लोमस र बायोगेनको न्यून गुणस्तरको औषधि बिक्री-वितरणमा रोक

  • 13th November, 2022

कात्तिक २७। औषधि व्यवस्था विभागले अहिले बजारमा रहेका दुई औषधिलाई बिक्री-वितरणमा रोक लगाएको छ। 
बजार अनुगमनको क्रममा  रुपन्देहीमा रहेको कम्पनी बायोजेन रेमिडाइज प्रालिको बायोकल–डी ब्याच नम्बर BD2104 लाई विक्रिवितरणमा रोक लगाएको छ। साथै काठमाडौं गोठाटारमा रहेको लोमस फर्मासिटिकल्सले उत्पादन गरेको एस्भिट नामको ब्याच नम्बर  AS2121को ट्याबलेट औषधिलाई प्रतिबन्ध लगाएको हो। 
यी दुवै क्याल्सियम तथा भिटामित ट्याब्लेटहरु हुन्। बजार अनुगमनका क्रममा औषधिका नमूना परीक्षण गर्दा कम गुणस्तरको रहेको पाइएको भन्दै विभागले औषधिमा प्रतिबन्ध लगाएको हो।
औषधि व्यवस्था विभागले यी औषधिको विक्रिवितरण रोक्न र बजारमा भएको औषधि फिर्ता गर्न निर्देशन दिएको छ।

No description available.

 

Leave Comment