्दछ ।
  • ओछ्यानमा सुतेर गरिने पूर्ण आरामलाई राम्रो मानिदैन । सहन सकिने हलुका काम गर्नु राम्रो हुन्छ । चिसो वा तातो ले सेक्ने जस्ता घरेलु उपचार ले कम नभएमा चिकित्सक ले दुखाई कम गर्ने औषधी दिन सक्दछन् ।
  • हड्डी खिइने रोगबाट ढाड दुख्ने भएमा पर्याप्त क्याल्सियम सहितको भोजन सँगै हर्मोनको उपचार गर्नुपर्दछ ।
  • हाडमासीको संक्रमणको उपचार सही एण्टिवायोटिकद्वारा गरिन्छ ।
  • मूत्रनली को समस्याका कारण ढाड दुख्ने भएमा कारण र समस्या अनुरूप एण्टिवायोटिक वा शल्यक्रिया वा दुबै द्वारा उपचार गरिन्छ ।

 

ढाड दुखाईमा घरेलु उपचार :

  • भूईमा लम्पसार परेर मांसपेशीको तल्लो भागलाई तन्काउने र मांसपेशीको तल्लो भागलाई तन्काउन घुंडा खुम्च्याएर छातीमा ल्याउने ।
  • मनौबैज्ञानिक तनाव र थकाईसँग सम्बन्धित ढाडको दुखाई कम गर्न नियमित हल्का व्यायाम गर्न सकिन्छ ।
  • ढाडको मालिसले बाउँडिएको निको भई ढाडको दुखाई कम गर्न मद्दत पुग्दछ र मांसपेशीमा संचो हुन्छ। दुखाई मार्न मल्हमसँगै मालीसले पनि दुखाइमा काम गर्छ ।
  • मनतातो पानीमा नुहाउनाले सामान्य तनाव दूर हुन्छ र संचो हुन मद्दत पुग्दछ । मनतातो पानीले बाउँडिएको र तन्किएको मांसपेशीमा संचो हुन्छ । पानीको तापक्रम ४० डिग्री सेल्सियस भन्दा बढी हुनुहुँदैन ।
  • नरम तकिया सँगै नरम तन्नामा आरामदायक सुताईको वातावरण बनाउनुपर्छ।
  • यदि अन्य विधिद्वारा बाँउडिएको कम गर्न मद्दत नपुगे वा दुखाई लामो भएमा दुखाई कम गर्न ५०० मिलिग्रामको ओरल पारासिटामोल औषधी प्रयोग गर्नुपर्दछ । दुखाई कम गर्ने अन्य औषधी लिनु भन्दा अघि चिकित्सकसँग सम्पर्क गर्नुपर्दछ ।
  • लामो समयसम्म कुप्रिएर बस्न हुँदैन । प्रत्येक २० देखि ३० मिनटसम्म उठबस गर्ने र खुट्टा तन्काउने गर्नुपर्दछ । बस्दा डँडाल्नोलाई सिधा राखी सामान्य बसाई हुनुपर्दछ ।
  • छोटो कुर्कुच्चा भएको र आरामदायक जुत्ता लगाउनुपर्दछ । अग्लो कुर्कुच्चा भएको जुत्ताले झन् बढी गाह्रो र असर पार्न सक्दछ । साथै तल्लो डँडाल्नोमा दबाब सिर्जना गर्न सक्दछ ।
  • विशेषतः गर्भावस्थामा र बच्चा जन्मिसकेपछि केही महीना लामो समयसम्म उभिनु हुँदैन ।
  • लामो समय उभिएर गर्ने काम नगर्ने ।
  • खानासँगै पर्याप्त मात्रामा क्याल्सियम र भिटामिन डी लिने ।

 

ढाड दुख्ने समस्यामा के गर्ने के नगर्ने ?

  • आफूलाई फिट राखेर पनि ढाड दुख्ने समस्या लगायतका विभिन्न समस्याबाट बच्न सकिन्छ । नियमित रूपमा शारीरिक कसरत गरेर तथा बसाइलाई व्यवस्थित गरेर पनि ढाड दुख्ने समस्या कम गर्न सकिन्छ ।
  • ढाड दुख्ने समस्याबाट बच्ने अर्को राम्रो उपाय भनेको आफूले काम गर्ने ठाउँलाई आरामदायी बनाउनु हो । कामको दौरान बेला बेलामा शरीरलाई तन्काउने, शरीरलाई आराम दिलाउने, झुक्दा होस पुर्‍याउने तथा सही आसनमा बस्ने गर्नुपर्छ ।
  • स्वस्थ खानपानले शरीरलाई अतिरिक्त तौल बढ्नबाट नियन्त्रण गर्ने मात्र हैन, यसले शरीरमा अतिरिक्त दवाव पर्न दिँदैन ।
  • सुत्ने तरिकामा सामान्य बद्लाव ल्याएर पनि ढाड दुख्ने समस्या कम गर्न सकिन्छ । विशेषगरी बेलाबेलामा दायाँबायाँ फर्केर तथा खुट्टाको बीचमा तकिया राखेर पनि ढाड दुख्ने समस्या कम गर्न सकिन्छ ।
  • तनावका कारण पनि ढाड दुख्ने समस्या बढ्ने गर्छ । त्यसैले, योग ध्यान गर्ने, लामो लामो सास लिने गर्नुपर्छ । यसले तनाव त कम हुन्छ नै, दिमाग समेत शान्त रहन्छ ।
  • धूमपानले पनि ढाड दुख्ने समस्या बढ्ने गर्छ । धूमपान त्याग्नाले ढाड दुख्ने समस्या कम हुने गर्छ । त्यति मात्र हैन, यसले क्यान्सर, मधुमेह लगायत जीवनशैलीसित सम्बन्धित रोगको जोखिम कम गर्न समेत मद्दत गर्छ ।

 

Our top doctor on Pain Management

View All

Dr. Diptesh Aryal

Pain Management

MBBS, MD (Anesthesia), Clinical Fellowship in Critical Care Medicine Anaesthesia and of Critical Care

Dr. Ninadini Shrestha

Pain Management

MD (Anasthesia), Fellowship ( Pain Management, India)

Leave Comment