कम्प्युटरमा धेरैबेर हेर्दा आँखा पोल्ने, दुख्ने हुन्छ । यस्तो बेलामा यी उपायहरु अपनाउनुस् ।

  • 30th November, 2021

आँखा पोल्नु वा दुख्नु आम मानिसको समस्या हो। तर, आम मानिसको समस्या हो भन्दैमा यसलाई बेवास्ता गर्नु हुँदैन। किनकी यो सामान्य हो भन्दै बेवास्ता गर्दा कुनै दिन ठूलो समस्याको सामना गर्नुपर्ने हुनसक्छ।The dangers of rubbing your eyes - Vision Eye Institute

आँखामा जलन हुनु वा दुखाई हुनुको प्रमुख कारण तनाव, एलर्जी या आँखालाई प्रभावित गर्ने कुनै अन्य शारीरिक समस्या पनि हुन सक्छ। कम्प्युटरमा काम गर्ने मानिसले यो समस्याको सामना अत्याधिक गर्नु परिरहेको हुन्छ। लामो समयसम्म मोबाइल चलाउने मानिसमा पनि यो समस्या हुनेगर्छ।

त्यसैले कम्प्युटरमा काम गर्दा आँखाका लागि सुरक्षित चश्माको प्रयोग गर्नुपर्छ। र, स्वस्थवर्धक खानेकुराको प्रयोग गर्नुपर्छ। त्यसैले धेरै आँखाको दुखाई वा जलन कम गर्नका लागि निम्न कुरामा ध्यान दिनुपर्छ।

गुलाब जल

आँखामा दुखाई वा पोल्ने समस्या भए गुलाब जल लाभदायक हुन सक्छ। गुलाव जलले आफ्नो आँखा धुने वा सक्यो भने एक थोपा राख्दा एकदमै राहत महशुस हुन्छ।Gulab Jal For Eyes: Benefits And How To Use It?

यसले दुखाई वा पोल्ने समस्याबाट तुरुन्तै राहत पाउन सकिन्छ। सुत्नुभन्दा पहिले आँखामा १-२ थोपा गुलाव जलको हाल्दा राम्रो मानिन्छ। र, आँखा पोल्ने वा दुख्ने समस्याबाट छुट्कारा पाउन सकिन्छ।

 

आलुको रस

आलुको रस पनि आँखाका लागि फाइदाजनक हुन्छ। जहिले आँखामा पीडा वा जलन हने समस्या हुन्छ हामीले आलुको स्लाइसलाई आँखामा लगाउन सक्छौं। यसका अलावा आलुको रसलाई पनि आँखामा राख्न सकिन्छ। यी दुवै बिधिबाट आँखाको दुखाई वा जलनलाई कम गर्न सकिन्छ।

टि ब्यागको सहयोग

आँखामा जलन भइरहेको भए टि ब्यागको सहायता लिन सकिन्छ। आँखा पोलेको समयमा ग्रीन टी ब्यागलाई हामी उपयोग गर्न सक्छौं। पहिले ग्रीन टि ब्यागलाई फ्रिजमा राखेर चिसो बनाउने। र, त्यसपछि यसलाई आँखामा राख्दा आँखाको जलनलाई कम गर्न सकिन्छ।

काक्रोको प्रयोग

हामीले थुप्रै फिल्ममा काक्रोको टुक्रालाई आँखामा राखेको देख्छौं। यसले आँखामा सितलता प्रदान गर्छ। यसलाई आँखामा राखेर हामीले सितलता लिन सक्छौं। काक्रोलाई पनि हामीले पहिले फ्रिजमा राख्नुपर्ने हुन्छ। र, काक्रो चिसो भइसकेपछि त्यसको टुक्राका आँखामा केही बेरका लागि लगाउने। यसो गर्दा आँखाको जलन तथा दुखाईमा कमी आउँछ।