स्वस्थ तरिकाले ड्राइ फ्रुट्स खाने तरिका

  • 31st October, 2022

किसमिस
किसमिसले हामीलाई कब्जियत र रक्तअल्पताबाट राहत दिलाउँछ। यसले हाड र आँखालाई पनि स्वस्थ राख्छ। यसमा भएको भिटमिन बी कम्प्लेक्स र कपरले आरबीसी बन्न मद्दत गर्छ। यसमा भिटामिन ए, बी, सी र खनिज तत्त्वहरु पाइन्छ। अरु ड्राइ फ्रुट्सको तुलनामा किसमिसमा कार्बोहाइड्रेट बढी हुन्छ।

बदाम
बदाममा मोनोस्याचुरेटेड फ्याटी एसिड पाइन्छ, जसले हाम्रो मुटुलाई फइदा गर्छ। बदामले एलडीएल घटाउने र एचडीएल बढाउने हुनाले, यो हाम्रो स्वास्थ्यको लागि फाइदाजनक हुन्छ। बदाममा भिटामिन ई पनि प्रशस्त मात्रामा पाइन्छ। यसमा काजुमा जति नै क्यालोरी पाइन्छ, तर यसमा स्याचुरेटेड फ्याट थोरै हुनाले काजु भन्दा बदाम बढी खान मिल्छ।
बदाममा सोडियमको मात्रा असाध्यै कम र पोटासियमको मात्रा धेरै हुनाले उच्च रक्तचाप र मुटुको बिरामीको लागि काजुभन्दा बदाम खानु राम्रो हुन्छ। अरु ड्राइफ्रुट्सको तुलनामा बदाम बढी राम्रो हुन्छ।

काजु
काजुमा मोनोअनस्याचुरेटेड फ्याटी एसिड पाइन्छ, जस्लेमेटेलाई फाइदा गर्छ। काजुले एलडीएल घटाउने र एचडिएल बढाउने हुनाले, यो स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। काजुमा पाइने जी ज्यान्थिन रसायनले आँखालाई स्वस्थ बनाइराख्छ। तर यस्मा बढी मात्रामा क्यालोरी पाइने हुनाले एक दिनमा ५–१० वटाभन्दा बढी खानु हुँदैन। यस्मा सोडियमको मात्रा बढी हुनाले उच्च रक्तचापको बिरामीले यो धेरै खानु हुँदैन। अरु ड्राइ फ्रुट्सको तुलनामा काजुमा स्याचुरेटेड फ्याट बढी हुन्छ। यस्मा भिटामिन ए, बी, सी र खनिज तत्त्वहरु पनि पाइन्छ।

मधेसी बदाम
 मधेसी बदाममा मोनोअनस्याचुरेटेड फ्याटी एसिड पाइन्छ, जस्ले मुटुलाई फाइदा गर्छ। बदामले एलडीएल घटाउने र एचडिएल बढाउने हुनाले, यो हाम्रो स्वास्थ्यको लागि फाइदाजनक हुन्छ। यस्मा भिटामिन, मिनरल्स र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ। यसमा राम्रो किसिमको अमिनो एसिड पाउने हुनाले, यसले हाम्रो शरीरको बृद्धि विकासमा मद्दत गर्छ। यसमा पाइने रसायनले क्यान्सर, मुटुरोग र नसारोग आदि हुनबाट बचाउँछ

पास्ता
पास्तामा मानोअनस्याचुरेटेड प्रशस्त मात्रामा पाइन्छ, जस्ले एलडिएल घटाउँछ र एचडिएल बढाउँछ। यसमा भिटामिन इ, बी कम्प्लेक्स र एन्टि अक्सिडेन्ट पनि प्रशस्त मात्रामा पाइन्छ, जसले हाम्रो शरीरलाई विभिन्न रोग लाग्नबाट बचाउँछ। यसमा आइरन, म्याङगानिस, कपर, पोटासियम, क्याल्सियम, म्याग्निसियमर जिङ्क र सेलेनियम पनि पाइन्छ।

ओखर
ओखरमा मिनेरल र भिटामिन प्रशस्त मात्रामा पाइन्छ, जस्ले हाम्रो स्वास्थ्यलाई राम्रो बनाउँछ। यसमा ७२ प्रतिशत मोनो अनस्याचुरेटेड फ्याटी एसिड पाइन्छ, जसले जसले एलडिएल घटाउँछ र एचडीएल बढाउँछ। यसमा ओमेगा–३ फ्याटी एसिड प्रशस्त मात्रामा पाइन्छ, जसले उच्च रक्तचाप, मुटुरोग, मस्तिष्काघात र विभिन्न क्यान्सर हुनबाट रोक्छ।
यसमा भिटामिन ई र भिटामिन बी कम्प्लेक्स प्रशस्त मात्रामा पाइन्छ। यसमा पाइने फाइटो केमिकलले क्यान्सर र इन्फ्लामेसन हुनबाट रोक्छ। यसमा आइरन, म्याङ्गानिस, कपर, पोटासियम, क्याल्सियम, म्याग्निसियमर जिङ्क र सेलेनियम पनि पाइन्छ।

बदाम, ओखर,काजु, आदि सुख्खा फलफूलहरुमा अनस्याचुरेटेड फ्याट धेरै भएको हुनाले रगतमा नराम्रो कोलेस्ट्रोल बढाउँदैन, बरु राम्रो कोलेस्ट्रोलको स्तरलाई बढाउँछ।

तर ड्राइ फ्रुट्स खाने बेलामा यी कुरामा ध्यान दिन जरुरी हुन्छ–
१ ड्राइ फ्रुट्मा नुन, तेल र घ्यु नमिसाउने।
२ यसलाई तेलमा नभुट्ने।
३ धेरै बेरसम्म पानीमा नउमाल्ने।
४ नुन हालेको ड्राइफ्रूट बजारबाट नकिन्ने।
५ सस नहाल्ने।
६.बदाम छ भने भिजाएर बिहान खाँदा राम्रो । 
७. थोरै खाने तर दिनदिनै खाने ।

Our top doctor on Dietician/ Nutritionist

View All

Dr. Praniti Singh

Dietician/ Nutritionist

M.Sc in Foods and Nutrition, B.Sc. Life Sciences from Jai Hind College, Mumbai

Dr. Chandramala Awasti

Dietician/ Nutritionist

Master in Food and Nutrition (TU), B.Tech-Food (PU)

Leave Comment