स्याउ खानुका फाइदाहरु जानिराख्नुहोस् ।

  • 21st October, 2022

स्याउ खानुका स्वास्थ्य फाइदाहरू अनगिन्ती छन्। स्वस्थ फाइबर, भिटामीन अनि कार्बोहाइड्रेटले भरिएको स्याउ दैनिक सेवन गर्न विश्वका सबै चिकित्सकहरू सल्लाह दिन्छन्। भोक लागेको बेलामा पनि स्याउ खाँदा केहि बेरको लागि भएपनि भोकलाई टाढा राख्दछ। स्याउ खानुका फाइदाहरु निम्न छन्ः 

1. सेतो र स्वस्थ दाँत :  स्याउ चपाँउदा र टोक्दा निस्कने रयालले दाँत सड्नबाट बचाउनुको साथै ब्याक्टेरियाको संख्या घटाउछ ।
2. अल्जाइमर हुन दिदैन : स्याउले मस्तिस्कलाई बुढो हुन दिदैन र हरदम स्वस्थ र तन्दुरुस्त राख्छ ।
3. मधुमेहलाई नियन्त्रित गर्छ
स्याउको सेवनले शरीरमा टाइप २ मधूमेहको खतरालाई कम गर्दछ । यसमा पाईने तत्वले शरीरमा ग्लूकोजको कमीलाई पुरा गर्दछ ।
4. कोलेस्टेरोल घटाउँछ :  स्याउमा पाइने घुलनसिल फाइबर आन्द्राको चिल्लो पदार्थसंग बाधिन्छ र शरीरमा कोलेस्टेटोलको मात्रा कम हुन्छ ।
5. स्वस्थ मुटु :  स्याउमा पाइने फाइबरले धमनीका भित्ताहरुमा कोलेस्टेरोल जम्न नदिइ रक्तसञ्चारलाई स्वस्थ बनाई राख्छ ।
6. पित्तथैलीको पत्थरी :  पित्तथैलीमा भएको पित्तमा कोलेस्टेरोलको मात्रा बढी भएमा त्यो जम्न गई पत्थरी हुन्छ । स्याउ खाँदा त्यसमा भएको फाइबरले कोलेस्टेरोलको मात्रा घटाई पित्तथैलीको पत्थरी हुन दिदैन ।
7. झाडा पखला तथा कब्जियत : स्याउमा भएको फाइबरले झाडा पखलाको बेला धेरै पानी सोसी झाडा पखला नियन्त्रण गर्छ । त्यसैगरी कब्जियत भएको बेला त्यहि फाइबरले कोलनबाट पानी तानी कब्जियत निकोपार्न मद्दत गर्छ ।
8. कलेजोको शुद्धिकरण :  शरीरमा छिर्ने खानामा धेरै विषालु पदार्थहरु रहेका हुन्छन् । त्यसलाई शरीरको रक्तसञ्चार प्रक्रियासम्म पुग्नबाट रोक्ने काम कलेजोले गर्छ । जसले गर्दा कलेजोमा विषालु पदार्थ भरिएको हुन्छ । स्याउ एक त्यस्तो फल हो जसले कलेजोलाई शुद्ध र सफा गर्न मद्दत गर्छ ।
9. रोेगप्रतिरोधात्मक क्षमता : स्याउमा पाइने क्यूएरसेटिन नामक एन्टी अक्सिडेन्टले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।
10. सुन्दरता बढाउँछ
स्याउको सेवनले तपाईको अनुहारमा हुने कालो र सेतो धब्बा कम हुन्छ । जसको कारणले तपाई आकर्षक देखिन थाल्नुहुन्छ ।
11. हड्डीलाई बलियो बनाउँछ
स्याउमा पाईने क्याल्शियमका कारण प्रतिदिन स्याउको सेवन गर्दा वा स्याउको जूस पिउँदा हड्डी बलियो हुन्छ ।
12. मोटोपन कम गर्छ
स्याउमा पाईने फाइबर मोटोपनलाई कम गर्नका लागि सहायक बन्न सक्दछ, जसबाट व्यक्ति खतरनाक रोगहरूको चपेटमा कम पर्दछ । साथै स्याउमा पाईने पौष्टिक तत्वले शरीरलाई ऊर्जा दिन्छ ।

Our top doctor on Dietician/ Nutritionist

View All

Dr. Praniti Singh

Dietician/ Nutritionist

M.Sc in Foods and Nutrition, B.Sc. Life Sciences from Jai Hind College, Mumbai

Dr. Chandramala Awasti

Dietician/ Nutritionist

Master in Food and Nutrition (TU), B.Tech-Food (PU)

Leave Comment