मानसिक समस्यामा लामो समयसम्म औषधी लिइरहँदा के हुन्छ ?

  • 9th February, 2022

रोग जस्तो, उपचार पनि त्यस्तै हुन्छ।लामो समयसम्म रहने रोग (जस्तै प्रेसर, सुगरको रोग)मा लामै समय औषधी सेवन गर्नुपर्छ। सानो समयमा ठिक हुने रोग (जस्तै टाइफाइड, मलेरिया) मा केही दिन औषधी खाए पुग्छ।प्रेसर/सुगरको रोग लागेकाले लामो समय औषधी खाएको देखेर "औषधीले बानी पर्यो" भन्ने सोच्छौँ तर बास्तबिकता त्यो हैन।औषधी नखाए प्रेसर/सुगर आफैँ ठिक हुने हैन।औषधी खानाले प्रेसर/सुगर नियन्त्रण गरी हृदयाघात देखि मस्तिष्काघात बाट जोगाउँछ।

मानसिक रोगमा पनि यस्तै हो । केही दिन/हप्ता/महिना मा ठिक हुने रोग छ भने त्यति समयको उपचारले पुग्छ।लामो समय रहने रोग हो भने लामो समय उपचार गर्नुपर्छ।अधिकांश अवस्थामा "औषधी खाएका कारणले बानी परेको" नभइ "लामो समय रहने रोग भएकाले लामो समय औषधी खानुपरेको" हो।सबै मानसिक रोग जिन्दगीभर रहने/जिन्दगीभर औषधी खानुपर्ने हुन्न।सामान्य समस्या हुँदा नै उपचार गराएमा सानो समय औषधी सेवन गरी रोग निर्मुल हुने सम्भावना धेरै हुन्छ। बर्षौँदेखि लुकेको, उपचार नपाई कडा भएका रोग उपचार गर्न झन् गाह्रो हुन्छ।

कुनै औषधी बानी पर्ने खालका पनि हुन्छन्। त्यस्ता औषधी मानसिक बिशेषज्ञ चिकित्सकले केही दिन/हप्ता का लागि मात्र दिन्छन्।चिकित्सकको सल्लाह नलिई आफैँ त्यस्ता औषधी खाने/ चिकित्सकले भनेभन्दा बढी डोज वा बढी समय खाने/ वा त्यस्ता औषधी दुरुपयोग गरी खाने गरेमा बानी पर्न सक्छ।

"औषधी खानुहुन्न बानी पर्छ" भन्ने भ्रमकै कारण सामान्य औषधीले ठिक हुने सामान्य मानसिक समस्या भएका मानिसहरु उपचार नलिई समस्य पालेर, समस्यालाई ठुलो हुन दिएर , आफ्नो क्षमता पुरा प्रयोग गर्न नसक्ने अवस्थामा पुगिरहेका छन्।आज सामान्य निद्रा नलाग्ने, चिन्ता लाग्ने , निराशापनका समस्या (रोग हैन) भएका मानिस यही भ्रमका कारण केही हप्ता/महिना औषधी-उपचार गर्न नमान्दा केही समयपछि कडा रोग देखि आत्महत्याको स्थितिसम्म पुग्न सक्छन्।

रक्सी-चुरोट-खैनी-हिरोइन मानिसलाई बानी पारी पैसा कमाउन बनाइएका हुन्। मानसिक रोगमा सेवन गर्ने औषधी बैज्ञानिक खोज अनुसन्धान गरी रोग ठिक पार्न, मानिसलाई सहयोग गर्न बनाइएका हुन्।चिकित्सकको सल्लाह अनुसार सेवन गरेमा यिनले मानसिक रुपमा स्वस्थ बन्न सहयोग गर्छन्। 

Our top doctor on Psychiatrist

View All

Dr. Nishita Pathak

Psychiatrist

MBBS (Bangladesh), MD ( TOM, TUTH)

Dr. Ajit Kumar Gurung

Psychiatrist

MBBS, MD, DPM Consultant Neuropsychiatrist Behaviour Psychotherapist &Clinical Psychotherapist

Dr. Utkarsh Pokherel

Psychiatrist

MD Psychiatry (TU) DM Child and Adolescent

Dr. Kension Shrestha

Psychiatrist

MBBS, MD (Institute of Medicine, IOM, TUTH).

Dr. Nishita Pathak

Psychiatrist

MBBS (Bangladesh), MD (TOM, TUTH) Psychiatrist

Dr. Shikar B Swar

Psychiatrist

Psychiatry(HMU) Psychiatrist

Dr. Raman Koirala

Psychiatrist

MBBS, MD Psychiatry, PGIMER

Dr. Richa Amatya

Psychiatrist

MBBS(Bangladesh), MD Psychiatry (Manipal, Pokhara) .

Dr. Pradeep Pandey

Psychiatrist

MBBS, MD( Consultant psychiatrist)

Leave Comment