घुर्ने समस्या किन हुन्छ ?

  • 4th October, 2021

निदाएका वेला श्वास फेर्दा निस्कने आवाजलाई घुर्नु भनिन्छ । हाम्रो समाजमा यसलाई गहिरो निन्द्रा लागेको अवस्था भनेर बुझिएपनि यो खासमा रोग हो । यसले घुर्ने व्यक्तिको मात्रै होइन, सँगै सुत्ने व्यक्तिको निद्रा पनि गायब बनाइदिन्छ ।

घुर्ने समस्या किन हुन्छ ?

  • एसिड अल्कालिसले गर्दा श्वास नलीको माथिल्लो भाग खुम्चने गर्छ र घुर्ने समस्या आउँछ । 
  • श्वास नलीमा चोट लाग्दा भित्र सुनिन्छ र सुत्ने बेलामा श्वासमा अवरोध भई घुर्ने समस्या उत्पन्न हुन्छ ।
  • जिब्रोको पछाडिको रगतको नशा फुल्दा श्वासमा अवरोध भई घुर्ने समस्या आउँछ । 
  • र्‍यालका ग्रन्थीहरु उत्पन्न हुने ठाउँमा ट्युमर आउने गर्दछन् त्यो कारणले पनि घुर्ने समस्या हुन्छ । 
  • कुनै बच्चा जन्मँदै नाक, घाँटीमा विभिन्न समस्या छ भने श्वासप्रश्वासको समस्या हुने गर्दछ । त्यसले गर्दा श्वास फेर्न गाह्रो भई घ्यारघ्यार हुने र सुतेको बेलामा घुर्नेहुन्छ । विशेषगरी ३ देखि ७ वर्ष उमेरका बच्चामा टन्सिल एडिन्यन्सबढ्नाले घुर्नेसमस्या हुन्छ । 
  • बच्चामा हुने मिलानो भन्ने ट्युमरले गर्दा घुर्ने समस्या हुन्छ । यो नाक अथवा नाँकको पछाडि टन्सिल हुने भागमा ट्युमर आउने गर्दछ । 
  • युवा अवस्थामा पनि बच्चामा बढ्ने टन्सिल एडिन्यन्स ठूलो भई घुर्ने समस्या हुन्छ ।
  • एजियो फाइब्रोमाभन्ने ट्युमरले गर्दा पनि घुर्ने समस्या हुन्छ । यो विषेशगरी केटामा बढी हुन्छ ।
  • कुनै बच्चा जन्मिँदै नाक थेप्चेर भएर जन्मन्छन् । उनीहरुको नाकको डाँडी बांगो हुने गर्दछ । त्यो कारणले गर्दा पनि घुर्ने समस्या हुन्छ । 
  • पोलिप्स नाकको वरिपरि भागमा आउने टिस्युहरुले पनि घुर्ने समस्या हुन्छ । 
  • वृद्ध अवस्थामा क्यान्सरजन्य ट्युमर वा अन्य ट्युमर आएर घुर्ने समस्या हुन्छ । कसैको जिब्रो मोटो हुन्छ, त्यसलाई म्याक्रोगोलोसिस भनिन्छ । त्यो कारणले पनि घुर्नेसमस्या हुन सक्छ । 
  • बुढेसकालमा जिब्रो नरम हुने भएकाले सुतेको बेलामा जिब्रो दोब्रिने गर्दछ, त्यसले गर्दा पनि घुर्ने समस्या हुने गर्दछ । 

घुर्ने समस्या दुई प्रकारको हुन्छ : 

१. छोटो अवधिको लागि घुर्ने समस्या देखिनु : कहिलेकाँही सुत्ने पोजिसन नमिलेर, टन्सिल या कुनै रोगको कारणले पनि घुर्ने समस्या देखिन्छ । कहिलेकाँही शरीरमा निद्रा पर्याप्त भएन भने पनि घुर्ने समस्या देखिन्छ । तर यो समस्या लामो समयसम्म रहँदैन । यसको लागि हामी डराउनुपर्दैन । बरु किन घुरेको हो ? कारण पत्ता लगाउन सक्यौँ भने हामीले छिटै घुर्ने समस्याबाट छुटकारा पाउँछौँ ।

२. लामो समयदेखि घुर्ने समस्या रहनु

कति व्यक्तिलाई आफू सुत्दा घुर्छु कि घुर्दिन भन्ने पनि थाहा हुँदैन । विशेषगरी आमाबुवाबाट टाढा रहेका, होस्टलमा बसेर पढ्दै आएका व्यक्तिहरु र जो सिंगल छन् । उनीहरु आफू घुर्छु या घुर्दिनँ भन्ने थाहा पाउन लामो समय लाग्न सक्छ । लामो समयदेखि घुर्ने समस्या छ भने डाक्टरसँग परामर्श लिइहाल्नुपर्छ । किनभने यो समस्याले मान्छेको ज्यानै लिनसक्छ । सास फेर्न नसकेर सुतिरहेकै ठाउँबाट भोलिपल्ट ऊ नउठ्न सक्छ । 

घुर्ने समस्या भनेको शरीरमा अक्सिजन पर्याप्त मात्रामा नपुगेर हुने भएकोले यसले निम्न रोगहरुको खतरालाई झन् बढाउँछ ।

  • उच्च रक्तचाप High Blood Pressure Symptoms: Emergency Symptoms, Treatments, and More
  • हृदयघात 
  • मस्तिष्क घात 
  • मानसिक तथा मनोवैज्ञानिक समस्या
  • मानसिक चन्चलता 
  • मोटोपना
  • फोक्सो तथा श्वास नलीमा संक्रमण भइरहने ।
  • चाया पोतो तथा सौन्दर्य सम्बन्धी समस्या ।
  • अपच अजीर्ण, अम्लपित्त र कब्जीयत ।
  • मुटु हल्लीने समस्या
  • अल्सर तथा एसिडिटि
  • अचानक मृत्यु

लक्षणहरु

सास फेर्नमा कठिनाई, आलस्य हुनु काममा एकाग्र हुन नसक्नु, टाउको भारी भए जस्तो हुनु, शक्तिहिन मलिन र तन्द्रा ग्रस्त देखिनु, हाई हाई काढी रहेनु , चिड्चिडालु हुनु, सुतेको बेला ऐठन हुनु , छाती दुख्नु । बिहान उठ्दा टाउको दुख्नु आदि ।

परिक्षण तथा निदानका उपायहरु

१.निन्द्राको अध्ययनः पोलिसोम्नो ग्राम भन्ने मेसिनको सहायताले व्यक्तिको सुत्ने तरिकाको बारेमा अध्ययन गरेर घुर्ने समस्याका विभिन्न आयामका बारेमा जानकारी लिन्छ । यदि एक घण्टामा २५ पल्ट भन्दा ज्यादा श्वास रोकिएको पाइएमा यसलाई अत्यन्त जोखिमयुक्त समस्या मानिन्छ ।

२. नाक, कान, घाँटी परीक्षणः नाक कान घाँटी तालू तथा मुखको विशेष परिक्षणगरी नाकको एलर्जी , इन्फेक्सन ,नाकको मासु पलाएको , हड्डी बाङ्गिएको , टन्सिल बढेको , श्वासयन्त्रको इन्फेक्सन आदि समस्याको जाँच गरी उपरोक्त कारणहरुले घुर्ने समस्या उत्पन्न भएको हो होइन निर्क्योल गर्ने ।

३. फङ्सनल एम. आर. आइ. 

 

उपचार

१. घुर्ने समस्या रोक्ने यन्त्रहरु

  • कन्टीन्युअस् पजेटीभ एअरवे प्रेशर (सी.पी.ए.पी.) What is CPAP? - Sleep Apneaयो एक किसिमको मुखुण्डो जस्तो नाक र मुख दुवैलाई ढाकी श्वाशन मार्गमा लगातार सकारात्मक दवाव उत्पन्न गराई निदाएको बेलामा घाँटी बम तन्तु तथा श्वास नली खुम्चिन नदिई घुर्न रोक्ने यन्त्र हो । विशेषतः अवस्ट्रिक्टिभ–स्लिप–एप्निया का कारणले घुर्नेहरुका लागि यो यन्त्रको सुझाव दिईन्छ । यो यन्त्रको प्रयोग विधि सिकेर आफैंले खोल्ने तथा लगाउने गर्न सकिन्छ ।
  • म्यान्डिबुलार एडभान्स डिभाईसः यो मुख भित्रै लगाउने यन्त्र हो । चिउँडोको हड्डी छोटो भएर घुर्ने हरुका लागी चिकित्सकहरु विशेषतः यो यन्त्रको सल्लाह दिन्छन् । यो यन्त्र व्यक्तिको चिउडाको हड्डीको नापको हुन्छ । सुत्दा यो यन्त्रलाई मुखमा लगाएर सुत्नाले श्वाशन मार्गमा कुनै अवरोध उत्पन्न हुन दिंदैन तर चिउँडाको हड्डी सँग तालमेल मिलाएर लगाउनु पर्ने भएकाले यो विधि कष्टकर पनि छ ।

२. शल्य चिकित्साः यदि घुर्ने समस्याको कारण नाक, कान र घाँटी का समस्या अंग तथा तन्तुहरुको संरचनात्मक विकृतता हो भने यस्तो अवस्थामा शल्यचिकित्सकको मद्दत लिनुपर्ने हुन्छ । 

३. जीवनशैलीमा परिवर्तन

  • घुर्ने समस्याबाट बच्न तथा मुक्ति पाउन जीवनशैली उपचारको विशेष महत्व छ । विशेषतः व्यस्ततामा र भागदौडले भरीएको जीवन जीउने शरु यो रोगको शिकार हुने हुँदा जीवनशैली परिवर्तन कको विशेष महत्व छ ।  यो रोग बाट बच्न तथा उन्मुक्ति पाउन निम्न लिखित जीवनशैलीका सुत्रहरु उपयोगी छन् ।
  • तौल ज्यादा भएकाहरुमा यो रोगको शिकार हुने हुँदा शारीरिक तौल लाई नियन्त्रीत राख्न विशेष जरुरी छ ।
  • उत्तानो परेर सुत्दा जिब्रो तथा कोमल तालू पछाडि धकेलिन गई श्वास मार्ग अवरुद्ध हुन पुग्छ । तसर्थ घुर्ने समस्याबाट ग्रस्तहरुले उत्तानो परेर सुत्नुको साटो घोप्टो वा कोल्टो  परेर सुत्नु पर्ने हुन्छ ।
  • साँझ चाँडै सुत्ने र बिहान चाँडै उठ्ने बानीले निद्राको चक्रलाई सुचारु राख्न मद्दत गर्छ । यसका अलावा सयन र जागरणको  निश्चित समय भएमा निद्रा बिग्रदैँन  र घुर्ने समस्याले सताउँदैन  ।
  • चुस्त, पुष्ट र स्वस्थ जीवन जिउनाले मांशपेशीहरुको तान कमजोर हुन पाउँदैन । फलतः गलाका मांशपेशी तथा कोमल तन्तुहरु लत्रन गई हुने घुराई बाट बचाउँछ ।
  • अग्लो सिरानी हालेर सुत्दा पनि घुर्ने समस्यामा फाइदा पर्‍याउँछ ।
  • सुत्नभन्दा दुई घण्टा पहिले भोजन गर्ने । यसले गर्दा आमाशयको भोजन आन्द्रामा गई  छाती तथा  श्वाशनलीमा अतिरिक्त दवाब नदियोस् ।
  • मद्यपान, धुम्रपान त्याग
  • तनाव व्यवस्थापन
  • योग चिकित्सा

के तपाईंलाई थाहा छ ?

जिब्रो मोटो भएर यो समस्या उत्पन्न भएको भए जिब्रो–दोहन क्रियाद्वारा पातलो  बनाई यस समस्याबाट उन्मुक्ति पाउन सकिन्छ । उज्जयी श्वास र ॐ कार जप जस्ता क्रिया विधिहरुपनि विशेष लाभकारी छन् ।

४. व्यायम चिकित्सा

  • दाह्रा किट्ने अभ्यासः घाँटीका मांशपेशीहरुलाई समेत संकुचन गरेर १०–१० पटक दाह्रा किट्नाले गलाका मांशपेशीहरु मजबुत हुनगई घुर्ने समस्या न्युनिकरण गर्न मद्दत पुग्छ ।
  • चुइगम चपाउने वा चपाए जस्तो गर्ने
  • गालामा हावा भरेर छोड्दा नाकबाट छोड्ने अभ्यास
  • जीब्रो लाई सकेसम्म बाहिर निकालेर दायाँ बायाँ हल्लाउने तथा मोड्ने अभ्यास
  • जीब्रो मोडेर तालु छुने अभ्यास
  • लामो कृतिम हाइ काढ्ने अभ्यास
  • घाँटीको आइसो मेट्रीक एक्सरसाइज
  • हत्केला, पैताला तथा स्थानीय बिन्दुहरुको अकुप्रेशर , फेसियल स्टीम जस्ता कुराहरुले पनि यो समस्याबाट मुक्ति दिलाउन मद्दत पुर्‍याउँछ ।
  • कान्छी औंलाको नङ भन्दा भित्र पट्टीको भागमा दबाउनाले पनि यस समस्यामा फाइदा पुग्छ ।Lion yoga pose Pictures, Lion yoga pose Stock Photos & Images |  Depositphotos®
  • सिंहासन गर्ने । अर्थात् जिब्रो बाहिर निकालेर सिंहजस्तो गर्जने ।

 

 

Our top doctor on General Physician

View All

Dr. Kabir Nath Yogi

General Physician

MBBS, MD, Consultant Physician & Chest Specialies

Dr. Kanak Bahadur KC

General Physician

MBBS, Senior Fellowship in clinical cardio-vascular medicine (General Physician)

Dr. Dipak Malla

General Physician

MBBS, MD Internal Medicine (General Physician) Endocrine Unit (Diabeties, Thyroid & Endocrinology). 

Dr. Anil Baral

General Physician

DM (Nephrology) MD (Internal Medicine)

Leave Comment