कोरोनाविरुद्धको खोप लगाइसकेपछि रक्सी खान हुन्छ कि हुँदैन ? 

  • 10th December, 2021

रक्सीले कोरोना खोपको प्रभावकारीमा ह्रास ल्याउँछ कि ल्याउँदैन ? 
विभिन्न सञ्चारमाध्यम र टेलिसिरियलमा पनि रक्सी खाने मान्छेलाई कोरोना नलाग्ने भनेर व्यापक प्रचार र ट्रोल बनाएर उडाउने काम गरियो । रक्सी खाएर कोरोनासँग लड्न सकिने र रक्सी नखाँदा कोरोनासँग लड्न नसकिने हुन्छ भन्ने मानसिकतामा धेरै व्यक्तिहरु परेका थिए । यस विषयमा धेरै खोज अनुसन्धान पनि गरियो । 
alcohols: 10 alcoholic drinks and their magic ingredients - Vodka | The  Economic Times
खासगरी हामीले खाने खानेकुराहरुको उचित मात्रा मिलाउन सकियो भने हरेक कुरा औषधी या अमृत बन्न सक्छन् । होइन भने हानी नगर्ने भनिएका खानेकुराहरु अत्याधिक मात्रामा खाँदा त्यसले असर गर्दछ । खान जाने जे पनि अमृत र खान नजाने जे पनि विष । यहीँ कुरा रक्सीमा पनि लागु हुन्छ । 
अहिलेसम्म एक वा दुइ पेगसम्म पिउँदा मदिराले मानिसको शरीरभित्र रोग प्रतिरोधी क्षमताको प्रभाव घटाएको कुनै उदाहरण फेला परेको छैन । बरु कतिपय अध्ययनले त लामो अवधिसम्म थोरै वा ठिक्कको मदिराले मानिसको शरीरभित्र तनावलाई अलिक कम गरिदिएर उल्टै रोगप्रतिरोधी क्षमतालाई सघाउ नै पु¥याउने देखाएको छ ।
अर्कातर्फ लगातार लामो समयसम्म असाध्यै मात्तिने गरी पिउने मदिराले मानिसको रोग प्रतिरोधी क्षमतालाई निस्तेज पारिदिनसक्ने र त्यसले सम्भवत भ्याक्सिनले गर्ने कामलाई पनि प्रभावित पारिदिनसक्ने विज्ञहरुले बताएका छन् । मानिसले भ्याक्सिन लगाइसकेपछि पनि शरीरभित्र कोरोना भाइरसविरुद्ध एन्टीबडीको रक्षात्मक मात्रा पूर्ण रुपमा तयार पार्न केही सातै लाग्न सक्छ। यस्तो बेलामा शरीरभित्रको रोग प्रतिरोधीलाई व्यवधान गर्ने कुनै पनि कुराले पक्कै पनि असर पार्न सक्ने हुन्छ ।
‘यदि तपाईँ भलाद्मी (मोडरेट) पाराले मदिरा पिउनु हुन्छ भने भ्याक्सिन लगाएको समय आसपास पिइदिँदा पनि खासै असर पर्दैन,’ युनिभर्सिटी अफ क्यालिफोर्नियाको इरभिनस्थित सेन्टर फर भाइरस रिसर्चका निर्देशक इल्हाम मेस्साउदी भन्छन्, ‘तर, त्यो भलाद्मी पाराले भन्ने कुरामा पनि धेरै ध्यान दिइनु पर्छ किनभने त्यो मात्रा बढ्ने बित्तिकै त्यसले पार्ने असर असाध्यै भयावह हुनसक्छ । मात्रा पार गर्नेबित्तिकै त्यसले अत्यन्तै तीब्र गतिमा शरीरको रोग प्रतिरोधीदेखि लिएर सम्पूर्ण शारिरिक प्रणालीलाई नै ध्वस्त पार्न सुरु गरिदिन सक्छ ।’
               भलाद्मी पाराले पिउनुको अर्थ हो पुरुषका हिसाबले सामान्यतयाः दिनको दुई मात्रा (एक मात्रामा पाँच औंस वाइन, डेढ औंस रक्सी वा १२ औंस बियर हुन्छ) पिउन सकिन्छ । त्यसैगरी महिलाहरुको हकमा बढीमा एक मात्रा । जुनसुकै परिस्थितिमा पनि पुरुषले चार अथवा त्यसभन्दा बढी मात्रा वा महिलाले तीन वा त्यसभन्दा बढी मात्रा पिउनुलाई अत्यधिक मानिन्छ ।
गत डिसेम्बर महिनामा रुसी स्वास्थ्य अधिकारीहरुले भ्याक्सिन अभियान सुरु भएसँगै मदिराको विषयलाई लिएर दिएका प्रतिक्रियाहरुसँगै यस विषयमा सबैको ध्यान आकर्षित भएको थियो । रुसी अधिकारीहरुले भ्याक्सिन लगाउनुभन्दा दुई साता पहिलेदेखि नै मदिरापान बन्द गर्नुपर्ने आव्हान गरेका थिए। त्यसैगरि भ्याक्सिन लगाइसकेपछि अर्को ४२ दिन मदिराको परहेज गर्नुपर्ने उल्लेख गरेका थिए ।
त्यतिबेला ती अधिकारीहरुको भनाइ उल्लेख गर्दै रोयटर्स समाचार संस्थाले मदिराले मानिसको शरीरले कोरोना भाइरसविरुद्ध रोग प्रतिरोधात्मक शक्ति विकास गर्ने क्रममा नकारात्मक असर पार्ने जनाएको थियो । ती महिला अधिकारीको यो भनाइले रुसमा कडा प्रतिरोध जन्माएको थियो। रुस विश्वमै अत्यधिक मदिरापान गरिने मुलुकमध्येमा पर्छ ।
यता अमेरिकामा पनि केही विज्ञहरुले भ्याक्सिन लगाउँदाको आसपास मदिरा पिउनु हुन्छ कि हुँदैन भन्ने मामलामा रुसमा जस्तै धारणा आफूहरुले पाएको उल्लेख गरेका थिए ।
‘हाम्रा नियमित विरामीहरुबाट यो मामलामा धेरै प्रश्न र जिज्ञासा हामीले पनि झेल्दै आइरहेका छौं,’ युनिभर्सिटी अफ नेब्रास्का मेडिकल सेन्टरको कोभिड संक्रमित रोग हेर्ने टिमलाई निर्देशित गर्दै आएकी एसोसिएट प्रोफेसर डा.एन्जेला हेवलेट भन्छिन्, ‘भ्याक्सिन लगाएपछि त्यसको नियम के हो भन्ने बारेमा सबैजसो मानिसमा जिज्ञासा हुनु स्वाभाविकै पनि हो ।’
कोरोनाको कहर अघि पनि जे जति अनुसन्धानहरु भएका थिए वा भ्याक्सिनहरु आएका थिए त्यसको आधारमो अत्यधिक मात्रामा मदिराको सेवनले ब्याक्टेरिया वा भाइरसले हुने रोग प्रतिरोधात्मक शक्तिलाई क्षीण बनाइदिन्छ ।
यस्तो अवस्थामा कोभिड भ्याक्सिन लगाएपछि सकेसम्म पिउँदै नपिउनु उत्तम हुने युनिभर्सिटी अफ नेब्रास्काकी डा. हेवलेट बताउँछिन् । कहिलेकाँहि ‘नाइँ’ भन्न अप्ठेरै परेको अवस्थामा चाहिँ एक गिलाससम्म स्याम्पेन वा यसो लिएजस्तो गरेर मात्र पिइने थोरै मदिराले चाहिँ समस्यामा नपारिहाल्ने उनी स्पष्ट पार्छिन् ।
डा. हेवलेटका अनुसार अमेरिकाको औषधि नियामक निकाय (फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन)ले हालसम्म स्वीकृति जनाएका जे जति भ्याक्सिनहरु छन् तिनले मदिराका बारेमा खासै केन्द्रित भएर कुनै जानकारी सार्वजनिक गरेको छैन । मदिराले ती भ्याक्सिनको प्रभावकारितामा केही असर गर्छ कि गर्दैन भनेर कसैले पनि खुलाएको छैन । उनका अनुसार यस्ता तपसिलका विषयहरुमा भविष्यमा थप जानकारीहरु आउँदै जाने पनि हुनसक्छ ।
 भलाद्मी पाराले पिइने मदिराले भने यस्ता असरहरु पार्दैनन ्। एउटा अध्ययनको क्रममा वैज्ञानिकहरुले ३ सय ९१ जना भलाद्मी तवरले मदिरा पिउनेहरुमा स्वासप्रश्वासजन्य भाइरसहरुको संक्रमण गराएर परीक्षण गरेका थिए । त्यसमा चुरोट नपिउनेहरुका हकमा भने कसैलाई पनि चिसोले प्रभाव पारेको देखिएन ।
त्यसैगरी एउटा अर्को अध्ययन चाहिँ बाँदरहरुमा गरिएको थियो । डा. मेसाउदी र उनको समूहले बाँदरहरुलाई सात महिनासम्म मनलाग्दी मदिरा पिउन दिएका थिए । त्यसपछि 
Monkey drinking alcohol| Viral Video: Monkey opens liquor bottle with  mouth, drinks like a boss at a theka in Madhya Pradesh - WATCH | Trending &  Viral News तिनीहरुको शरिरमा ‘पोक्स भाइरस’ विरुद्धको भ्याक्सिन लगाइदिएर त्यसले कस्तो प्रतिक्रिया जनाउँछ भनेर अवलोकन गरिएको थियो। त्यतिबेला जुन जुन बाँदरहरुले सात महिनासम्म अत्यधिक आनन्द लिएर धेरै नै मदिरा पिएका थिए उनीहरुको शरिरले भ्याक्सिन लगाएपछि पनि त्यसले अत्यन्तै कम मात्र प्रभाव पारेको देखाएको थियो ।
अर्कातर्फ थोरै मात्र मदिरा पिउने बाँदरहरुका हकमा भने असाध्यै कडा किसिमले भ्याक्सिनले रोग प्रतिरोधी क्षमता बढाएको देखाएको थियो । यी थोरै मात्र मदिरा पिउने बाँदरहरुको रोग प्रतिरोधी क्षमता ठ्याम्मै मदिरा नपिउने अर्काथरि बाँदरभन्दा पनि बढी देखिएको थियो ।
अत्यधिक मदिराले असर पार्ने अर्को पनि कारण छ । कोभिड भ्याक्सिनकै कारणले हुनसक्ने ज्वरो आउने, शरीर दुख्ने जस्ता समस्यालाई पनि अत्यधिक मात्राको मदिराको नशा उत्रिएपछिको अवस्थाले थप वृद्धि गरिदिन सक्छ ।

 

Our top doctor on General Physician

View All

Dr. Kabir Nath Yogi

General Physician

MBBS, MD, Consultant Physician & Chest Specialies

Dr. Kanak Bahadur KC

General Physician

MBBS, Senior Fellowship in clinical cardio-vascular medicine (General Physician)

Dr. Dipak Malla

General Physician

MBBS, MD Internal Medicine (General Physician) Endocrine Unit (Diabeties, Thyroid & Endocrinology). 

Dr. Anil Baral

General Physician

DM (Nephrology) MD (Internal Medicine)

Leave Comment