'निक साइमन्स अवार्ड' मा आवेदन दिने अवसर
-
- 18th November, 2022
मंसिर २। 'निक साइमन्स अवार्ड'का लागि आवेदन खुलेको छ।
निक साइमन्स अवार्ड छनौटको लागि मंसीर मसान्त भित्र आवेदन दिनुपर्नेछ। ग्रामीण क्षेत्रको स्वास्थ्य संस्थामा बसेर काम गर्दै आएका स्वास्थ्यकर्मीहरुलाई उक्त अवार्ड प्रदान गरिने छ।
आवेदनमा सेवाको गुणस्तरमा सुधार गर्न गरिएका कार्यहरु, संस्थाको पूर्वाधार विकासको लागि गरिएका कार्यहरु, अन्य सामाजिक कार्यहरु र सरोकार वालाहरुसँग मिलेर गरिएका कार्यहरु, सामाजिक स्वास्थ्य सेवामा टेवा पुऱ्याउन गरिएका कार्यहरु उल्लेख गर्नुपर्ने छ।
Leave Comment