हाम्रो शरीरलाई चाहिने क्याल्सियम कसरी प्राप्त गर्ने ?

  • 28th September, 2022

शरीरमा क्याल्सियम कमी हुँदा देखिन्छन् यस्ता लक्षण
कडा र स्वस्थ हड्डी बनाउन क्याल्सियमको महत्वपूर्ण भूमिका हुन्छ । हरिया सागसब्जी, दूध, दही, बदाम, चिज लगायतका खानेकुराबाट हामीले क्याल्सियम पाउँछौँ । बढ्दो उमेरका किशोर–किशोरीलाई क्याल्सियमको बढी आवश्यकता पर्छ । तर, क्याल्सियम पाउने खानेकुरामा ध्यान नदिँदा विशेषगरी १४ देखि २० वर्ष उमेरका किशोर–किशोरीमा विभिन्न समस्यामा देखिने गर्छ । शरीरमा क्यल्सियमको अभावका केही लक्षण यस्ता छन्ः

मांशपेशीको दुखाइ
शरीरमा पर्याप्त मात्रमा हेमोग्लोबिन हुँदा र प्रशस्त पानी खाँदा पनि बारम्बार मांशपेशी दुख्ने समस्या छ भने शरीरमा क्याल्सियमको मात्रा कम भएको बुझ्नुपर्छ । तिघ्रा र पाखुराको मांशपेशी नचल्नु न्यून क्याल्सियमको संंकेत हो । तसर्थ शरीर बारम्बार दुख्छ भने क्याल्सियमको अभाव हुन सक्ने भएकाले तत्कालै चिकित्सकको परामर्श लिनुपर्छ ।

हड्डी कसिलो नहुनु
कहिलेकाहीँ कुनै हड्डी विशेषगरी घुँडा र कुइनोको तल्लो हड्डी हल्लिने तथा घुम्ने गर्छ । यो क्याल्सियमको अभावले हुन सक्छ । मानिस बृद्ध भए पनि हड्डीलाई बलियो बनाउन क्याल्सियमको आवश्यकता पर्छ। शरीरको धातुलाई खनिज पर्दाथमा परिवर्तन गर्नका लागि क्याल्सियमको भूमिका हुन्छ। तसर्थ, न्यून क्याल्सियमले हड्डी र मासुलाई एकअर्कामा कसिलो बनाउने प्रक्रियामा असर पुग्छ। यस्तोमा हड्डीका तन्तुहरु नास हुनुका साथै हड्डी भाँचिन सक्छ।

नङ भाँचिनु र कमजोर हुनु
हड्डीलाई जस्तै नङलाई बलियो बनाउन पनि क्याल्सियम चाहिन्छ । क्याल्सियमको अभावमा नङ अत्यधिक कमजोर भई भाँच्चिन थाल्छ । नङ निकै कमजोर वा बारम्बार आफैँ भाँचिन्छ भने शरीरमा क्यल्सियमको आवश्यकता छ भन्ने बुझ्नुपर्छ ।

दाँत दुख्नु
शरीरमा रहेको क्याल्सियममध्ये ९९ प्रतिशत क्याल्सियम दाँत र हड्डीमा हुन्छ । क्याल्सियम तह न्यून भएमा दाँत दुख्ने, किराले खाने हुन्छ । दाँत दुख्नुको अतिरिक्त दाँतको इनामेल हराउनु, दाँत वरपरका हड्डी कुहिनु र गिजासम्बन्धी अन्य रोग लाग्नु नै क्याल्सियम अभावका लक्षण हुन् । दाँत सिरिङ्ग हुने वा सबै बंगारा एकैपटक दुख्ने लगायतका समस्या पनि क्याल्सियमकै अभावले हुन सक्छ । यस्तो लक्षण देखिएमा क्याल्सियमयुक्त खानेकुरा प्रशस्त खानुपर्छ । त्यस्तै बालबालिकामा समयमै दाँत नपलाउने, पलाएका पनि निकै कमजोर हुने लक्षण देखिए क्याल्सियमको अभाव भनेर बुझ्न सकिन्छ ।

महिनावारीमा पीडा
महिनावारी भएको समयमा अत्यधिक शरीर तथा मांशपेशी दुख्छ भने त्यो क्याल्सियमको अभाव लक्षण हुन सक्छ। कुन क्याल्सियम दिँदा यस्तो पीडा रोक्न सकिन्छ भन्नेबारे मेडिकल साइन्समा अझै स्पष्ट भने भएको छैन । अनियमित रुपमा महिनाबारी र अत्यधिक रक्तस्राब हुनु पनि क्याल्सियम कमीको लक्षणभित्र पर्दछ। भ्रुण रहने स्थानको सामान्य विकास र अण्डाशयको हर्मनको नियमित विकासका लागि पनि क्याल्सियम नभई नहुने खनिज पदार्थ हो ।

बारम्बार भाइरस र ब्याक्टेरियाजन्य रोगले समात्नु
शरीरलाई स्वस्थ राख्न र रोग प्रतिरोधात्मक प्रणालीका लागि पनि क्याल्सियम चाहिन्छ । बारम्बार स्वासप्रस्वाससँग सम्बन्धी समस्या आउनु र आन्द्रामा संक्रमण देखिनु पनि क्याल्सियमकै अभावले हुन सक्छ । क्याल्सियमको अभाव हुने मानिसलाई भाइरस, ब्याक्टेरिया र अन्य परिजीवीले चाँडै आक्रमण गर्छ। तसर्थ, बारम्बार भाइरस, ब्याक्टेरियाजन्य रोगको संक्रमणबाट पीडित हुनेले क्याल्सियमको अभाव हो कि भनेर चासो दिनुपर्छ ।

कमजोरी
हड्डी र मांशपेशीको पीडाले क्याल्सियम अभाव भएका मानिसलाई सामान्यतया कमजोर बनाउँछ । डर, त्रास, पीडा जस्ता मानसिक कमजोरी र मानसिक अस्वस्थता पनि क्याल्सिमयसँग सम्बन्धित छ । क्याल्सियमको अभावमा यस्ता समस्या आउन सक्छन् । अनुहार पहेँलो र थकित देखिनु तथा जतिखेर पनि अल्छी महसुस हुनुको कारण पनि क्याल्सियम अभाव हुन सक्छ ।
बच्चा जन्मिएपछि महिलामा क्याल्सियमको अभाव हुने गर्छ, जसका कारण उनीहरुले कमजोर र थकित महसुस गर्छन् । क्याल्सिमयकै अभावमा सुत्केरी महिलाको दूध नआउने, एकाग्र भएर सोच्न नसक्ने र अत्यधिक थकित समसुस हुने गर्छन् । गर्भवती महिलालाई एक सय देखि एक सय २० एमजी क्याल्सियम दैनिक खुवाउनुपर्छ ।

कति चाहिन्छ मानिसलाई दैनिक क्याल्सियम ?
हाम्रो शरीरमा पाइनेमध्ये अधिकांश क्याल्सियम हड्डीमा पाइन्छ । यसले हड्डी मजबूत पार्छ। क्याल्सियमकै कारण मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् । यदि हामीले शरीरलाई चाहिने आवश्यक क्याल्सियम उपभोग गरिएन भने शरीरले हड्डीबाट क्याल्सियम लिई रक्तसन्चारप्रणालीमा पठाउँछ । यसले हड्डी कमजोर भई ओष्टियोपोरोसिस रोग लाग्ने सम्भावना हुन्छ ।

क्याल्सियमको कमीका कारण लाग्ने रोग
१. उच्च रक्तचाप
२. कोलोन क्यान्सर
३. स्तन क्यान्सर
४. मेटाबोलिक सिण्ड्रोम
५. प्रिमेनुष्ट्रल सिण्ड्रोम

कति चाहिन्छ मानिसलाई क्याल्सियम दैनिक ?
वयस्क ः १ हजार मिलिग्राम दैनिक
किशोर – ५० वर्षभन्दा बढी उमेरका महिला तथा ७० वर्षभन्दा बढी उमेरका पुरुषका लागि दैनिक – १३ सय मिलिग्राम
एकवर्षदेखि माथि र नौ वर्षभन्दा मुनीका बच्चाका लागि दैनिक ५ सय देखि ८ सय मिलिग्राम

क्याल्सियम पाइने मुख्य खाद्यपदार्थ
क्याल्सियम पाइने मुख्य पदार्थ दूध हो। विशेषगरी गाइको दूधमा बढी क्याल्सियम पाइन्छ। चिल्लोरहित दुधले मानिसलाई आवश्यक पर्ने ३० प्रतिशत क्याल्सियम दुधले पूर्ति गर्छ । दहि दुधभन्दा पनि सजिलै पच्छ । २२५ग्राम दुधमा भन्दा त्यतिनै मात्राको दहीमा बढी क्याल्सियम पाइन्छ । सादा दहीमा प्रोटिन पनि हुन्छ । दूध र दूधजन्य उत्पादन क्याल्सियमको प्रमुख स्रोत हो । क्याल्सियमले शरीरको मांसपेशी बलियो बनाउनका साथै हड्डी पनि दरिलो हुन्छ । त्यसो भन्दैमा दूध मन नपराउनेहरूले क्याल्सियम कसरी प्राप्त गर्ने भन्ने चिन्ता लिनुपर्दैन । हाम्रो शरीरलाई आवश्यक क्याल्सियम पाउन दूधकै भर पर्नुपर्छ भन्ने पनि छैन । क्याल्सियम प्राप्त गर्न यी खाद्य उपयोगी हुन्छन् ः

तिल ः अचारमा प्रयोग हुने तिल शक्तिवद्र्धक खाद्य सामग्री हो । यसमा क्याल्सियमको मात्रा प्रशस्त हुन्छ । एक औँस तिलमा २ सय ७७ मिलिग्राम क्याल्सियम पाइन्छ ।

टुसा पलाएको भटमास ः हामी भटमास उसिनेर, भुटेर खान्छौँ । विभिन्न सांस्कृतिक पर्वमा भटमास टुसा आउने गरी भिजाएर दाल बनाएर खाने चलन छ । यसरी टुसा आएको भटमासमा पनि प्रशस्त क्याल्सियम पाइन्छ । आधा कप टुसा पलाएको भटमासमा दुई सय ३० मिलिग्राम क्याल्सियम हुन्छ ।

सेल्मन माछा ः हामी सबैलाई थाहा छ, माछामा क्याल्सियम हुन्छ । तर, सेल्मन जातको माछामा अन्यभन्दा बढी क्याल्सियम हुन्छ । एउटा सेल्मन माछामा दुई सय १२ मिलिग्राम क्याल्सियम पाइन्छ ।

काँक्रो, बन्दाकोबी ः हरियो काँक्रो, बन्दाकोबी पनि क्याल्सियम बढी हुने तरकारी हो । यसलाई सब्जीको रूपमा भन्दा जुस बनाएर खाँदा बढी क्याल्सियम पाइने चिकित्सकहरू बताउँछन् । एक कप झोल बनाएर पिउँदा एक सय ८८ मिलिग्राम क्याल्सियम पाइन्छ ।

बदाम ः मानिसलाई शक्ति दिने खाद्यवस्तुमध्ये बदाम पनि एक हो । यसमा मिनरल र क्याल्सियम दुवै उच्च मात्रामा पाइन्छ । एक मुठी बदाममा ७२ मिलिग्राम क्याल्सियम पाइन्छ ।
 

Our top doctor on Dietician/ Nutritionist

View All

Dr. Praniti Singh

Dietician/ Nutritionist

M.Sc in Foods and Nutrition, B.Sc. Life Sciences from Jai Hind College, Mumbai

Dr. Chandramala Awasti

Dietician/ Nutritionist

Master in Food and Nutrition (TU), B.Tech-Food (PU)

Leave Comment