स्मार्टफोन भिजन सिन्ड्रोम

  • 14th August, 2023

दुई दिन पहिले ट्विटरमा हैदराबादका एक डाक्टरको ट्वीट पढेँ । डाक्टरले स्मार्टफोनको कारणले एक महिलाको आँखाको ज्योति जानेको डिटेल दिइरहेका थियो । सबै कुरा पढेपछि यस्तो लाग्यो कि यस्तो त धेरै व्यक्तिहरु गर्छन् । हुनसक्छ कि तपाईं पनि ती धेरै व्यक्तिहरुमध्ये एक पर्नसक्नुहुन्छ । यसैले पूरा कुराहरु सबैभन्दा पहिले पढ्नुहोस् । तीस वर्षकी महिला मन्जुको आँखामा केही अनौठो भइरहेको थियो । उनको आँखाको सामुन्ने डार्क छिर्केमिर्के लाइन देखिरहेको थियो । दिनभर एक, दुई सेकेण्डको लागि बिल्कुलै देख्न बन्द हुने गथ्र्यो । रातीमा जब उठेर उनले बत्ती बाल्थिन् त एक या दुई मिनेटको लागि केही पनि देखिदैनथ्यो । केही महिनापछि यस्ता लक्षणहरु बढ्दै गए । मन्जु आँखाको डाक्टरसँग चेकअप गराउन गइन् । चेकअपपछि थाहा भयो कि उनको आँखा राम्रोसँग ठिक भयो । उनलाई न्यूरोलोजिस्ट याने नर्भस सिस्टमको डाक्टरलाई देखाउनका लागि सल्लाह दिइयो । त्यहाँ भएको सबै टेस्टमा सबै कुरा नर्मल नै आयो । यसपछि मन्जुलाई उनको दैनिकीबारेमा सोधियो । यसमा उनले बताइन् कि उनको बच्चा अशक्त छ । उसको ख्याल राख्नका लागि ब्यूटिसियनको नोकरी छाड्नपर्यो । अब घरमा रहँदा उनलाई काफी खाली समय भयो । ती दिनहरुमा उनी सातदेखि आठ घण्टा फोनमा बिताउँथिन् । यसको अलावा उनी रातमा पनि लाइट बन्द गरेर लगभग दुई घण्टासम्म स्मार्र्टफोनको प्रयोग गर्थिन् । यसपछि डाक्टरले मन्जुलाई फोनबाट दुरी बनाउनका लागि भने । एक महिना यस्तो गरेपछि उसको दृष्टिमा सुधार आयो ।

मन्जुलाई आखिर के भएको थियो ? स्मार्टफोनबाट दुरी बनाएपछि उनले के बदलाव महसुस गरिन् ? आँखालाई कुन तरिकाले स्मार्टफोनले नोक्सान पुर्याएको थियो र यसबाट कसरी आँखालाई बचाउन सकिन्छ ? यो हामीलाई जान्नु थियो । हामीलाई सीधैँ मन्जुको उपचार गर्नेवाला डा.सुधीर कुमारलाई फोन गर्यौ । जो हैदराबादको ओपोलो हस्पिटलमा न्युरोलोजिस्ट हुनुहुन्छ । यसका साथै सार्प साइट आई हस्पिटलको सिनियर कन्सल्टेन्ट डा.कामरान अकील र एम्सको आई स्पेशलिस्ट डा.राजेश सिन्हाबाट पनि डिटेल लियौ ।

प्रश्नः मन्जुको जो बिमार भयो । के यसको पनि केही नाम छ ?

जवाफः छ । किन नहुनु । मन्जुलाई भएको बिमारीलाई हामीले स्मार्टफोन भिजन सिन्ड्रोम भन्छौँ ।

प्रश्नः यो बिमारी कत्तिको सामन्य छ ? र कस्ता व्यक्तिहरुमा यसको रिस्क धेरै रहन्छ ?

जवाफः यो धेरै कमन सिन्ड्रोम हो । किनकी आजकल पढाईदेखि लिएर अफिसको काम सबै फोन, ल्यापटप या कम्प्युटरको माध्यमबाट हुने गर्छ । यो जो सिन्ड्रोम जसलाई पनि हुनसक्छ । यसमा उमेरको कुनै सम्बन्ध छैन । एक रिसर्चमा पाइएको थियो कि महिलाहरुमा स्मार्टफोन भिजन सिन्ड्रोम धेरै हुने गर्छ । धेरैजसो मामलामा यसका लक्षणहरु सामान्य हुन्छन् । वर्षभरीमा एउटा वा दुईवटा मात्रै गम्भीर मामलाहरु सामने आउने गर्छ ।

प्रश्नः आजकल सबै कामहरु स्मार्टफोन वा ल्यापटपबाटै हुन्छ । यस्तोमा यस सिन्ड्रोमबाट कसरी बच्न सकिन्छ ?

जवाफः स्मार्टफोन भिजन सिन्ड्रोमबाट बच्नका लागि यी टिप्सहरु अपनाउनुहोस् 

२०–२०–२० नियमको पालन गर्नुहोस् । २० मिनेट लगातार स्क्रिनको प्रयोग गरेपछि ब्रेक लिनुहोस् । यसपछि २० सेकेण्डका लागि २० फिटको दुरीभन्दा टाढाबाट हेर्नुहोस् । जहाँ स्क्रिनको प्रयोग भइरहेको हुन्छ, त्यहाँ राम्रो तरिकाले लाइटिंग हुनुपर्छ । अँध्यारोमा स्मार्टफोन प्रयोग गर्नबाट बच्नुहोस् । समय–समयमा डाक्टरलाई आँखा जँचाइराख्नुहोस् । चश्मा लगाउनुहुन्छ भने एन्टी ग्लेयर चश्माको प्रयोग गर्नुहोस् । यदि लामो समयका लागि स्क्रिनको प्रयोग गर्नुहुन्छ भने ब्लू लाइट कम गर्ने वाला चश्मा लगाउनुहोस् ।

प्रश्नः स्मार्टफोनको धेरै प्रयोगले आँखामा अरु केके नोक्सान हुनसक्छ ?

जवाफः स्मार्टफोन या स्क्रिनको धेरै प्रयोगले आँखासँग जोडिएको धेरै झण्झटहरु हुनसक्छ । जस्तैः आँखामा तनाव मायोपिया वा फार साइटिडनेस आँखा सुख्खा हुनु दृष्टि धमिलो हुनु ।

प्रश्नः यो मायोपिया, फार साइटिडनेस के हो ?

जवाफः आँखा कमजोर भयो भने दुई तरिकाले हुन्छ । सर्ट साइटिडनेस ः यसलाई मायोपिया पनि भन्न सकिन्छ । यसमा नजिकको कुराहरु राम्रोसँग देखिदैन ब्लर या धमिलो देखिने गर्छ भने टाढाका चीजहरु राम्रोसँग आँखाले देख्नसक्छ । फार साइटिडनेसः यसमा नजिकको चीजहरु प्रष्ट तरिकाले देखिन्छ तर टाढाका चीजहरु ब्लर या धमिलो देखिन्छ । यसले आँखाको फोकस गर्नेको क्षमतामा असर पर्दछ ।

प्रश्नः आँखालाई स्वस्थ राख्नका लागि कस्तो प्रकारको खानपान खानुपर्छ ?

जवाफः आँखाको स्वास्थ्यका लागि यस्तो खानपान धेरै राम्रो हुन्छः

भिटामिन ए ः गाँजर, पालुंगोजस्ता खानेकुरा खानाले आँखाको ज्योति बढ्छ ।

अमला : अमला पनि आँखाको लागि राम्रो हो । यसमा भिटामिन सी, आइरन, क्याल्सियम, फस्फोरस आदि पाइन्छ । बदाम बदाममा पाइने तत्वले आँखाका लागि धेरै फाइदा गर्दछ ।

माछा : माछामा पाइने ओमेगा –घ फ्याटी एसिड आँखाको स्वास्थ्यको लागि राम्रो अप्सन हो ।

गाँजर गाँजरमा भिटामिन–ए र बीटा प्रोटिन प्रशस्त मात्रामा पाइन्छ । हरिया सागसब्जीहरुमा भिटामिन–सी हुन्छ । यसको सेवनले आँखामा पर्नसक्ने नोक्सानबाट बचाउने गर्दछ । यसमा फोलिक एसिड पनि हुन्छ । जसले भिजन लसलाई कम गर्दछ । नट्सको अर्थ हो ओखर, काजु, बदाम आदि । यिनमा ओमेगा ३ र भिटामिन ई पाइन्छ । भिटामिन ईले आँखा सुख्खा बन्न दिदैँन । सीड्स जस्तै चिया र आलसको बीऊमा ओमेगा ३ पाइन्छ । जुन आँखा र मुटुका लागि फाइदाजनक हुन्छ । फलहरुमा फाइबर, प्रोटिन, फोलिक र जिंक हुन्छ । जिंकमा मेलानिन हुन्छ, यसले आँखालाई नोक्सान हुनबाट बचाउँदछ ।

प्रश्नः के स्मार्टफोन या स्क्रिनको लामो समयसम्म प्रयोगले आँखामा सुख्खापनको समस्या पनि हुनसक्छ ?

जवाफः जब हामी मोबाइल या ल्यापटपको धेरै प्रयोग गर्छौ र एक टकले त्यसमा नजर राख्छौँ, तब आँखामा धेरै बल पर्दछ । यसको कारणले आँखाको पानी, जो आँसुको माध्यमले बाहिर आउने गथ्र्यो, त्यो सुक्न लाग्छ । आँखाको रेटिनामा यसको सीधा प्रभाव पर्दछ र आँखामा सुख्खापनको समस्या हुन्छ ।

प्रश्नः सुख्खा आँखा हुनुका लक्षणहरु केके हुन् ?

जवाफः सुख्खा आँखाका लक्षणहरुः आँखा बारम्बार झिम्काउनु आँखा रातो हुनु लगातार या धेरै समयसम्म आँखा रगड्नु आँखाको आसपास जलन हुनु आँखाको वरिपरि जलन हुनु आँखामा दबाब महसुस हुनु आँखाको पावर कम हुनु कहिलेकाँही अचानक धमिलो देखिनु थोरै काम गर्दा नै आँखामा थकान महसुस हुनु

प्रश्नः आँखा सुख्खा हुँदा के नोक्सान हुन्छ ?

जवाफः आँखा सुख्खा हुँदा यी नोक्सानहरु हुन्छन्ः यसबाट ब्याक्टेरिया इन्फेकसन हुने खतरा बढ्छ । आँखाको सतह सुन्निने आँखा चिलाउने, जलन र पढ्नमा अप्ठेरो हुने यसबाट आँखामा दुखाई पनि हुन सक्छ । कति पटक आँखा रातो पनि हुनसक्छ । आँखामा फोहोर जम्मा हुन्छ र आँखाको आसपास म्यूकस जम्मा हुन्छ । आँखा भारी भारी लाग्छ । आँखाको दृष्टि धमिलो हुन्छ ।

प्रश्नः आँखा सुख्खा भयो भने के गर्नपर्छ ?

जवाफः यदि आँखा सुख्खा भयो भने यी टिप्सहरु अपनाउनुहोस् ।

  • यदि मोबाइल या कम्प्यूटरमा काम या पढाई गर्दै हुनुहुन्छ भने छोटो छोटो समयमा ब्रेक लिदैँ गर्नुहोस् । घरमा खाली समयमा मोबाइल फोन या टिभि हेर्नुको सट्टामा किताब पढ्नुहोस्, म्यूजिक सुन्नुहोस् या दोस्रो कुनै आफ्नो रुचीमा काम गर्नुहोस् ।
  • आँखामा जलन पैदा गर्नेवाला धुँवा वा यस्तै चीजहरुबाट बच्नुहोस् । सुख्खा समस्यावाला व्यक्तिहरुको सामुन्ने चुरोट पिउनुले उसको आँखामा नोक्सान पुर्याउन सक्छ ।
  • बाहिर जाने समयमा घामबाट बच्ने खालको चश्माको प्रयोग गर्नुहोस् । टोपी या छाताको पनि प्रयोग गर्नुहोस् ताकी आँखालाई घाम र धुँवाबाट बचाउन सकियोस् ।
  • ओछ्यानको आसपास एक ह्युमिडिफायर राख्नुहोस र त्यसको सहि तरिकाले प्रयोग गरिराख्नुहोस् । यसले आँखाको सुरक्षा गर्नमा मद्धत गर्दछ ।
  • सुतेको बखतमा पंखा चालु नगर्नुहोेस् ।
  • डाक्टरले दिएको औषधी समयमै सेवन गर्न नभुल्नुहोस् । यदि कुनै दबाईबाट अप्ठ्यारो भइरहेको छ भने तुरुन्त आफ्नो डाक्टरसँग सम्पर्क गर्नुहोस् ।
  • दैनिक बिहान लगभग ६ मिनेटको लागि आफ्नो परेलीमा एक गर्म या नरम कपडा राख्नुहोस् । फेरि आँखाको हल्का तरिकाले मालिस गर्नुहोस् । यसले आँखाको प्र्राकृतिक तरिकाले सौन्दर्यता बढाउनमा मद्धत गर्दछ ।

यदि आँखामा धेरै समस्या भयो भने तुरुन्त डाक्टरको साथ जानुहोस् । घरेलु उपाय नअपनाउनुहोस् ।

प्रश्नः आँखालाई सुख्खापनबाट बचाउनका लागि के गर्नपर्छ ?

जवाफः यी कुराहरुमा ख्याल राख्नुहोस्ः

  • कम्प्युटर स्क्रिनलाई आँखाको लेबलबाट थोरै तल २० इन्चको दुरीमा या आफ्नो हातको लम्बाई जति टाढा राख्नुहोस् ।
  • पहिलेदेखि नै आँखा कमजोर छ भने कम्प्युटर या मोबाइलको प्रयोग गर्ने समयमा चश्मा जरुर लगाउनुहोस् ।
  • स्क्रिन हेरिरहेको बेलामा आँखा झिम्क्याउन नभुल्नुहोस् । यसले गर्दा सुख्खापन र धमिलोपनको समस्याबाट बच्न सकिन्छ ।
  • स्क्रिन र त्यसको वरिपरि पर्याप्त मात्रामा उज्यालो हुन पर्छ । ग्याजेटको उज्यालोपनको पनि उचित मेन्टेन गर्नुहोस्, न धेरै उज्यालो न अँध्यारो ।
  • आँखा थकान भयो भने नरगड्नुहोस् । किनकी यसबाट आँखाको संक्रमणको आशंका बढ्न सक्छ ।
  • मोबाईल/कम्प्युटरको फन्ट साइज ठूलो राख्नुहोस् । क्लियर फन्टको प्रयोग गर्नुहोस् ।
  • पर्याप्त निद्रा लिनुहोस् र पर्याप्त मात्रामा पानी पिउनुहोस् ।

इन्डियन म्यागाजिनबाट भावानुवाद ।