पेटमा बच्चा किन बस्दैन ? किन बारम्बार गर्भपात (Miscarriage) भइरहन्छ ?

  • 25th March, 2022

मिसक्यारेज ( गर्भपात) खासगरी गर्भावस्थाको २० हप्ताभन्दा पहिले हुन्छ । गर्भावस्थाको प्रथम चरण (२०दिन) मा महिलाहरुलाई गर्भवती भएको थाहा हुँदैन । यस समयमा महिलाहरु सजग नहुँदा गर्भ जाने सम्भावना बढी रहन्छ । त्यसैले गर्भ रहे नरहेकोबारे महिलाहरु सजग हुनु जरुरी छ ।

सामान्यतः गर्भपात मेडिकल कारणले हुन्छ । आनुवाशिंक कारण, प्लासेन्टा (साल) स्थिती, योनीमा निरन्तर संक्रमण, मधुमेहको कारण हुने संक्रमण, गलत औषधिको प्रयोग आदि । पहिलो ट्राइमेस्टर (गर्भावस्थाको पहिलो तीन महिनाको अवधी) मा हुने ९० प्रतिशत गर्भपात वशांनुगत कारण नै हुन्छ । धेरै काम गर्ने, उफ्रने, दौडने, नाच्ने र एउटा बच्चापछि चाँडै अर्को बच्चा जन्माउँदा गर्भपात हुने खतरा बढी हुन्छ ।

गर्भपातको मुख्य कारणहरु केके हुन् ? Symptoms of threatened miscarriage

गर्भपातको सबै भन्दा ठुलो कारण क्रोमोसोम्समा समस्या हुनु हो, जसले भ्रुणलाई पूर्ण तरिकाले विकसित हुन रोक लगाउछ । एक आनुवंशिक असामान्यता बाहेक गर्भावस्थामा गर्भपातको अन्य कारणहरु निम्न छन् : 

हर्मोनहरु वा असामान्य स्तरः प्रायजसो गर्भधारण भएको २० हप्ता गर्भपात हुने खतरा हुनसक्दछ ।

पहिलो तीन महिनामा भ्रुणको अवस्था कमजोर र असामान्य भएमा गर्भ खेर जान सक्छ । तर दोस्रो तीन महिनामा भने गर्भवती महिलाको आहारविहार र पालनपोषण राम्रो नभएमा नै गर्भ खेर जाने गर्छ । जिनसम्बन्धी समस्या, सालनालको अवस्था, योनिमा लगातार संक्रमण हुनु, गलत औषधि खानु आदि गर्भ जानुका कारण हुन् । 

प्रथम त्रैमासमा ९० प्रतिशत गर्भ खेर जानुको कारण जिनसम्बन्धी समस्या हो । धेरै भागदौड गर्नु, खानपिनमा ध्यान नदिनु, शरीर र गर्भलाई दबाब पर्ने काम गर्नु, एक बच्चा जन्माइसकेपछि छिटै अर्को गर्भ रहनु आदि गर्भ खेर जानुका कारण हुन् । भ्रुणको विकासका लागि गर्भावस्थामा हार्मोनको स्राव महत्वपूर्ण हुन्छ । हर्मोनको असामान्य स्तर पनि गर्भपातको कारण बन्न सक्छ ।

मधुमेहः अनियन्त्रित मधुमेह गर्भपातको सम्भावनालाई बढाउन सक्छ । 

केमिकलसँगको निकटताः कार्यस्थलमा खतरा, केमिकल्स, रेडिएशन्सको वातावरण र टक्सिक पदार्थको सम्पर्कमा आउदा पनि गर्भपात हुन सक्छ । दुखाई कम गर्ने औषधि जस्तै इबुप्रोफेन, नेप्रोक्सन आदि को प्रयोग ।  गर्भावस्थाको क्रममा अत्याधिक धूम्रपान वा मादकपदार्थ सेवन । अवैध औषधिको प्रयोग ।

उमेर : २० वर्षका महिलाको तुलनामा ४० वर्ष उमेरमा महिलाको गर्भ खेर जाने सम्भावना २० गुणा बढी हुन्छ । अर्थात् उमेर ढल्किँदै गएपछि महिलाको प्रजनन क्षमतामा ह्रास आउँछ र गर्भ खेर जान सक्छ । त्यस्तै, पहिला एक पटक गर्भ खेर गइसकेको छ भने महिलाले सही उपचार नपाएको खण्डमा पुनः गर्भ खेर जाने सम्भावना त्यतिकै रहन्छ । मधुमेह, हर्निया, उच्च रक्तचाप, थाइरोइड आदि रोगका कारण पनि गर्भ खेर जान सक्छ ।

पाठेघरका कारणः रगत अथवा पेट र पाठेघरसम्बन्धी रोगबाट पीडित महिलाको पनि गर्भ खेर जाने सम्भावना रहन्छ । पाठेघर सानो भएमा, पाठेघरको मुख खुकुलो भएमा र पाठेघरमा संक्रमण भएमा पनि गर्भ खेर जान्छ । कसैकसैलाई पतिको वीर्य नफाप्ने अथवा रज र वीर्यको प्रकृति नमिल्नाले पनि गर्भ खेर जान सक्छ । हाडनातामा गरिएको विवाह गर्भ खेर जानुको कारण हुन सक्छ । 

गर्भापातका प्रकारहरुः

Miscarriage: Signs, Symptoms, Causes, & Treatmentsमिस्ड गर्भपातः मिस्ड गर्भपात तब हन्छ जब गर्भपातलाई एक क्लीनिकल जाँच जस्तै कि अल्ट्रासाउन्डको  माध्यमबाट थाहा हुन्छ तर महिलालाई कुनै प्रकारको गर्भपातको संकेत वा लक्षण देखिएको हुँदैन । यस्तो प्रकारको गर्भपातलाई मूक (साइलेन्ट) गर्भपात पनि भानिन्छ ।

ब्लाईटेड ओभम : ब्लाईटेड ओभममा  भ्रूण पूर्णतरिकाले विकसित भएको हुँदैन र यसको कारण गर्भाशयमा बिलिन हुन्छ । यस्तो स्थितिमा महिला गर्भावस्थाको लक्षण अनुभव गर्दछन् र गर्भकालीन थैली पनि बन्दछ तर बच्चाको विकास हुँदैन ।

आधा गर्भपातः केहि अवस्थामा  गर्भाशयको टिस्यु भित्र हुनेगर्दछ र यसको कारण अधिक दुखाई र रक्तस्राव हुन्छ किनभने गर्भाशय आफैलाई खाली गर्नको लागि बाँकि रहेको टिस्युलाई बाहिर निकाल्न कोशिश गरिरहन्छ । यस्तो अवस्थामा डाक्टरकहाँ जानुपर्छ र गर्भावस्थाको टिस्युलाई निकालेर गर्भाशय खाली गर्न तुरुन्त अप्रेसन गर्नुपर्छ ।

पूर्ण गर्भपातः पूर्ण गर्भपात तब हुन्छ जब गर्भाशयमा बाँकी सबै सामग्रिहरुलाई सफलतापूर्वक खाली गरिन्छ । रक्तस्राव र दुखाई निरन्तर हुन सक्छ किनभने गर्भाशय खुम्चिन्छ र रगतलाई बग्न दिन्छ ।

आवर्तक गर्भपातः केहि महिलालाई गर्भावस्थाको क्रममा बारम्बार गर्भपातको अनुभव हुन्छ । बारम्बार गर्भपात हुनु कुनै सामान्य कुरा होइन र क्रोमोसोनाल डिसअर्डर यस्तो स्थितिको कारक तत्व हुन्छ । यस्तो भए तुरुन्त गायनोलोजिस्टसंग सम्पर्क गर्नुपर्छ । गर्भपातबाट बच्नको लागि निकै सावधानी अपनाउनुपर्छ । यसको लागि प्रेग्नेन्सीको क्रममा शारीरिक र मानसिक रुपमा स्वास्थ्य रहनुपर्छ । गर्भधारणको क्रममा कुनै प्रकारको औषधि खानु हुँदैन र औषधि सेवन गर्नुपर्यो भने पनि डाक्टरको सल्लाह अनुसार मात्र खानुपर्दछ ।

लक्षणहरु:

– गर्भपातको धेरै प्रकारको लक्षण देखिन्छ । लक्षण हरेक महिलालाई एकैनासको नहुन पनि सक्छ । गर्भपातको लक्षणमा एउटा हो ‘भजाइनल डिस्चार्ज’ । ब्राउन रंगको या रातो रंगको ब्लड केही दिनसम्म पनि जान सक्छ । तर, गर्भावस्थाको पहिलो तीन महिनासम्म हल्का ‘भजाइनल ब्लीडिङ’ हुनु सामन्य हो ।

–धेरैजसो महिलाहरुलाई गर्भावस्थामा महिनावारीको समयमा जस्तो ढाडको दुखाई हुन्छ र दुखाई झन बढ्दै जान्छ । गर्भावस्थाको दौरान तल्लो पेट दुख्नु पनि एक गर्भपात हुने लक्षण हो ।

–गर्भावस्थाको सुरुवाती चरणमा पेटमा संकुचन महसुस हुन्छ । यदि संकुचन छिटो छिटो बढेमा वा सहन मुस्किल भएमा गर्भापात हुन सक्छ । संकुचन लगभग पाँच देखि बीस मिनेटको दौरानमा हुन्छ । यस्तो संकुचन प्रसवको क्रममा हुन्छ । पहिलो तीन महिनामा यस्तो संकुचन भएमा वेवास्ता गर्नु हुँदैन् ।

–यदि गर्भावस्थाको समयमा तौल अचानक घट्न थाल्यो भने सचेत हुनु जरुरी हुन्छ । यो पनि गर्भपातको एक लक्षण हो ।

बच्ने उपायहरु:

–२० बर्षभन्दा कम र ४० बर्षभन्दा बढी उमेरको महिला आमा बन्दै हुनुहुन्छ भने विशेष ध्यान दिनुपर्छ ।

–दिर्घ रोग जस्तैः–मधुमेह, उच्च रक्तचाप तथा अन्य रोग भएका महिलाले डाक्टरको सल्लाह लिनुपर्छ ।

–गर्भापात हुने शंका लागेमा जाँच गर्नुपर्छ । गर्भाशयको जाँच गरेर त्यसको आकार र सर्भिक्स (पाठेघरको मुख) खुल्ला छ वा बन्द छ भनेर थाहा हुन्छ । गर्भपात हुन लागेको भए सर्भिक्स खुल्ला हुन्छ र धेरै बेरसम्म भ्रुण जीवित रहन सक्दैन र गर्भपात हुन्छ ।

–रगतको जाँच गर्दा रगतको प्रकार र मानव क्रोनिक गोनाएडो ट्रओपिन (बीटा एचसीजी) को जाँच गर्नुपर्छ । जब तपाईं गर्भवती हुनुहुन्छ भने एक हर्मोन प्लासेन्टाबाट शरीरमा हुन्छ । यदि तपाईको सिस्टममा हर्मोनको मात्रा कम छ भने यो एक संकेत हो गर्भपात हुने ।

–अल्ट्रासाउन्डबाट भ्रुणको मुटुको धड्कन या भ्रुणको मृत्यु भइसकेको छ वा छैन थाहा पाउन सकिन्छ ।

–यदि तपाईको योनीबाट तरल पदार्थ बगेमा त्यसलाई ग्लास या प्लाष्टिकको बट्टामा बन्द गरेर डाक्टरकोमा जँचाउन लैजान सकिन्छ । उक्त परिक्षणबाट पत्ता लगाउन सजिलो हुन्छ ।

 

 

Our top doctor on Gynecologist

View All

Dr. Samira Shafi Khan

Gynecologist

MBBS ( Pakistan) ; MD Gyne/Obs ( Institute of Medicine TUTH, Kathmandu, Nepal)

Dr. Bhola Rijal

Gynecologist

MBBS, MD Obsterician & Gyanaecologist

Dr. Padam Raj Pant

Gynecologist

MBBS, MD Obstetrics and Gynecologist

Dr. Astha Shrestha

Gynecologist

MBBS, MD(OBSTETRICS & GYNAECOLOGY)

Dr. Smrity Mool Joshi

Gynecologist

MBBS, MD/MS in Obstetrics and Gynaecology,FMAS/Fellowship in Gynae – Oncology

Dr. Kunsang Dolma Sherpa

Gynecologist

MBBS, MD /MS (Obstetrics / Gynaecology)

Dr. Abha Shakya

Gynecologist

MBBS, MD Obstetrician & Gynecologist

Dr. Jasmine Shrestha

Gynecologist

MBBS, MD / MS (Obstetrics / Gynaecology)

Dr. Rumina Malla

Gynecologist

MBBS, MD / MS (Obstetrics / Gynaecology)

Dr. Prof. Kundu Yangzom

Gynecologist

MBBS, DGO, FRTCOG Specialty- Senior Consultant Gynecologist/Obestrician

Dr. Sampada Mishra

Gynecologist

 MBBS, MD Consultant Gynaecologist & Obstetrician

Dr. Sweta Singh

Gynecologist

MBBS(KU)MD (Obstetric & Gynecology-KU) IVF Specialist

Dr. Chandra Shobha Amatya

Gynecologist

MBBS, MCPS, DGO, Dhaka, Ranchi, FICS(USA) Genecology

Dr. Neha Humagain

Gynecologist

MBBS(KU) , MD (KU) IVF Specialist

Dr. Atit Poudel

Gynecologist

MBBS, Md in Obstetrics and Gynecology

Dr. Nira Singh Shrestha

Gynecologist

MBBS, MD Specialist - Obs & Gynecology

Dr. Junu Bajracharya

Gynecologist

MBBS, MD (Obstetrics and Genecology)

Dr. Mira Thapa

Gynecologist

MBBS, MD(IOM, TUTH), Consultant Obstetrician and Gynecologist

Dr. Rashmi Shrish

Gynecologist

MBBS, MD(IOM, TUTH), Consultant Obstetrician and Gynecologist

Dr. Meenu Suwal

Gynecologist

 MBBS, MD · Speciality - Consultant Gynecologist & Obstetrician

Leave Comment