किशोरावस्था (Teenagers) को मष्तिष्कबारे जान्नैपर्ने कुरा । नत्र पछुताउनुपर्नेछ ।
-
- 23rd February, 2022
Teenage Brain & Adult Brain
(किशोरवस्थाको मष्तिष्क र वयस्कको मष्तिष्क)
हामीहरुले दिमागको कार्यहरु र दिमागको संरचना नबुझ्दा धेरै दुःख पाइरहेका हुन्छौँ । हामीले दिमागले कसरी काम गर्छ ? बच्चाबेलामा दिमागको अवस्था कस्तो हुन्छ ? बच्चा हुर्कदै जाँदा मस्तिष्कमा केके परिवर्तन हुँदै जान्छ ? मष्तिकबारेमा बुझेको खण्डमा बच्चामा कस्ता खालका भावनात्मक र शारीरिक परिवर्तनहरु देखा पर्छ ? भन्ने कुरा सजिलै बुझ्न सक्छौँ ।
न्युरो साइन्सले विशेषगरी हाम्रो मष्तिष्कको बारेमा अध्ययन गर्छ । अहिले न्युरो साइन्सले नयाँ नयाँ कुरा पत्ता लगाएको छ । यसले गर्दा धेरै रहस्यात्मक मानिएको Teenage लाई मानिसहरुले मष्तिस्क विकासको क्रमिक रुप मानेर स्वीकार गरिरहेका छन् । हाम्रो देशमा धेरै किशोरीहरु यौन शोषणमा परेका छन् । उनीहरु हेर्दा वयस्क जस्तै देखिन्छन् । उनीहरुको शरीर फmव्रक्क फmव्रिएको फूलजस्तो देखिन्छ । यसैलाई आधार बनाएर किशोरीहरुलाई भावनात्मक रुपमा प्रभाव पार्ने, प्रलोभनमा पार्ने, लोभ देखाउने र उनीहरुबाट काम लिने परिपाटी छ । यो एकदमै गलत हो ।
खास कुरा के हो भने, कुनै पनि ब्यक्ति शारीरिक रुपमा बिकसित हुँदैमा मानसिक रुपमा शारीरिक सम्पर्क राख्न तयार हुन्नन् । स्तन बढ्दैमा अथवा यौनांगको बिकास हुँदैमा शारिरीक सम्पर्कका लागी तयार हुने हैन । हामीले बुझ्नुपर्ने के हो भने, मान्छेहरु २० वर्ष पुग्दासम्म पनि brain develop भै रहेको हुन्छ । Teenagers र adult को दिमाग नै फरक हुन्छ । दिमागको रुपमा उनीहरु छुट्टै प्राणी जस्तै हुन् । पहिला–पहिला के सोचिन्थ्यो भने, बालकहरु ७–८ वर्ष पुगेपछि दिमाग विकास भै सकेको हुन्छ। 
तर, आजभोलि MRI (दिमागको चित्र खिच्न) वा (FMRI) कुन काम गर्दा दिमागको कुन भागले काम गर्छ), ले के देखायो भन्दा मान्छेको दिमाग २० वर्षसम्म पनि बिकास भै रहेको हुन्छ । यहाँ अब दिमागका २ भागका कुरा गर्नु पर्छः prefrontal cortex र amygdala बयस्कको दिमागमा prefrontal cortex पुरै विकास भैसकेको हुन्छ । यो भाग संसारमा सबै प्राणीहरु मध्ये मान्छेमा सबैभन्दा बिकसित हुन्छ ।
यो भागको काम भनेको reasoning गर्ने, planning, के गर्दा के हुन सक्छ भनेर analysis गर्ने, दिमागको सबैभन्दा rational भाग हो । यो भागले राम्रोसँग सोचेर सबै कुराको नाफा घाटा हेर्छ । यसलाई दिमागको CEO समेत भन्छन् । तर, हाम्रो दिमागका सबैभन्दा अन्तिममा विकास हुने भाग भनेको यही हो । २०–२५ वर्ष सम्म पनि यो विकास भै रहेको हुन्छ ।
तर, teenage मा यो भागको विकास पुरा भएको हुन्न । त्यही हो हामीले बुझ्नु पर्ने कुरा । शरीर ठुलो होला teenager को तर उनीहरुको राम्रोसँग reasoning गर्ने, यो गरेमा मलाई भोली हानी हुन सक्छ भनेर सोच्ने दिमाग नै विकास भएको हुन्न । उनीहरुको दिमाग amygdala ले कन्ट्रोल गरेको हुन्छ । Amygdala emotion को केन्द्र हो, reasoning को हैन । त्यसैले teenagers हरु emotional हुन्छन्, rational हुन्नन् । यही हामीले बुझ्नु पर्ने हो । के गर्दा ठिक/बेठीक हुन्छ भनेर long–term consequences हेर्दैनन्, किनभने त्यो हेर्ने prefrontal cortex विकास नै भएको हुन्न । जब बच्चाबाट teenagers बन्छन्, sex hormones हरु उत्पादन हुन थाल्छ । यौनांगको साथै amygdala को विकास हुन्छ। यसले बच्चालाई emotional को साथै, अल्लि रिसाउने, रिस्क लिन खोज्ने, परिवार भन्दा साथीसँग घुलमिल हुने अनि अरुको validation (स्वीकृति) खोज्ने बानीको विकास गर्छ । साथै यो बेला पछिको कुरा नसोचेर Short term pleasure (तात्कालिन खुशी) मा खुशी हुने प्रकृतीको पनि विकास हुन्छ । यो सबै अभिभावकले बुझ्नु पर्छ । यही समयमा हो हाम्रा बच्चाहरु यौन पिचासु देखि रक्सि, चुरोटको लतमा लाग्न सक्ने, किनभने amygdala ले short term validation र खुशी मात्र हेर्छ ।
मान्छेलाई मान्छे जस्तो बनाउने prefrontal cortex को विकास नै भएको हुन्न ।
अरुको validation पाउन आफैलाई हानी पुग्ने काम गर्न पछि पर्दैनन् । हामीले teenage दिमाग छुट्टै हुन्छ भनेर बुझ्नु पर्छ । जब teenage बाट २०–२१ वर्ष पुग्न थाल्छन्, अनि prefrontal cortex पुरै विकास हुन्छ अनि यो भागले amydgala बाट काम आफू लिन्छ अनि बल्ल मान्छे पुर्ण रुपमा मान्छे हुन्छ । अब तपाईहरुलाई लाग्ला, त्यस्तो हानी पुग्न सक्ने amygdala को नियन्त्रणमा हाम्रो teenagers को दिमागलाई किन दियो होला प्रकृतिले ?
जब हामी बच्चा हुन्छौँ, पुरै आमा–बामा भर पर्छौँ । पुरै बयस्क भएपछि सबैकुराको नाफा–नोक्सान हेर्छौँ । तर, प्रकृतीले teenage को ब्यबहार भनेको risk लिने, स्वतन्त्र हुने, नयाँ–नयाँ कुरा सिक्न नडराउने भनेर बनाएको हो । त्यसैले हाम्रा teenagers घाँडो हैनन् । यो उमेर भनेको धेरै कुरा सिक्न सक्ने उमेर हो ।
राम्रोसँग हेरचाह गर्न सकिएन भने उनीहरु कुलतमा पर्ने सम्भावना हुन्छ । Teenagers लाई कस्तो बताउने भन्ने कुरा वयस्क व्यक्तिको हातमा हुन्छ । अर्थात् उनीहरुको जिम्मेवारी हो। Teenagers लाई काँचो माटोसँग तुलना गरिन्छ । कोही teenager शारीरिक रुपमा ठूलो हुँदैमा, उनीहरुको मष्तिष्क पनि त्यहीँ रुपमा विकसित भएको हुन्छ भनेर सोच्नु हुन्न ।

Leave Comment