नेपालमा उत्पादित क्यान्सर औषधीको माग भारतमा बढ्दो

  • 11th November, 2022

कात्तिक २५। नेपालमा ९ महिना अघिबाट टिजिग फर्माबाट उत्पादन भएको क्यान्सरको औषधि प्रयोगमा आउन थालेको छ । टिजिग फर्माले ९ महिना अघिबाट नेपालमा क्यान्सरको औषधि उत्पादन थालेको थियो ।
टिजिगले फोक्सो, रगत, स्तन, पाठेघर, मस्तिष्क र ठूलो आन्द्रामा हुने क्यान्सर रोग विरुद्धका औषधिहरु उत्पादन गरिरहेको छ । उक्त औषधि क्यान्सर रोगको उपचारका लागि चिकित्सकले सिफारिस गर्न थालेको कार्यकारी निर्देशक शैलेस बैद्यले बताउनुभयो । 
साथै भारतमा रहेका बिरामीहरुले पनि टिजिग फर्माबाट उत्पादित एन्टी क्यान्सरको औषधि उपभोग गर्न थालेको वैद्यको भनाइ छ । 

 

Leave Comment