मिर्गौलामा समस्या कसरी आउन सक्छ ?

  • 24th August, 2022

 मिर्गौलाले रगतमा हुने हानिकारक अथवा अनावश्यक तत्त्वलाई छानेर पिसाबको माध्यमबाट शरीरबाट बाहिर निकाल्ने काम गर्दछ। यसले सही ढंगबाट काम गर्न नसक्दा शरीरमा अनेकौं समस्या आउन सक्छन्। यसको सही तरिकाले समयमै हेरचाह गरिएन भने दीर्घकालीन समस्याहरु नआउला भन्न सकिंदैन । मिर्गौलामा समस्या आउने मुख्य कारण भनेको उच्च रक्तचाप, मधुमेह, पत्थरी, मोटोपना, एन्टिवायोटिकको प्रयोग, दुखाई कम गर्ने औषधीको प्रयोग, वंशाणुगत कारण, अत्याधिक मात्रामा रक्सीको सेवन गर्नु नै हो । 

मिर्गौला कसरी बिग्रन्छ त ?

१. मधुमेह -मधुमेह भएका व्याक्तिहरुलाई मिर्गौला सम्बन्धी समस्या हुनु अन्य समस्याको तुलनमा धेरै हुन्छ । अझ भनौै मिर्गौला रोग निम्त्याउने प्रमुख कारण मधुमेह रोग हो । रगतमा चिनीको मात्रा बढी देखियो र यो नियन्त्रणमा भएन भने यसले सिधै मिर्गौलामा हानि गर्छ । त्यसकारण मिर्गौला रोग लाग्न नदिन मधुमेहलाई नियन्त्रणमा राख्न अत्यन्तै आवश्यक हुन्छ ।

२. ग्लोमेरुलोनेफ्राइटिस -अधिकांश नेपालीहरुमा ग्लोमेरुलोनेफ्राइटिसको समस्या पाइने गर्छ। यो भनेको पिसावबाट प्रोटिन चुहेर जाने रोग हो जसकारण मिर्गौलामा समस्या देखा पर्ने गर्छ। यसको निदान र समयमै उपचार गर्नपर्छ ।

३. अनावश्यक रुपमा औषधी सेवन -अनावश्यक रुपमा औषधी सेवन सामान्यतया दुखाई महसुस हुदाँ मानिसहरु पेन किलर जस्ता औषधीहरु सेवन गर्ने बानी हुन्छ। यसो गर्दा यसको प्रत्यक्ष असर मिर्गौलामा पर्न जान्छ।

४. उच्च रक्तचाप -उच्चरक्तचाप लामो समयसम्म अनियन्त्रित उच्च रक्तचापले दीर्घकालीन मिर्गौला सम्बन्धी समस्या निम्त्याउँछ

५. धूम्रपान, मदिरापान सेवन र प्रशस्त मात्रामा प्रशोधित अस्वस्थ खानाले पनि मिर्गौलालाई नोक्सान गरिरहेको हुन्छ।

के गर्दा मिर्गौलालाई जोगिन सकिन्छ ?
१. मिर्गौला जोगाउने प्रमुख उपाय भनेको प्रशस्त मात्रामा पानीको सेवन हो

मिर्गौला स्वस्थ राख्न प्रशस्त मात्रामा पानी पिउने  पानी सबैभन्दा सहजै उपलब्ध हुने कुरा हो। सबैभन्दा उत्कृष्ट औषधी भनेकै पानी हो त्यसैले कम्तीमा पनि दिनमा ३ लिटर पानी पिउँदा यसले मिर्गौला मात्र नभएर कयौँ समस्यालाई समाधान गर्दछ।

२. नियमित रुपमा शारीरिक व्यायाम गर्ने
व्यायामले तौल सन्तुलनमा राख्नुका साथै उच्च रक्तचाप, कोलेस्ट्रोललाई समेत नियन्त्रणमा राख्छ । त्यसैले शरीरिक व्यायाममा जोड दिन जरुरी हुन्छ ।

३. नियमित रुपमा पिसाब, रगतको परिक्षण गर्नु साथै भिडियो एक्सरे गर्दा मिर्गौला सम्बन्धी जटिल समस्याबाट बच्न सकिन्छ।

४. प्रशोधित खाना, धेरै तारेको, चिल्लो खानेकुरा नखाने
प्रशोधित र बजारमा पाइने रंगीचंगी खानाले जिब्रोलाई स्वाद दिए पनि यसले शरीरलाई हानी गरिरहेको हुन्छ । यस्ता प्रशोधित खानेकुराले मिर्गौलालाई असर गर्ने हुनाले यस्ता खानाबाट टाढा रहन पर्छ ।

५. खानामा बढी नुनको प्रयोग नगर्ने
बढी नून मिर्गौाला रोगको दुश्मन जस्तै हो । खानामा नुनको प्रयोग सकेसम्म कम गर्न सके मिर्गौलाको समस्या कम यी माथि उल्लेखित कुराहरुमा ध्यान दिन सके धेरै हदसम्म मिर्गौलासम्बन्धी समस्याबाट बच्न सकिन्छ।

 

Our top doctor on Nephrologist

View All

Dr. Anil Pokherel

Nephrologist

MBBS, MD (Internal Medicine), DM (Nephrology).

Dr. Rabin Nepali

Nephrologist

MD – INTERNAL MEDICINE(TU), DM – NEPHROLOGY(TU)

Dr. Albina Piya

Nephrologist

MD(INTERNAL MEDICINE – USA) FELLOWSHIP IN NEPHROLOGY(BOSTON, USA)

Dr. Prakash Poudel

Nephrologist

MD General Medicine, MD Nephrology

Dr. Prakash Poudel

Nephrologist

MD General Medicine, MD Nephrology.

Dr. Dhiraj Manandhar

Nephrologist

MBBS, MD ( Internal Medicine) 

Dr. Mahesh Raj Sigdel

Nephrologist

MD, Internal Medicine, TUTH. Doctorate of Medicine in Nephrology, TUTH

Dr. Midhan Shrestha

Nephrologist

Consultant Nephrologist & Renal Transplant Physician DM (Nephrology), MD (Internal Medicine)

Dr. Dhiraj Narayan Manandhar

Nephrologist

MBBS, MD ( Internal Medicine) Fellowship in Nephrology 

Dr. Anil Baral

Nephrologist

DM (Nephrology) MD (Internal Medicine)

Leave Comment